Monday, December 2, 2013

चुनावी पराजयपछि एमाले नेता प्रदीप ज्ञवालीको अनुभूति

लेखनमा राम्रो दख्खल राख्न सक्ने र साहित्यिक एवं सरस अभिव्यक्ति दिने नेता ज्ञवालीको चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति यस्तो छ :
अघिल्लो राति मतगणनामा बस्दा मैले जे-जस्ता अस्वाभाविक र अप्राकृतिक परिदृष्य देखें, त्यसले गर्दा परिणाम प्रतिकूल हुन सक्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । मानसिक रूपमा तयार भएकैले होला, निर्वाचनको अन्तिम नतिजा मलाई अप्रत्यासित लागेन । त्यसो त, पराजय कसलाई पो प्रिय हुन्छ र ! तैपनि यसलाई सहज ढङ्गले लिने प्रयत्न गरें । यस्तो बेलामा आफूलाई भन्दा अरुलाई सम्झाउनु गाह्रो हुँदोरहेछ ।
- ‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’
यहाँ सहजै अनुमान लगाउन सकिन्छ कि एमाले नेता प्रदिप ज्ञवाली पनि चुनावमा धाधली भएको कुरा मा सहमत हुनुहुन्छ।
तर यो कुरा बुझ पक्षउने हरुलाई कसरी सम्झाउने तर केही छैन समयले बताउने छ धैर्य गरौ र गर्नुस्। फेरी पनि ज्ञवाली को भनाइलाई सम्झदा- यस्तो बेलामा आफूलाई भन्दा अरुलाई सम्झाउनु गाह्रो हुँदोरहेछ ।

‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’
१७ मंसिर, काठमाडौं । एमाले नेता प्रदीप ज्ञवाली एमालेभित्र र बाहिर पनि धेरैका आँखामा नबिझाउने नेता मानिनुहुन्छ । यद्यपि उहाँले दोस्रो संविधानसभा निर्वाचनमा गुल्मीबाट नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीसँग पराजय व्यहोर्नुपरेको छ । चुनाव हारेपछि धेरैले विपक्षीमाथि अनेकन टिप्पणी गरिरहेका बेला ज्ञवालीले भने कसैलाई गाली गर्नुभएन । बरु अरुले नै उहाँलाई गाली गरे । कसैले चुनाव हारेपछि ज्ञवाली भाग्यो भने त कसैले काठमाडौंमा ३ वटा महल ठड्याएको आरोप लगाए । लेखनमा राम्रो दख्खल राख्न सक्ने र साहित्यिक एवं सरस अभिव्यक्ति दिने नेता ज्ञवालीको चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति यस्तो छ :
Pradeepअघिल्लो राति मतगणनामा बस्दा मैले जे-जस्ता अस्वाभाविक र अप्राकृतिक परिदृष्य देखें, त्यसले गर्दा परिणाम प्रतिकूल हुन सक्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ । मानसिक रूपमा तयार भएकैले होला, निर्वाचनको अन्तिम नतिजा मलाई अप्रत्यासित लागेन । त्यसो त, पराजय कसलाई पो प्रिय हुन्छ र ! तैपनि यसलाई सहज ढङ्गले लिने प्रयत्न गरें । यस्तो बेलामा आफूलाई भन्दा अरुलाई सम्झाउनु गाह्रो हुँदोरहेछ ।
