Thursday, December 19, 2013

पृथ्वीनारायण शाह र बहादुर शाहका सन्तान भने खेती किसानीबाटै गुजारा गररिहेका छन्।

पृथ्वीनारायण शाहले सुरु गरेको आधुनिक नेपाल एकीकरणको यात्रालाई उनका छोरा बहादुर शाहले पश्चिमको कुमाउसम्म फैलाए। अपूरो एकीकरणलाई'ग्रेटर नेपाल'को अवधारणामा बदलेका बहादुर शाहका सन्तान त्यसपछि भने कहिल्यै शासनको उपल्लो तहमा पुगेनन्। शाह वंशभित्रकै गुटबन्दीका कारण पाखा लागेका उनका सन्तति सामान्य व्यापार, व्यवसाय र नोकरी गरेर गुजारा चलाइरहेका छन्।

बहादुर शाहका सन्तानको बसोवास चितवन, रूपन्देहीको बुटवल र काठमाडौँको भीमसेनगोला क्षेत्रमा छ। तर, उनीहरूको जीवनशैली मध्यमवर्गीय नेपालीभन्दा फरक छैन। कृषि विकास बैंकमा आधा दशकको जागिरे जीवनपछि भीमसेनगोलास्थित घरमा फुर्सदिलो जीवन बिताइरहेका दिवाकरविक्रम शाह बहादुर शाहका सातौँ पुस्ताका सन्तान हुन्। उनको घरभित्र बहादुर शाह र पृथ्वीनारायण शाहका फोटोबाहेक शासकका सन्तान झल्काउने कुनै पनि वैभवशाली चीज देखिँदैन। नेपाल संवाददाता घरमा पुग्दा उनकी छोरी सिर्जना शाह लुगा धोइरहेकी थिइन्। केही छिनमा उनैले चिया बनाएर ल्याइन्। दिवाकर चित्त दुखाउँछन्,"शाह भन्नासाथै शोषक, सामन्ती भनेर एउटै डालोमा हाल्छन्। के हामी शाह भएकै कारण शोषक हौँ ? हामी त शाह, राणाद्वारै शोषित भयौँ। सामान्य नेपालीको हैसियतभन्दा हामी कहाँ फरक छौँ ?"

फिलिपिन्समा शैक्षिक परामर्श केन्द्र खोलेर व्यवसाय गररिहेका छोराको काममा बेलाबखत सघाउनेबाहेक सामाजिक र धार्मिक काममा पनि सक्रिय छन् दिवाकर। छोरा प्रभाकरविक्रम शाह फिलिपिन्समै व्यवसाय गर्छन्। प्रभाकर कराँतेका राष्ट्रिय खेलाडीसमेत हुन्। ०५७ सालमा १९ वर्षको छँदा प्रभाकर खुला तौलतर्फ राष्ट्रिय च्याम्पियन बनेका थिए। दिवाकर भन्छन्,"खेलकुदबाट जीवन धान्न मुस्किल हुने भएपछि व्यापारतिर लाग्नुपर्‍यो।"

बहादुर शाहका छैटौँ पुस्ताका उत्तरविक्रम शाह पशु चिकित्सक हुन् भने उनका दाजु भरतविक्रम नापी कार्यालयका अधिकृत थिए। दुवै जना अहिले सेवानिवृत्त भइसकेका छन्। भरतका छोरा ज्ञानविक्रम शाह भने नेपाल प्रहरीमा एसएसपी छन्।

दिवाकरका अनुसार चितवन, बुटवलतिर भएका बहादुर शाहका सन्तान भने खेती किसानीबाटै गुजारा गररिहेका छन्। इतिहासदेखि नै राणा र शाहहरूको पेलानमा पर्दै आएकाले बहादुर शाहका सन्तान सामान्य हैसियतमा पुगेको उनको बुझाइ छ। भन्छन्,"पश्चिममा काँकडासम्म र पूर्वमा टिस्टासम्म नेपाली सिमाना फैलाउने व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको सम्मान दिनसमेत कन्जुस्याइँ गरेको देख्दा दुःख लाग्छ। बहादुर शाह हाम्रा पुर्खा मात्र होइनन्, राष्ट्रका सम्पत्ति पनि हुन्।"

