रुसको समर्थन पाएका राष्ट्रपति भिक्तर यानुकोभिचविरुद्ध युक्रेनको राजधानी किइभमा उर्लिएको पश्चिमी राष्ट्र समर्थित शक्तिको क्रान्तिकारी लहरले यानुकोभिचलाई अपदस्त गरेर नयाँ सत्तालाई स्थापित गरेको महिना दिन नपुग्दै रुसीभाषी बहुल दक्षिणी क्रिमिया स्वायत्त प्रदेशमा सुरु भएको अर्को प्रतिलहरले मुलुकको नक्सा नै परिवर्तन गरिदियो । त्यहाँका अधिकांश मतदाताले 'आत्मनिर्णयको अधिकार' प्रयोग गर्दै झटपट आयोजना गरिएको जनमतसंग्रहमार्फत् युक्रेनबाट छुट्टिएर रुसमा गाभिने निर्णय गरे । सन् १७८३ देखि रुसी साम्राज्यको अधीनस्त रहेको र १९९१ मा सोभियत संघ धराशयी हुँदा प्राविधिक रूपले मात्र युक्रेनको अंग बन्न पुगेको क्रिमियालाई रुसले पनि विलम्ब नगरी स्वागत गरिसक्यो । यसरी हेर्दा हेर्दै असंवैधानिक ढंगले देश टुक्रिएर रुससँग जोडिएपछि हतास र स्तब्ध किइभमा अहिले अन्तर्राष्ट्रिय कानुनको रुवाबासी चलेको छ । तर, अन्तर्राष्ट्रिय कूटनीतिमा यस्तो प्रतिगमन हाबी भएको छ कि अब कमजोर मुलुकको संविधानमा के लेखिएको छ भन्ने सार्वभौम राष्ट्रको अस्तित्वसँग जोडिएको महत्त्वपूर्ण प्रश्नमा संयुक्त राष्ट्रसंघले समेत कुनै चासो देखाउन छाडिसक्यो । किनकि युगोस्लाभियादेखि युक्रेनसम्म आइपुग्दा महाशक्ति राष्ट्रहरूमा व्याप्त 'जसको लाठी, उसैको भैंसी' जस्तो लठैत प्रवृत्तिले उसको आफ्नै अस्तित्व संकटग्रस्त भइसकेको छ । आफ्नो सुरक्षा गर्न नसक्ने, मिलेर बस्न नजान्ने र शासन सञ्चालनमा निरन्तर ढंग नपुर्याउने झगडालु जातिहरू बस्ने मुलुक परस्पर विरोधी विदेशी शक्तिको नयाँ शीतयुद्धको चेपुवामा परेर अस्तित्वहीन हुने जुन नजिर स्थापित हुँदैछ, त्यसको पछिल्लो कडी हो, युक्रेन । ( डा. जुगल भूर्तेल,)
This page is open for everyone and Here just trying to share some of my favorite and knowledgeable events of the people and nature itself.Sometimes I share my feelings and opinion too as own creation. Most of the post are taken from other sites which is for fun & knowledge. Which anybody can acknowledge taken from where or which site. If there is something harmful or critical post to the person, organization or sites than it will be deleted in information.
Sunday, March 30, 2014
Wednesday, March 26, 2014
मलायामा सुतेको सुत्यै बित्नेहरू
क्वालालम्पुर (मलेसिया), चैत्र १२ - साथीभाइसँग गफिँदै सुतेका लोकप्रसाद राई बुधबार बिहान हातले मोबाइल फोन समातेकै अवस्थामा मृत भेटिए । स्थानीय अस्पतालले पोस्टमार्टम प्रतिवेदनमा हृदयाघातले मृत्यु भएको उल्लेख गर्यो ।
झापा तोपगाछीका ३५ वर्षीय उनी यसरी निद्रामै मृत्युवरण गर्ने एक्ला नेपाली कामदार होइनन् । राति सुत्दासम्म हाँसीखुसी देखिए पनि बिहान संसार नदेख्नेहरू सातामा तीन जनासम्म पुग्छन् । यो दक्षिणपूर्वी मुलुकमा करिब ७ लाख नेपाली श्रमिक छन् । पछिल्लो एक दशकमा करिब अढाई हजार नेपालीले यहाँ ज्यान गुमाइसकेका छन् ।
'राईजी जस्तै सुतेको सुत्यै हुने घटना बरोबर भइरहन्छन्,' टेकबहादुर राना भन्छन्, 'हामीलाई लास नेपाल पठाउन नै डेढ लाख रुपैयाँको जोहो गर्नुपर्छ ।'
'यो अस्वाभाविक मृत्यु हो, केही यस्तै प्रकृतिको मृत्युको कारण हृदयाघात हुन सक्छ । तर सबैमा यो कारण भने हुन्न,' स्थानीय अस्पतालमा डाक्टर रहेका भारतीय मूलका एक मलेसियालीले भने, 'तपाईंको सरकारले यस्ता मृत्युहरूको कारण पहिल्याउन हाम्रो सरकारसँग अनुरोध गर्नुपर्छ ।'
उनी 'सडन अन-एक्सपेक्टेड डेथ सिन्ड्रोम' (एक्कासि अप्रत्यासित मृत्युको लक्षण) धेरैजसो कामदारमा देखिने, त्यसमा बढी नेपाली पर्नुको कारणमाथि चिकित्सकीय खोजी आवश्यक रहेको बताउँछन् । विश्वव्यापी रूपमा खासगरी शिशुहरूको मात्रै यस्तो मृत्यु हुने गरेको पाइन्छ । क्वालालम्पुरमा ८० जनासम्म कामदार एउटै कोठामा सुत्छन् । थुनिएको कोठामा न हावा आउजाउ हुन्छ, न एयरकन्डिसनकै व्यवस्था । त्यसमाथि तीव्र गर्मी । अझ चोर आउने समस्याले जति गुम्से पनि ढोका खोल्न मन नलाग्ने नेपाली व्यवसायी सुन्दर आलेको अनुभव छ ।
उनका अनुसार हृदयाघातलगायत प्राकृतिक कारण देखाउँदासमेत मजदुरले बिमा रकम पाउँदैनन् ।
'राति हाँसिखेलेको साथी बिहान ओछ्यानमै बितिसकेको हुन्छ, सँगै सुतेकालाई पत्तो हुँदैन,' आले भन्छन्, 'यसरी मर्नेहरूमा मधेसका भन्दा पहाडतिरकै नेपालीहरू बढी हुन्छन् ।' ती स्थानीय चिकित्सक निद्रावस्थामा कोठामा साह्रै गुम्सिएरसमेत मृत्यु भएको हुन सक्नेतिर विज्ञहरूको अध्ययन आवश्यक रहेको बताउँछन् ।
'स्लिप एप्निया (श्वासावरोध) ले समेत एक्कासि मृत्यु हुन सक्छ,' ती चिकित्सकले भने, 'सुत्ने बेलामा हुने श्वासप्रश्वासको अप्ठ्यारोले एक्कासि मुटुको समस्या आएर मृत्यु हुन सक्ने अध्ययनहरूले देखाउँछन् ।'
कामदारहरू परिवारभन्दा टाढा हुनु, मानसिक स्वास्थ्य, खानपान, फरक वातावरण, कामको प्रकृति, विभिन्न रसायनिकलगायत जोखिम आदि पनि अध्ययनको विषय भएको उनले
बताए । गुम्सिएर मृत्यु हुँदा अनुहारमा केही भाव वा लक्षण प्रस्तुत हुनुपर्ने स्वास्थ्य प्रणाली अध्ययनका लागि दोस्रोपल्ट मलेसिया पुगेका चिकित्सक डा. सुवास प्याकुरेल बताउँछन् । 'सफोकेसन (गुम्सिनु) एउटा कारण हुन सक्छ,' उनी भन्छन्, 'सुतेको सुत्यै हुने कार्बन मोनोक्साइड विषाक्ततासमेत हो । तर आगो नबालिने ठाउँमा कसरी त्यो सम्भव ?'