डिल्लीराज दाई, उहाँको परिवार र त्यहाँ जम्मा हुनुभएका साथीहरू पीडामा डुब्नुभएको थियो, सान्त्वना दिने प्रयत्न गरें । वीरेन्द्रलाई इन्टरनेट जोड्न आग्रह गरें । निर्वाचनको औपचारिक परिणाम सार्वजनिक भइसकेको थिएन, तैपनि फेसबुक स्टाटसमा निम्न पङ्ति कोरें र विदा भएँ -संविधानसभा निर्वाचनमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण गुल्मीवासीप्रति आभार व्यक्त गर्दछु । मलाई आशीष दिने वृद्ध वुवाआमाहरू, हामीमा आˆनो भविष्य देखेर नाच्ने-रमाउने साना नानीहरू, ज्यान हत्केलामा राखेर खटेका युथ फोर्सका साथीहरू, कला-गलाले साथ दिने कलाकारहरू, काठमाडौं, बुटवल र प्रवासबाट आएका साथीहरू-तपाइँहरूलाई म सधै ‘मिस’ गरिरहनेछु । यो यात्रा हो, जुन निरन्तर जारी रहनेछ । गुल्मीको विकास र गुल्मीवासीको दुखसुखमा मेरो उपस्थिति सदैव पाउनुहुनेछ । यो प्रतिकूल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु । सायद उम्मेदवारको रूपमा ममा नै कमी थिए कि ? निराश नबनौं, एकछिन डाँडापारि लुकेको सूर्य फेरि उदाउनेछ ।’
पार्टी कार्यालयमा कमरेड गोकर्ण बिष्टको स्वागत कार्यक्रम चल्दै थियो । मैले उहाँलाई र उहाँलाई जिताउने ३ नं. क्षेत्रका साथीहरूलाई बधाई दिएँ । ५ बर्ष अगाडिको परिदृष्य बदलिएको थियो । त्यतिबेला म विजयी भएको थिएँ र कमरेड बिष्टले पराजयको सामना गर्नु परेको थियो । पराजयको नैतिक जिम्मेवारी आफ्नो शिरमा लिंदै २ नं क्षेत्रका साथीहरूलाई उत्साहका साथ काममा लाग्न आग्रह गरें । साथीहरूको आँखाको आँसु र उदास मुहारले भने मन्तव्य सक्न गाह्रो पारे ।
अचानक खबर आयो- गुल्मी-काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष टीकाराम सापकोटा ‘हर्ट अट्याक’ भएर ढल्नुभएको छ । हतार-हतार जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा पुगें, उहाँ ज्यान बचाइदिन आर्तनाद गरिरहनु्भएको थियो । उहाँलाई काठमाडौं पुर्‍याउनुको विकल्प थिएन । मित्र सुमन पाण्डेजीसँग सम्पर्क गरें, र उहाँले हेलिकोप्टर पठाइदिने हुनुभयो । कामना गरिरहृयौं- अझै दुई घण्टा केही नभइदिए त शहीद गङ्गालाल अस्पताल पुर्‍याउन सकिन्थ्यो !
काठमाडौं जानुपूर्व म कांग्रेसका चन्द्र भण्डारीलाई भेट्न र बधाई दिन चाहन्थें । उनको फोन लगातार व्यस्त भइरहृयो । बल्लबल्ल भेटिए, सापकोटा होटेल अगाडि भेटेर उनलाई अबिर टीका लगाइदिएँ र बधाइ दिएँ । गोकर्ण बिष्ट साथमै हुनुहुन्थ्यो । त्यतिञ्ज्याल चिदिचौरमा हेलिकोप्टर ल्याण्ड गरिसकेको थियो र स्ट्रेचरमा बिमारी ल्याइसकिएको थियो । बिमारीलाई सुरक्षितसाथ चढाएपछि म पनि उडें । (पछि थाहा पाएँ- विजयको उन्मादमा साथीहरूले नारा लगाउन र प्रदीप ज्ञवाली भाग्यो भन्न पनि भ्याएछन् । अमानवीयताको यो पराकाष्ठालाई के पो जवाफ दिन सकिन्छ र !)
