Sunday, December 22, 2013

करोडौका गाडीमा डनहरु, डेढ करोडको गाडी चढ्नेको सम्पत्ति एक करोड मात्र !

७ पुस, काठमाडौं । गुन्डागर्दीका नाइकेहरु विलासी जीवन बिताइरहेका छन् । अधिकांश डनले करोड रुपैयाँभन्दा बढीका गाडी चढ्छन भने केहीले फेरी फेरी नयाँ गाडीमा सयर गर्ने गरेका छन् । उनीहरु मध्ये केहीमात्र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका छन् । चिकित्सकलाई धम्क्याएको आरोपमा केही दिनअघि पक्राउ परेका तालु भनिने सुभाष श्रेष्ठ एक करोड रुपैयाँभन्दा धेरै पर्ने ल्यान्डरोभर गाडी चढ्छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई दरबारमार्गबाट पक्राउ गर्दा उनको बा६च ८१११ नम्बरको ल्यान्डरोभर गाडी पनि बरामद गरेको थियो । तर, उनको गाडी प्रहरीले छाडिदिएको छ । तालुलाई भने प्रहरीले अपहरण उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । Range-Rover-Evoque तालु मात्र होइन गुन्डागर्दीका अधिकांश नाइके महँगो गाढी चढ्छन् । कुनै पेसा र व्यवसाय नभएका उनीहरुले कसरी करोडभन्दा धेरै पर्ने गाडी खरिद गरे भन्नेबारे प्रहरीले अनुसन्धान गर्दै आएको नयाँ पत्रिकामा खबर छ । क्यासिनो किङका नामले चिनिने बलराम सापकोट करिब डेढ करोड मूल्य पर्ने रातो रङको रेन्जरोभर गाडी चढ्नछन् । उनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यक्ति हुन् । तर सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले करोडको हाराहारीमा मात्र सम्पत्ति भेट्टाएको छ । स्रोतका अनुसार उनले अन्य व्यक्तिका नाममा गाडी किन्ने तथा लगानी गर्दै आएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका अजय श्रेष्ठ पनि कार नै चढ्छन् । उनले हालै स्पोर्टेस कार किनेका छन् । ललितपुरका डन मीनकृष्ण महर्जनले कांग्रेस नेता खुमबहादुर खड्काको पजेरो किनेका छन् । त्यस्तै कुमार घैंटे, साजन महर्जन, बाघे लामा, माइला लामा, विश्वक्रान्ति सिंहले पनि फेरी फेरी गाडी चढ्ने गरेका छन् । गुन्डागर्दीमा संलग्नलगायत विभिन्न व्यक्तिले महँगा गाडी चढ्ने गरेको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा परेको र अबैध सम्पत्ति जोड्ने सबैलाई कारबाही हुने विभागका महानिर्देशक चूडामणि शर्माले बताउनुभयो ।

Friday, December 20, 2013

दोलखाको जिरी : विदेशीले गुण्टा उठाएपछि

राजधानीबाट पूर्वोत्तर १ सय ८८ किलोमिटर टाढा रहेको एउटा सुन्दर, सानो शहर हो दोलखाको जिरी । यहाँको भौगालिक अवस्था स्वीटजरल्याण्डको ज्युरिचसँग मिल्दोजुल्छ छ भनिन्छ । त्यसैले त्यसलाई स्वीसहरु नेपाली ज्युरिच भन्छन् । जिरेलहरुको घना बस्ती रहेको जिरी प्राकृतिक सौन्दर्यले चिटिक्कै सिँगारिएको छ भने जातीय सदभाव र पर्यटकीय अवस्थाले सुन्दर छ । त्यहाँ रहेको सानो विमानस्थल र सगरमाथाको आधार शिविर जाने बाटोको कारणले पनि जिरी महत्वपूर्ण रहेको छ । जिरीमा एण्डमण्ड हिलारीदेखि जुनको तावेइसम्मले पाइला टेके । तेञ्जिङदेखि आङरितासम्म सबैले जिरीको पानी पिउन भ्याए । त्यसैले त्यो जिरी नेपालको पर्यटकीय इतिहासमा भिन्नै छ र पृथक पनि । वि.सं. २०१३ सालमा स्वीस नागरिक टोनी हेगन नेपाल आए । विश्व प्रसिद्ध व्यक्तित्व हेगनको नेपाल भ्रमण धेरै क्षेत्रमा अर्थ बोक्ने नाम हो । उनको नेपाल भ्रमणको त्यस बेलाको उद्देश्य थियो सगरमाथाको चुचुरोमा आˆनो पाइला टेकाउनु । त्यही भएर उनले काठमाण्डौबाट पूर्वतर्फ अर्थात दोलखा हुँदै जिरी हानिए । उनी दोलखाकै जिरी हुँदै सगरमाथाको आधार शिविरतर्फ पाइला बढाए । जब उनले जिरीलाई नजिकैबाट निहाले र आˆनै देशको ज्युरिज शहरको भौगोलिक बनावटसँग जिरीलाई तुलना गरे । जिरी त्यत्ति बेला विदेशी पर्यटकहरुका लागि बाटोमा पर्ने एउटा सामान्य स्थानका रुपमा परिचित हुन लागिरहेको थियो । टोनी हेगेन विसं. २०१४ मा फेरि दोस्रोपटक नेपाल आए । विसं.२०१३ सालमा नेपाल आएका र नेपालीहरुको जीवनस्तर, नेपालीहरुको अवस्था गरीवीलाई उनले आˆनो सगरमाथाको भ्रमणकै क्रममा जिरी उपत्यकाका जिरेलहरुसँग बुझिसकेका थिए । कोदोको ढिँडो र सिस्नोको तरकारी कपाकप नेपालीले खाएको र आफूलाई पनि सोझी नेपालीले अत्ति सत्कार गरेर खाना दिएको अध्ययनपश्चात एउटा निस्कर्षमा पुगिसकेका थिए-पक्कै नेपालमा केही गर्नैपर्छ । उनले आˆनो अध्ययन कै क्रममा नेपालको व्यवहारिक जीवनमा पशुपालन र खेतीपातीको महत्वको अहम भूमिका रहेको बुझेका थिए । उनी जब आफ्नो देश फर्के उनले उनको सरकारसँग नेपालसम्बन्धी एउटा ठूलै योजना प्रस्तुत गरे । त्यत्तिबेला हेगन त्यस देशको बैंकको चेक स्वविवेकले चलाउन सक्ने अवस्थामा थिए । सरकारले उनको प्रस्तावलाई स्वीकृति दियो । उनी उनको महत्वाकांक्षी नेपाल सम्बन्धी योजना लिएर नेपाल आए । आफ्नो योजनाअनुसार जिरीमा उनले पशु फार्म र कृषि फार्मको योजनाअनुसार काम गर्दै गए । त्यसरी एउटा पर्यटकको महत्वाकांक्षी योजनामा ०१४ सालमा जिरीमा पशु विकास फार्मलगायत धेरै आर्थिक उन्नतिका अवसरसहितको योजनाहरु सञ्चालन भएका थिए । पछिल्लो समयमा आएर स्वीस सरकारकै सहयोगमा जिरी प्राविधिक शिक्षालयको स्थापना भएको थियो । जसको औपचारिक उद्घाटन ०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गरेका थिए । यसरी जिरीमा स्वीसको सहयोग ०५० सालसम्म रहृयो । तर, नेपालको राजनैतिक खिचातानीले जिरीमा स्वीस सहयोग कटौती भइसकेको छ भने जिरीबाट स्वीस सधैंका लागि बिदा भएर गइरहेको छ । यो लेखमा मैले लेख्न खोजेको कुरा के हो भने पर्यटकीय विकासको आधारमा टेकेर नेपालले आˆनो आर्थिक क्षेत्रमा महत्वपूर्ण उन्नति गर्न सक्ने सम्भावनाहरु छन् । टोनी हेगेन त एक जना व्यक्ति हुन्, उनी एउटा पर्यटक बनेर नेपाल आएर नेपालका लागि धेरै दिएर फर्किसके । यति मात्र होइन, हेगन अब संसारमा छैनन् पनि । तर, हेगनले जिरीमा दिएको एउटा महत्वाकांक्षी योजना आज पनि देख्न सकिन्छ । तर, हेगनको विरासतसँगै जिरीका महत्वाकांक्षी योजनाहरु पनि लथालिङ र भताभुङ्ग भइसकेको छ । विसं.०४२ सालमा स्वीस सरकारको सहयोगमा कालोपत्रे गरिएको जीप लेवलको बाटो आज पनि उत्रै अवस्थामा खुम्चेर बसेको छ । जिरीको लिंकन बजार आज पनि उस्तै अवस्थामा रहेको छ । तर, स्वीस सरकारले जिरीजस्तो जिमाहा (दलदले सिम) ठाउँलाई योजनावद्ध ढंगले विकास गरेको छ । जिरेल बस्तीहरुमा धेरै नै उन्नति गरेको छ । जिरेल समुदायमा शैक्षिक विकास छरेको छ । प्राविधिक शिक्षाका कारण त्यहाँ जिरेलहरु प्र्राविधिक शिक्षाका लागि दख्खल भएका छन् । एकातिर व्यक्तिगत उन्नतिका लागि स्वीस पोग्राम बरदान सावित भएको छ भने अर्कोतर्फ पर्यटकीय विकासका सँगसँगै आर्थिक विकासका लागि जिरीको नाम नेपालमा उच्चारण गर्नै पर्ने नाममा आउछ । सबैभन्दा प्रशंसा गर्नुपर्ने स्वीस सरकारलाई यस विषयमा बढी रहन्छ । ०१४ सालदेखि ०५० सालसम्म जिरीमा स्वीस सहयोग रहेर सयौं स्वीसहरु जिरीमा बसे, जिरीमै खेले । तर, जिरी र जिरेल समुदायका रीतिरिवाज, संस्कृति परम्पराजस्ता नेपालीका अति महत्वपूर्ण गहनाहरुलाई हस्तक्षेप गरेनन् । यही समुदायमा नजिकिए । र, यही समुदायलाई माया गरेर फर्के । आफ्ना चाडपर्व संस्कृति र परम्परालाई कुल्चँदै गरीबीको खोल ओढेर स्वीसले नेपालमा धर्म प्रचारका नाममा आश्वासन बाँडेन । उसको सहयोग जिरीका लागि निस्वार्थ सेवा रहृयो भन्ने धेरै आधारहरु छोडेर स्वीस विदा भयो । हुन त जाँदै गर्दा उनीहरुले नेपाली राजनीतिसँग विशेष केन्द्रीय र स्थानीय राजनीतिसँग दुखिद हुँदै भनेका थिए हामी फेरि कहिल्यै जिरी र्फकने छैनौं । तर, त्यसो भन्दै गर्दा पनि ५ महिना अगाडि टोनी हेगनकै नातिनीले जिरी भ्रमण गरेकी छन् । अझै पनि जिरेलहरु र जिरीले स्वीस आगमनको आशा राखेका छन् । नेपालको आर्थिक विकासको मेरुदण्ड पर्यटनको विकास नै हो । हिजो हेगनले देखेको जिरी भन्दा आज यथार्थतामा फरक भइसकेको छ । तर पनि हेगनले सोचे जस्तो छैन । त्यहाँ उच्चस्तरको प्राविधिक शिक्षालय रहेको छ । अहिले पनि त्यहाँ धेरै नेपालीहरुले शिक्षा लिइरहेका छन् । प्राविधिक शिक्षासँगै एउटा राम्रो कृषि फार्मका कारण धेरै नेपालीले रोजगार पाएका छन् । राम्रा राम्रा जनशक्तिहरु उत्पादन भइरहेका छन् । सकरात्मक पक्ष भनेको त्यहाँबाट नै कृषि शिक्षालाईै अगाडि बढाइरहेको छ । हरेक वर्ष २ सय नेपाली गरीब विद्यार्थीहरुले जेटिए तथा अन्य प्राविधिक शिक्षा आर्जन गरेका छन् । त्यहाँ उत्पादन भएका जनशक्तिहरु आज देशमैं स्वीस सरकारले जिरीमा भनेजति विकास गरिदिएको छ । जिरीसम्म पक्की बाटो निर्माण भएको छ । जनजिविकाका नयाँ आधारहरु खडा गरेको छ । स्वीज गाईहरु ल्याएर पशु विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ । टोली हेगनले नेपालमा यस्तै योजना दिए । जिरी पर्यटकीय क्षेत्रका रुपमा दिनका दिन दरिँदै गएको छ । त्यहाँ राम्रा राम्रा होटलहरु स्थापना भएका छन् । बजार सफा छ । बैंकिङ्ग सेवाहरु सञ्चालनमा छन् । विदेशी पर्यटकहरुको चहलपहल राम्रैसँग हुन्छ । जिरी सगरमाथा आधार शिविर जाने बाटोमा पर्ने भएकोले त्यहाँ पर्यटकहरु प्रशस्त जाने गरेका छन् । पर्यटकहरुका कारण त्यहाँको जनजिविकामा राम्रो प्रभाव परेको छ । पर्यटकहरुकै कारण जिरीका मानिसहरु विश्व भ्रमणमा निस्कन सफल भए शायद हेगनले देखाएको सफल बाटोको प्रभावबाटै दोलखाका पुष्कर शाह विश्व साइकल यात्रा निस्केका होलान् । हेगेनले एउटा पर्यटक भएर समग्र जिरी क्षेत्रको विकासका लागि जसरी लागे त्यो सधैंका लागि स्मरणीय रहने छ । विदेशबाट नेपाल आउने यस्ता पर्यटकहरुले नेपालको आर्थिक सामाजिक तथा शैक्षिक विकासमा महत्वपूर्ण भूमिका रहेको छ । टोली हेगन जस्तै सर एण्डमण्ड हिलारीको सोलुखुम्बु विकास अभियान, डच नागरिक टम भ्यानको कामी गाउँमा शैक्षिक कार्यक्रमलाई आज प्रशंसा गर्नुपर्ने हुन्छ । मुख ताक्ने बानी तर, विदेशीहरुले जति गरे त्यत्तिमै थन्किँदै जान थालेका छन् हाम्रो पूर्वाधारहरु । आर्थिक विकासका लागि सरकार विदेशीकोमुख ताक्ने र जनता सरकारको मुख ताक्ने भएका छन् त्यसैले साना साना आर्थिक उन्नतिका क्षेत्रहरु पनि आज जीर्ण अवस्थामा छन् । सम्भावना बोकेका क्षेत्रहरु अलपत्र परेका छन् । अब पनि जिरी जस्ता महत्वपूर्ण स्थानहरुले टोनी हेगन जस्ता दाताहरुको आशा गरेर बस्नु हुँदैन । त्यहाँबाट जति प्राप्त भयो, त्यसलाई बढाएर लैजाने हो भने जिरी साँच्चै ज्युरिच हुनेछ भने नेपाली अर्थतन्त्रले पनि खुट्टा टेक्न सक्नेछ । -जीवन शर्मा(http://www.onlinekhabar.com/2013/12/146985/)

