Friday, December 20, 2013

दोलखाको जिरी : विदेशीले गुण्टा उठाएपछि

राजधानीबाट पूर्वोत्तर १ सय ८८ किलोमिटर टाढा रहेको एउटा सुन्दर, सानो शहर हो दोलखाको जिरी । यहाँको भौगालिक अवस्था स्वीटजरल्याण्डको ज्युरिचसँग मिल्दोजुल्छ छ भनिन्छ । त्यसैले त्यसलाई स्वीसहरु नेपाली ज्युरिच भन्छन् । जिरेलहरुको घना बस्ती रहेको जिरी प्राकृतिक सौन्दर्यले चिटिक्कै सिँगारिएको छ भने जातीय सदभाव र पर्यटकीय अवस्थाले सुन्दर छ । त्यहाँ रहेको सानो विमानस्थल र सगरमाथाको आधार शिविर जाने बाटोको कारणले पनि जिरी महत्वपूर्ण रहेको छ । जिरीमा एण्डमण्ड हिलारीदेखि जुनको तावेइसम्मले पाइला टेके । तेञ्जिङदेखि आङरितासम्म सबैले जिरीको पानी पिउन भ्याए । त्यसैले त्यो जिरी नेपालको पर्यटकीय इतिहासमा भिन्नै छ र पृथक पनि । वि.सं. २०१३ सालमा स्वीस नागरिक टोनी हेगन नेपाल आए । विश्व प्रसिद्ध व्यक्तित्व हेगनको नेपाल भ्रमण धेरै क्षेत्रमा अर्थ बोक्ने नाम हो । उनको नेपाल भ्रमणको त्यस बेलाको उद्देश्य थियो सगरमाथाको चुचुरोमा आˆनो पाइला टेकाउनु । त्यही भएर उनले काठमाण्डौबाट पूर्वतर्फ अर्थात दोलखा हुँदै जिरी हानिए । उनी दोलखाकै जिरी हुँदै सगरमाथाको आधार शिविरतर्फ पाइला बढाए । जब उनले जिरीलाई नजिकैबाट निहाले र आˆनै देशको ज्युरिज शहरको भौगोलिक बनावटसँग जिरीलाई तुलना गरे । जिरी त्यत्ति बेला विदेशी पर्यटकहरुका लागि बाटोमा पर्ने एउटा सामान्य स्थानका रुपमा परिचित हुन लागिरहेको थियो । टोनी हेगेन विसं. २०१४ मा फेरि दोस्रोपटक नेपाल आए । विसं.२०१३ सालमा नेपाल आएका र नेपालीहरुको जीवनस्तर, नेपालीहरुको अवस्था गरीवीलाई उनले आˆनो सगरमाथाको भ्रमणकै क्रममा जिरी उपत्यकाका जिरेलहरुसँग बुझिसकेका थिए । कोदोको ढिँडो र सिस्नोको तरकारी कपाकप नेपालीले खाएको र आफूलाई पनि सोझी नेपालीले अत्ति सत्कार गरेर खाना दिएको अध्ययनपश्चात एउटा निस्कर्षमा पुगिसकेका थिए-पक्कै नेपालमा केही गर्नैपर्छ । उनले आˆनो अध्ययन कै क्रममा नेपालको व्यवहारिक जीवनमा पशुपालन र खेतीपातीको महत्वको अहम भूमिका रहेको बुझेका थिए । उनी जब आफ्नो देश फर्के उनले उनको सरकारसँग नेपालसम्बन्धी एउटा ठूलै योजना प्रस्तुत गरे । त्यत्तिबेला हेगन त्यस देशको बैंकको चेक स्वविवेकले चलाउन सक्ने अवस्थामा थिए । सरकारले उनको प्रस्तावलाई स्वीकृति दियो । उनी उनको महत्वाकांक्षी नेपाल सम्बन्धी योजना लिएर नेपाल आए । आफ्नो योजनाअनुसार जिरीमा उनले पशु फार्म र कृषि फार्मको योजनाअनुसार काम गर्दै गए । त्यसरी एउटा पर्यटकको महत्वाकांक्षी योजनामा ०१४ सालमा जिरीमा पशु विकास फार्मलगायत धेरै आर्थिक उन्नतिका अवसरसहितको योजनाहरु सञ्चालन भएका थिए । पछिल्लो समयमा आएर