एयरपोर्टमा डा. सुरेन्द्रसहितका टोली एम्बुलेन्ससहित आइपुग्यो । हामी गङ्गालाल अस्पताल पुग्दा डा. के.सी. र डा.यादव भट्ट ‘स्ट्याण्डबाई’ थिए । उपचारपछि बिमारी खतरामुक्त रहेको जानकारी पाइयो र म कोठातिर लागें ।
बिमारीका कारण उत्पन्न ‘स्ट्रेस’ कम भएपछि बल्ल मोबाइल ‘अन’ गरें । मैले त निर्वाचनमा पराजयको पीडालाई एककिसिमले गुल्मीमै छाडेर आएको थिएँ । तर मोबाइलमा प्राप्त म्यासेज, फेसबुकमा प्राप्त टिप्पणी र इमेलहरूले भने मलाई अवाक बनाइदिए ।
फेसबुकमा लेखेको स्ट्याटस सामान्य नै लागेको थियो, तर उच्चपदस्थ कर्मचारीहरूको सन्देशले मलाई भावुक बनायो, जसले लेखेका थिए- त्यो पढ्दा आँसु थाम्न सकिएन । त्यसयता जे जति प्रतिक्रिया, टिप्पणी र सन्देशहरू प्राप्त भएका छन्, स्तव्ध पार्ने खालका छन् । धेरै साथीहरूले यसलाई आˆनै पराजयसरह ठान्नुभएको छ । कतिले यसलाई गुल्मीको दुर्भाग्य बताउनुभएको छ । कतिले आफैलाई अपराधवोध र ग्लानी भएको लेख्नुभएको छ । सबैभन्दा ध्यान दिन योग्य कुरा, थुप्रै साथीहरूले लेख्नुभएको छ- म तपाईँको पार्टीको मान्छे होइन, तर तपाइँ हार्दा ठूलो पीडावोध भएको छ ।
नीति श्लोक भन्छ- ….राजद्वारे स्मशाने च य तिष्ठति स वान्धवः’ । निर्वाचन जितेको भए बधाईको ओइरोमा को साँच्चै सहयोगी र शुभचिन्तक हो र को चाँहि शक्तिको पूजारी हो भन्ने थाहा हुँदैनथ्यो सायद । तर, आज मैले पाएको सह- अनुभूति साँचो हो भन्ने कुरामा सन्देह छैन । जीवनमा यति धेरै शुभचिन्तकहरू कमाएको रहेछु, मलाई गर्व लागेको छ ।
निर्वाचनमा गइसकेपछि जय-पराजय स्वभाविकै कुरा हो । मैले यसलाई सहज लोकतान्त्रिक अभ्यासका रूपमा लिएको छु । म कसैलाई दोष दिन चाहन्नँ । तर, एउटै कुरामा दुःख छ । मैले संविधानसभा निर्वाचनलाई एउटा महान बहसको रूपमा अगाडि बढाउन चाहें, कस्तो संविधान, कस्तो सङ्घीयता र कस्तो आर्थिक बाटो लिने भन्ने विषयमा जनतालाई जागृत र उद्वोधित गर्ने लोकतान्त्रिक अभ्यासका रूपमा लिन चाहें । यही बिषयलाई छलफलमा ल्याउन चाहें । तर, यी बहसहरू कता हराए कता ! बस, पाँच सय मिटर पाइप, एक किमी बाटो र एउटा वैदेशिक रोजगारीको सपनामा संविधानसभा कतै हरायो ! एउटा मेलोडीले भने जस्तै भयो- ‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ…!’
कहिलेकाहिँ लाग्छ, वर्तमान राजनीतिक यथार्थमा म ‘फिट’ नहुने पात्र पो रहेछु क्यार ! यस्तो बेलामा परिवारको साथ निकै अर्थपूर्ण हुँदोरहेछ । म कोठामा आइपुग्दा सरु उसै गरी शान्तभावमा पर्खिइरहेकी थिइन्, जसरी उनी पञ्चायतकालमा म मारिएको हल्ला चल्दा पनि अविचलित पर्खिइरहेकी हुन्थिन् । पटक-पटकको हिरासतबाट बाहिर आउँदा सँघारमा उभिएकी हुन्थिन्, पार्टी विभाजनताका साङ्घातिक आक्रमणपछि पुनर्जीवन पाउँदा प्रतीक्षारत थिइन् र मन्त्रिनिवास छाडेर बाहिर निस्कँदा पनि निष्पृहभावले स्वागत गरिरहेकी हुन्थिन् । सन्तुष्टि प्राप्त भयो- उनका शान्त आँखा देखेर । यहाँसम्म कि, बिन्दास जस्तो लाग्ने कान्छो छोराले समेत तलको भावपूर्ण सन्देश पठायो-Hard luck father. Still proud of you. You are the best father ever.