Thursday, December 19, 2013

पृथ्वीनारायण शाह र बहादुर शाहका सन्तान भने खेती किसानीबाटै गुजारा गररिहेका छन्।

पृथ्वीनारायण शाहले सुरु गरेको आधुनिक नेपाल एकीकरणको यात्रालाई उनका छोरा बहादुर शाहले पश्चिमको कुमाउसम्म फैलाए। अपूरो एकीकरणलाई'ग्रेटर नेपाल'को अवधारणामा बदलेका बहादुर शाहका सन्तान त्यसपछि भने कहिल्यै शासनको उपल्लो तहमा पुगेनन्। शाह वंशभित्रकै गुटबन्दीका कारण पाखा लागेका उनका सन्तति सामान्य व्यापार, व्यवसाय र नोकरी गरेर गुजारा चलाइरहेका छन्।

बहादुर शाहका सन्तानको बसोवास चितवन, रूपन्देहीको बुटवल र काठमाडौँको भीमसेनगोला क्षेत्रमा छ। तर, उनीहरूको जीवनशैली मध्यमवर्गीय नेपालीभन्दा फरक छैन। कृषि विकास बैंकमा आधा दशकको जागिरे जीवनपछि भीमसेनगोलास्थित घरमा फुर्सदिलो जीवन बिताइरहेका दिवाकरविक्रम शाह बहादुर शाहका सातौँ पुस्ताका सन्तान हुन्। उनको घरभित्र बहादुर शाह र पृथ्वीनारायण शाहका फोटोबाहेक शासकका सन्तान झल्काउने कुनै पनि वैभवशाली चीज देखिँदैन। नेपाल संवाददाता घरमा पुग्दा उनकी छोरी सिर्जना शाह लुगा धोइरहेकी थिइन्। केही छिनमा उनैले चिया बनाएर ल्याइन्। दिवाकर चित्त दुखाउँछन्,"शाह भन्नासाथै शोषक, सामन्ती भनेर एउटै डालोमा हाल्छन्। के हामी शाह भएकै कारण शोषक हौँ ? हामी त शाह, राणाद्वारै शोषित भयौँ। सामान्य नेपालीको हैसियतभन्दा हामी कहाँ फरक छौँ ?"

फिलिपिन्समा शैक्षिक परामर्श केन्द्र खोलेर व्यवसाय गररिहेका छोराको काममा बेलाबखत सघाउनेबाहेक सामाजिक र धार्मिक काममा पनि सक्रिय छन् दिवाकर। छोरा प्रभाकरविक्रम शाह फिलिपिन्समै व्यवसाय गर्छन्। प्रभाकर कराँतेका राष्ट्रिय खेलाडीसमेत हुन्। ०५७ सालमा १९ वर्षको छँदा प्रभाकर खुला तौलतर्फ राष्ट्रिय च्याम्पियन बनेका थिए। दिवाकर भन्छन्,"खेलकुदबाट जीवन धान्न मुस्किल हुने भएपछि व्यापारतिर लाग्नुपर्‍यो।"

बहादुर शाहका छैटौँ पुस्ताका उत्तरविक्रम शाह पशु चिकित्सक हुन् भने उनका दाजु भरतविक्रम नापी कार्यालयका अधिकृत थिए। दुवै जना अहिले सेवानिवृत्त भइसकेका छन्। भरतका छोरा ज्ञानविक्रम शाह भने नेपाल प्रहरीमा एसएसपी छन्।

दिवाकरका अनुसार चितवन, बुटवलतिर भएका बहादुर शाहका सन्तान भने खेती किसानीबाटै गुजारा गररिहेका छन्। इतिहासदेखि नै राणा र शाहहरूको पेलानमा पर्दै आएकाले बहादुर शाहका सन्तान सामान्य हैसियतमा पुगेको उनको बुझाइ छ। भन्छन्,"पश्चिममा काँकडासम्म र पूर्वमा टिस्टासम्म नेपाली सिमाना फैलाउने व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको सम्मान दिनसमेत कन्जुस्याइँ गरेको देख्दा दुःख लाग्छ। बहादुर शाह हाम्रा पुर्खा मात्र होइनन्, राष्ट्रका सम्पत्ति पनि हुन्।"

रणबहादुर शाह नाबालक राजा भएका कारण राजाको नायबीको जिम्मेवारी काका बहादुर शाहले पाएका थिए। पृथ्वीनारायण शाहपछिका राजा प्रतापसिंह शाहले एकीकरणमा चासो नदेखाई विलासी जीवनमा मात्रै चाख दिएका कारण पृथ्वीनारायणको एकीकरण अभियान बीचमै रोकिएको थियो। त्यसलाई नायबी हैसियतका बहादुर शाहले अभियानलाई अघि बढाएर बृहत् नेपालको खाका बसालेका थिए। दिवाकर भन्छन्,"बहादुर शाहको सन्तान भन्न पाउँदा बडो गर्व गर्छु। तर, इतिहासको शिक्षाको कमीका कारण हामीलाई शासककै रूपमा बुझ्दा दुःख लाग्छ।"

यहाँदेखि त्यहाँसम्म

गेटबाट छिर्नासाथै कुकुर भुकेको ठूलो आवाज सुनिन्छ। घर कम्पाउन्डमा बगानको हरयिाली छ। भित्र छिरेपछि अर्को कुकुर पनि भुक्छ। बैठक कोठा आधुनिक सामानदेखि पुराना चीजले भव्यसँग सजाइएको छ। भुइँमा च्याङ्ग्राको भुत्लासहितको चकटी छ भने मजुरको'टेक्सीडोर्मी'पनि गज्जबको लाग्छ। विदेशी ब्रान्डेड पेय पदार्थका बोतलले भरएिको सोकेस कुनै डिस्टलरी पसलभन्दा कम लाग्दैन।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातको घरको बैठक कक्षमा यी सजावटका सामग्रीसँगै नेपाल एकीकरण अभियानका योद्धा अभिमानसिंह बस्न्यातको ठूलो पेन्टिङ् झुन्ड्याइएको छ। अभिमानकै सातपुस्ते सन्तान हुन्, निरञ्जनमान। बहादुरीपूर्वक लडेकै कारण पृथ्वीनारायण शाहबाट काजी पद पाएका अभिमानका सन्तति देश-विदेशसम्म फैलिसकेका छन्।

काठमाडौँदेखि पूर्वको भाग एकीकरण अभियानका कमान्डर अभिमानसिंह निरञ्जनकै दाजु ॐप्रकाशमानसिंह नेपाली सेनाका फूल कर्णेलबाट अवकाश पाएर घरमै दिन कटाइरहेका छन्। अभिमानपछिका लामो पुस्ताले प्रायः नेपाली सेनामै जागिर खाए। ॐप्रकाशका अनुसार जहाँ जाँदा पनि सानैदेखि पुर्खाले लडेको वीरताको कथा सुनेकैले अधिकांशको रोजाइमा सेना पर्ने गरेको हो। भन्छन्,"घरायसी वातावरण नै हाम्रा बाउबाजेले लडेका कथाहरूले गुञ्जायमान हुन्थ्यो। पुर्खाले राष्ट्रलाई दिएको देनले आफूलाई समेत त्यस्तै बन्न प्रेरति गर्दो रहेछ।"ॐप्रकाशसम्मको पुस्ताले सेनासँग साइनो राखे पनि त्यसपछि भने त्यो डोरी चुँडिएको छ। जस्तो, उनैका छोरा न्युजिल्यान्डमा बस्छन्। छेउमै बसेकी ॐप्रकाशकी पत्नी शान्ता भन्छिन्,"उसलाई पनि सेनामा भर्ती हुने ठूलो रहर थियो। तर, पढाइले गर्दा विदेश पुगेर उतै छ।"

ॐप्रकाशको पुस्तासम्म आइपुग्दा सत्ता र शक्तिको नजिक रहँदाको रवाफ रत्तिभर देखिँदैन। तर, संभ्रान्त भाषाशैली यथावत् छ। लाग्छ, यही संभ्रान्त थेगो र भित्तामा झुन्ड्याएको तस्बिरबाहेक अभिमानसिंहको सन्तति भएकामा गर्व गर्ने उनीसँग केही छैन। उनकी श्रीमती शान्ता नेपाल वायुसेवा निगमकी अधिकृत हुन्। भन्छन्,"इतिहासमा आफ्ना बाउबाजेले गरेको योगदान सम्झेर ज्यादै गर्व लाग्छ। आफूलाई सौभाग्यशाली सम्झन्छु।"

नेपाल वायुसेवा निगमका वरष्िठ योजना अधिकृतको जागिर छाडेर ॐप्रकाशका कान्छा भाइ श्रीधरमानसिंह न्युजिल्यान्डमा बसोवास गर्छन्। अहिले नेपाल आएका श्रीधर भन्छन्,"राजनीतिक खिचातानी सहन नसकेर विदेशिनुपर्‍यो। क्षमता र योग्यताको भन्दा नातावाद हावी भएपछि वीरका सन्तान भएर के गर्नु ?"मुलुकको अवस्था नसुधि्रएकाले बुढेसकालमा समेत देश फर्किने नफर्किनेमा उनी धुकचुकमा छन्।

अभिमानकै सन्तति डा प्रभा बस्न्यात विद्यावारििध गर्ने नेपालकै पहिली महिला हुन्। उनी नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भइसकेकी छन्। अविवाहित प्रभा त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको सहायक डीनसमेत भइन्। अभिमानकै सन्तान श्रीरामसिंह बस्न्यात राष्ट्रिय समाचार समितिमा प्रधान सम्पादक छन्। राष्ट्रिय बिमा संस्थानका उपमहानिर्देशकबा ट अवकाश पाएका सिद्धिमानसिंह घरमै दिन बिताइरहेका छन्। धान विशेषज्ञ भोलामानसिंह परामर्श गरेर जीवन बिताइरहेका छन्।

