Saturday, November 30, 2013

माओवादीको सहभागिता विना संविधान वन्दैन - महरा

जय कार्की, antuf/majdooronline काठमाडौँ १५ मंसीर।




 एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेवाराज्य समितिको संक्षिप्त वैठक आज मंसिर १३ गतेका दिन ललितपुर खन्ना गार्मेन्टको हलमा वस्यो । नेवा राज्य समितिको सवै जसो सदस्यहरुको उपस्थिति रहेको सो वैठकलाई केन्द्रीय ब्युरो इन्चार्ज कमरेड कृष्णवहादुर महरा, नेता देवेन्द्र पौडेल र झक्कुप्रसाद सुवेदीले मंसिर ४ गतेका दिन सम्पन्न संविधानसभाको निर्वाचनमा प्रतिक्रान्तिकारीहरुले साम, दाम र दण्डको दुरुपयोग गरेका कारण पार्टीले अप्रत्यासितरुपमा भोग्नु परेको पराजयका कारणहरुका वारेमा यहि मंसिर १० का दिन पार्टीको केन्द्रीय समितिको वैठकले पारित गरेको प्रतिवेदन सम्पे्रषण गर्नु भएको थियो। कमरेड महराले राज्य समितिको वैठकलाई संवोधनका क्रममा ब्यक्त गर्नु भएको महत्वपूर्ण विचार यसप्रकार रहेको छ ।    
    निर्वाचनको परिणामका कारण हामी थकित भएका छौं । प्रतिकूलतामा अनुकूलता खौज्दै अघि बढ्नु क्रान्तिकारीहरुको स्पिरिट हो । हामी यतिखेर अप्ठयारोमा परेका छौं । २ वटा निर्णय केन्द्रीय समितिले गरेको छ । पौषमा अर्को वैठक वस्तै छ । हरेक जितेका निर्वाचन क्षेत्रमा फर्किने र आदरणीय मतदाताहरुलाई धन्यवाद दिने र धांधलीको सम्पूर्ण स्वरुपको खोजी गर्दै पर्दाफास गर्ने ।
  बैठकको समीक्षाले पार्टीको आप्mनै आन्तरिक कारण, पार्टी विभाजन र कार्यशैलीको कारण पनि हो । प्रत्यक्ष र समानुपातिक तर्फको पार्टी उम्मेदवारको छनौट प्रक्रिया ठीक थियो थिएन यसमाथि पनि बिश्लेषण हुनु आवश्यक छ  ।
 राजनीतिक भाषामा भन्ने हो भने मंसिर ४ को निर्वाचन प्रतिगामी र प्रतिक्रान्ति कदम भएको छ । त्यस्को प्रत्यक्षरुप हो धांधली र षडयन्त्र । 
 क्रान्तिको समयमा प्रतिक्रान्ति पनि घांटी घांटीसम्म आएको हुन्छ तपाई हामी सवैलाई थाहा भएकै कुरा हो । सेनाको कब्जामा मत पेटिका गएपछि फेर्ने काम भएको छ । मतपत्र एकलौटी खसाल्ने धुर्तता पनि सुरक्षाकर्मी र कर्मचारीको मिलोमतोमा भएको छ । यो निर्वाचनमा मोर्चावन्दी गरेर एमाओवादी हराउ अभियान नै विरोधीहरुले चलाएका थिए । हामीले मतदाता नामावली दर्ता गर्दा पनि कम्जोरी गरेका छौं छुटेकाहरुलाई थपगर्न राम्ररी सकेनौ । जनतासितको सम्वन्ध सुदृढीकरणमा कम्जोरी, गुटउपगुट, घात अन्तरघातका कारणहरुले पनि यो परिणाम आएको हो ।
 माक्र्सवादी सिद्धान्तमा विश्वास गर्ने भएकोले आन्तरिक र वाह्य षडयन्त्र दुवै भएको कुरालाई स्वीकार गर्नुपर्छ । पहिचानसहितको संघीयताको एजेण्डालाई स्पष्ट पार्न नसक्नु आत्मागत छलफल गर्न नसक्नु हाम्रो कम्जोरी हो । निर्वाचनको सम्वन्धमा क्षेत्रगत समीक्षा गरेर आउनुपर्छ । 
 यो घटनालाई राजनीतिकरुपमा कसरी हेर्ने ? धांधली भएको हो भन्ने निष्कर्षमा पार्टी एकमत छ । क्रान्तिको कार्यभार यसवाट पूरा हन नसक्ने भएको छ । परिवर्तन विरोधी पक्षहरुले संविधानसभालाई कब्जा गरे । संविधानसभा प्रतिगमनको साधन वन्न पुग्यो । संविधानसभालाई कसरी प्रयोग गर्ने त यो गंभीर सवाल हो ।
 हामीले देशभरिको निर्वाचन मत परिणामलाई अस्वीकार गर्दै वहिस्कार गरिसकेपछि पनि समानुपतिक र प्रत्यक्षमा परिणाम जित्ने क्रममा पनि छौं । हामी लगायत अरु १३ वटा दलहरु पनि धांधली भएको भन्ने निष्कर्षमा पुगेका छन् ।  व्यापक धांधली भएकोले राष्ट्रिय स्तरमा नै छानविन आयोग गठन गरी पुनरावलोकन गरियोस भन्नेमा १४ दलले निर्वाचन आयोगमा मंसीर १२ गतेका दिन ज्ञापनपत्र प्रस्तुत गरिसकेको छ । 
 अन्तरिम संविधानको धारा ३१ लाई संशोधन गरी सहमतिय प्रणालीमा संविधान वनाउने हो भने संविधान वनाउन जाने हो नत्र नजाने भएका छौं । अन्तरिम संविधानको धारा ३१ लाई संसोधन गरिएन भने अन्य विकल्प खोज्न हामी सहितका १४ दल वाध्य हुने छौं । 