खाडी राष्ट्रमा हुने यस्तै खाले मृत्युको कारण 'स्ट्रोक' (हृदयाघात) भए पनि मलेसियाको २२ देखि ३२ डिग्री तापक्रममा त्यस्तो खतरा खासै नभएको डा. प्याकुरेलको दाबी छ । 'अत्यधिक कामको बोझबाट शरीरमा इलेक्ट्रोलाइट (लवण) को असन्तुलन हुन्छ,' उनी भन्छन्, 'यसले मुटुको चाल अस्वाभाविक भएर मृत्यु हुन सक्छ ।' नेपाली प्रवासी सेवा समूहका उपाध्यक्ष विन्दकिशोर साहसमेत यस तर्कसँग सहमत छन् । पेनाङ बस्ने साह भन्छन्, 'अत्यधिक कामको बोझले समेत यस्तो मृत्यु हुने हामीलाई लाग्छ ।' उनले रक्सी खाएर सुत्नु, पारिवारिक तनाव एक्कासि मृत्युको कारण हो भन्ने लख काटे ।
'सडन अन-एक्सप्लेन्ड नोक्चुरनल डेथ सिन्ड्रोम (एक्कासि हुने रात्रिकालीन अपरिभाषित मृत्यु) पनि कारण हुन सक्छ,' डा. प्याकुरेल भन्छन् । उनका अनुसार यसको कारण पत्ता लाग्न सकेको छैन । खासगरी यस्तो मृत्यु एसियालीहरूमा देखिने गरेको छ । एसियालीमध्ये पनि शरणार्थी, प्रवासी, प्रवासी मजदुर लगायतले यसरी ज्यान गुमाउने अध्ययनहरूले देखाएको उनी बताउँछन् । 'अधिकांश हृदयाघातमा हुने पीडाको भाव लासमा देखिँदैन, समूहमा सुत्ने अन्य साथीले समेत चाल पाउँदैनन्,' क्वालालम्पुरका अर्का एक चिकित्सक भन्छन्, 'धेरैजसो कामदारको मृत्युको कारण हृदयाघात लेखिन्छ, यो सही होइन ।'
प्रवासी नेपाली कामदारलाई विदेश जानुअघि अनिवार्य 'कार्डिक पल्मोनरी रेसिटेसन' (कृत्रिम श्वासप्रश्वास र मुटु चलाउने प्रक्रिया) र प्राथमिक उपचार तालिम दिँदा उनीहरूले आफ्नो छेउछाउका करिब १५ प्रतिशत साथीको ज्यान जोगाउन सक्ने डा. प्याकुरेलको दाबी छ ।
प्रकाशित मिति: २०७० चैत्र १२ ०८:३८
हराएको ७७७ र बदलिँदो विश्व
फेरिन लागेको विश्व शक्ति सन्तुलनलाई बुझेर आफ्नो व्यवहारलाई समायोजन गर्न नेपालले अबेर गर्नु हुँदैन ।
नाटककार बालकृष्ण समले लेख्नुभएको विचारोत्प्रेरक हरफको सम्झना भइरहेको छ- ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ । आठवटा ठूला वायुसेवा कम्पनीहरूको परामर्शमा पूर्णतया कम्प्युटरद्वारा डिजाइन गरिएको पहिलो व्यापारिक विमान बोइङ ७७७ उत्कृष्ट विज्ञानमा आधारित इन्जिनियरिङको अनुपम नमुना थियो । तर २३९ यात्रुहरू लिएर उडेको मलेसियन वायुसेवाको यो अत्याधुनिक विमान आकासमै छु-मन्तर भएको तीन साता भइसकेको छ । विश्वका साना-ठूला २६ देशहरू आफ्नो प्राविधिक सीप र सामथ्र्यसँगै विमान, पानीजहाज र भूउपग्रह उपयोग गरेर पश्चिम एसियादेखि पूर्वी युरोपका पाँच देशहरूमा जोडिएको क्यास्पियन समुद्रदेखि हिन्द महासागरसम्म खोजिरहेका छन् । तर परिणाम शून्य छ । के यत्रो ठूलो विमान आकासमै अन्तध्र्यान भयो ?
नाटककार बालकृष्ण समले लेख्नुभएको विचारोत्प्रेरक हरफको सम्झना भइरहेको छ- ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ । आठवटा ठूला वायुसेवा कम्पनीहरूको परामर्शमा पूर्णतया कम्प्युटरद्वारा डिजाइन गरिएको पहिलो व्यापारिक विमान बोइङ ७७७ उत्कृष्ट विज्ञानमा आधारित इन्जिनियरिङको अनुपम नमुना थियो । तर २३९ यात्रुहरू लिएर उडेको मलेसियन वायुसेवाको यो अत्याधुनिक विमान आकासमै छु-मन्तर भएको तीन साता भइसकेको छ । विश्वका साना-ठूला २६ देशहरू आफ्नो प्राविधिक सीप र सामथ्र्यसँगै विमान, पानीजहाज र भूउपग्रह उपयोग गरेर पश्चिम एसियादेखि पूर्वी युरोपका पाँच देशहरूमा जोडिएको क्यास्पियन समुद्रदेखि हिन्द महासागरसम्म खोजिरहेका छन् । तर परिणाम शून्य छ । के यत्रो ठूलो विमान आकासमै अन्तध्र्यान भयो ?