पूर्वमा टिस्टा नदीसम्म नेपालको सिमाना विस्तार गरेका बस्न्यातका सन्ततिहरू गोरखा, काठमाडौँ, सिन्धुलीमा छरएिका छन्। मुलुककको बिग्रँदो अवस्थालाई दोष लगाउँदै संभ्रान्त परविारका पछिल्ला पुस्ता जसरी युरोप, अमेरकिा भासिएका छन्, अभिमानका सन्ततिलाई समेत त्यस्तो हुन्डरीले त्यता पुर्‍याएको छ।

बुटवल पावर कम्पनीमा लामो समय काम गरेका इन्जिनियर शैलेन्द्रमानसिं ह बस्न्यात सपरविार क्यानाडामा छन् भने नेपाल टेलिकमका कर्मचारी धर्मेन्द्रमानसि ंह बस्न्यात जागिर छाडेर सपरविार अमेरकिा पुगेका छन्। अभिमानकै सन्तति तथा नेपाली कांग्रेसका कार्यकर्ता सुदीप बस्न्यात भन्छन्,"हिजोका शासक आज छरपस्ट भएर कोही कता, कोही कता पुगेका छन्। जागिरेदेखि आफ्नै व्यापार, व्यवसाय सम्हालिरहेका छन्।"

अभिमानसिंहले नेपाल एकीकरण कालमा लामो समय लडेका थिए। काजी कालु पाँडेको मृत्युपछि उनले सेनाको कमान्ड गरे। काठमाडौँपूर्वको कमान्डपछि पश्चिमको लडाइँमा समेत उनको संलग्नता थियो। तर, पछि पूर्वी तराई कालाबन्जरा क्षेत्रमा बस्ती बसाल्न पठाइदिएपछि औलो ज्वरोले उतै मृत्यु भयो।

व्यवसायमा बडाकाजीका सन्तति

नेपाली सिनेमाकी चल्तापुर्जा अभिनेत्रीमा गनिने झरना थापासँग नेपाल एकीकरणका नायक अमरसिंह थापाको समेत नाता गाँसिन आएको छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। झरनालाई अमरसिंहका आठौँ पुस्ताका सुनील थापाले विवाह गरेपछि झरना बडाकाजी अमरसिंह थापाको घरानामा बुहारीको रूपमा भित्रिन आइपुगेकी हुन्।

नेपाल राष्ट्र निर्मातामध्येका अमरसिंहका सन्तान अहिले फिल्म निर्मातासम्म बनेका छन्। अमरसिंहका आठौँ पुस्ताका प्रमोद, सुनील फिल्म र मोडलिङ् क्षेत्रमा संलग्न छन्। सुनीलले हालसम्म एक दर्जन फिल्म बनाइसकेका छन्। एकीकरण नायक अमरसिंहका छैटौँ पुस्ताका एक जना -जमदार डन्डकेशर थापा)ले नेपाली सेनामा जागिर खाएको देखिए पनि त्यसयता त्यो क्रम भंग भएको छ। सातौँ पुस्ताका कसैले पनि सेनामा सेवा गरेको देखिँदैन।"राणाहरूले खेदो गर्न थालेपछि कसैले पनि जागिर खाने सोचेनन्,"वसन्तबहादुर थापा भन्छन्।

इतिहास अनुसार पश्चिम काँगडाको युद्धमा पराजित भएर अंग्रेजहरूसँग सुगौली सन्धि भएपछि अमरसिंह थापा काठमाडौँ फर्केर गोसाइकुण्ड पुगेका थिए, जहाँ उनको मृत्यु भयो। एकीकरणमा योगदान दिएका उनलाई बडाकाजी पद दिइएको थियो।

अमरसिंहका सन्ततिहरू अहिले काठमाडौँको बानेश्वर, ललितपुरको इमाडोल, रामेछाप, काभ्रे, पाल्पा जिल्लामा छरएिर रहेका छन्। अमरसिंहकी कान्छी श्रीमती लालवती थापापट्टकिा सन्तान भने भारतको देहरादुनमा बस्छन्।

नयाँ बानेश्वरस्थित कृष्ण टावरको विपरीतमा अमरसिंहका सन्तानहरूको बसोवास छ। अमरसिंहका सन्तान अहिले सिनेमामा नाम चल्नेबाहेक उल्लेखनीय काम केही पनि गरेका छैनन्।"त्यही भएको अलिअलि जग्गा बेच्छन् र खान्छन्। कोही फिल्म लाइनमा लागे। बाउबाजेको बिँडो थाम्ने काममा कसैले चासो देखाएनन्,"वसन्त थापा भन्छन्।

वसन्त आफैँले भने गाउँ र्फक अभियानमा सूर्यबहादुर थापा, विश्वबन्धु थापाको स्वकीय सचिव भएर काम गरे। त्यसपछि सडक विभागमा जागिर खाएका उनी अहिले भने अमरसिंहका योगदानको इतिहासबारे खोज अनुसन्धानमा लागेका छन्। उनको घरमा अमरसिंहका फोटोबाहेक आफू अमरसिंहको सन्तान हुँ भन्ने झल्काउने कुनै वैभवशाली वस्तु देखिँदैन। बानेश्वरमै रहेको थापा फर्निचर ०५५ सालमा सडक विस्तार गर्दा हटाउनुपरेपछि उनले व्यवसायमा हात हालेका छैनन्।

पुख्र्यौली सम्पत्तिकै भरथेग

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकपछाडि नेपाल-अंग्रेज युद्धमा नालापानी किल्लाको नेतृत्व गरेका योद्धा बलभद्र कुँवरका पाँचपुस्ते सन्तति रामराजा कुँवरको तीनतले सामान्य घर छ। यही घरको भुइँतल्ला भाडामा दिएका छन् उनले। पुख्र्यौली जग्गा बेचेर उनले यो घर किनेको धेरै भएको छैन।

ऐतिहासिक व्यक्तित्व बलभद्रका सन्तति रामराजाले उस्तै ऐतिहासिक महत्त्व बोकेको रानीपोखरीस्थित दरबार हाई स्कुलमा ३८ वर्ष पढाएका रहेछन्। बलभद्रले बिर्ता पाएको हलचोकपछाडिको क्षेत्रमा उनका सन्तति अझै बसोवास गर्छन्। रामराजाका अनुसार यहाँ बलभद्रका डेढ दर्जन घरपरविार छन्। बलभद्रका सन्तति कलंकी, थानकोट, बागबजार, डिल्लीबजार क्षेत्रमा बस्छन्।

बलभद्रका सन्तति राज्यको उपल्लो निकायमा कार्यरत नपाइने रामराजा बताउँछन्। नालापानी युद्धमा नेपाली फौज पराजित भएपछि बलभद्र काठमाडौँमा केही समय बसेर पाकिस्तानको लाहोर गएका थिए। त्यहाँबाट अंग्रेजहरूसँग लड्दै अफगानिस्तान पुगेका उनले त्यहीँ वीरगति पाए।

लाहोर जाँदा दाजुभाइबीच अंशबन्डा नगरी गएकाले बलभद्रका सन्ततिको पुख्र्यौली सम्पत्तिसमेत गुम्दै गएको रामराजाको भनाइ छ। बलभद्रका दाजु वीरभद्रका नाममा रहेको जग्गा पछि बलभद्रका सन्ततिले समेत केही मात्रामा पाएपछि त्यसैबाट जीवन गुजारा सुरु भएको उनको भनाइ छ।"त्यसपछि हामी आर्थिक स्थितिमा पछि पर्दै गयौँ। राणाहरूको पहुँचबाट समेत टाढा पुग्यौँ,"नालापानीका नायक वीर बलभद्र कुँवर पुस्तकका लेखकसमेत रहेका रामराजा भन्छन्।

बलभद्रकै जेठा बाजेतर्फका सन्तान बालनरसिंह कुँवरले पछि शक्तिमा पुगेपछि जंगबहादुर राणा बनेर शासन सत्तामा आफ्नो प्रभुत्व जमाए। तर, बलभद्रका अरू सन्ततिको अवस्था अहिले गुमनाम छ। बलभद्रका नाति भीमल कुँवर लेफि्टनेन्ट भएयता उनका सन्ततिले सेनामा जागिर खाएको इतिहास छैन। रामराजा भन्छन्,"बलभद्रको मृत्युपछि उनका सन्तति सामान्य नागरकिसरह भएकाले पनि यस्तो भएको हुन सक्छ।"

बलभद्रका अर्का सन्तान ज्ञानुराजा कुँवरले नेपाल प्रहरीको एसएसपीबाट अवकाशपछि केही समय ट्राभल एजेन्सी चलाए, जुन अहिले बन्द छ। उनीसँग पनि कुनै त्यस्तो चीज छैन, जसले एकीकरण अभियानका योद्धा बलभद्रका सन्तति हो भनेर कसैले संकेत पाउन सकोस्। बलभद्रका प्रायः सन्ततिहरू बचेखुचेको पुख्र्यौली जग्गा बेचबिखन गरेरै जीवन धानिरहेको बताउँछन्, रामराजा।

सैनिक विरासतबाट टाढा

ठूलो कम्पाउन्डभित्र सल्लाका रूखले ढाकिएको सानो चिटिक्क घर। बाहिरबाट हेर्दै सम्पन्नताको झलक पाइन्छ। काठमाडौँको बाँसबारीमा रहेको यो हरयिाली घर जलस्रोतविद् आनन्दबहादुर थापाको हो। कम्पाउन्ड हेर्दा जति वैभवशाली लाग्छ, घर उति भव्य छैन तर संभ्रान्त शैलीको भने पक्कै देखिन्छ।

नेपाल एकीकरणका योद्धा भक्ति थापाका सातपुस्ते सन्तति आनन्दबहादुरकहाँ पुग्दा भक्ति थापाको सन्तति हुनुको वैभव यही घर कम्पाउन्डले धानेझैँ लाग्छ। पुख्र्यौली सम्पत्ति नभए पनि आफ्नै कमाइले जोडेको यो घर काजी खलकको भन्दा सहजै पत्याउन सकिन्छ।

सिँचाइ मन्त्रालयको सचिवबाट अवकाश पाएका आनन्दबहादुरले जलशक्ति आयोगका प्रमुख बनेर जलस्रोतका क्षेत्रमा महत्त्वपूर्ण अनुसन्धान गरेका छन्। उनका हजुरबासम्मले सेनामा जागिर खाए पनि बाबुको पालोपछि भने पेसा परविर्तन भएको छ। हजुरबा जगतबहादुर कप्तान थिए भने उनका बुबा बिर्खबहादुर सर्वोच्च अदालतका न्यायाधीश। आफ्नो पालामा नितान्त फरक अर्थात् जलस्रोतको क्षेत्रमा आइपुगे, आनन्दबहादुर। उनका भाइ गजेन्द्रबहादुर त्रिभुवन विश्वविद्यालयमा गणित विषयका

प्राध्यापक हुन्।

बाइसी/चौबीसी राज्य अन्तर्गतको लमजुङ राज्यका योद्धा भक्ति थापाले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा मिसिएर देउथलको युद्धसम्ममा भाग लिएका थिए र लड्दालड्दै त्यहीँ वीरगति प्राप्त गरे, त्यो पनि ७५ वर्षको उमेरमा। भक्ति थापा देउथलको युद्धमा मारएिपछि उनको परविारले लमजुङको रागीनासमा बिर्ता पाएको थियो, त्यहीँ जन्मिए आठौँ पुस्ताका अर्जुनबहादुर थापा, जो अहिले परराष्ट्र मन्त्रालयका सचिव छन्।

०३० सालमा लमजुङबाट काठमाडौँ उच्च शिक्षाका लागि आउँदा सेनामा कानुनतर्फको मेजर कमिसन मागेको विज्ञापन पत्रिकामा देखेछन्। त्यसपछि उनले सेनामा जागिर खान कानुन पढ्नुपर्ने रहेछ भनेर कानुन पढ्न थाले। भन्छन्,"सानैदेखि भक्ति थापाको वीरता सुनेको भएर होला सेनामै जागिर खान्छु भन्ने लाग्थ्यो। तर, कूटनीतिज्ञ हुन्छु भन्ने कहिल्यै सोचेको थिइनँ।"

अर्जुनका भाइ धु्रवबहादुर बाली विशेषज्ञ हुन्, जसले नेपाल कृषि अनुसन्धान परष्िाद्बाट अवकाश पाइसकेका छन्। सेनाको उपत्यका पृतनाका उपरथी पूर्णचन्द्र भट्टराई पनि भक्ति थापाकै सन्तति हुन्। थापाकै सन्तान पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापा सेवानिवृत्त भएका छन् । भक्ति थापाका कतिपय सन्तति अझै रागीनासमै छन्। उपत्यकामा उनको जायजेथा नभएकाले उनका सन्ततिको थलो उपत्यकामा कुनै ठाउँ विशेषमा छैन।

