जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो आफ्नो मात्री भाषा सहित आफ्नो मौलिक धर्म संस्क्रितिको संरक्षनको बारेमा सोचेनौ भने कसले सोच्ने? जिरेलहरुको मुख्य वस्ती रहेको मुख्य पुर्व तिन गाविसहरुमा पनि हाम्रो भाषाको ठुलो भिन्नता हुनु त्यो हाम्रो मौलिक्ता हो। यो कुनै आपसमा एकअर्कालाई श्रय दिने आधार होइन, त्यसैले यो हाम्रो भाषा शैलीको विचमा भएको भिन्नतालाई समेत जिवित राख्नु हाम्रो कर्तव्य हो, नाकी एउटालाई प्रधान मानेर अर्कोको नाश गर्ने । त्यसैगरि हाम्रो परिचयलाई राजनितिक धार्मिक र गाउँ ठाँउ विशेष पुर्वाग्रही बनाउनेहरु बाट जोगाउनु पनि त्यतिनै जरुरी भएको छ आज ।
यो अवस्थामा हामी जिरेलहरुले यसको संरक्षनमा भएका केहि आधारहरु जस्तो जिरेल भाषाले राष्ट्रिय पत्रिकामा स्थान पाउनु र जिल्लाका रेडियोहरूले जिरेल भाषामा समाचार वाचन गर्नु पनि हाम्रो लागि उपलब्धि होइन र? यो उपलव्धि कस्को कारनले आएको थियो? एकपटक पछाडी फर्किने कि ?
र आजको संविधानले सिमित रुपमा उपलब्ध गराएको अधिकारको कार्यन्वयनको लागि अब पनि जिरेल स्वायत्त, विशेष र संरक्षित क्षेत्रबाट जिरेल समाजलाई अलग राख्नमा को कसले मुख्य भुमिका खेल्दै छन ? सोच्ने हो कि? हामी जिरेलहरुले छुट्ट्याउने कोशिस गर्ने हो कि?
हामी जनजाति जिरेल हरुलाई एक अल्पसन्ख्यक जनजातिबाट पनि अलग गर्दै राई किराँत जाति सङ्ग जोडेर एक जातिको हाँगा भनेर हाम्रो अल्पसन्ख्यक जनजातिको आधिकारबाट पनि हामी आफुलाई बन्चित गर्ने बाटो तिर त हामी लागेका छैनौ । एकपटक गम्भिरताका साथ सबै जिरेलहरुले सोच्नु पर्छ कि ?
हामी जिरेल समाज सामाजिक रुपले गम्भिर स्थितिमा पुगेको अवस्थामा जातिय राज्यको नाममा राजनिती गरेर हामी हामी बिच द्वन्द फैलाएर हाम्रइ मौलिक अधिकारहरुबाट बन्चित गर्न हाम्रा जिरेलहरु नै लागेका छन् । लामो समयको पर्खाइ पछि आफ्नो मुखमा आएको शिकार खुस्किने भएले त्रशित हरु सम्पुर्ण बल वुद्धि को प्रयोग गर्दै विवेकलाई छेऊ लगाएर तपाई हामी सामु आएकाछन् । त्यसैले हामी हाम्रो परिचयको मुख्य आधारहरु आफ्नो भाषा र धर्म संस्क्रितिको संरक्षनको लागि को कसले हाम्रो पक्षमा काम गर्दै आएकाछन् ? गर्न अग्रसर छन् ? थाहा पाउने हो कि?