वालस्टि्रट जर्नलका अनुसार, यो घटना भविष्यमा आतंककारी आक्रमण गर्ने क्षमताको परीक्षण गर्दै राडार र उपग्रहलाई छकाउँदै ७७७ विमानलाई तोकिएको ठाउँमा लग्ने सामथ्र्यको अभ्यास भएको उच्च अमेरिकी अधिकारीहरू विश्वास गर्छन् । यो विश्वास अथवा अनुमान, विश्लेषण र मूल्याङ्कनको निष्कर्ष तर्साउने खालको छ । यसरी एक्कासी सुरु भएको समयको ऐँठन खप्न नसकेर विज्ञान र प्राविधिक विकासको अहंकार स्वयम् अत्तालिएको छ । ज्ञान भ्रमित भएको छ । अचानक अन्तध्र्यान भएको बोइङ ७७७ ले विमानको सुरक्षा र दक्षतालाई उच्चकोटीको प्रविधिसँग समायोजन गरिएको दाबी खोक्रो तथा भूउपग्रह र राडारको पहुँच र अचुक क्षमताको विश्वासलाई आत्मरति सिद्ध गरेको छ ।
सुइँको नै नदिएर कुनै पनि विमानले आफ्नो वायुसीमा उल्लंघन गर्न सक्दैन भन्ने सम्बन्धित देशका सेनाहरूको दाबी, स्वचालित सञ्चारयन्त्र बन्द गरे पनि उपग्रह र राडारहरूले खबर पाउँछन् भन्ने दृढतापूर्ण दाबी स्वयम् अविश्वासिलो सावित भएको छ । मलेसियाको वायुसीमा बाहिर जाने बित्तिकै गायव भएको ७७७ ले अपरिचित विमानले उपग्रहलाई पनि छल्न सक्ने अथवा आफ्नो वायुसीमा उल्लंघन गर्दा शक्तिशाली सैनिक र गैरसैनिक राडारहरू तैनाथ गरिएका देशहरू उँघेर बसेको सावित गरेको छ । के ज्ञानको पूर्णता भ्रममात्र हो ? प्राविधिक चमत्कार तथा विज्ञानको अभूतपूर्व नमुनाको दाबी मानवीय कमजोरीमात्र हो ? यी प्रश्नहरूले विज्ञान र प्रविधिलाई नै ब्याकुल पारेको छ । भ्रम र कमजोरी एउटै भङ्गालो भएर एक्कासी आएपछि शङ्काको घेरामा परेको विमानचालक अर्थात व्यक्तिको आपराधिक दिमागसमक्ष अति विकसित प्रविधि स्वयम् निरीह भएको छ । ज्ञान, विज्ञान र प्रविधिको समायोजनले, बोइङ कम्पनीको शब्दमा 'इतिहासमा नै यस्तो सुरक्षित विमान पहिलोपटक बनेको थियो ।' तर नियतिको खेलले वा ज्ञानलाई आपराधिक मनसुवाबाट प्रयोग गर्ने व्यक्तिको दिमागले यो दाबीलाई खिसी गरिरहेको छ ।
सन् १९५७ मा तत्कालीन सोभियत संघले अन्तरिक्षमा पहिलो उपग्रह पठाएको थियो । अहिले अन्तरिक्षमा ६,५७८ भन्दा बढी मानवनिर्मित उपग्रहहरू घुमिरहेका र यिनले नियमित रूपमा सूचना पठाइरहेको जानकारी राष्ट्रिय अन्तरिक्ष विज्ञान डाटा केन्द्र अमेरिकाले दिएको छ । यिनीहरूमध्ये कसैले पनि बोइङ ७७७ बारे जानकारी पाउन नसक्नु, विमानको बाटोमा पर्ने देशहरूका सैनिक र गैरसैनिक राडारहरूले अपरिचित विमान आफ्नो वायुसीमाबाट यात्रा गर्दा पनि सुइँको नपाउनु अति विकसित भनिएको सुरक्षा व्यवस्थासामु गम्भीर चुनौती हो । यसले विश्व सञ्चार साधन, उपग्रह, जहाज र विमानको मार्गनिर्देशक यन्त्र र वैज्ञानिक अन्वेषणको प्रभावशालितामै प्रश्न खडा गरेको छ । यसका साथै पृथ्वीबाट मङ्गलग्रहमा मानव बस्ती विस्तार गर्ने महत्त्वाकांक्षी योजनाको निपुणतामा पनि प्रश्न उठेको छ । 'मार्स वन' वेबसाइटले दिएको जानकारीअनुसार सन् २०२३ सम्ममा मङ्गलग्रहमा मानव बस्ती बसाल्ने योजना अन्तर्गत मङ्गलग्रहको एकतर्फी यात्रामा सम्मिलित हुन आवेदन दिएका बिभिन्न देशका एक लाख व्यक्तिहरूमध्ये छानिएकालाई आठ वर्षको तालिम दिन थालिएको केही महिना भइसकेको छ । तर कौतुहल र उत्तेजनाले भरिएको यो महत्त्वाकांक्षी योजनाको ल्याकतमा पनि बेपत्ता भएको बोइङ ७७७ ले प्रश्न खडा गरेको छ ।
विज्ञान र प्रविधि विकासको अवस्था र परिधिलाई हीनताबोध गर्न बाध्य तुल्याएको यो पृष्ठभूमिमा नोबेल पुस्कार विजेता लेन केलडिकट र बाह्य अन्तरिक्ष सन्धि १९६७ तयार गर्ने मध्येका क्रेग आइजनड्रथले लेखेको 'वार इन हेभेन' पुस्तकलेे सम्पूर्ण मानवजातिका लागि भयावह भविष्यको चेतावनी दिएको छ । किताबमा लेखिएको छ, '२१ औँ शताब्दीको प्रारम्भिक चरणमा नै अन्तरिक्ष शक्ति सशस्त्र संघर्षको पृथक र समान माध्यम बन्न सक्छ । तर उदीयमान शक्तिहरूबीच जमिन, जल र हवाइसँगै अन्तरिक्षमा पनि श्रेष्ठता हासिल गर्ने प्रतिस्पर्धाले आधारभूत असङ्गति र त्यसको परिणाममा विश्व परिस्थिति विलकुलै फरक हुनेछ ।' यो किताबमा दुई विज्ञहरूले भविष्यको क्यानभासमा बाह्य अन्तरिक्षमा घातक हतियारहरू भण्डारणका लागि शक्तिशाली देशहरूबीच हुने प्रतिस्पर्धाले सुरु गर्ने द्वन्द्वले विश्वलाई त्रासयुक्त भिरालोको मुखमा पार्ने दृश्य कोरेका छन् । भविष्यको यो धारिलो र संक्षिप्त विश्लेषण पढेर दिमागमा भूकम्प महसुस गर्ने बाहेक हामीसित अर्को विकल्प छैन । तर दोस्रो विश्वयुद्ध र शीतयुद्धको अन्त्यपछि विश्व सुरक्षित बनेको, विज्ञान र प्रविधिको विकास त्रुटिहीन भएको विश्वास भ्रममात्र थियो भन्ने तीतो सत्य सावित भएको छ ।