फरक-फरक क्षेत्रमा

पुरानो घरको चार तला सिँढी उक्लिएपछि अर्को नयाँ घर आउँछ, जहाँ नेपाली सेनाबाट राजीनामा दिएका सेनानी बुद्धिजंग पाँडे बस्छन्। नेपाल एकीकरणताका पृथ्वीनारायण शाहका दाहिने हात मानिने काजी कालु पाँडेका आठौँ सन्तति हुन्, उनी। आफूले सेनामा छँदा पाएका विभिन्न पदक, हतियार, पोसाक आदिले उनले बैठक कोठा सजाएका छन्। पूर्वजहरू कालु पाँडे, दामोदर पाँडेलगायतका फोटोहरू लहरै झुन्ड्याएका छन्। तर, उनको जीवनशैलीमा सामान्य छ। घरभाडाको आम्दानी छ, उनीसँग। भन्छन्,"अन्य नेपाली जसरी बसेका छन्, म पनि त्यसरी नै बाँचेको छु।"व्यवस्थापनमा स्नातकोत्तर गर्दा गर्दै पाँडेहरूको इतिहास पढेपछि आफू सेनामा जागिर खान प्रेरति भएको बुद्धिजंग बताउँछन्। उनका दाजु बोधविक्रमचाहिँ क्यासिनो सञ्चालक हुन्।

कीर्तिपुरको युद्धमा विसं १८१४ मा मारएिका काजी कालु पाँडेका सन्ततिहरू पछि पनि पटकपटक शक्तिको नजिक पुगे। अझै पनि उनका सन्तान नेपाली सेनामा उच्च पदमा छन् भने बैंकिङ् क्षेत्रमा पनि सफलता हासिल गररिहेका छन्। कालुका सातौँ पुस्ता सरदार भीमबहादुर पाँडेका सन्ततिले सबैभन्दा बढी प्रगति गरेका छन्। जस्तो, उनका छोरा पवनबहादुर पाँडे सेनाको सर्वोच्च पदभन्दा एक तह तल छन् भने उनका दाजु जर्नेल सागरबहादुर पाँडेको हेटौँडामा द्वन्द्वकालमा माओवादीको एम्बुसमा परी मृत्यु भएको थियो। उनका भाइ पृथ्वीबहादुर पाँडे नेपाल इन्भेस्टमेन्ट बंैकका अध्यक्ष हुन्।

पृथ्वीबहादुरका दाजु हिमालय पनि व्यापारमै छन्। भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत कान्छा भाइ डा शान्तबहादुर जागिर छाडेर सपरविार बेलायतमा बस्छन्। कालु पाँडेकै नवौँ पुस्ताका सन्तति गौरवजंग ०६९ सालको एसएलसी परीक्षामा ९२ दशमलव ७५ प्रतिशत ल्याएर काठमाडौँ'टपर'भएका थिए। गौरवका बुबा राष्ट्रिय अनुसन्धान विभागका डीएसपी हुन्।

सरकारी सेवामै

अहिले पनि नेपाली इतिहासमा प्रभावशाली मुख्तियारको नाममा आउँछन्, भीमसेन थापा। मुख्तियार भनेको प्रधानमन्त्रीसर हको पद हो त्यसबेला। आफ्नो छोरा नभएकाले भाइका छोरा माथवरसिंह थापालाई उत्तराधिकारीको रूपमा हुर्काएका थिए, उनले। प्रधानमन्त्रीकै रूपमा चाहिँ माथवर पहिलो हुन्।

राणा, पाँडे र थापाहरूको आन्तरकि कलहका कारण पटकपटक सर्वस्व हरणमा परेपछि माथवरसिंहका सन्तान राजनीतिक शक्तिका रूपमा उदाएनन्। माथवरका नाति तथा कर्नेल श्रीविक्रमसिंह थापा विसं १९३८ को पर्वमा मारएिपछि माथवरका सन्तानको सर्वस्व खोसियो। त्यसपछि माथवरका सन्तानले लामो समय जागिर खान पाएनन्। तर, अहिले प्रशासनिक र शैक्षिक क्षेत्रमा भने उपल्लो तहसम्म पुगेका छन्। माथवरका छैटौँ पुस्ताका सन्तति तथा पूर्वसचिव दीपेन्द्रविक्रम थापा भन्छन्,"बीचमा माथवरका सन्तति हराएजस्तो भए पनि पछिल्लो समय चर्चामा आउन थालेका छौँ।"

खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्ने पहिलो व्यक्ति हुन्, दीपेन्द्र। नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भई उनी विभिन्न कलेजमा पढाउनुका साथै अन्तर्राष्ट्रिय दातृ निकायमा परामर्श तथा तालिम दिन्छन्। माथवरको सन्तान झल्काउने वैभवशाली चीज दीपेन्द्रको घरमा पनि देखिँदैन। यिनका भाइ राजकुमार थापा साहित्य सिर्जनामा छन्।

सर्वस्व हरणपछि माथवरका सन्ततिले उनले स्थापना गरेको गुठीको जग्गामा बसोवास गरेका थिए, त्यही जग्गासमेत आफूहरूले किन्नुपरेको माथवरका अर्का सन्तति शारदाविक्रम थापा बताउँछन्। जलस्रोत मन्त्रालयको अधिकृतबाट अवकाश प्राप्त शारदा भन्छन्,"मैले यो जग्गा २२ लाख तिरेर पास गरेको हुँ।"

माथवरका छैटौँ पुस्ताकी सीतामैयासिंह थापा त्रिभुवन विश्वविद्यालय कानुन संकायको कामु डीन भएकी थिइन्। वातावरण कानुनमा विद्यावारििध गरेर प्राध्यापकसम्म भएकी उनी अविवाहित छन्। उनकी बहिनी मीनामैयासिंह एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छिन्।

माथवरका सन्तति नेपाली सेना र प्रहरीमा समेत भेटिन्छन्। नेपाल प्रहरीका डीआईजी सुशीलवरसिंह थापा माथवरसिंहका छैटौँ पुस्ताका सन्तान हुन्। डीआईजी थापा प्रहरीमा महत्त्वपूर्ण मानिने कार्यविभाग अन्तर्गतको सुरक्षा सेवा निर्देशनालयका प्रमुख छन्। भन्छन्,"हामी आफ्नै पौरखले यहाँसम्म आइपुगेका हौँ। शक्तिमा पुगेपछि लडाउने र लड्ने भइराख्दो रहेछ।"

सुशीलकै ठूलाबुबाका छोरा राजीववरसिंह थापा नेपाली सेनामा लेफि्टनेन्ट कर्णेल छन् भने भतिजा निशिलवरसिंह थापा क्याप्टेन। निशिल आफू माथवरसिंहको सन्तति भएकै कारणले सेनामा जागिर खान पुगेकामा गर्व गर्छन्। देशमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला सेनामा जागिरको विकर्षण बढिरहेको थियो, त्यही बेला निशिल भर्ना भए।'ए लेभल'सकेर सेनामा जागिर खाने आफू पहिलो व्यक्ति बताउँदै निशिल भन्छन्,"हिजो देश अप्ठ्यारोमा पर्दा पुर्खाले बलिदान दिएका थिए भने मैले पनि यही बेला हो देशको सेवा गर्ने भनेर सेनामा भर्ना भएँ।"सुशीलका ठूलो बुबा डा सुमन थापा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा कार्यरत छन्। सैन्य पृष्ठभूमि हुँदै प्रधानमन्त्रीसम ्म बनेका माथवरसिंहका सन्तति फरक कर्मक्षेत्रमा सफल बन्दै गए पनि सत्ता र शक्तिको उपल्लो तहमा कोही पनि छैनन्। सेना, प्रहरीजस्ता सुरक्षा निकायमा समेत सातौँ पुस्ताका सन्तान पातलिँदै गएका छन्। कुनै समय काठमाडौँ सुन्धाराको बागदरबार भीमसेन थापा र माथवरसिंह थापाकै थियो। पछि त्यसलाई राणाहरूले लिए। सुन्धारा क्षेत्रमा माथवरको २ सय १६ रोपनी जग्गा भएको सुशीलवरले सुनेका रहेछन्। भन्छन्,"तर, त्यहाँ अहिले ठूला मल अरूले नै ठड्याएका छन्।"

Monday, December 16, 2013

Monday, December 2, 2013

चुनावी पराजयपछि एमाले नेता प्रदीप ज्ञवालीको अनुभूति

लेखनमा राम्रो दख्खल राख्न सक्ने र साहित्यिक एवं सरस अभिव्यक्ति दिने नेता ज्ञवालीको चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति यस्तो छ :
अघिल्लो राति मतगणनामा बस्दा मैले जे-जस्ता अस्वाभाविक र अप्राकृतिक परिदृष्य देखें, त्यसले गर्दा परिणाम प्रतिकूल हुन सक्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । मानसिक रूपमा तयार भएकैले होला, निर्वाचनको अन्तिम नतिजा मलाई अप्रत्यासित लागेन । त्यसो त, पराजय कसलाई पो प्रिय हुन्छ र ! तैपनि यसलाई सहज ढङ्गले लिने प्रयत्न गरें । यस्तो बेलामा आफूलाई भन्दा अरुलाई सम्झाउनु गाह्रो हुँदोरहेछ ।
- ‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’
यहाँ सहजै अनुमान लगाउन सकिन्छ कि एमाले नेता प्रदिप ज्ञवाली पनि चुनावमा धाधली भएको कुरा मा सहमत हुनुहुन्छ।
तर यो कुरा बुझ पक्षउने हरुलाई कसरी सम्झाउने तर केही छैन समयले बताउने छ धैर्य गरौ र गर्नुस्। फेरी पनि ज्ञवाली को भनाइलाई सम्झदा- यस्तो बेलामा आफूलाई भन्दा अरुलाई सम्झाउनु गाह्रो हुँदोरहेछ ।

‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’
१७ मंसिर, काठमाडौं । एमाले नेता प्रदीप ज्ञवाली एमालेभित्र र बाहिर पनि धेरैका आँखामा नबिझाउने नेता मानिनुहुन्छ । यद्यपि उहाँले दोस्रो संविधानसभा निर्वाचनमा गुल्मीबाट नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीसँग पराजय व्यहोर्नुपरेको छ । चुनाव हारेपछि धेरैले विपक्षीमाथि अनेकन टिप्पणी गरिरहेका बेला ज्ञवालीले भने कसैलाई गाली गर्नुभएन । बरु अरुले नै उहाँलाई गाली गरे । कसैले चुनाव हारेपछि ज्ञवाली भाग्यो भने त कसैले काठमाडौंमा ३ वटा महल ठड्याएको आरोप लगाए । लेखनमा राम्रो दख्खल राख्न सक्ने र साहित्यिक एवं सरस अभिव्यक्ति दिने नेता ज्ञवालीको चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति यस्तो छ :
Pradeepअघिल्लो राति मतगणनामा बस्दा मैले जे-जस्ता अस्वाभाविक र अप्राकृतिक परिदृष्य देखें, त्यसले गर्दा परिणाम प्रतिकूल हुन सक्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । मानसिक रूपमा तयार भएकैले होला, निर्वाचनको अन्तिम नतिजा मलाई अप्रत्यासित लागेन । त्यसो त, पराजय कसलाई पो प्रिय हुन्छ र ! तैपनि यसलाई सहज ढङ्गले लिने प्रयत्न गरें । यस्तो बेलामा आफूलाई भन्दा अरुलाई सम्झाउनु गाह्रो हुँदोरहेछ ।
डिल्लीराज दाई, उहाँको परिवार र त्यहाँ जम्मा हुनुभएका साथीहरू पीडामा डुब्नुभएको थियो, सान्त्वना दिने प्रयत्न गरें । वीरेन्द्रलाई इन्टरनेट जोड्न आग्रह गरें । निर्वाचनको औपचारिक परिणाम सार्वजनिक भइसकेको थिएन, तैपनि फेसबुक स्टाटसमा निम्न पङ्ति कोरें र विदा भएँ -संविधानसभा निर्वाचनमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण गुल्मीवासीप्रति आभार व्यक्त गर्दछु । मलाई आशीष दिने वृद्ध वुवाआमाहरू, हामीमा आˆनो भविष्य देखेर नाच्ने-रमाउने साना नानीहरू, ज्यान हत्केलामा राखेर खटेका युथ फोर्सका साथीहरू, कला-गलाले साथ दिने कलाकारहरू, काठमाडौं, बुटवल र प्रवासबाट आएका साथीहरू-तपाइँहरूलाई म सधै ‘मिस’ गरिरहनेछु । यो यात्रा हो, जुन निरन्तर जारी रहनेछ । गुल्मीको विकास र गुल्मीवासीको दुखसुखमा मेरो उपस्थिति सदैव पाउनुहुनेछ । यो प्रतिकूल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु । सायद उम्मेदवारको रूपमा ममा नै कमी थिए कि ? निराश नबनौं, एकछिन डाँडापारि लुकेको सूर्य फेरि उदाउनेछ ।’
पार्टी कार्यालयमा कमरेड गोकर्ण बिष्टको स्वागत कार्यक्रम चल्दै थियो । मैले उहाँलाई र उहाँलाई जिताउने ३ नं. क्षेत्रका साथीहरूलाई बधाई दिएँ । ५ बर्ष अगाडिको परिदृष्य बदलिएको थियो । त्यतिबेला म विजयी भएको थिएँ र कमरेड बिष्टले पराजयको सामना गर्नु परेको थियो । पराजयको नैतिक जिम्मेवारी आफ्नो शिरमा लिंदै २ नं क्षेत्रका साथीहरूलाई उत्साहका साथ काममा लाग्न आग्रह गरें । साथीहरूको आँखाको आँसु र उदास मुहारले भने मन्तव्य सक्न गाह्रो पारे ।
अचानक खबर आयो- गुल्मी-काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष टीकाराम सापकोटा ‘हर्ट अट्याक’ भएर ढल्नुभएको छ । हतार-हतार जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा पुगें, उहाँ ज्यान बचाइदिन आर्तनाद गरिरहनु्भएको थियो । उहाँलाई काठमाडौं पुर्‍याउनुको विकल्प थिएन । मित्र सुमन पाण्डेजीसँग सम्पर्क गरें, र उहाँले हेलिकोप्टर पठाइदिने हुनुभयो । कामना गरिरहृयौं- अझै दुई घण्टा केही नभइदिए त शहीद गङ्गालाल अस्पताल पुर्‍याउन सकिन्थ्यो !
काठमाडौं जानुपूर्व म कांग्रेसका चन्द्र भण्डारीलाई भेट्न र बधाई दिन चाहन्थें । उनको फोन लगातार व्यस्त भइरहृयो । बल्लबल्ल भेटिए, सापकोटा होटेल अगाडि भेटेर उनलाई अबिर टीका लगाइदिएँ र बधाइ दिएँ । गोकर्ण बिष्ट साथमै हुनुहुन्थ्यो । त्यतिञ्ज्याल चिदिचौरमा हेलिकोप्टर ल्याण्ड गरिसकेको थियो र स्ट्रेचरमा बिमारी ल्याइसकिएको थियो । बिमारीलाई सुरक्षितसाथ चढाएपछि म पनि उडें । (पछि थाहा पाएँ- विजयको उन्मादमा साथीहरूले नारा लगाउन र प्रदीप ज्ञवाली भाग्यो भन्न पनि भ्याएछन् । अमानवीयताको यो पराकाष्ठालाई के पो जवाफ दिन सकिन्छ र !)
एयरपोर्टमा डा. सुरेन्द्रसहितका टोली एम्बुलेन्ससहित आइपुग्यो । हामी गङ्गालाल अस्पताल पुग्दा डा. के.सी. र डा.यादव भट्ट ‘स्ट्याण्डबाई’ थिए । उपचारपछि बिमारी खतरामुक्त रहेको जानकारी पाइयो र म कोठातिर लागें ।
बिमारीका कारण उत्पन्न ‘स्ट्रेस’ कम भएपछि बल्ल मोबाइल ‘अन’ गरें । मैले त निर्वाचनमा पराजयको पीडालाई एककिसिमले गुल्मीमै छाडेर आएको थिएँ । तर मोबाइलमा प्राप्त म्यासेज, फेसबुकमा प्राप्त टिप्पणी र इमेलहरूले भने मलाई अवाक बनाइदिए ।
फेसबुकमा लेखेको स्ट्याटस सामान्य नै लागेको थियो, तर उच्चपदस्थ कर्मचारीहरूको सन्देशले मलाई भावुक बनायो, जसले लेखेका थिए- त्यो पढ्दा आँसु थाम्न सकिएन । त्यसयता जे जति प्रतिक्रिया, टिप्पणी र सन्देशहरू प्राप्त भएका छन्, स्तव्ध पार्ने खालका छन् । धेरै साथीहरूले यसलाई आˆनै पराजयसरह ठान्नुभएको छ । कतिले यसलाई गुल्मीको दुर्भाग्य बताउनुभएको छ । कतिले आफैलाई अपराधवोध र ग्लानी भएको लेख्नुभएको छ । सबैभन्दा ध्यान दिन योग्य कुरा, थुप्रै साथीहरूले लेख्नुभएको छ- म तपाईँको पार्टीको मान्छे होइन, तर तपाइँ हार्दा ठूलो पीडावोध भएको छ ।
नीति श्लोक भन्छ- ….राजद्वारे स्मशाने च य तिष्ठति स वान्धवः’ । निर्वाचन जितेको भए बधाईको ओइरोमा को साँच्चै सहयोगी र शुभचिन्तक हो र को चाँहि शक्तिको पूजारी हो भन्ने थाहा हुँदैनथ्यो सायद । तर, आज मैले पाएको सह- अनुभूति साँचो हो भन्ने कुरामा सन्देह छैन । जीवनमा यति धेरै शुभचिन्तकहरू कमाएको रहेछु, मलाई गर्व लागेको छ ।
निर्वाचनमा गइसकेपछि जय-पराजय स्वभाविकै कुरा हो । मैले यसलाई सहज लोकतान्त्रिक अभ्यासका रूपमा लिएको छु । म कसैलाई दोष दिन चाहन्नँ । तर, एउटै कुरामा दुःख छ । मैले संविधानसभा निर्वाचनलाई एउटा महान बहसको रूपमा अगाडि बढाउन चाहें, कस्तो संविधान, कस्तो सङ्घीयता र कस्तो आर्थिक बाटो लिने भन्ने विषयमा जनतालाई जागृत र उद्वोधित गर्ने लोकतान्त्रिक अभ्यासका रूपमा लिन चाहें । यही बिषयलाई छलफलमा ल्याउन चाहें । तर, यी बहसहरू कता हराए कता ! बस, पाँच सय मिटर पाइप, एक किमी बाटो र एउटा वैदेशिक रोजगारीको सपनामा संविधानसभा कतै हरायो ! एउटा मेलोडीले भने जस्तै भयो- ‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ…!’
कहिलेकाहिँ लाग्छ, वर्तमान राजनीतिक यथार्थमा म ‘फिट’ नहुने पात्र पो रहेछु क्यार ! यस्तो बेलामा परिवारको साथ निकै अर्थपूर्ण हुँदोरहेछ । म कोठामा आइपुग्दा सरु उसै गरी शान्तभावमा पर्खिइरहेकी थिइन्, जसरी उनी पञ्चायतकालमा म मारिएको हल्ला चल्दा पनि अविचलित पर्खिइरहेकी हुन्थिन् । पटक-पटकको हिरासतबाट बाहिर आउँदा सँघारमा उभिएकी हुन्थिन्, पार्टी विभाजनताका साङ्घातिक आक्रमणपछि पुनर्जीवन पाउँदा प्रतीक्षारत थिइन् र मन्त्रिनिवास छाडेर बाहिर निस्कँदा पनि निष्पृहभावले स्वागत गरिरहेकी हुन्थिन् । सन्तुष्टि प्राप्त भयो- उनका शान्त आँखा देखेर । यहाँसम्म कि, बिन्दास जस्तो लाग्ने कान्छो छोराले समेत तलको भावपूर्ण सन्देश पठायो-Hard luck father. Still proud of you. You are the best father ever.
जन्मैदेखि मस्तिष्क पक्षाघातले थला परेकी क्षितिजले त बाबाको जय या पराजयका बारेमा के नै पो थाहा पाउँथी र ! तैपनि, धेरै दिनपछि मेरो काखमा बस्न पाउँदा खुसी देखिई । -पटक-पटक घरमा आएका र मेरो पारिवारिक स्थिति थाहा पाएका प्रतिष्पर्धी साथीहरूले यस्तो बिषयमा समेत क्षुद्र चुनावी राजनीति गर्न भ्याएछन्- प्रदीप ज्ञवालीका काठमाडौंमा तीनवटा बिल्डिङ छन् र उसका छोराछोरी विदेशका महङ्गा कलेजमा डाक्टरी पढ्छन् भनेर ।)
साथीहरूले संविधानसभामा मलाई ‘मिस’ गर्ने प्रतिक्रिया दिएका छन् । मलाई लाग्छ, त्यस्तो हुनेछैन । योग्य साथीहरू निर्वाचित हुनुभएको छ र उहाँहरूले यो ऐतिहासिक अभिभारा पूरा गर्नुहुनेछ । त्यसै पनि, अबको संविधानसभाले हिजोजस्तो असहज स्थितिको सामना गर्नु पर्नेछैन । अब साथीहरूले नेपाल बहुराष्ट्रिय राष्ट्र हो कि एक राष्ट्र हो भन्ने जस्ता हास्यास्पद प्रश्नको सामना गर्नुपर्ने छैन । आत्मनिर्णयको अधिकार भनेको लोग्ने स्वास्नीको पारपाचुकेको अधिकार जस्तै हो भन्ने विखण्डनकारी तर्क सुन्नुपर्ने छैन ।
झापादेखि कञ्चनपुरसम्म एउटै प्रदेश हुनुपर्छ र त्यसको सम्पर्क भाषा हिन्दी हुनुपर्छ भन्ने कर्कश आवाज सुन्नुपर्ने छैन । सबै जनतालाई सैन्य तालिम दिनुपर्छ भन्ने उटपट्याङ जिद्दी सुन्नुपर्ने छैन । बेला न कुबेला जङ्गल जान्छौं भन्ने घुर्की र संविधानसभा मात्रै होइन, काठमाडौंसमेत छाडेर जान्छौं अनि वीरगञ्जलाई राजधानी घोषणा गर्छौं भन्ने धम्की सुन्नुपर्ने छैन । ‘जनयुद्ध’ को दर्शनमा उभिएर संविधान बन्नु पर्छ या पार्टी विशेषको छाप लागेको संविधान हुनुपर्छ भन्ने बालहठ देख्नु पर्नेछैन । संविधान निर्माणको जग तयार भएको छ, घर ठड्याउन मात्रै बाँकी छ । हो, ‘गाई’ले लात्ताले हान्छ कि भनेर भने होसियार हुनु जरुरी छ ।
एउटा सक्रिय राजनीतिक कार्यकर्ता र सामाजिक रूपान्तरणको अभियन्ताको रूपमा मैले आफ्नो ‘स्पेश’ बनाउने नै छु । गुल्मी, जसले मलाई जन्मायो, हुर्कायो, नौ बर्षको उमेरमा जुलुसको नेतृत्व गर्न लगायो, १७ बर्षको उमेरमा भूमिगत हिंडायो, जसले पार्टी विभाजित भएको प्रतिकूल अवस्था र पार्टी ३३ सीटमा खुम्चिने विषम सुनामीका बीचमा पनि दुई-दुई चोटि निर्वाचित गर्‍यो, जसले मेरो पहिचान बनाइदियो, कसरी बिर्सन सक्छु र त्यसप्रतिको दायित्व मैले ? फरक भूमिकामा म जिल्लाले लगाएको रिन तिर्न लागिरहनेछु ।
अहिलेलाई भने क्षमा पाऊँ साथीहरू ! मैले तपाइँहरूको अपेक्षा पूरा गर्न सकिनँ, तपाइँहरूलाई निराश तुल्याएँ ।
- See more at: http://www.onlinekhabar.com/2013/12/141319/#sthash.EsnQ4G26.tbBv0gSQ.dpuf

