This page is open for everyone and Here just trying to share some of my favorite and knowledgeable events of the people and nature itself.Sometimes I share my feelings and opinion too as own creation. Most of the post are taken from other sites which is for fun & knowledge. Which anybody can acknowledge taken from where or which site. If there is something harmful or critical post to the person, organization or sites than it will be deleted in information.
Sunday, December 22, 2013
करोडौका गाडीमा डनहरु, डेढ करोडको गाडी चढ्नेको सम्पत्ति एक करोड मात्र !
७ पुस, काठमाडौं । गुन्डागर्दीका नाइकेहरु विलासी जीवन बिताइरहेका छन् । अधिकांश डनले करोड रुपैयाँभन्दा बढीका गाडी चढ्छन भने केहीले फेरी फेरी नयाँ गाडीमा सयर गर्ने गरेका छन् । उनीहरु मध्ये केहीमात्र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका छन् ।
चिकित्सकलाई धम्क्याएको आरोपमा केही दिनअघि पक्राउ परेका तालु भनिने सुभाष श्रेष्ठ एक करोड रुपैयाँभन्दा धेरै पर्ने ल्यान्डरोभर गाडी चढ्छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई दरबारमार्गबाट पक्राउ गर्दा उनको बा६च ८१११ नम्बरको ल्यान्डरोभर गाडी पनि बरामद गरेको थियो । तर, उनको गाडी प्रहरीले छाडिदिएको छ । तालुलाई भने प्रहरीले अपहरण उद्योग मुद्दामा कारबाही अघि बढाएको छ ।
Range-Rover-Evoque
तालु मात्र होइन गुन्डागर्दीका अधिकांश नाइके महँगो गाढी चढ्छन् । कुनै पेसा र व्यवसाय नभएका उनीहरुले कसरी करोडभन्दा धेरै पर्ने गाडी खरिद गरे भन्नेबारे प्रहरीले अनुसन्धान गर्दै आएको नयाँ पत्रिकामा खबर छ ।
क्यासिनो किङका नामले चिनिने बलराम सापकोट करिब डेढ करोड मूल्य पर्ने रातो रङको रेन्जरोभर गाडी चढ्नछन् । उनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यक्ति हुन् । तर सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले करोडको हाराहारीमा मात्र सम्पत्ति भेट्टाएको छ । स्रोतका अनुसार उनले अन्य व्यक्तिका नाममा गाडी किन्ने तथा लगानी गर्दै आएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका अजय श्रेष्ठ पनि कार नै चढ्छन् । उनले हालै स्पोर्टेस कार किनेका छन् ।
ललितपुरका डन मीनकृष्ण महर्जनले कांग्रेस नेता खुमबहादुर खड्काको पजेरो किनेका छन् । त्यस्तै कुमार घैंटे, साजन महर्जन, बाघे लामा, माइला लामा, विश्वक्रान्ति सिंहले पनि फेरी फेरी गाडी चढ्ने गरेका छन् ।
गुन्डागर्दीमा संलग्नलगायत विभिन्न व्यक्तिले महँगा गाडी चढ्ने गरेको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा परेको र अबैध सम्पत्ति जोड्ने सबैलाई कारबाही हुने विभागका महानिर्देशक चूडामणि शर्माले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
पहिचान सहितको सङ्घियता र जिरेल समाज
जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...
-
A junior army staff at Narayanhiti Lal Bahadur Lamteri claiming to be an eyewitness to the tragedy has said Crown Prince Dipendra, blame...
-
Where are Princess Shruti Shah Rana’s two daughters Girvani Rana and Surangana Rana? Jan 7th, 2014 · 3 Comments Ex-crown Princess ...
-
साथै "लामा प्रचलनलाई पनि कुनै एक जिरेल् पुर्खा तिब्बत् गएर लामा पढेर आएर विभिन्न लामा चमत्कार हरुबाट सबै जिरेलहरुलाई प्रभावित् पारेर श...
No comments:
Post a Comment