भ्रम चिर्ने क्रम ज्ञान र विज्ञानमा मात्रै सीमित रहेन । एक सय वर्षअघि पहिलो विश्वयुद्ध सुरु भएदेखि मानवजातिले दोस्रो विश्वयुद्ध र थुप्रै स्थानीय युद्धहरू भोगेकै हो । विनाशको लामो शृङखलापछि होश आएको विश्वले ६९ वर्षदेखि भोग गर्दै आएको स्थायित्व र सुरक्षा सामरिक भूस्थापन भएको सानो देशको लागि हैनरहेछ भन्ने अनुभूति गराउने घटना युरोपमा भएको छ । परराष्ट्र नीतिको चासो आफ्नो देशको आन्तरिक आवादीको बनोट र पृष्ठभूमिसँग हुँदैन भन्ने प्रचलित धारणा युक्रेनको घटनाक्रममा घाइते भएको छ । भौगोलिक अवस्था र भूराजनीतिक महत्त्वको हेक्का नराखेर सत्ताको लुछाचुँडीमा लागेका, आपसी मनोमालिन्यलाई सुल्झाउन विदेशीलाई गुहार्ने नेताहरूले युक्रेनलाई रूस र पश्चिमी शक्तिहरूबीच भिडन्तको कुरुक्षेत्र बनाएका छन् । परिणाममा सन् १९८९ मा बर्लिनको पर्खाल भत्काइएपछि अन्त्य भएको शीतयुद्ध फेरि सुरु भएको छ । विश्व व्यवस्था एक्कासी तनाव र अनिश्चिततामा फँसेको छ । २५ वर्षपछि पहिलोपटक युरोपको शान्ति र स्थायित्वमा आशङ्का बनेको छ । शक्तिराष्ट्रहरूको सम्बन्ध प्रत्यक्ष द्वन्द्वको चरणमा प्रवेश गरेको छ । यसरी युक्रेनको आन्तरिक विवादको अन्तर्राष्ट्रियकरणसँगै सुरु भएको रूस र पश्चिमी शक्ति बीचको रस्साकसी क्रिमियाको स्वामित्व रूसमा सरेपछि अन्तर्राष्ट्रिय राजनीति स्वयम् संक्रमणकालमा प्रवेश गरेको छ । यसबाट रूस र पश्चिमी विश्व बीचको संघर्षले विश्व शक्ति सन्तुलन फेरिनेमात्रै हैन, ठूला शक्तिहरूबीच सुरु हुने रणनीतिक तानातानले सामरिक महत्त्वको भूस्थापन भएका कमजोर देशहरूको भविष्यसमेत अनिश्चयको घेरामा पर्छ भन्ने कुरालाई नेपालले हेक्का राख्नुपर्छ ।
युक्रेनको सिमाना पुनः रेखाङ्कनको यो घटनाले युक्रेनको सिमाना पुनः रेखाङ्कन भएर सन् १९८९ मा स्थापित यथापूर्व स्थितिको व्यवस्थालाई अन्त्य गरेको छ । क्रिमिया पूर्वी युरोपमा र युक्रेन पश्चिमी युरोपमा विभाजित भएपछि युरोपको नक्सा दोहोर्याएर कोरिने जोखिमपूर्ण क्रम सुरु हुने आशङ्का छ । यसैले अहिले विकसित र विकासोन्मुख देशहरूका नीति निर्माता र सामरिक विश्लेषकहरूबीच पूर्व-पश्चिमबीच चर्किएको द्वन्द्वको परिणामबारे चिन्तन सुरु भएको हो । विगत १४ वर्षदेखि 'दुई ध्रुवीय विश्वको मृत्यु बीसौँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक तवाही हो' भन्दै आएका राष्ट्र्रपति पुटिनले क्रेमलिनमा चैत ४ गते आयोजित विशेष बैठकमा दिएको वक्तव्य तथा युरोप र अमेरिकाले रूसविरुद्ध चालेका कदमहरूले विश्व राजनीतिको सम्भावित दिशा र स्वभावको प्रस्ट सङ्केत गरेको छ ।
दोस्रो शीतयुद्धमा युरोप फँस्नुको प्रत्यक्ष प्रभावमा विश्व अर्थतन्त्र अर्को विपत्तिमा पर्ने र स्थापित भूमण्डलीय सुरक्षा व्यवस्थाको अन्त्य हुने जोखिम बनेको छ । परिणाममा अढाई दशक पहिले स्थापित एक ध्रुवीय विश्वको मृत्यु भएर अन्तर्राष्ट्रिय सम्बन्ध संक्रमणकालमा प्रवेश गर्नेछ । यस्तो अवस्थामा राष्ट्रिय चिन्तनबाट परराष्ट्र नीति तर्जुमा र दक्षताबाट कार्यान्वयन भयो भने देशको भलो हुने तर लहड वा व्यक्तिगत सोचबाट निर्देशत रह्यो भने देश विपत्तिमा पर्ने पाठ पहिलो शीतयुद्धले सिकाएको थियो । के नेपालले यो पाठ अहिले सम्झिएको छ ?
चीन र भारत दुबैले आफ्नो तात्कालिक आवश्यकता र भविष्यको जटिलता वा सामरिक सोचबाट रूस र युरोप तथा अमेरिकाबीच चर्किएको द्वन्द्वमा आफ्नो अडान प्रस्ट पारेका छन् । दुबै छिमेकीहरूको अभिवृत्तिमा आधारभूत भिन्नतासँगै तात्कालिक लाभ र भविष्यको चिन्ता वा सुविधामा पृथक मूल्याङ्कन पनि अनुभव हुन्छ । यी दुबै अडानमा मानसिकता फरक छ, एउटा देशले अर्को देशबाट गर्ने अपेक्षा तथा सानो देशसँग ठूलो देशले हकदाबी गर्नसक्ने अवस्थाप्रतिको सोच पनि फरक छ । यसको उल्झन आजको नेपालका लागि जटिल र भविष्यका लागि खप्न नसक्ने बोझ हुनसक्छ । तर यस्तो गम्भीर विषयमा पनि नेपाल सरकार मौन बसेको छ, प्रमुख दलहरू आपसमा सत्तालक्षित शब्दवाण छोड्न नै मग्न छन् । राष्ट्रिय हितका मामिलामा सामुहिक चिन्तन गर्ने संस्कृतिको खडेरीबाट नेपाल अहिले पनि मुक्त हुन नसक्नु दुर्भाग्यलाई आमन्त्रणमात्रै हो ।
अहिले रूस र पश्चिमी शक्ति बीचको सन्तुलन शक्तिमा चीन स्थापित भएको छ । यो घटनासँगै विश्वको दोस्रो ठूलो आर्थिक शक्तिको सामरिक हैसियत एवं विश्व राजनीतिको शतरञ्जको खेलमा प्रभुत्व ह्वात्तै बढेको छ । यसलाई पुष्टि गर्दै 'पश्चिमी देशहरूसँग जति सम्बन्ध बिगि्रन्छ, त्यत्ति नै रूस चीनको नजिक जान्छ । चीनले साथ दिएपछि कसैले पनि रूसलाई एक्लाउन सक्दैन' भन्ने मस्कोका चीनविज्ञहरूको भनाइ चैत ७ गते रोयटर्सले सार्वजनिक गरेको थियो ।
रूस र चीन बीचको बलियो गठबन्धन अमेरिकाको लागि प्रतिकूल हुन्छ । यसको परिणाममा चीनविरोधी रणनीतिमा धार लगाउन अमेरिकालाई हतारो हुनसक्छ । नेपालको लागि यसमा चासो हुन्छ ।
तसर्थ फेरिन लागेको विश्व शक्ति सन्तुलन तथा दुबै छिमेकीहरूको हैसियतमा आएको परिवर्तनलाई बुझेर आफ्नो आन्तरिक र अन्तर्राष्ट्रिय व्यवहारलाई समायोजन वा पुनःसमायोजन गर्न नेपालले अबेर गर्नु हुँदैन ।
- See more at: http://www.ekantipur.com/np/2070/12/12/full-story/386304.html#sthash.snfn6XrU.Ty9Y3qC5.dpufThursday, March 20, 2014
ट्वान्टी ट्वान्टी वर्ल्डकपमा नेपालले दुइ वटा बिश्व किर्तिमान
वर्ल्डकप शुरु गर्दै गर्दा नेपालले दुइ वटा बिश्व
किर्तिमान गरेको छ !
१, आज सम्म कुनै पनि देशले
ट्वान्टी ट्वान्टी वर्ल्डकपमा ८० रन्को मतान्तारले
जितेको छैन नेपालले हंगकंगलाइ सुरुवातमा नै जितेर
यो रेकर्ड कायम गरेको छ !
२, आज अफगानिस्तान संग खेलेर ४ ओभर बलिंगमा १३ डट
बल दिएर जितेन्द्र मुखियाले अर्को किर्तिमान गरे !
सायद यो किर्तिमान अरु चर्चित रास्ट्रले गरेको भए
ब्रेक न्युज भैदिन्थ्यो होला !
हार जित भनेको तेस्तै हो, कहिले जितिन्छ कहिले
हारिन्छ तर यो किर्तिमानले
नेपाली क्रिकेटको उच्चाई सगरमाथा जस्तै
देखिएको छ ! बधाई छ !
Tuesday, March 18, 2014
Monday, March 17, 2014
आमिर खानको बहुचर्चित शो ‘सत्यमेव जयते’ को दोस्रो श्रृङ्खलाको पहिलो भागले दिइएको सन्देस !