Saturday, November 30, 2013

माओवादीको सहभागिता विना संविधान वन्दैन - महरा

जय कार्की, antuf/majdooronline काठमाडौँ १५ मंसीर।




 एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेवाराज्य समितिको संक्षिप्त वैठक आज मंसिर १३ गतेका दिन ललितपुर खन्ना गार्मेन्टको हलमा वस्यो । नेवा राज्य समितिको सवै जसो सदस्यहरुको उपस्थिति रहेको सो वैठकलाई केन्द्रीय ब्युरो इन्चार्ज कमरेड कृष्णवहादुर महरा, नेता देवेन्द्र पौडेल र झक्कुप्रसाद सुवेदीले मंसिर ४ गतेका दिन सम्पन्न संविधानसभाको निर्वाचनमा प्रतिक्रान्तिकारीहरुले साम, दाम र दण्डको दुरुपयोग गरेका कारण पार्टीले अप्रत्यासितरुपमा भोग्नु परेको पराजयका कारणहरुका वारेमा यहि मंसिर १० का दिन पार्टीको केन्द्रीय समितिको वैठकले पारित गरेको प्रतिवेदन सम्पे्रषण गर्नु भएको थियो। कमरेड महराले राज्य समितिको वैठकलाई संवोधनका क्रममा ब्यक्त गर्नु भएको महत्वपूर्ण विचार यसप्रकार रहेको छ ।    
    निर्वाचनको परिणामका कारण हामी थकित भएका छौं । प्रतिकूलतामा अनुकूलता खौज्दै अघि बढ्नु क्रान्तिकारीहरुको स्पिरिट हो । हामी यतिखेर अप्ठयारोमा परेका छौं । २ वटा निर्णय केन्द्रीय समितिले गरेको छ । पौषमा अर्को वैठक वस्तै छ । हरेक जितेका निर्वाचन क्षेत्रमा फर्किने र आदरणीय मतदाताहरुलाई धन्यवाद दिने र धांधलीको सम्पूर्ण स्वरुपको खोजी गर्दै पर्दाफास गर्ने ।
  बैठकको समीक्षाले पार्टीको आप्mनै आन्तरिक कारण, पार्टी विभाजन र कार्यशैलीको कारण पनि हो । प्रत्यक्ष र समानुपातिक तर्फको पार्टी उम्मेदवारको छनौट प्रक्रिया ठीक थियो थिएन यसमाथि पनि बिश्लेषण हुनु आवश्यक छ  ।
 राजनीतिक भाषामा भन्ने हो भने मंसिर ४ को निर्वाचन प्रतिगामी र प्रतिक्रान्ति कदम भएको छ । त्यस्को प्रत्यक्षरुप हो धांधली र षडयन्त्र । 
 क्रान्तिको समयमा प्रतिक्रान्ति पनि घांटी घांटीसम्म आएको हुन्छ तपाई हामी सवैलाई थाहा भएकै कुरा हो । सेनाको कब्जामा मत पेटिका गएपछि फेर्ने काम भएको छ । मतपत्र एकलौटी खसाल्ने धुर्तता पनि सुरक्षाकर्मी र कर्मचारीको मिलोमतोमा भएको छ । यो निर्वाचनमा मोर्चावन्दी गरेर एमाओवादी हराउ अभियान नै विरोधीहरुले चलाएका थिए । हामीले मतदाता नामावली दर्ता गर्दा पनि कम्जोरी गरेका छौं छुटेकाहरुलाई थपगर्न राम्ररी सकेनौ । जनतासितको सम्वन्ध सुदृढीकरणमा कम्जोरी, गुटउपगुट, घात अन्तरघातका कारणहरुले पनि यो परिणाम आएको हो ।
 माक्र्सवादी सिद्धान्तमा विश्वास गर्ने भएकोले आन्तरिक र वाह्य षडयन्त्र दुवै भएको कुरालाई स्वीकार गर्नुपर्छ । पहिचानसहितको संघीयताको एजेण्डालाई स्पष्ट पार्न नसक्नु आत्मागत छलफल गर्न नसक्नु हाम्रो कम्जोरी हो । निर्वाचनको सम्वन्धमा क्षेत्रगत समीक्षा गरेर आउनुपर्छ । 
 यो घटनालाई राजनीतिकरुपमा कसरी हेर्ने ? धांधली भएको हो भन्ने निष्कर्षमा पार्टी एकमत छ । क्रान्तिको कार्यभार यसवाट पूरा हन नसक्ने भएको छ । परिवर्तन विरोधी पक्षहरुले संविधानसभालाई कब्जा गरे । संविधानसभा प्रतिगमनको साधन वन्न पुग्यो । संविधानसभालाई कसरी प्रयोग गर्ने त यो गंभीर सवाल हो ।
 हामीले देशभरिको निर्वाचन मत परिणामलाई अस्वीकार गर्दै वहिस्कार गरिसकेपछि पनि समानुपतिक र प्रत्यक्षमा परिणाम जित्ने क्रममा पनि छौं । हामी लगायत अरु १३ वटा दलहरु पनि धांधली भएको भन्ने निष्कर्षमा पुगेका छन् ।  व्यापक धांधली भएकोले राष्ट्रिय स्तरमा नै छानविन आयोग गठन गरी पुनरावलोकन गरियोस भन्नेमा १४ दलले निर्वाचन आयोगमा मंसीर १२ गतेका दिन ज्ञापनपत्र प्रस्तुत गरिसकेको छ । 
 अन्तरिम संविधानको धारा ३१ लाई संशोधन गरी सहमतिय प्रणालीमा संविधान वनाउने हो भने संविधान वनाउन जाने हो नत्र नजाने भएका छौं । अन्तरिम संविधानको धारा ३१ लाई संसोधन गरिएन भने अन्य विकल्प खोज्न हामी सहितका १४ दल वाध्य हुने छौं । 

यसपटकको संविधानसभाको निर्वाचन साम्राज्यवादीहरुको ग्राण्ड डिजाइन अन्तरगत दक्षिण एशियाली कम्युनिष्ट आन्दोलन खासगरी नेपालको कम्युनिष्ट आन्दोलनलाई वढार्ने षडयन्त्र हो । एमाओवादीलाई तत्काल सिध्याएपछि सुधारवादी भासमा जाकिएको एमालेको पालो आउंछ । साम्राज्यवादीहरुले सुधारवादी कम्युनिष्टहरुलाई पनि छाड्नेवाला छैनन् । यो ग्राण्ड डिजाइन अलि लामै समयदेखि भैरहेको छ । अचानक आएर निर्वाचनमा धांधलीकोरुपमा देखा परेको मात्र हो ।
 हामी यो निर्वाचनको मत परिणामलाई यसपटक जे भयो भैगयो भनेर जांने पक्षमा छैनौ अन्ततः त्यो वाटोले हामीलाई एमाले र कांग्रेस जस्तै संसदीय दलमा परिणत गरिदिन्छ । संसदीय भासमा जाकिने पक्षमा हामी कुनै पनि हालतमा छैनौ । हामीले जितेको स्थानमा जनताको पक्षमा काम गर्छाैं तर निशर्त संविधानसभामा हामी जांदैनौ । साम्राज्यवादीहरु वास्तवमा एमाओवादी संविधानसभाको प्रक्रृयावाट हटोस भन्ने पक्षमा छन् र हेगसम्म पु¥याउने षडयन्त्र गरिरहेका छन् । 
 हामी सहमति विनाको संविधान वन्न दिन्नौ र शान्ति र संविधानको कोर्षवाट वाहिर पनि निस्कदैनौ । किरणजीहरुको जस्तो (नेकपा माओवादी) सवै कुराको वहिस्कारको कोर्षमा हामी गएका छैनौ र किरणजीहरु संविधान वनाउने पक्षमा छैनन् । संविधानसभा प्रतिगमनको साधन वनेको छ भन्ने सम्ममा किरणजीहरुसित मिल्छ वांकी कुरा उहांहरुसित हाम्रो मिल्दैन ।
 संसारको राजनीतिमा ठूला ठूला प्रतिक्रान्तिकारीका हर्कतहरु हुन्छन् तर आत्मागतरुपमा दृढ भएपछि सवै प्रतिक्रान्तिकारी कदमलाई परास्त गर्न सकिन्छ । 

Source: http://www.majdooronline.com/2013/11/blog-post_3019.html

Content is owned and copyrighted by: www.majdooronline.com

Friday, November 29, 2013

'New Messi' EIGHT year old Argentinian Wonderkid Claudio Gabriel Nan...(म्यानचेष्टर सिटीले नयाँ मेस्सी भित्र्यायो)



म्यानचेष्टर सिटीले नयाँ मेस्सी भित्र्यायो:

इग्लिस क्लब म्यानचेष्टर सिटी नयाँ मेस्सीको नामले चर्चामा आएका ब्राहिम अब्डिलेडर डियाजलाई भित्र्याउन सफल भएको छ ।
Brahim Abdelkader Diaz
बार्सिलोनालाई पछि पार्रै सिटीले १४ वर्षीय डियाजलाई स्पेनिस क्लब मालागाबाट ३ लाख पाउन्डमा क्लब भित्र्याएको हो । डियाज भविश्यमा स्टार फुटबलर बन्ने म्यानचेष्टर सिटीको विश्वास छ ।
डियाजका बाबुआमाले भने छोरालाई स्पेनिस क्याटलान बार्सिलोनामा आवद्ध गराउन चाहेका थिए ।
- See more at: http://www.onlinekhabar.com/2013/12/141483/#sthash.nx5m1f0O.M42ogjgb.dpuf

Wednesday, November 27, 2013

प्रतिकृया Jirel Culture Documentary भिडियोको बारेमा।

यो भिडियो हेरेर धेरै त खुशी नै लाग्यो तर पनि यौटा दु:ख लाग्दो कुरा पनि भेटियो त्यसैले त्यसको बारेमा केही कुरा  वास्तविक्ता पत्ता लगाएर प्रस्ट रुपमा राख्नको लागि अनुरोध गर्छु। कुरा के हो भने हुनत सुमन कृष्ण सर मेरो लागि मात्रै नभै किन सम्पूर्ण जिरेल समुदाय कै लागि शैक्षिक क्षेत्रमा पनि अग्र पङ्ती मा पर्नु हुन्छ, र मैले उहाको कुरामा आलोचना गर्न त्यती मिल्दैन तर पनि यो बिषयलाई यस्तै रुपमा विश्वाश गर्नु ठुलो गल्ती हुनेछ जिरेल समुदायको लागि।
किनभने जिरेल लाई किरातिहरु सँग जोड्न वा किरातिहरुकै यौटा हिस्साको रुपमा स्विकार्नु सान्दर्भिक छैन। हाम्रो सबैभन्दा ठुलो पहिचान भनेकै भाषा हो र त्यो भाषा लाई आधार मान्ने हो भने हामी कुनै पनि कारनले किरातिसँग सम्बन्धन्धित छैनौ अनी कसरी मान्ने हामी किराती हौ भनेर, ता कि हाम्रो भाषा भोट्बर्मेली परिवार अन्तर्गत पर्छ भने किराती भाषा आग्न्यय वा भारोपेली भाषा परिवार अन्तर्गत पर्छ अनी कसरी हामी किराती हरु सँग सम्बन्धित छौ? भोट् बर्मेली भाषा परिवारमा गुरुङ मगर शेर्पा तमाङ र नेवार हरु पर्छन त अब यि सबै जातिहरु पनि किराती हरु नै हुन त ?
यदी यि माथि उल्लेखित जातिहरु पनि किराती हरु सँग सम्बन्धित छन भने मात्रै हामीले त्यो स्विकार्न मिल्छ कि हामी पनि किराती हरुको एक हिस्सा नै हो भनेर होइन भने हामी पक्कै पनि किराती सँग सम्बन्धित छैनौ।
र अर्को कुरा सुमन सर ले त्यती गम्भिर बनेर अझै पनि किम्वदन्ती शैलीमा किरात हरुले नेपाल भरिनै राज्य गर्दा खेरी उनिहरुकै सन्तानहरु छरिएर बसोबास बसाल्दै जाँदाको एक समुह हो भन्नु उपयुक्त देखिदैन सुमन सर को लागि र पुरै जिरेल समुदायको लागि।
यही भिडियो मा पनि भनिएको छ कि जिरेल भाषा भोट् बर्मेली परिवार अन्तर्गत पर्छ भनेर तर यो कुरा सोचियन कि किरात हरु अर्कै भाषा परिवारमा पर्छन भनेर र अझै पनि भनिएको छ जिरीमा प्राचिन काल देखी बसोबास गर्दै आएका जिरेल हरु किराती समुदाय अन्तर्गत पर्छन भनेर।
कसरी?




Monday, November 25, 2013

नेता,पार्टी,कार्यकर्ता वा सरकार कोही छ?