रणबहादुर शाह नाबालक राजा भएका कारण राजाको नायबीको जिम्मेवारी काका बहादुर शाहले पाएका थिए। पृथ्वीनारायण शाहपछिका राजा प्रतापसिंह शाहले एकीकरणमा चासो नदेखाई विलासी जीवनमा मात्रै चाख दिएका कारण पृथ्वीनारायणको एकीकरण अभियान बीचमै रोकिएको थियो। त्यसलाई नायबी हैसियतका बहादुर शाहले अभियानलाई अघि बढाएर बृहत् नेपालको खाका बसालेका थिए। दिवाकर भन्छन्,"बहादुर शाहको सन्तान भन्न पाउँदा बडो गर्व गर्छु। तर, इतिहासको शिक्षाको कमीका कारण हामीलाई शासककै रूपमा बुझ्दा दुःख लाग्छ।"

यहाँदेखि त्यहाँसम्म

गेटबाट छिर्नासाथै कुकुर भुकेको ठूलो आवाज सुनिन्छ। घर कम्पाउन्डमा बगानको हरयिाली छ। भित्र छिरेपछि अर्को कुकुर पनि भुक्छ। बैठक कोठा आधुनिक सामानदेखि पुराना चीजले भव्यसँग सजाइएको छ। भुइँमा च्याङ्ग्राको भुत्लासहितको चकटी छ भने मजुरको'टेक्सीडोर्मी'पनि गज्जबको लाग्छ। विदेशी ब्रान्डेड पेय पदार्थका बोतलले भरएिको सोकेस कुनै डिस्टलरी पसलभन्दा कम लाग्दैन।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातको घरको बैठक कक्षमा यी सजावटका सामग्रीसँगै नेपाल एकीकरण अभियानका योद्धा अभिमानसिंह बस्न्यातको ठूलो पेन्टिङ् झुन्ड्याइएको छ। अभिमानकै सातपुस्ते सन्तान हुन्, निरञ्जनमान। बहादुरीपूर्वक लडेकै कारण पृथ्वीनारायण शाहबाट काजी पद पाएका अभिमानका सन्तति देश-विदेशसम्म फैलिसकेका छन्।

काठमाडौँदेखि पूर्वको भाग एकीकरण अभियानका कमान्डर अभिमानसिंह निरञ्जनकै दाजु ॐप्रकाशमानसिंह नेपाली सेनाका फूल कर्णेलबाट अवकाश पाएर घरमै दिन कटाइरहेका छन्। अभिमानपछिका लामो पुस्ताले प्रायः नेपाली सेनामै जागिर खाए। ॐप्रकाशका अनुसार जहाँ जाँदा पनि सानैदेखि पुर्खाले लडेको वीरताको कथा सुनेकैले अधिकांशको रोजाइमा सेना पर्ने गरेको हो। भन्छन्,"घरायसी वातावरण नै हाम्रा बाउबाजेले लडेका कथाहरूले गुञ्जायमान हुन्थ्यो। पुर्खाले राष्ट्रलाई दिएको देनले आफूलाई समेत त्यस्तै बन्न प्रेरति गर्दो रहेछ।"ॐप्रकाशसम्मको पुस्ताले सेनासँग साइनो राखे पनि त्यसपछि भने त्यो डोरी चुँडिएको छ। जस्तो, उनैका छोरा न्युजिल्यान्डमा बस्छन्। छेउमै बसेकी ॐप्रकाशकी पत्नी शान्ता भन्छिन्,"उसलाई पनि सेनामा भर्ती हुने ठूलो रहर थियो। तर, पढाइले गर्दा विदेश पुगेर उतै छ।"

ॐप्रकाशको पुस्तासम्म आइपुग्दा सत्ता र शक्तिको नजिक रहँदाको रवाफ रत्तिभर देखिँदैन। तर, संभ्रान्त भाषाशैली यथावत् छ। लाग्छ, यही संभ्रान्त थेगो र भित्तामा झुन्ड्याएको तस्बिरबाहेक अभिमानसिंहको सन्तति भएकामा गर्व गर्ने उनीसँग केही छैन। उनकी श्रीमती शान्ता नेपाल वायुसेवा निगमकी अधिकृत हुन्। भन्छन्,"इतिहासमा आफ्ना बाउबाजेले गरेको योगदान सम्झेर ज्यादै गर्व लाग्छ। आफूलाई सौभाग्यशाली सम्झन्छु।"