आमिर खानको बहुचर्चित शो ‘सत्यमेव जयते’ को दोस्रो श्रृङ्खलाको पहिलो भाग भारत (साथै हामीले नेपाल पनि भन्दा केही फरक पर्दैन होला)
लगायत नेपालमा पनि महिला हरुले मात्रै आफ्नो अश्मिता लुटिन वाट बच्न कुनै डर त्रास विना स्वतन्त्र हिंड्ने दिन कहिले आउन सक्छ होला? यदी यो भाग ले देखाए जस्तो लाचार समाज, सुरक्षा निकायको मनपरी तन्त्र, चिकित्सकको अयोग्यता,न्यायलयको हास्यद्पद कायशैली अनी सरकारको मौनता ले निरन्तरता पाउने हो भने महिलाहरुको हाम्रो देशको सबैभन्दा ठुलो समस्या समाधान हुने कमै समभावना देखिन्छ। यदी सरकारले यो episode मा भने जस्तै one stop rape crisis centers जस्तो कार्य हरु लागु गरे देखी केही न केही त आशा भरोषा त हुने थियो।
लगायत नेपालमा पनि महिला हरुले मात्रै आफ्नो अश्मिता लुटिन वाट बच्न कुनै डर त्रास विना स्वतन्त्र हिंड्ने दिन कहिले आउन सक्छ होला? यदी यो भाग ले देखाए जस्तो लाचार समाज, सुरक्षा निकायको मनपरी तन्त्र, चिकित्सकको अयोग्यता,न्यायलयको हास्यद्पद कायशैली अनी सरकारको मौनता ले निरन्तरता पाउने हो भने महिलाहरुको हाम्रो देशको सबैभन्दा ठुलो समस्या समाधान हुने कमै समभावना देखिन्छ। यदी सरकारले यो episode मा भने जस्तै one stop rape crisis centers जस्तो कार्य हरु लागु गरे देखी केही न केही त आशा भरोषा त हुने थियो।
Tuesday, March 11, 2014
Capital city of Khasa Kingdom of 12th 14th century.
Tahal Jirel shared Gorakh' Photography's photo.
Sinja Valley contains the archaeological evidence of the capital city of the well organized and influential Western Malla or Khasa Kingdom of the 12th and 14thCentury. After the 14th Century the Khasa Kingdom split into the Baise or Twenty-Two Kingdoms which existed until the unification of Nepal in the late 18th Century. Excavations have revealed the remains of old palaces, temples (Kanak Sundari, Tripura Sundari) and the old settlement. A remarkable ring of huge monolithic stone columns were found surrounding the ruins of the ancient settlement with a Malla gateway and steps. Earthen pipes were excavated testifying to an elaborate water supply system. Across from the Hima River there are caves with ancient votive Buddhist chaityas and cliff inscriptions. Even today the ancient rites of the Masto (Shamans) are practiced in many of the stone Dewals or temples.
The Sinja Valley was where the Nepali language originates from and the earliest examples of the Devanagari script from the 13th Century were found on the cliffs and in nearby Dullu.
The Sinja Valley was where the Nepali language originates from and the earliest examples of the Devanagari script from the 13th Century were found on the cliffs and in nearby Dullu.
लडाकु ओनसरीको जीवन र विद्रोह अनुभव:‘सहरका महिला अझै श्रीमान्का मोजा फुकालेरै बस्छन्’
Tuesday, March 11 , 2014 | मंगलवार, फाल्गुण २७, २०७० | Setopati‘‘काठमाडौँ खाल्डोका महिलामा त मनोबल नै छैन, ‘धेरैजसो समय श्रृङ्गार गरेरै बित्छ। सिर्जनशील समय यस्सै खेर फाल्छन्,’ ओनसरी अचम्म पर्छिन्, ‘बरु गाउँकै महिला हकी!’
‘हामीलाई छाडेर जाने भए किन पाएको त?’ सानैमा यस्ता प्रश्न सोध्ने त्यही छोरी आजकाल भन्न थालेकी छन्, ‘बाआमा त्यसरी नगएको भए हामीले गाउँकै स्कुलमा पढ्नु पर्थ्यो।’
संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीमगरकी १५ वर्षीया छोरीले अझै धेरै बुझ्न बाँकी छ।
आफ्नी आमाले गरेको क्रान्तिले उनलाई र उनीजस्तै बच्चाबच्चीको भविष्य के बनायो?
बुझ्न बाँकी छ उनकी आमाले सपना देखेकी थिइन्– नेपालका प्रत्येक बच्चाबच्चीले उनले झैँ राम्रो शिक्षा पाउन्।
छोरीले पछि बुझ्दै जाने छिन् भनेर ओनसरी आफँै ढुक्क छिन्।
आफ्ना बच्चा त्यसरी चटक्क छोडेर, हतियार नबोकेको भए ओनसरी आज संविधानसभाको उपाध्यक्ष हुन पाउने थिइन कि थिइनन् कुन्नि!
उनी र उनीजस्तै मान्छेहरु युद्धमा नगएको भए के हुन्थ्यो?
यस्ता प्रश्नका धेरैथरि उत्तर आउन सक्छन्।
उनी आफ्नो पार्टीबोली टपक्कै टिपेर बोल्छिन्, ‘जनयुद्ध नभएको भए, नेपालमा यति ठूलो परिवर्तन हुँदैनथ्यो, राजतन्त्रको अन्त्य हुन सक्दैनथ्यो...’
राजनीतिका यस्ता बहसमा ओनसरी घन्टौँ बोलिरहन सक्छिन्। यसरी बोलिरहन सक्ने उनलाई केले बनायो?
उनीसँग जवाफ छ– समाजले, यहाँ हुने अन्यायले र त्यसविरुद्ध आफूहरुले छेडेको क्रान्तिले।
साँच्चै युद्धमा नगएको भए रोल्पा माडीचौरका एक किसानकी छोरी उनी के हुन्थिन् होला?
‘म धेरै बढी हुन्थेँ भने शिक्षिका हुन्थेँ’ उनी भन्छिन्, ‘हो म शिक्षिका चाहिँ हुन्थेँ।’
छोरीमान्छेलाई पढाउने चलन नभएको समाजमा शिक्षिका बन्नु साह्रै ठूलो कुरा थियो।
तै पनि, उनले झण्डैले स्कुल जान छोड्न परेको थिएन।
दिदीको बिहे भएपछि पालो उनैको थियो। घरको काम गर्न दाइले स्कुल छोडेनन्। छोड्नै त उनले पर्ने, किनभने उनी छोरी हुन! गाउँभरिका दिदीबहिनीले घरको काम गर्न स्कुल छोड्थे।
छोरीका लागि स्कुल त फुर्सदमा जाने ठाउँ थियो।
बिहानै उठेर अहिले आफ्नी छोरीले झैँ कापिकिताब समात्न उनले कहाँ पाउँथिन् र?
आफूभन्दा ठूलो घाँसको भारी ल्याएर गोठमा फालेपछि, चराले झैँ खाना टिपेर स्कुल जान पथ्र्यो।
खेतीपाती छोरीहरुले नै धान्नपथ्र्यो। बाली लगाउने र काट्ने बेलामा उनीहरुलाई खाने फुर्सद हुन्थेन, स्कुल त परको कुरा!