स्वीस सरकारकै सहयोगमा जिरी प्राविधिक शिक्षालयको स्थापना भएको थियो । जसको औपचारिक उद्घाटन ०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गरेका थिए । यसरी जिरीमा स्वीसको सहयोग ०५० सालसम्म रहृयो । तर, नेपालको राजनैतिक खिचातानीले जिरीमा स्वीस सहयोग कटौती भइसकेको छ भने जिरीबाट स्वीस सधैंका लागि बिदा भएर गइरहेको छ । यो लेखमा मैले लेख्न खोजेको कुरा के हो भने पर्यटकीय विकासको आधारमा टेकेर नेपालले आˆनो आर्थिक क्षेत्रमा महत्वपूर्ण उन्नति गर्न सक्ने सम्भावनाहरु छन् । टोनी हेगेन त एक जना व्यक्ति हुन्, उनी एउटा पर्यटक बनेर नेपाल आएर नेपालका लागि धेरै दिएर फर्किसके । यति मात्र होइन, हेगन अब संसारमा छैनन् पनि । तर, हेगनले जिरीमा दिएको एउटा महत्वाकांक्षी योजना आज पनि देख्न सकिन्छ । तर, हेगनको विरासतसँगै जिरीका महत्वाकांक्षी योजनाहरु पनि लथालिङ र भताभुङ्ग भइसकेको छ । विसं.०४२ सालमा स्वीस सरकारको सहयोगमा कालोपत्रे गरिएको जीप लेवलको बाटो आज पनि उत्रै अवस्थामा खुम्चेर बसेको छ । जिरीको लिंकन बजार आज पनि उस्तै अवस्थामा रहेको छ । तर, स्वीस सरकारले जिरीजस्तो जिमाहा (दलदले सिम) ठाउँलाई योजनावद्ध ढंगले विकास गरेको छ । जिरेल बस्तीहरुमा धेरै नै उन्नति गरेको छ । जिरेल समुदायमा शैक्षिक विकास छरेको छ । प्राविधिक शिक्षाका कारण त्यहाँ जिरेलहरु प्र्राविधिक शिक्षाका लागि दख्खल भएका छन् । एकातिर व्यक्तिगत उन्नतिका लागि स्वीस पोग्राम बरदान सावित भएको छ भने अर्कोतर्फ पर्यटकीय विकासका सँगसँगै आर्थिक विकासका लागि जिरीको नाम नेपालमा उच्चारण गर्नै पर्ने नाममा आउछ । सबैभन्दा प्रशंसा गर्नुपर्ने स्वीस सरकारलाई यस विषयमा बढी रहन्छ । ०१४ सालदेखि ०५० सालसम्म जिरीमा स्वीस सहयोग रहेर सयौं स्वीसहरु जिरीमा बसे, जिरीमै खेले । तर, जिरी र जिरेल समुदायका रीतिरिवाज, संस्कृति परम्पराजस्ता नेपालीका अति महत्वपूर्ण गहनाहरुलाई हस्तक्षेप गरेनन् । यही समुदायमा नजिकिए । र, यही समुदायलाई माया गरेर फर्के । आफ्ना चाडपर्व संस्कृति र परम्परालाई कुल्चँदै गरीबीको खोल ओढेर स्वीसले नेपालमा धर्म प्रचारका नाममा आश्वासन बाँडेन । उसको सहयोग जिरीका लागि निस्वार्थ सेवा रहृयो भन्ने धेरै आधारहरु छोडेर स्वीस विदा भयो । हुन त जाँदै गर्दा उनीहरुले नेपाली राजनीतिसँग विशेष केन्द्रीय र स्थानीय राजनीतिसँग दुखिद हुँदै भनेका थिए हामी फेरि कहिल्यै जिरी र्फकने छैनौं । तर, त्यसो भन्दै गर्दा पनि ५ महिना अगाडि टोनी हेगनकै नातिनीले जिरी भ्रमण गरेकी छन् । अझै पनि जिरेलहरु र जिरीले स्वीस आगमनको आशा राखेका छन् । नेपालको आर्थिक विकासको मेरुदण्ड पर्यटनको विकास नै हो । हिजो हेगनले देखेको जिरी