नेपाल वायुसेवा निगमका वरष्िठ योजना अधिकृतको जागिर छाडेर ॐप्रकाशका कान्छा भाइ श्रीधरमानसिंह न्युजिल्यान्डमा बसोवास गर्छन्। अहिले नेपाल आएका श्रीधर भन्छन्,"राजनीतिक खिचातानी सहन नसकेर विदेशिनुपर्‍यो। क्षमता र योग्यताको भन्दा नातावाद हावी भएपछि वीरका सन्तान भएर के गर्नु ?"मुलुकको अवस्था नसुधि्रएकाले बुढेसकालमा समेत देश फर्किने नफर्किनेमा उनी धुकचुकमा छन्।

अभिमानकै सन्तति डा प्रभा बस्न्यात विद्यावारििध गर्ने नेपालकै पहिली महिला हुन्। उनी नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भइसकेकी छन्। अविवाहित प्रभा त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको सहायक डीनसमेत भइन्। अभिमानकै सन्तान श्रीरामसिंह बस्न्यात राष्ट्रिय समाचार समितिमा प्रधान सम्पादक छन्। राष्ट्रिय बिमा संस्थानका उपमहानिर्देशकबा ट अवकाश पाएका सिद्धिमानसिंह घरमै दिन बिताइरहेका छन्। धान विशेषज्ञ भोलामानसिंह परामर्श गरेर जीवन बिताइरहेका छन्।

पूर्वमा टिस्टा नदीसम्म नेपालको सिमाना विस्तार गरेका बस्न्यातका सन्ततिहरू गोरखा, काठमाडौँ, सिन्धुलीमा छरएिका छन्। मुलुककको बिग्रँदो अवस्थालाई दोष लगाउँदै संभ्रान्त परविारका पछिल्ला पुस्ता जसरी युरोप, अमेरकिा भासिएका छन्, अभिमानका सन्ततिलाई समेत त्यस्तो हुन्डरीले त्यता पुर्‍याएको छ।

बुटवल पावर कम्पनीमा लामो समय काम गरेका इन्जिनियर शैलेन्द्रमानसिं ह बस्न्यात सपरविार क्यानाडामा छन् भने नेपाल टेलिकमका कर्मचारी धर्मेन्द्रमानसि ंह बस्न्यात जागिर छाडेर सपरविार अमेरकिा पुगेका छन्। अभिमानकै सन्तति तथा नेपाली कांग्रेसका कार्यकर्ता सुदीप बस्न्यात भन्छन्,"हिजोका शासक आज छरपस्ट भएर कोही कता, कोही कता पुगेका छन्। जागिरेदेखि आफ्नै व्यापार, व्यवसाय सम्हालिरहेका छन्।"

अभिमानसिंहले नेपाल एकीकरण कालमा लामो समय लडेका थिए। काजी कालु पाँडेको मृत्युपछि उनले सेनाको कमान्ड गरे। काठमाडौँपूर्वको कमान्डपछि पश्चिमको लडाइँमा समेत उनको संलग्नता थियो। तर, पछि पूर्वी तराई कालाबन्जरा क्षेत्रमा बस्ती बसाल्न पठाइदिएपछि औलो ज्वरोले उतै मृत्यु भयो।

व्यवसायमा बडाकाजीका सन्तति

नेपाली सिनेमाकी चल्तापुर्जा अभिनेत्रीमा गनिने झरना थापासँग नेपाल एकीकरणका नायक अमरसिंह थापाको समेत नाता गाँसिन आएको छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। झरनालाई अमरसिंहका आठौँ पुस्ताका सुनील थापाले विवाह गरेपछि झरना बडाकाजी अमरसिंह थापाको घरानामा बुहारीको रूपमा भित्रिन आइपुगेकी हुन्।