उनले पढ्न पाउनु त संयोग थियो।
तीन क्लास पास गरेर ४ मा जानेवेला उनको स्कुलले वार्षिकोत्सव मनाउँदै थियो। वार्षिकोत्सवमा खेल प्रतियोगिता थियो। छ वटा खेलमा उनले भाग लिइन्।
सबैमा पुरस्कार जितिन्। ३ कक्षामा दोस्रो भएर ४ कक्षामा पुगिन्। आफ्नै कर्मले, आफ्नै बल र मेहनतले उनले पढ्न पाइन।
दाइहरु कम्युनिष्ट पार्टीमा लागिसकेका थिए, स्कुल नजा भन्न सकेनन्।
त्यत्रा पुरस्कार ल्याउने छोरीलाई स्कुल नजा भन्नु मनासिब देखेनन् होला बाले पनि।
उनीलाई स्कुल जानबाट अब कसैले रोक्न सकेन।
जब उनीहरु दिदीबैनी ठूला हुँदै गए, फुपुहरु आफ्ना छोरा देखाएर उनीहरुलाई माग्न आउन थाले। यो माग्ने चलन पनि छोरी मान्छेको जिन्दगीका लागि पासो थियो।
गाउँमा त्यतिखेर, जलजला युवाक्लव भन्ने संस्था थियो, सांस्कृतिक क्रियाकलापलगायत अन्य चेतनामूलक कार्यक्रम पनि गथ्र्यो। उनी पनि त्यसमा गीत गाउन, नाच्न जान थालेकी थिइन्।
त्यसैको प्रभाव होला, बाले भन्दा पहिले फुपुहरुलाई हुन्न भन्ने जवाफ दिएर पठाउँथिन्। उनको चेतमा बसिसकेको थियो पढ्नुपर्छ र शिक्षिका बन्नुपर्छ भन्ने।
जलजला युवाक्लवमा पुस्तकालय थियो। त्यहाँबाट उनले झिकेर पढिन् ‘माकुरा र झिंगाको कथा’, ‘सात काँटी सलाईको कथा’ र ‘चम्किलो रातो तारा।’
तिनैले किताबले सम्झाए, उनलाई धनिगरिबका कथा। विभेदका कथा।
चम्किलो रातो ताराको फुच्चे नायक उनको मनमा गढेर बस्यो।
त्यसपछि उनले आफ्नै जीवनमा अनुभव गरिन्, धनी र गरिब हुनुको अन्तर।
उनको गाउँको माघी मेलामा, एकजना मान्छे रक्सी खाएर खोलामा बगेर मर्यो।
अकस्मात पुलिस आएर ओनसरीको माइलो दाइलाई समायो र गाउँको अर्को दाइलाई पनि लग्यो।
पञ्चायतको उत्कर्ष थियो। दाई कम्युनिष्ट थिए, अर्का कांग्रेस।
सँगै समातिएका अर्का मान्छे त पैसा तिरेर छुटे। उनीहरुसँग पैसा थिएन। धनी भएको भए आफ्नो दाइ पनि छिटै छुट्न सक्ने रैछ भन्ने उनले थाहा पाइन्।
दाइ जेल परेपछि, पाखोबारीको जमिन जोत्ने बा नै थिए, तर सक्दैनथे। बाको दुख देख्न नसकेर ओनसरी आफैले जोत्छु भन्न थालिन्।
उनका बाआमा एकदमै धर्म मान्ने। छोरीलाई हलो जोताए धर्म नास हुन्छ भन्ने चलन थियो। किन दिन्थे र बाले?
एकदिन उनी कस्सिइन्।
‘बा धर्मसर्म छोड्दिनुस्,’ उनले भनिछन, ‘मै जोत्छु, घरको छाना नि मै लगाउँछु, तपाईँले धर्म छाडेमात्रै मैले जोत्न पाउँछु।’
नौ बर्षको उमेरमै उनलाई केले दियो मूल्यमान्यता भत्काउने साहस?
छोरीमान्छे भए पनि सक्छु भन्ने चेतले कि पैसा नभएर दाजु जेलबाट छुट्न नसकेको तोडले?
उनका बाले धर्म छाडिदिए र छोरीकै भर परे।
समाजले बाउ छोरीलाई धिक्का¥यो धर्म नासे भनेर। त्यहीबेला उता दाइलाई पुलिसले यातना दिएको खबर आउँथ्यो। र, कहिले घुस दिए छोडिदिने खबर।
धेरैपछि हो, ९० हजार रुपैयाँ बल्लबल्ल जुटाएर उनीहरुले खै कहाँ हो, बुझाए, दाइ छुटे।
दाइ छुटे पनि उनको मनमा प्रश्नहरुको हुण्डरी चल्यो।
मान्छे मारेको भए दाइ किन छुट्यो?
नमारेको भए त्यत्रो पैसा किन तिर्नुपर्यो?
धनीले त पैसा भए मुद्दा लड्न पनि पर्दो रैन छ। निर्दोष थियो भने दाइ किन समातियो? त्यो मान्छे आफैँँ मरेको साक्षी थियो, उसको कुरा किन सुनिएन?
प्रश्नको उत्तरै भेटिनन् उनले। त्यसैले जन्मायो शायद व्यवस्थाप्रतिको वितृष्णा। पुलिस र न्यायप्रतिको रोस।
सानै थिइन्, दाइले दिन्थे कुन्नि के के लेखेका ह्याण्डस्लिप। उनलाई के लेखेको र कसले लेखेको पनि थाहा हुन्नथ्यो।
कसैलाई नभनी टाँस्नु भन्ने उर्दी दिन्थे दाजु। उनले लुकेर गाँउघरका भित्ताभरि टाँसेर भ्याउँथिन्।
कसैले भेउ पाउँदैनथे। त्यही थियो, उनको भूमिगत जिवनको पहिलो कक्षा।
त्यो २०४६ सालको जनआन्दोलनको बेला थियो। जब कान्छो दाइ समातिए, उनले थाहा पाइन् आफुले लुकेर टाँसेका पर्चा पञ्चविरुद्ध लेखिएका थिए।
जब सात क्लासमा पढ्थिन् कोटगाउँमा, स्कुलमा संगठन बन्यो र त्यसको सदस्य भइन्।
हाइस्कुल पढ्न सदरमुकाम आउनुपथ्र्यो। आठ क्लासदेखि पढ्न लिवाङ आइन्।
लिवाङ उनको सपनाको बाटोको एउटा देउराली मात्रै थिएन्, लिवाङले उनलाई बतायो, धनीगरिबको, जातपातको र उपेक्षितहरुको कथा।
लिवाङले नै बनायो उनलाई लडाकु।
लिवाङमा आएर मात्र उनले सुनेकी हुन अल्लि राम्रो र सभ्य भनिने नेपाली भाषा। उनी मातृभाषा (मगर) मै बोल्थिन्, धेरै नेपाली बुझ्दैनथिन्।
नेपाली भनेको उनको गाउँमा बोल्ने दलितहरुको भाषा हो। त्यस्तो बोल्दा लिवाङको स्कुलमा उनी अर्कै दर्जाकी भइन्।
९० जना विद्यार्थी बीचमा बसेर पढ्न पथ्र्यो। अघिल्लो सिट ओगट्न छिटो आएर झोला राख्थे। प्रार्थना सकेर आउँदा आफ्ना झोला पछि पुगेका हुन्थे कि भुँइमा। पछिल्लो सिटमा बसेर सरले पढाएको बुझिदैँनथ्यो।
‘हामीलाई त टिमुर गनाउने भनेर छेउमा बस्न पनि दिँदैनथे,’ उनी अहिले सम्झिन्छिन्, ‘जनजाति भनेर नि हेप्दा रैछन, अर्कै भाषा बोल्नेलाई पनि हियाउने रैछन्, यस्ता विभेद थाहा पाएको मैले लिवाङ आएर मात्रै हो।’ उनको गाँउमा क्षेत्री बाहुन थिएनन्। जनजातिहरुमा विभेद धेरै हुन्नथ्यो।
एकदिन उनको विचार आयो, आफूलाई अघि बस्न नदिनेहरुलाई गोद्ने।
अघिल्लो सिटमा झोला राखेर उनी प्रार्थना गर्न नगई पछिल्लो सिटमा ढुकेर बसिन्। प्रार्थना सकेर केटाकेटी हुरुरुरु भित्र आए।
एकजना अग्ली केटी आएर उनको झोला फ्याँकिदिइन्– टिमुर गनाउनेले अघि झोला राख्ने?