जन्मैदेखि मस्तिष्क पक्षाघातले थला परेकी क्षितिजले त बाबाको जय या पराजयका बारेमा के नै पो थाहा पाउँथी र ! तैपनि, धेरै दिनपछि मेरो काखमा बस्न पाउँदा खुसी देखिई । -पटक-पटक घरमा आएका र मेरो पारिवारिक स्थिति थाहा पाएका प्रतिष्पर्धी साथीहरूले यस्तो बिषयमा समेत क्षुद्र चुनावी राजनीति गर्न भ्याएछन्- प्रदीप ज्ञवालीका काठमाडौंमा तीनवटा बिल्डिङ छन् र उसका छोराछोरी विदेशका महङ्गा कलेजमा डाक्टरी पढ्छन् भनेर ।)
साथीहरूले संविधानसभामा मलाई ‘मिस’ गर्ने प्रतिक्रिया दिएका छन् । मलाई लाग्छ, त्यस्तो हुनेछैन । योग्य साथीहरू निर्वाचित हुनुभएको छ र उहाँहरूले यो ऐतिहासिक अभिभारा पूरा गर्नुहुनेछ । त्यसै पनि, अबको संविधानसभाले हिजोजस्तो असहज स्थितिको सामना गर्नु पर्नेछैन । अब साथीहरूले नेपाल बहुराष्ट्रिय राष्ट्र हो कि एक राष्ट्र हो भन्ने जस्ता हास्यास्पद प्रश्नको सामना गर्नुपर्ने छैन । आत्मनिर्णयको अधिकार भनेको लोग्ने स्वास्नीको पारपाचुकेको अधिकार जस्तै हो भन्ने विखण्डनकारी तर्क सुन्नुपर्ने छैन ।
झापादेखि कञ्चनपुरसम्म एउटै प्रदेश हुनुपर्छ र त्यसको सम्पर्क भाषा हिन्दी हुनुपर्छ भन्ने कर्कश आवाज सुन्नुपर्ने छैन । सबै जनतालाई सैन्य तालिम दिनुपर्छ भन्ने उटपट्याङ जिद्दी सुन्नुपर्ने छैन । बेला न कुबेला जङ्गल जान्छौं भन्ने घुर्की र संविधानसभा मात्रै होइन, काठमाडौंसमेत छाडेर जान्छौं अनि वीरगञ्जलाई राजधानी घोषणा गर्छौं भन्ने धम्की सुन्नुपर्ने छैन । ‘जनयुद्ध’ को दर्शनमा उभिएर संविधान बन्नु पर्छ या पार्टी विशेषको छाप लागेको संविधान हुनुपर्छ भन्ने बालहठ देख्नु पर्नेछैन । संविधान निर्माणको जग तयार भएको छ, घर ठड्याउन मात्रै बाँकी छ । हो, ‘गाई’ले लात्ताले हान्छ कि भनेर भने होसियार हुनु जरुरी छ ।
एउटा सक्रिय राजनीतिक कार्यकर्ता र सामाजिक रूपान्तरणको अभियन्ताको रूपमा मैले आफ्नो ‘स्पेश’ बनाउने नै छु । गुल्मी, जसले मलाई जन्मायो, हुर्कायो, नौ बर्षको उमेरमा जुलुसको नेतृत्व गर्न लगायो, १७ बर्षको उमेरमा भूमिगत हिंडायो, जसले पार्टी विभाजित भएको प्रतिकूल अवस्था र पार्टी ३३ सीटमा खुम्चिने विषम सुनामीका बीचमा पनि दुई-दुई चोटि निर्वाचित गर्‍यो, जसले मेरो पहिचान बनाइदियो, कसरी बिर्सन सक्छु र त्यसप्रतिको दायित्व मैले ? फरक भूमिकामा म जिल्लाले लगाएको रिन तिर्न लागिरहनेछु ।
अहिलेलाई भने क्षमा पाऊँ साथीहरू ! मैले तपाइँहरूको अपेक्षा पूरा गर्न सकिनँ, तपाइँहरूलाई निराश तुल्याएँ ।
- See more at: http://www.onlinekhabar.com/2013/12/141319/#sthash.EsnQ4G26.tbBv0gSQ.dpuf

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...