नेपाल राष्ट्र निर्मातामध्येका अमरसिंहका सन्तान अहिले फिल्म निर्मातासम्म बनेका छन्। अमरसिंहका आठौँ पुस्ताका प्रमोद, सुनील फिल्म र मोडलिङ् क्षेत्रमा संलग्न छन्। सुनीलले हालसम्म एक दर्जन फिल्म बनाइसकेका छन्। एकीकरण नायक अमरसिंहका छैटौँ पुस्ताका एक जना -जमदार डन्डकेशर थापा)ले नेपाली सेनामा जागिर खाएको देखिए पनि त्यसयता त्यो क्रम भंग भएको छ। सातौँ पुस्ताका कसैले पनि सेनामा सेवा गरेको देखिँदैन।"राणाहरूले खेदो गर्न थालेपछि कसैले पनि जागिर खाने सोचेनन्,"वसन्तबहादुर थापा भन्छन्।

इतिहास अनुसार पश्चिम काँगडाको युद्धमा पराजित भएर अंग्रेजहरूसँग सुगौली सन्धि भएपछि अमरसिंह थापा काठमाडौँ फर्केर गोसाइकुण्ड पुगेका थिए, जहाँ उनको मृत्यु भयो। एकीकरणमा योगदान दिएका उनलाई बडाकाजी पद दिइएको थियो।

अमरसिंहका सन्ततिहरू अहिले काठमाडौँको बानेश्वर, ललितपुरको इमाडोल, रामेछाप, काभ्रे, पाल्पा जिल्लामा छरएिर रहेका छन्। अमरसिंहकी कान्छी श्रीमती लालवती थापापट्टकिा सन्तान भने भारतको देहरादुनमा बस्छन्।

नयाँ बानेश्वरस्थित कृष्ण टावरको विपरीतमा अमरसिंहका सन्तानहरूको बसोवास छ। अमरसिंहका सन्तान अहिले सिनेमामा नाम चल्नेबाहेक उल्लेखनीय काम केही पनि गरेका छैनन्।"त्यही भएको अलिअलि जग्गा बेच्छन् र खान्छन्। कोही फिल्म लाइनमा लागे। बाउबाजेको बिँडो थाम्ने काममा कसैले चासो देखाएनन्,"वसन्त थापा भन्छन्।

वसन्त आफैँले भने गाउँ र्फक अभियानमा सूर्यबहादुर थापा, विश्वबन्धु थापाको स्वकीय सचिव भएर काम गरे। त्यसपछि सडक विभागमा जागिर खाएका उनी अहिले भने अमरसिंहका योगदानको इतिहासबारे खोज अनुसन्धानमा लागेका छन्। उनको घरमा अमरसिंहका फोटोबाहेक आफू अमरसिंहको सन्तान हुँ भन्ने झल्काउने कुनै वैभवशाली वस्तु देखिँदैन। बानेश्वरमै रहेको थापा फर्निचर ०५५ सालमा सडक विस्तार गर्दा हटाउनुपरेपछि उनले व्यवसायमा हात हालेका छैनन्।

पुख्र्यौली सम्पत्तिकै भरथेग

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकपछाडि नेपाल-अंग्रेज युद्धमा नालापानी किल्लाको नेतृत्व गरेका योद्धा बलभद्र कुँवरका पाँचपुस्ते सन्तति रामराजा कुँवरको तीनतले सामान्य घर छ। यही घरको भुइँतल्ला भाडामा दिएका छन् उनले। पुख्र्यौली जग्गा बेचेर उनले यो घर किनेको धेरै भएको छैन।

ऐतिहासिक व्यक्तित्व बलभद्रका सन्तति रामराजाले उस्तै ऐतिहासिक महत्त्व बोकेको रानीपोखरीस्थित दरबार हाई स्कुलमा ३८ वर्ष पढाएका रहेछन्। बलभद्रले बिर्ता पाएको हलचोकपछाडिको क्षेत्रमा उनका सन्तति अझै बसोवास गर्छन्। रामराजाका अनुसार यहाँ बलभद्रका डेढ दर्जन घरपरविार छन्। बलभद्रका सन्तति कलंकी, थानकोट, बागबजार, डिल्लीबजार क्षेत्रमा बस्छन्।

बलभद्रका सन्तति राज्यको उपल्लो निकायमा कार्यरत नपाइने रामराजा बताउँछन्। नालापानी युद्धमा नेपाली फौज पराजित भएपछि बलभद्र काठमाडौँमा केही समय बसेर पाकिस्तानको लाहोर गएका थिए। त्यहाँबाट अंग्रेजहरूसँग लड्दै अफगानिस्तान पुगेका उनले त्यहीँ वीरगति पाए।