बुरुक्क उफ्रेर ओनसरीले भनिन्– ए दिदी, त्यो किताब उठाएर त्यही बेन्चमा राख्ने हो भने राख, नभए आज जे पनि हुन सक्छ।
उनले पाखुरा सुर्केको देखेपछि उनीहरुले झोला उठाइदिए। त्यसपछि त्यो बेन्च सधैँभरि ओनसरीहरुकै भयो।
उनले आफ्नै बलमा लडेर आफ्नो अधिकार स्थापित गरेको त्यो पहिलो अनुभव थियो।
‘मलाई त एक्लै देखे पनि डराउँथे,’ उनले लडाकु शैलीमै भनिन्, ‘केटी जिस्काउने र आवारा केटालाई त म समातेर एक्लै गोद्थेँ।’ ओनसरी हिट भइन मान्छे गोद्ने केटी भनेर।
बहुदल आएपछि पनि उनको पार्टी भूमिगत थियो। आफू सदस्य भएपछिमात्र उनलाई थाहा पाएकी हुन् बाहिर जनमोर्चा भनेर चिनिने उनको पार्टीको बास्तविक नाम एकताकेन्द्र थियो।
५१ सालमा उनको पार्टीले वाइसिएलबाट छानेर लडाकु दल बनायो। उनी पनि छानिइन्। अब पार्टी युद्धमा जाँदै छ भन्ने गाइँगुइँ चलिसकेको थियो। पछि उनको पार्टीको नाम माओवादी भयो।
‘चम्किलो रातो तारा’को प्रभाव, उनलाई जनयुद्धमा जानु थियो।
५२ सालमा युद्धको थालनी गर्दा रोल्पाको होलेरीमा लडेको पहिलो लडाइँमा उनी सामेल हुन पाइन्। उनीसँग दुईवटा सिसाका बम थिए। उनीहरुले चौकी कब्जा गरे।
त्यो चौकी हान्ने योजना प्रोपागाण्डा बढी थियो। उनीहरुले जनयुद्धको औपचारिक जनाउ होलेरी चौकी हानेर गरेका थिए।
‘धेरै ठूलो परिवर्तनका लागि,’ उनीहरु युद्धमा होमिएका थिए ज्यानको बाजी थापेर।
ज्यान के ठूलो थिएन उनीहरुलाई? मृत्यु के डरलाग्दो हुँदैन छापामारहरुलाई?
‘मानसिक रुपमा तयार भएपछि मृत्यु पनि सहज हुँदो रैछ हो,’ संविधानसभाको उपाध्यक्ष पूर्वलडाकुले भनिन्, ‘मर्नुमा पनि आनन्द हुँदो रैछ, सपनाहरुका लागि मर्ने भनेपछि त।’ अनुहारमा केही भावहरु देखा परे, उनको अनुहार गर्विलो देखियो।
...
उनी यस्ती लडाकु हुन् जो राज्यविरुद्धको पहिलो र अन्तिम युद्धमा सामेल थिइन्।
ज्यानसँग साटेको उनको सपनाको लागि युद्धको भ¥याङ चढेकी हुन् उनले।
त्यो युद्धले ओनसरी जस्तै केहीलाई त नेता बनायो। तर अझ सामान्य मान्छेहरुलाई के दियो? के हतियार बिसाएपछि, ओनसरीले देखेको सपना पुरा भयो?
तयारी उत्तर छ उनी र उनीहरुसँग, ‘हामी परिवर्तनका लागि अझै लडाइँमै छौँ।’
उनीभित्रको लडाकुले भन्या,े ‘सुरुमा हामीले धेरै कुरा सोच्याथ्यौँ, हुन त हामीले रोजेको बाटो यो होइन।’
के उनी अझै लडाकु नै छिन्? त्यो भर्भराउँदो आशा बोकेर हिँड्ने लडाकु जसलाई बानी परेको छ भनिरहन, ‘हामीले सोचेको परिवर्तन हुन्छ हुन्छ म विश्वस्त छु।’
आमासँग युद्धमा जान्छु भन्न गाउँ माडीचौर पुगेकी थिइन्।
‘म जान्छु आमा,’ उनले भनिन्।
‘किन?’
‘राजा फाल्न।’
त्यसपछि ओनसरीले धनिगरिब बराबरीजस्ता आफ्ना सपनाका कुरा सुनाइन्।
आमाले चुनौतीजस्तो भाषामा भनिन्, ‘अरु त मान्छु, राजा फाल्न चाहिँ सक्दैनाँ।ै’
सोझी आमालाई राजा ठूलो र शक्तिशाली लाग्थ्यो।
‘ठूला ठूला परिवर्तनको हिसाब नगर्ने हो भने पनि,’ ओनसरीले भनिन्, ‘देशका कुनाकुनाका मान्छेमा पनि राजनीतिक चेतना जाग्यो, आफ्नो अधिकारका बारे बोल्न सक्ने भए जनता, न्याय पाउन जाने ठाउँ खोज्न थाले।’
यस्ता परिवर्तनका लागि पनि आफ्नो लडाइँलाई जस दिन्छिन् उनी।
उनी सानै हुँदा, उनको गाउँमा क्लवले घरघरमा चर्पी बनाइदिएको थियो। दुईचार दिन त प्रयोग भए होलान् तर महिना दिनपछि जाँदा चर्पीमा बाख्रा बाँधिएका हुन्थे र मान्छेहरु जंगलमै दिशापिसाब गर्न जान्थे। ‘त्यस्तो थियो चेतनास्तर! अहिले चर्पीमा पानी चाहिने भएरै पानी ल्याउने आयोजनाको माग भएको छ,’ उनले भनिन्।
‘महिलाको मनोवल बढ्यो, कति धेरै महिलाहरुले आफैले निर्णय गर्न थाले,’ उनले थपिन्।
उनी प्युठानको कुनै सेल्टरमा थिइन्। साँझपख आँगनमा टहलिरहेकी। मुटु ठिहिराउने जाडो थियो। एकजना महिला तलबाट पानी बोकेर आउँदै थिइन्, खुट्टाको चप्पल हातमा बोकेर।
सोधिन्, ‘किन चप्पल हातमा बोकेको?’
‘बाटोमा जेठाजु भेटिन्छन्, उनको अघि चप्पल लगाउनु हुँदैन।’
‘त्यो बेला मैले संसार कस्तो सोच्याथेँ! अब हेर्नुस् कस्तो भयो होला मलाई?’
बेलुका ती महिलालाई त्यसरी नहिँड्न सम्झाउन गइन् उनी। उनले जवाफ दिइन्, ‘त्यसो गरे घरबाट निकाल्छन् मलाई, अनि तिम्ले के गर्छौँ?’
यसै गर्छु भन्ने जवाफ थिएन उनीसँग। उनको अनुभवमा अहिले गाउँगाउँमा पनि यतिसम्मको अन्याय छैन रे।
जनसेनामै महिलाहरु पनि कमाण्डर हुन हिच्किचाउँथे। जब पार्टीले महिलाको अलग संरचना बनायो, बल्ल महिलाहरु सेनाको कमाण्ड गर्न थालेका हुन्।
शिक्षाले भन्दा ठूलो परिवर्तन राजनीतिक चेतले ल्याउने ठान्छिन् उनी।
उनी गाउँमै हुर्किन् र उतै राजनीति गरिन्। शहरका महिलाका बारे उनले धेरै राम्रा कुरा सोच्थिन्। स्कुल, कलेज पढ्न जान पाउनु, राम्रो मिठो लाउन खान पाउनु, अलग र समुन्नत जिन्दगी होला!