भन्दा आज यथार्थतामा फरक भइसकेको छ । तर पनि हेगनले सोचे जस्तो छैन । त्यहाँ उच्चस्तरको प्राविधिक शिक्षालय रहेको छ । अहिले पनि त्यहाँ धेरै नेपालीहरुले शिक्षा लिइरहेका छन् । प्राविधिक शिक्षासँगै एउटा राम्रो कृषि फार्मका कारण धेरै नेपालीले रोजगार पाएका छन् । राम्रा राम्रा जनशक्तिहरु उत्पादन भइरहेका छन् । सकरात्मक पक्ष भनेको त्यहाँबाट नै कृषि शिक्षालाईै अगाडि बढाइरहेको छ । हरेक वर्ष २ सय नेपाली गरीब विद्यार्थीहरुले जेटिए तथा अन्य प्राविधिक शिक्षा आर्जन गरेका छन् । त्यहाँ उत्पादन भएका जनशक्तिहरु आज देशमैं स्वीस सरकारले जिरीमा भनेजति विकास गरिदिएको छ । जिरीसम्म पक्की बाटो निर्माण भएको छ । जनजिविकाका नयाँ आधारहरु खडा गरेको छ । स्वीज गाईहरु ल्याएर पशु विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ । टोली हेगनले नेपालमा यस्तै योजना दिए । जिरी पर्यटकीय क्षेत्रका रुपमा दिनका दिन दरिँदै गएको छ । त्यहाँ राम्रा राम्रा होटलहरु स्थापना भएका छन् । बजार सफा छ । बैंकिङ्ग सेवाहरु सञ्चालनमा छन् । विदेशी पर्यटकहरुको चहलपहल राम्रैसँग हुन्छ । जिरी सगरमाथा आधार शिविर जाने बाटोमा पर्ने भएकोले त्यहाँ पर्यटकहरु प्रशस्त जाने गरेका छन् । पर्यटकहरुका कारण त्यहाँको जनजिविकामा राम्रो प्रभाव परेको छ । पर्यटकहरुकै कारण जिरीका मानिसहरु विश्व भ्रमणमा निस्कन सफल भए शायद हेगनले देखाएको सफल बाटोको प्रभावबाटै दोलखाका पुष्कर शाह विश्व साइकल यात्रा निस्केका होलान् । हेगेनले एउटा पर्यटक भएर समग्र जिरी क्षेत्रको विकासका लागि जसरी लागे त्यो सधैंका लागि स्मरणीय रहने छ । विदेशबाट नेपाल आउने यस्ता पर्यटकहरुले नेपालको आर्थिक सामाजिक तथा शैक्षिक विकासमा महत्वपूर्ण भूमिका रहेको छ । टोली हेगन जस्तै सर एण्डमण्ड हिलारीको सोलुखुम्बु विकास अभियान, डच नागरिक टम भ्यानको कामी गाउँमा शैक्षिक कार्यक्रमलाई आज प्रशंसा गर्नुपर्ने हुन्छ । मुख ताक्ने बानी तर, विदेशीहरुले जति गरे त्यत्तिमै थन्किँदै जान थालेका छन् हाम्रो पूर्वाधारहरु । आर्थिक विकासका लागि सरकार विदेशीकोमुख ताक्ने र जनता सरकारको मुख ताक्ने भएका छन् त्यसैले साना साना आर्थिक उन्नतिका क्षेत्रहरु पनि आज जीर्ण अवस्थामा छन् । सम्भावना बोकेका क्षेत्रहरु अलपत्र परेका छन् । अब पनि जिरी जस्ता महत्वपूर्ण स्थानहरुले टोनी हेगन जस्ता दाताहरुको आशा गरेर बस्नु हुँदैन । त्यहाँबाट जति प्राप्त भयो, त्यसलाई बढाएर लैजाने हो भने जिरी साँच्चै ज्युरिच हुनेछ भने नेपाली अर्थतन्त्रले पनि खुट्टा टेक्न सक्नेछ । -जीवन शर्मा(http://www.onlinekhabar.com/2013/12/146985/)

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...