लाहोर जाँदा दाजुभाइबीच अंशबन्डा नगरी गएकाले बलभद्रका सन्ततिको पुख्र्यौली सम्पत्तिसमेत गुम्दै गएको रामराजाको भनाइ छ। बलभद्रका दाजु वीरभद्रका नाममा रहेको जग्गा पछि बलभद्रका सन्ततिले समेत केही मात्रामा पाएपछि त्यसैबाट जीवन गुजारा सुरु भएको उनको भनाइ छ।"त्यसपछि हामी आर्थिक स्थितिमा पछि पर्दै गयौँ। राणाहरूको पहुँचबाट समेत टाढा पुग्यौँ,"नालापानीका नायक वीर बलभद्र कुँवर पुस्तकका लेखकसमेत रहेका रामराजा भन्छन्।

बलभद्रकै जेठा बाजेतर्फका सन्तान बालनरसिंह कुँवरले पछि शक्तिमा पुगेपछि जंगबहादुर राणा बनेर शासन सत्तामा आफ्नो प्रभुत्व जमाए। तर, बलभद्रका अरू सन्ततिको अवस्था अहिले गुमनाम छ। बलभद्रका नाति भीमल कुँवर लेफि्टनेन्ट भएयता उनका सन्ततिले सेनामा जागिर खाएको इतिहास छैन। रामराजा भन्छन्,"बलभद्रको मृत्युपछि उनका सन्तति सामान्य नागरकिसरह भएकाले पनि यस्तो भएको हुन सक्छ।"

बलभद्रका अर्का सन्तान ज्ञानुराजा कुँवरले नेपाल प्रहरीको एसएसपीबाट अवकाशपछि केही समय ट्राभल एजेन्सी चलाए, जुन अहिले बन्द छ। उनीसँग पनि कुनै त्यस्तो चीज छैन, जसले एकीकरण अभियानका योद्धा बलभद्रका सन्तति हो भनेर कसैले संकेत पाउन सकोस्। बलभद्रका प्रायः सन्ततिहरू बचेखुचेको पुख्र्यौली जग्गा बेचबिखन गरेरै जीवन धानिरहेको बताउँछन्, रामराजा।

सैनिक विरासतबाट टाढा

ठूलो कम्पाउन्डभित्र सल्लाका रूखले ढाकिएको सानो चिटिक्क घर। बाहिरबाट हेर्दै सम्पन्नताको झलक पाइन्छ। काठमाडौँको बाँसबारीमा रहेको यो हरयिाली घर जलस्रोतविद् आनन्दबहादुर थापाको हो। कम्पाउन्ड हेर्दा जति वैभवशाली लाग्छ, घर उति भव्य छैन तर संभ्रान्त शैलीको भने पक्कै देखिन्छ।

नेपाल एकीकरणका योद्धा भक्ति थापाका सातपुस्ते सन्तति आनन्दबहादुरकहाँ पुग्दा भक्ति थापाको सन्तति हुनुको वैभव यही घर कम्पाउन्डले धानेझैँ लाग्छ। पुख्र्यौली सम्पत्ति नभए पनि आफ्नै कमाइले जोडेको यो घर काजी खलकको भन्दा सहजै पत्याउन सकिन्छ।

सिँचाइ मन्त्रालयको सचिवबाट अवकाश पाएका आनन्दबहादुरले जलशक्ति आयोगका प्रमुख बनेर जलस्रोतका क्षेत्रमा महत्त्वपूर्ण अनुसन्धान गरेका छन्। उनका हजुरबासम्मले सेनामा जागिर खाए पनि बाबुको पालोपछि भने पेसा परविर्तन भएको छ। हजुरबा जगतबहादुर कप्तान थिए भने उनका बुबा बिर्खबहादुर सर्वोच्च अदालतका न्यायाधीश। आफ्नो पालामा नितान्त फरक अर्थात् जलस्रोतको क्षेत्रमा आइपुगे, आनन्दबहादुर। उनका भाइ गजेन्द्रबहादुर त्रिभुवन विश्वविद्यालयमा गणित विषयका