जब शहर आइन्, उनले शहरी जीन्दगी जस्तो सोचेकी थिइन्, त्यस्तो होइन रैछ।
‘यो खाल्डो हेर्दा त कस्तो रैछ भने, यहाँका महिलामा त मनोबल नै छैन,’ उनी अहिलेसम्म अचम्म पर्छिन्, ‘यहाँका महिला त श्रीमानको मोजा फुकालेरै बस्दा रैछन्।’
बरु गाउँकै महिला हकी!
ओनसरी ठान्छिन्, शहरका महिलाको धेरै जसो समय श्रृङगार गरेरै बित्छ। उनीहरु सिर्जनशील समय यस्सै खेर फाल्छन्। महिलालाई तयार हुन पुरुषलाई भन्दा दुई गुणा समय लाग्छ।
कहिलेकाहिँ त सारीमै अल्झिएझैँ लाग्दो हो, यहाँका धेरै महिलाको जिन्दगी!
कति ठूला, मानसिक र शारिरिक लडाइँ लडेर संविधानसभाको उपाध्यक्ष भएपछि, उनलाई एउटै कुराको पिरलो छ, औपचारिक ड्रेसकोड सारी!
...
हतियार विसाएपछि उनी राजधानी आइन्। पहिलो संविधानसभाको समानुपातिक सभासद भइन्। दोस्रो संविधानभामा रोल्पा बाट प्रत्यक्षमा जितिन्।
अब उनको लडाइँ फेरियो। संसदमा लड्नु पनि कम गाह्रो हुन्न।
खास गरि संविधानसभामा, उनले महिलाका एजेण्डामा काम गरिन्।
सबै पार्टीको ककस बनाए उनीहरुले।
पुरुष नेताहरु ककसलाई सकस भन्थे।
उनीहरुले चाहेजस्तो महिलाका अधिकार स्थापित हुने हो भने त ‘पुरुषको चिल्ली विल्ली’ हुन्छ रे।
‘५१ प्रतिशत महिला सहभागिता हुँदा त कम्तीमा चुनावको कुरा गरौँ, ५१ जना पुरुषले त्यो आफ्नो पद गुमाउनुप¥यो,’ उनी हाँसिन्, ‘त्यो त्याग गर्न त नेताहरुलाई सकस हुन्छ नि।’
महिलाका कुरा ग¥यो पुरुषहरु हाँसिहाल्ने। खै तपाईँ महिलाहरु उठाउन खोज्यो एक जना त भेटिन्न भनेर हल्का कुरा गर्दिन्छन्, उनीहरु गहिरोगरी समस्यालाई बुझ्नै चाहँदैनन्, त्यो किसिमको चेत पनि छैन कति नेताहरुमा त।
...
रमाइलो गर्ने किशोरी उमेरमा पार्टीका काम र अन्याय गर्नेहरुलाई गोदेरै बित्न थाले उनको।
प्रेम, बिहेबारे यिनले के सोचिहोलिन्?
ओनसरीलाई यस्तो केटा मन पथ्र्यो, जसले रक्सी चुरोट नखाओस्, इज्जत होस् र आत्मनिर्भर होस्।
पछि सर्त थपिँदै गए, जसले राजनीति गर्न रोक नलाओस्। निर्धक्क देओस् पार्टीका काममा जहाँसुकै जान।
उनका बाले पनि भन्थे केटा असल हुनुप¥यो बस्। हो, त्यस्तै मान्छे भेटिए – वर्षमान पुन।
उनकै पार्टीका पढालेखा भलाद्मी थिए।
उनीहरु नातेदार समेत पर्थे। पार्टीले पनि स्वीकृति दियो।
लिवाङमै पार्टीको दुईचार दिने कार्यक्रम थियो। त्यही कार्यक्रमको बीचमा पार्टीले नै उनीहरुको बिहे आयोजना गरेको रैछ।
अरु केटीहरु झैँ घुम्टोमा सजिइनन् उनी। कार्यक्रमको मञ्चमा चुनावी भाषण गरेझैँ उनीहरुले भाषण गरे। अबिर लगाए। बिहे भयो।
सबै भन्दा अचम्मको कुरा, बिहेपछि उनीहरु एकछिन पनि सँगै बसेनन्।
उनलाई नयाँ दुलही जस्तो अनुभव नै भएन, मिल्ने साथीसँग छुटिँदा जस्तो हुन्छ, त्यस्तै भयो!
त्यहाँभन्दा बढी भावुक हुन उनीहरुलाई केले दिँदैन? पार्टीले? कि आफ्ना धारणाहरुले?
आफ्नो प्रेम, बिहेबारे सम्झिरहँदा उनको अनुहारमा कुनै पनि रमाइला भावहरु देखिएनन्। एकदम सामान्य।
मान्छेलाई यति धेरै सामान्य केले बनाउँदो हो?
बिहेको मञ्चबाट, दुवै आ–आफ्नो काममा खटिए। उनीहरु आफ्ना थिएनन्, पार्टीका थिए। निजी जीवनभन्दा ठूलो पार्टीको कार्यक्रम थियो। युद्ध हुँदै थियो।
उनीहरु अहिले पनि आफ्ना व्यक्तिगत कुरामा भन्दा बढी पार्टीकै मुद्दामा झगडा गर्छन् रे। अर्थमन्त्री भइसकेका उनका श्रीमान एकदमै सोझो र अरुको कुरा काट्न नसक्ने छन् भन्ने उनको आरोप छ।
‘म चाहिँ कडा छु, कहाँ जे पनि सजिलै छोडेर हुन्छ?’ उनी अबचाहिँ हाँसिन्।
व्यक्तिगत जिन्दगी नै पार्टीको नाम गर्दिएकी उनले ५५ सालमा छोरी जन्माइन्, धन्न छोरी हुर्किन्जेल पार्टीले उनलाई रोल्पा वरिपरि नै खटायो उनलाई। अल्लि पछि भने आमालाई छोरी दिएर हिँडिन्।
उनलाई आफू बाँच्छु जस्तो त लाग्थेन।
‘कुनै सेल्टरमा बच्चा देखे खुब माया गर्न मन लाग्थ्यो,’ उनले आफ्नो अनुभव व्यक्त गर्नै सकिनन्।
उनी कहिलेकाहिँ घर पुग्दा रिसाएर छोरी काखमै आउँदिनथिइन् रे।
उसको प्रश्न सधैँ एउटै हुन्थ्यो, ‘छोडेर जाने भए हामीलाई किन पाएको त?’
फेरि छोरा पनि जन्म्यो, ७ महिनामै आमाको काखमा थमाएर उनी हिँडिन्।
युद्ध थामिएपछि उनको सानो छोरालाई लिएर आमा काठमाडौँ आइन्।
छोराले त उनलाई आमा नै मानेन।
‘यस्तो तरुनी पनि आमा हुन्छ त?’ उनको छोराले भन्यो, ‘आमा त बुढी हुन्छ।’
उनकी छोरीले भाइलाई यै हो आमा भनेर धेरै सम्झाएपछि बल्ल मान्यो।
Subscribe to:
Posts (Atom)
पहिचान सहितको सङ्घियता र जिरेल समाज
जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...
-
A junior army staff at Narayanhiti Lal Bahadur Lamteri claiming to be an eyewitness to the tragedy has said Crown Prince Dipendra, blame...
-
Where are Princess Shruti Shah Rana’s two daughters Girvani Rana and Surangana Rana? Jan 7th, 2014 · 3 Comments Ex-crown Princess ...
-
साथै "लामा प्रचलनलाई पनि कुनै एक जिरेल् पुर्खा तिब्बत् गएर लामा पढेर आएर विभिन्न लामा चमत्कार हरुबाट सबै जिरेलहरुलाई प्रभावित् पारेर श...