सयौ पटक जनता को मत को सम्मान भएन भन्ने गोर्खामा बाबुरामले धाधली गर्‍यो भन्ने अनी बैधे को कारण ले एमावोवादी हारेको भन्नेले त्यो पनि पूर्ण रुपमा पुरा पारो तताएर बारम्वार जनता को मतको सम्मान नगरने भन्नेले मतदान केन्द्र देखी गनना गर्ने ठाउँ मा पुग्ने बेला सम्ममा कुनै पनि पार्टिको प्रतिनिधि किन राखिएन त? ऋशी धमला ? यसको जवाफ छ? सुरक्षा अधिक्रित लाई मात्रै किन जिम्मा दीयो।

कुनै पनि काम सुरक्षा कर्मीलाई मात्रै जिम्मा दिनु भनेको शैनिकीकरन गर्नु होइन र?

जनता को मतको सम्मान खोज्नेले किन त्यो कुरा स्विकार्दैन कि मत पेटिका वोसार्ने काममा सबै पार्टी को प्रतिनिधि नराख्नु गल्ती हो। 
त्याहा को गल्ती लाई किन स ही हो त्याहा त्यस्तो केही गल्ती भएको छैन भनिन्छ। मावोवादीमा प्रबेश गर्ने नेपाली नागरिकलाई काम नलाग्ने भन्ने र अपशव्दहरु प्रयोग गर्ने र अझै पनि मावोवादी ले चाँही सजिलै धाधली गरे भन्ने अनी सरकारले चाँही धाधली गर्नै सक्दैन भन्ने कस्तो पत्रकार हो? जनताको मत एकातिर राखेर नक्कली मत अगाडि ल्याउने अनी सम्मान गर भन्ने त्यो पनि धम्काउने पारामा बिजय पाण्डेको ठाउँ लिना खोजेको होला सपना नदेखे हुन्छ बिच्मा ठुलो धाजो छ जुन पुरिने सन्केत देखिदैन धेरै टाढा सम्म पनि।

ऋशी धमला ले कसरी एती धेरै चर्चा र सम्पत्ति  कमाये त? 
यो सबै उहाको पत्रकारिताको प्रतिफल नै होत? यदी होइन भने अझै पनि बिशेष गरी राजनीतिक वा राजनीतिक पार्टी हरुको आफ्नो कालो या सेतो र कुनै पनि अघिल्लो वा पछील्लो घटना लाई किन ऋशी वा उसको सस्था मार्फत मात्रै बाहिर ल्याउने काम गर्छ।
अरु दोश्रो माध्यम केही पनि छैन वा अर्को माध्यमले उनिहरुको चर्तिकलालाई जनता सम्म पुर्‍याउदैन?
वा उसको सग्स्था पनि अन्तरराष्ट्रिय मान्यता प्राप्त गरिएको सग्स्था हो, राजनीतिक  घटनाक्रमको खुलाशा गर्नको लागि।
मैले केही पनि बुझ्न सकिन।
आखिर ऋशी बिना राजनीति टिक्दैन कि राजनीतिक पाटीहरु अर्थात नेताहरु बिना ऋशी?
वास्तब मा यहाँ कस्ले कस्को पिछा गरी रहेको छ? ॠषिले वा नेताहरुले।

सबैभन्दा ठुलो कुरा सर्बसाधारण मात्रै नभएर केही केही नेताहरु र ऋशी भन्दा बढी ख्याती कमाएका ब्यक्तिहरु पनि एमावोवादीमा प्रवेश गरेका छन उनिहरु सबै काम नलाग्ने नै हुन त? यसरी सर्बसाधारणलाई कामनलाग्ने भन्ने अधिकार कसले दियो वरिश्ठ पत्रकार महाशयलाई।
यसको लागि कुनै पनि किसिमको कारवाही वा स्पष्टिकरण दिने वा लिने काम हुन सक्छ कोही बाट? 

नेता,पार्टी,कार्यकर्ता वा सरकार कोही छ?

Sunday, November 24, 2013

यसरी खुल्यो धाँधलीको रहस्य

  • डा. प्रकाश चन्द्र लोहनी -के भन्छन त सम्विधान सभा निर्वाचन २०७० लाई?



  • डा. प्रकाश चन्द्र लोहनी
download (10)संबिधानसभाका लागि देशभर चुनाव सकियो । मेरो आफ्नै थानसिं गाविसमा मैले मतदान गरें । मतदानको वातावरण शान्तिपुर्ण थियो र सबैमा एकै किसिमको सन्तोष थियो । भोलिपल्ट म मतगणना गर्ने ठाउँ जिल्ला सदमुकाम बिदुरमा जाने तयारी गर्दै थिए । त्यसैबेला एकजना शुभचिन्तक मित्र (राप्रपा बाहेकका अर्को पार्टीका) ले मसँग जरुरी र गोप्य कुरा भन्ने इच्छा व्यक्त गरे । हामी दुई मात्र भएपछि उनले भने,‘डाक्टर साव,तपाई धेरै सोझो हुनुहुन्छ । मतगणनामा जानुअघि यो टेप सुन्नुहोस्, अनि आप्mनो निर्णय गर्नुहोस्’यति भन्दै उनी हिँडे ।
अडियो टेप सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ । उक्त टेपमा लिखु गाविसमा गएका मतदान अधिकृत केशव तिमिल्सिनाले लिखुलगायत थुप्रै गाविसमा कसरी ल्याप्चे लगाइ मत बदर गर्नुकासाथै अन्य मत कसरी अन्य प्रतिष्पर्धीको पार्टीमा पारियो भन्दै बडो हाँसोका साथ व्याख्या गरिरहेका थिए । यो १३ मिनेट लामो टेप ‘युट्यव’ लगायत मेरो फेसबुकमा सुन्न सकिन्छ । यो टेप सुनेपछि मैले एकछिन टाउको चिसो भएको अनुभुती गरेँ । नेपाल सरकारका पदाधिकारीले मलाई हराउन एउटा पार्टी बिशेषलाई जिताउन कतिसम्म गरेका रहेछन् भन्ने स्पष्ट भयो । मैले यो टेप तुरुन्त एमालेका केशव पाण्डेलाई पनि सुनाएँ । उनी पनि छक्क परे । हामी दुबैले क्षेत्र नं १ का निर्वाचन अधिकारीलाई भेट्यौं र निर्वाचनमा स्पष्ट धाँधली भएकाले मतगणना रोक्न अनुरोध गर्यौं । गम्भिर भएर टेप सुनेपछि उनले हाम्रो निवेदन पढेँ र भने,‘मतपेटिका आइसकेपछि मैले मतगणना केन्द्रबाट रोक नभनुन्जेल गन्नै पर्छ । यद्यपी यो टेपमा सुनेका कुरा गम्भिर छ । म तपाईहरुको कुरा केन्द्रमा प्mयाक्स गरेर पठाइदिन्छु र उहाँको निर्देशअनुसार गर्छु । तपाईहरुले केन्द्रमै सम्पर्क गर्नु भएपनि हुन्छ ।’
मलाई पनि कुरा ठिकै लाग्यो । मैले यसवारे कुरा गर्न प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई धेरै पटक फोन गरेँ । निलकण्ठजी जस्तो महत्वपुर्ण व्यक्तिले म जस्तो सामान्य उम्मेदवारसँग कुरा गर्ने समय नपाउनु स्वाभाबिक नै थियो । केही नलागेर मैले आप्mना सबै कुरा मोवाइलबाट सन्देशका रुपमा पठाएँ । तर कुनै प्रतिउत्तर आएन र राती १ बजे मतगणना सुरु गरियो । धाँधलीपुर्ण चुनाव र यसवारे जानकारी हुँदाहुँदै पनि निर्वाचन आयोगबाट देखाइएको रहस्यमय मौनताको परिवेशमा मैले मतगणनामा भाग लिनुको औचित्य देखिँन र मतगणना बहिस्कार गरेँ । त्यसपछि एमाले र एमाओवादीका उम्मेदवारले पनि मतगणतना बहिस्कार गर्नुभएछ ।
त्यो टेप कति सत्य हो ? प्रश्न उठ्न सक्छ । तर यसवारे मेरो भनाइ के छ भने टेपको जाँच गरी बैज्ञानिक तरिकाले सम्बन्धित मतदान अधिकृतको आवाज हो या होइन भन्ने यकिन गरियोस् । यो मेरो निर्वाचन आयोग र सरकारलाई चुनौती हो । तर मलाई के थाहा छ भने वर्तमान निर्वाचन आयोगको नेतृत्व र नेपाल सरकारसँग यो टेपबारे अनुसन्धान गर्ने नैतिक हिम्मत छैन । निर्देसित पुतली जस्तै यी संस्थाहरु कसको स्वार्थमा काम गर्दैछन भन्ने प्रश्न अब उठ्न थालेको छ । बास्तवमा धाँधली गर्ने अधिकारीले पदोन्नती पाए भने कुनै आश्चर्य हुने छैन ।download (9)
मतगणना बहिस्कार गरेपछि मलाई धेरै मत आउने मुख्य गाविसका साथीहरुलाई मैले बोलाए र मतदान पछि के गरियो भन्ने प्रश्न सोधेँ । मैले प्रत्यक्ष चुनावमा धेरै पटक भाग लिइसकेको छु र यसवारे मसँग धेरथोर अनुभव पनि छ । पञ्चायत कालदेखि बहुदलिय व्यवस्थासम्म मैले केन्द्रिय व्यवस्थापिकाको चुनाव कम्तीमा सात पटक व्यहोरेको छु र जितेको छु । र यसअघिका चुनावमा प्रत्येक बुथमा बेलुकी ५ बजे मतदान सकिएपछि प्रत्येक उपस्थित दलले आ–आप्mनो किसिमको लाहा छाप प्रत्येक मतपेटिका बाकसमा लगाउने गरिन्थ्यो । त्यसपछि मतपेटिकासँगै पार्टीका प्रतिनीधिहरु सदरमुकामसम्म प्रहरीसँगै जान्थे । सदमुकाम पुगेपछि मतपेटीका राख्ने कोठाको भ्mयाल र ढोकाहरु बन्दगरी प्रत्येक भ्mयाल ढोकामा लाहा छाप,सिल लगाइन्थ्यो । त्यसपछि मत राखेको कोठा बाहिर पार्टीका प्रतिनीधिहरु नेपाल सरकारका सुरक्षाकर्मीसँगै पहरा बस्थे । यो प्रक्रियाको उदेद्दय राज्य शक्तिको दुरुपयोग गरेर मतपेटिका फेर्ने जित्नेलाई हराउने र हराउनेलाई जित्ने गराउन नसकियोस भन्ने थियो ।
यसपटक यो सबै प्रक्रियाको ठाडो उल्लंघन भएको रहेछ । थुप्रै गाविसहरुमा प्रहरीले नभइ सेनाले मत पेटिकाको जिम्मा लियो । जिम्मा लिनु अगाडि बिभिन्न दलका प्रतिनिधीहरुले आ–आप्mनो दलको लाहाछाप मतपेटिकामा लगाउन खोज्दा त्यो काम गर्न दिइएन । मतपेटिकासँगै हामीले सदरमुकाम जान पाउनु पर्छ भन्दा ‘धेरै कुरा नगर,नभए सवैलाई सुताइदिन्छु ’भन्ने धम्कीपुर्ण अभिव्यक्तिका कारण कुनै प्रतनिधीले मतपेटिकासँगै जान पाएनन् । अझ अचम्मको कुरा के छ भने म राजनीतिमा लागेदेखि नै मलाई सबैभन्दा बढी मत आउने गरेको मदानपुर गाविसको मतपेटिका बाटामा पर्ने सेनाको गणमा डेढ घण्टा राखियो । त्यहाँ किन राखियो या के गरियो भन्नेबारेमा कुनै पार्टी प्रतिनिधीलाई जानकारी दिइएन । वास्तवमा बाकस सेनाले लिएपछि पार्टीका प्रतिनिधीहरुको कामै बन्द भयो । निश्चित रुपमा हामीले धेरै कुरामा राज्यलाई विश्वास गर्नुपर्छ तर जनताको मतको संरक्षण गर्ने अधिकार खोस्न खोज्नु दुर्भाग्यपुर्ण हो ।
नेपाली सेना हाम्रो राष्ट्र र नेपाली जनताको स्वाभिमान र आत्मविश्वासको रक्षा गर्ने भरपर्दो संस्था भन्ने हाम्रो मनमा छ । मेरो मनमा पनि त्यही विश्वास हो । तर यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधीहरुले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सवै मतपेटिका मतदान केन्द्रसम्म पुर्याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनतावाट खोस्नुपर्ने कारण के थियो ? मदानपुरका मेरा साथीहरु आँखामा आँसु राखेर भन्छन्,‘हामीले मत खसालेका छौं तर मत गन्दा हाम्रो मत कहाँ हरायो । बर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भुमिकाबारे अब स्पष्ट रुपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नु पर्ने स्थिती सृजना भएको छ ।images
नुवाकोटमा यो चुनावको घोषित नतिजाबारे मलाई कुनै चिन्ता छैन । अनैतिक जितको तेज धेरै रहँदैन । यसविषयमा एमाओवादीका अध्यक्ष प्रचण्डले उठाएका विभिन्न प्रश्नहरु हारेको पार्टीको मनस्थिती भनेर पन्छाउन मिल्दैन । साथै हाम्रो बढी सिट छ भनी एमाओवादीलाई न्यूनिकरण गर्न खोजे त्यो पनि देशका लागि दुर्भाग्यपुर्ण हुने मात्र नभई संविधानसमेत निर्माण हुने छैन । तर यो नतिजो निर्माणमा सरकारी संयन्त्रको स्पष्ट भुमिका र सेनाको व्यवहारले थुप्रै गम्भिर प्रश्नहरु उठेका छन् ।
नुवाकोटमा मैले आफै अनुभव गरेको यथार्थले के देखाउँछ भने छानिएका ठाउँहरुमा जनताको मतमा ‘लाजै’ नमानी खेलबाडको संम्भावना स्पष्ट रुपमा अब नकार्न नसकिने भएको छ । निलकण्ठ उप्रेतीले नेतृत्व गरेको निर्वाचन आयोग र खिलराज रेग्मी सरकार यो काम कस्को स्वार्थका लागि गर्न तम्सिएका हुन्,प्रश्न संगिनरुपमा सबैका सामु रहेको छ । तर एउटा कुरा स्पष्ट छ, यि सवै हर्कतहरु नेपाली जनताका लागि र नेपाली राष्ट्रियताको संवद्र्धन र प्रबद्र्धनको लागि लक्ष्यबाट प्रेरित भएका छैनन् ।