जिरेलहरुसहित सम्पुर्ण समाजको उत्थानको नाममा ३० वर्ष देखी लागि परेका कसैबाट यो बाटोमा कुनै एक कदम बढाउने कोशिस भयो ?यहाँ सम्मकि जिरेलहरु जनजाति महासंघको नेत्रित्व तहमा पनि पुगे । जिरेलको नाममा। नतिजा जिरेल जाति परिचयलाई ब्यक्तिगत कथामा समेटे। भाषाले शुन्य रुप लिइसकेको छ र धर्म पनि कतिले अन्य धर्म अपनाई सके भने बाकि पनि आफ्नो धर्मलाई अवशेसको रुप दिदै हिन्दु धर्मलाई प्रशय दिन जोडतोडका साथ लागेको छ जिरेल समाज ।
तर विडम्वना हामी सबै जिरेलहरु पनि अनेकौ लाल्चा भ्रम र आफ्नो ख्यातीको चँग्गुलमा फसेर हामी आफुलाई अझ दरिद्र तिर धकेलदै छौ । त्यसैले म सबै जिरेलहरुलाई यो अनुरोध गर्छु कि भ्रममा नपरौ। आफ्नो समाजबाट आफ्नो मौलिक भाषाको दाहसंस्कार भएको आजसम्म खुशी हुदै हाँसेर हेरेर बस्न तपाईहामीलाई को कसले प्रेरित गरेको थियो वा छ ? थाहा पाउनुस। यसरि के हामीले सहि गरेका थिएँउ ? थाहा पाउनुस । के अब हाम्रो मौलिक भाषाको लोप हुनुले हाम्रो प्रगती सुनिश्चित गर्छ ? के यो हाम्रो मौलिक भाषाको हामीलाई केहि चिन्ता छैन ? यसको लोप हुन दिउ? के गर्ने हो ? निर्णय र अधिकार तपाईहरुको हातमा छ । त्यसैले यो समयलाई आफ्नो पक्षमा प्रयोग गर्दै आफ्नो परिचयको आधारहरुको संरक्षनको लागि तपाईले एक कदम आजै अघि बढाउनुस । भोली होइन आज ।
स्वायत्त, विशेस र संरक्षित क्षेत्रको नाम देखिनै तर्सिने र हाम्रो भाषाको संरक्षनको कुरालाई अशिक्षित गँवार को सङ्ग्या दिदै आफुहरु आधुनिक एक्काइसौ सताव्दीमा पुगेको बहानामा हाम्रो विनाश चाहाने हरुको राम्रो पहिचान गरौ । हामी हाम्रो व्यक्तिगत संरक्षन भन्दा माथि सामाजिक संरक्षनमा लागौ । आफ्नो ब्यक्तिगत उन्नतिको लागि सिङ्गो समाजलाई भ्रममा नपारौ । समाज आज आफ्नो पक्षमा हुँदा त्यो समाजलाई प्रयोग गरेर उनिहरुको हित् विपरित कानुन बनाउने हरुलाई सहयोग गर्न आजै बाट छोड्नु होला, र हामो समाजको हितमा जसले काम गर्छ उसैको पक्षमा समाजलाई उभ्याउने बाटोमा लाग्नुहोला । होइन भने समय र पालो सबैको आउछ त्यो समाज कुनै बेलामा पन्चायतको पक्षमा थियो भने भोली को कुरामा कसले देखेको छ ? सबै कुकुरले पालो पाउछ भन्ने कुरा सर्वसिदितै छ ।
फेरि पनि म मेरो तर्फ बाट सम्पुर्ण जिरेल समुदायलाई यो अनुरोध गर्छु कि हाम्रो परिचयको मुख्य आधारहरुको संरक्षनमा विशेस भूमिका खेल्ने कानुन बनाउनको लागि जहिले पनि अग्रसर रहेर हाम्रो पक्षमा नेपालको संविधानमा आवश्यक संशोधन गर्न लागि परौ । र् अहिले जे जति संविधानले दिएको छ त्यसको कार्यान्वयनको लागि शशक्त प्रयाश गरौ।जो जसले जहाँबाट जसरि सकिन्छ आफ्नो आवाजलाई सर्वसाधारण सम्म पुर्याउ। हाम्रो संरक्षनको हितमा कानुन हामी आफै बनाउ । हाम्रो हितमा कानुन बनाउनेहरुलाई जहिलेपनि समर्थन गरौ ।
No comments:
Post a Comment