प्राध्यापक हुन्।

बाइसी/चौबीसी राज्य अन्तर्गतको लमजुङ राज्यका योद्धा भक्ति थापाले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा मिसिएर देउथलको युद्धसम्ममा भाग लिएका थिए र लड्दालड्दै त्यहीँ वीरगति प्राप्त गरे, त्यो पनि ७५ वर्षको उमेरमा। भक्ति थापा देउथलको युद्धमा मारएिपछि उनको परविारले लमजुङको रागीनासमा बिर्ता पाएको थियो, त्यहीँ जन्मिए आठौँ पुस्ताका अर्जुनबहादुर थापा, जो अहिले परराष्ट्र मन्त्रालयका सचिव छन्।

०३० सालमा लमजुङबाट काठमाडौँ उच्च शिक्षाका लागि आउँदा सेनामा कानुनतर्फको मेजर कमिसन मागेको विज्ञापन पत्रिकामा देखेछन्। त्यसपछि उनले सेनामा जागिर खान कानुन पढ्नुपर्ने रहेछ भनेर कानुन पढ्न थाले। भन्छन्,"सानैदेखि भक्ति थापाको वीरता सुनेको भएर होला सेनामै जागिर खान्छु भन्ने लाग्थ्यो। तर, कूटनीतिज्ञ हुन्छु भन्ने कहिल्यै सोचेको थिइनँ।"

अर्जुनका भाइ धु्रवबहादुर बाली विशेषज्ञ हुन्, जसले नेपाल कृषि अनुसन्धान परष्िाद्बाट अवकाश पाइसकेका छन्। सेनाको उपत्यका पृतनाका उपरथी पूर्णचन्द्र भट्टराई पनि भक्ति थापाकै सन्तति हुन्। थापाकै सन्तान पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापा सेवानिवृत्त भएका छन् । भक्ति थापाका कतिपय सन्तति अझै रागीनासमै छन्। उपत्यकामा उनको जायजेथा नभएकाले उनका सन्ततिको थलो उपत्यकामा कुनै ठाउँ विशेषमा छैन।

फरक-फरक क्षेत्रमा

पुरानो घरको चार तला सिँढी उक्लिएपछि अर्को नयाँ घर आउँछ, जहाँ नेपाली सेनाबाट राजीनामा दिएका सेनानी बुद्धिजंग पाँडे बस्छन्। नेपाल एकीकरणताका पृथ्वीनारायण शाहका दाहिने हात मानिने काजी कालु पाँडेका आठौँ सन्तति हुन्, उनी। आफूले सेनामा छँदा पाएका विभिन्न पदक, हतियार, पोसाक आदिले उनले बैठक कोठा सजाएका छन्। पूर्वजहरू कालु पाँडे, दामोदर पाँडेलगायतका फोटोहरू लहरै झुन्ड्याएका छन्। तर, उनको जीवनशैलीमा सामान्य छ। घरभाडाको आम्दानी छ, उनीसँग। भन्छन्,"अन्य नेपाली जसरी बसेका छन्, म पनि त्यसरी नै बाँचेको छु।"व्यवस्थापनमा स्नातकोत्तर गर्दा गर्दै पाँडेहरूको इतिहास पढेपछि आफू सेनामा जागिर खान प्रेरति भएको बुद्धिजंग बताउँछन्। उनका दाजु बोधविक्रमचाहिँ क्यासिनो सञ्चालक हुन्।

कीर्तिपुरको युद्धमा विसं १८१४ मा मारएिका काजी कालु पाँडेका सन्ततिहरू पछि पनि पटकपटक शक्तिको नजिक पुगे। अझै पनि उनका सन्तान नेपाली सेनामा उच्च पदमा छन् भने बैंकिङ् क्षेत्रमा पनि सफलता हासिल गररिहेका छन्। कालुका सातौँ पुस्ता सरदार भीमबहादुर पाँडेका सन्ततिले सबैभन्दा बढी प्रगति गरेका छन्। जस्तो, उनका छोरा पवनबहादुर पाँडे सेनाको सर्वोच्च पदभन्दा एक तह तल छन् भने उनका दाजु जर्नेल सागरबहादुर पाँडेको हेटौँडामा द्वन्द्वकालमा माओवादीको एम्बुसमा परी मृत्यु भएको थियो। उनका भाइ पृथ्वीबहादुर पाँडे नेपाल इन्भेस्टमेन्ट बंैकका अध्यक्ष हुन्।