यसपटकको संविधानसभाको निर्वाचन साम्राज्यवादीहरुको ग्राण्ड डिजाइन अन्तरगत दक्षिण एशियाली कम्युनिष्ट आन्दोलन खासगरी नेपालको कम्युनिष्ट आन्दोलनलाई वढार्ने षडयन्त्र हो । एमाओवादीलाई तत्काल सिध्याएपछि सुधारवादी भासमा जाकिएको एमालेको पालो आउंछ । साम्राज्यवादीहरुले सुधारवादी कम्युनिष्टहरुलाई पनि छाड्नेवाला छैनन् । यो ग्राण्ड डिजाइन अलि लामै समयदेखि भैरहेको छ । अचानक आएर निर्वाचनमा धांधलीकोरुपमा देखा परेको मात्र हो ।
 हामी यो निर्वाचनको मत परिणामलाई यसपटक जे भयो भैगयो भनेर जांने पक्षमा छैनौ अन्ततः त्यो वाटोले हामीलाई एमाले र कांग्रेस जस्तै संसदीय दलमा परिणत गरिदिन्छ । संसदीय भासमा जाकिने पक्षमा हामी कुनै पनि हालतमा छैनौ । हामीले जितेको स्थानमा जनताको पक्षमा काम गर्छाैं तर निशर्त संविधानसभामा हामी जांदैनौ । साम्राज्यवादीहरु वास्तवमा एमाओवादी संविधानसभाको प्रक्रृयावाट हटोस भन्ने पक्षमा छन् र हेगसम्म पु¥याउने षडयन्त्र गरिरहेका छन् । 
 हामी सहमति विनाको संविधान वन्न दिन्नौ र शान्ति र संविधानको कोर्षवाट वाहिर पनि निस्कदैनौ । किरणजीहरुको जस्तो (नेकपा माओवादी) सवै कुराको वहिस्कारको कोर्षमा हामी गएका छैनौ र किरणजीहरु संविधान वनाउने पक्षमा छैनन् । संविधानसभा प्रतिगमनको साधन वनेको छ भन्ने सम्ममा किरणजीहरुसित मिल्छ वांकी कुरा उहांहरुसित हाम्रो मिल्दैन ।
 संसारको राजनीतिमा ठूला ठूला प्रतिक्रान्तिकारीका हर्कतहरु हुन्छन् तर आत्मागतरुपमा दृढ भएपछि सवै प्रतिक्रान्तिकारी कदमलाई परास्त गर्न सकिन्छ । 

Source: http://www.majdooronline.com/2013/11/blog-post_3019.html

Content is owned and copyrighted by: www.majdooronline.com

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...