नुवाकोट जिल्लाको लिखु गाविसमा गएका मतदान अधिकृत केशव तिमिल्सिनाले लिखुलगायत थुप्रै गाविसमा कसरी ल्याप्चे लगाइ मत बदर गर्नुकासाथै अन्य मत कसरी अन्य प्रतिष्पर्धीको पार्टीमा पारियो भन्दै बडो हाँसोका साथ व्याख्या गरिरहेका १३ मिनेट लामो टेप यहाँ हेर्नु होला।

http://youtu.be/mWw9tvz-5No

( नुवाकोटको क्षेत्र नं. १ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनीको  आइतबारको कान्तिपुरमा छापिएको लेखबाट साभार)
- See more at: http://www.ratopati.com/2013/11/24/95172.html#sthash.RTNRMRyt.dpuf

विद्यालयभित्र सिल लगाइएको मतपेटिका भेटियो

विराटनगर ८ मंसिर– विराटनगरको एक विद्यालयमा मतपेटिका भेटिएको छ । निर्वाचन धाँधलीपूर्ण भएको चर्चा चलिरहँदा मतदान केन्द्रसमेत रहेको सो विद्यालयमा मतपेटिका भेटिएको हो ।

विराटनगर १५ स्थित जनपथ उच्च माध्यमिक विद्यालयमा शिल लगाइएको अवस्थामा मतपेटिका भेटिएको हो । सो मतपेटिकाभित्र मत रहेको वा अरु नै केही रहेको भन्नेबारे चाहिँ खुलाइएको छैन । सो मतपेटिका पत्रकारहरुलाई पनि हेर्न दिइएको छैन ।

मतपेटिका बाहिर एक स्टिकर टाँस भएको र सोमा संविधानसभा निवाृचन २०७०, मोरङ क्षेत्र नं २’ लेखिएको पत्रकार गोकुल पराजुलीले जानकारी गराए । सो विद्यालय भने मोरङ क्षेत्र नं ७ मा पर्छ । मतपेटिकाबारे सम्बन्धित निकायहरुले प्रतिक्रिया जनाएका छैनन् ।

 सो स्थानमा एमाओवादी, फोरम नेपाल, तमलोपा लगायतका पार्टीका कार्यकर्ताहरु मतपेटिका भेटिएपछि विरोधमा उत्रिएका छन् । विद्यालयले भने निर्वाचनका लागि कर्मचारीहरुलाई तालिम दिने क्रममा प्रयोग भएका मतपेटिका हुनसक्ने बताए पनि स्पष्ट पुष्टि गर्न सकेन ।

 त्यस्तै नेपालगञ्जमा पनि मतपेटिका भेटिएको जानकारी आएको छ । यसअघि शुक्रबार काठमाडौं र सिरहाका प्रहरी चौकीमा खाली मतपेटिका भेटिएका थिए भने धादिङमा मतपेटिका सिल गर्ने उपकरण र सामाग्रीहरु भेटिएका छन् ।

 - See more at: http://www.ratopati.com/2013/11/23/95118.html#sthash.jflJAwqU.dpuf


Friday, November 22, 2013

संबिधान सभा निर्वाचन २०७०

यो संबिधान सभा निर्वाचन २०७० मा जनता वा Grand Designer जसले भएपनी अलिकती गल्ती चाँही गरेकै हुन किन भने येउटा लाई बहुमत दिएको भये सम्विधान त बन्ने थियो तर अब एमाले र काग्रेस दुबैलाई बराबर मत दिएर दुई बिचमा कुर्सिको लागि झगडा गराएर संबिधान नबनाउ भने को जस्तो छ। ए तर होतनि मैले पो कुरा नबुझेको होकी के हो जनताले त बुझेरै जानजानि दुबैलाई बराबर मत दिएर कुर्सी तानातान गरेर बस तिमीहरु हामी मस्त रमिता हेर्छौ संबिधान जम्मैदान हामीलाई चाहिदैन भनेको पो रहेछ।
अन्त्यमा सबै विजयी वा हुनेवाला सभासद हरुलाई बधाई छ सरकारी भ त्ता खाएर मस्ती गर्नु होला अब सम्विधान त बन्दैन होला त्यसैले सर्बसाधारण हामी जनतालाई चाहिएको सम्विधान त्यो नपाए सम्मा के को लागि खुशी हुने र हार्नेहरु माथि हास्ने, के था न भोली त्यही हार्नेहरु चाहिने त होइन?


Thursday, November 21, 2013

अब नेपाल र नेपाली को स्थिती के हुने हो?

नेपाल र नेपालीको लागि यो दिनलाई म ठुलो दुर्भाग्य पूर्ण दिनको रुपमा लिन्छु। किनभने संबिधान अब पनि बन्ने सम्भाव्ना अत्यन्त न्युन देखिन्छ र बन्दैन पनि।त्यसैले अब कुरा निर्वाचन पूर्ण रुपमा शक्ती र सम्पत्तिको प्रयोग मार्फत धाधली भएकै हो त? यदी हो भने अब देश भरिका जनतालाई र संसार अर्थात अन्तरराष्ट्रिय जगत लाई कसरी पुषटी गर्ने त? आन्दोलन गरेर? नेपाल बन्द गरेर? बसमा कार्य कर्ता ओसारेर? होइन तर छिटो भन्दा छिटो सम्पूर्ण मुलुक भरिका जनतालाई जो जस्ले एमाओवादी लाई मत दिएका छन वा थिए उनिहरु सबैलाई १ दिनको लागि कुनै पनि राष्ट्रिय वा ब्यक्तिगत सम्पती को नाश् नगरिकन र कुनै पनि हिन्सात्मक घटना बिनाको जन पारी चालन (अर्थात देशभरिको जिल्ला सदर मुकाम र राजाधानी मा शान्तिपूर्ण जनप्रदर्शन गर्नु ) गरी पुषटी गर्नु नै अहिलेको लागि अती महत्वोपूर्ण देखिन्छ।

संविधानसभा निर्वाचन–२०७० मा CIA र
RAW मार्फत षडयन्त्र
मुलुकको अग्रामी सक्ति र एजेण्डालाई
पाखा लगाउन र
मुलुकको अग्रामी परिवर्तनलाई
पछाडि धकेल्न अमेरीकी गुप्तचर
संस्था CIA र भारतीय गुप्तचर
संस्था RAW मार्फत रातारात
मतपेटीकाहरु परिवर्तन गरि सुनियोजित
रुपमा षडयन्त्र गरिएको छ ।
जुनकुरा मुलुकको कतिपय जिम्मेवार
अधिकारीहरुलाई पनि पत्तो भएन । विश्व
राजनैतिक
इतिहाँसमा नेपालमा भएको दोस्रो संविधानसभा निर्वाचन
२०७० मंसिर ४ नेपालमा नयाँ ढंगको कू
भएको छ र प्रतिगमन भएको छ ।
हालसम्म फेला परेका आधारहरुः
१) मतपेटीकाहरु सदरमुकाममा केन्द्रित
भैसकेपछि दलका प्रतिनिधिहरुलाई
त्यहा नराख्नु र बस्न नदिनु ।
२) निर्वाचन आयोगको विद्यमान
नियमावलीको अत्तिरिक्त मत गन्नु
अगाडी भएको सर्वदलीय
बैठकको बेलामा निर्वाचन आयोगको थप
नयाँ नियमावलीको नाममा (क) मतपत्र
सानो ठूलो जे भएपनि मान्य हुने । (ख)
मतपत्रमा अधिकृतको सही जुन
रङको मसिले गरेतापनि मान्य हुने । (ग)
मतपेटीका ठूलो सानो जे भएपनि मान्य हुने
जस्ता नियमावली जबस्जती व्यवस्था गर्नु

(३) जिल्ला निर्वाचन कार्यालयले
मतदान
केन्द्रका अधिकृतहरुको सही छोटो पनि र
लामो पनि अग्रिम रुपमा लिएर राख्नु ।
(४) मतदान केन्द्रबाट सिल्ड
गरिएका मतपत्रको अर्धकट्टि , मत
खसेको संख्याको डाटा र मुचुल्काहरु
दलहका प्रतिनिधिले जिल्ला निर्वाचन
अधिकृतसँग माग्दा र
त्यसैको आधारमा मतपेट्टीका भित्र
मतपत्र रहेनरहेको थाहा पाउँन
खोज्दा उक्त सिल्डबन्दि पोका खोलेर
हेर्ने अधिकार नभएको कुरा गर्नु ।
(५( मतपेटीकाहरु अनावश्यक
रुपमा सेनाको कब्जा भित्र राख्नु र
त्यहाँ दलका प्रतिनिधिहरु बन्देज गर्नु ।
(६) दलका प्रतिनिधिहरुलाई
बेवास्ता गर्दै उनीहरुको रोहवर
भन्दा बहिर रहेर मतदान केन्द्र
देखी सदरमुकाम सम्म मतपेटीकाहरु
ल्याउँदा सुरक्षकर्मीहरुले मात्र
यता उता लग्ने काम गर्नु ।
(७) ९० प्रतिशल मतपत्रहरु एकै स्वरुपले
पट्याएको भेटिनु ।
(८) मतपत्रमा फरक फरक रंङको मसिले
स्वतिक छाप लगाएको भेटिनु ।
(९) मतपत्रहरुमा मतदान
केन्द्रका अधिकृतहरुको सही कतिपय
मतपत्रहरुमा फरक र मसी पनि फरक
भेटिनु ।
(१०) मदतान केन्द्रमा खसेको मत
भन्दा मतपेट्टीकमा मत पत्रहरु
बढि भेटिनु ।
(११) ८० प्रतिशत मत एमाओवादीलाई
खसेको ठाउँको मतपेटीकमा मत गन्दा ७
प्रतिशत पनि मत नहुनु र हुदै
नभएका दलको मतहरु बहुमत हुनु ।
(१२) कतिपय
मतपेटीकामा सिल्डबन्दी गरेपछि लाहाछाप
नलगाएको भेटिनु ।
(१३) यस पटक मतपेटीका चाडै केन्द्रित
भएका ठाउँहरुमा पनि रात नबिताएकन मत
गन्ने प्रक्रिया नथाल्नु ।
(१४) मत पेटीकामा सिल्डहरु शंकास्पद
अवस्थामा भेटिनु र जस्तै खुकुलो,
काटिएको र कतिपय भर्खर
लगाएको जस्तो भेटिनु ।


http://youtu.be/7B4FSdVY85s 

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...