पृथ्वीबहादुरका दाजु हिमालय पनि व्यापारमै छन्। भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत कान्छा भाइ डा शान्तबहादुर जागिर छाडेर सपरविार बेलायतमा बस्छन्। कालु पाँडेकै नवौँ पुस्ताका सन्तति गौरवजंग ०६९ सालको एसएलसी परीक्षामा ९२ दशमलव ७५ प्रतिशत ल्याएर काठमाडौँ'टपर'भएका थिए। गौरवका बुबा राष्ट्रिय अनुसन्धान विभागका डीएसपी हुन्।

सरकारी सेवामै

अहिले पनि नेपाली इतिहासमा प्रभावशाली मुख्तियारको नाममा आउँछन्, भीमसेन थापा। मुख्तियार भनेको प्रधानमन्त्रीसर हको पद हो त्यसबेला। आफ्नो छोरा नभएकाले भाइका छोरा माथवरसिंह थापालाई उत्तराधिकारीको रूपमा हुर्काएका थिए, उनले। प्रधानमन्त्रीकै रूपमा चाहिँ माथवर पहिलो हुन्।

राणा, पाँडे र थापाहरूको आन्तरकि कलहका कारण पटकपटक सर्वस्व हरणमा परेपछि माथवरसिंहका सन्तान राजनीतिक शक्तिका रूपमा उदाएनन्। माथवरका नाति तथा कर्नेल श्रीविक्रमसिंह थापा विसं १९३८ को पर्वमा मारएिपछि माथवरका सन्तानको सर्वस्व खोसियो। त्यसपछि माथवरका सन्तानले लामो समय जागिर खान पाएनन्। तर, अहिले प्रशासनिक र शैक्षिक क्षेत्रमा भने उपल्लो तहसम्म पुगेका छन्। माथवरका छैटौँ पुस्ताका सन्तति तथा पूर्वसचिव दीपेन्द्रविक्रम थापा भन्छन्,"बीचमा माथवरका सन्तति हराएजस्तो भए पनि पछिल्लो समय चर्चामा आउन थालेका छौँ।"

खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्ने पहिलो व्यक्ति हुन्, दीपेन्द्र। नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भई उनी विभिन्न कलेजमा पढाउनुका साथै अन्तर्राष्ट्रिय दातृ निकायमा परामर्श तथा तालिम दिन्छन्। माथवरको सन्तान झल्काउने वैभवशाली चीज दीपेन्द्रको घरमा पनि देखिँदैन। यिनका भाइ राजकुमार थापा साहित्य सिर्जनामा छन्।

सर्वस्व हरणपछि माथवरका सन्ततिले उनले स्थापना गरेको गुठीको जग्गामा बसोवास गरेका थिए, त्यही जग्गासमेत आफूहरूले किन्नुपरेको माथवरका अर्का सन्तति शारदाविक्रम थापा बताउँछन्। जलस्रोत मन्त्रालयको अधिकृतबाट अवकाश प्राप्त शारदा भन्छन्,"मैले यो जग्गा २२ लाख तिरेर पास गरेको हुँ।"

माथवरका छैटौँ पुस्ताकी सीतामैयासिंह थापा त्रिभुवन विश्वविद्यालय कानुन संकायको कामु डीन भएकी थिइन्। वातावरण कानुनमा विद्यावारििध गरेर प्राध्यापकसम्म भएकी उनी अविवाहित छन्। उनकी बहिनी मीनामैयासिंह एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छिन्।

माथवरका सन्तति नेपाली सेना र प्रहरीमा समेत भेटिन्छन्। नेपाल प्रहरीका डीआईजी सुशीलवरसिंह थापा माथवरसिंहका छैटौँ पुस्ताका सन्तान हुन्। डीआईजी थापा प्रहरीमा महत्त्वपूर्ण मानिने कार्यविभाग अन्तर्गतको सुरक्षा सेवा निर्देशनालयका प्रमुख छन्। भन्छन्,"हामी आफ्नै पौरखले यहाँसम्म आइपुगेका हौँ। शक्तिमा पुगेपछि लडाउने र लड्ने भइराख्दो रहेछ।"

सुशीलकै ठूलाबुबाका छोरा राजीववरसिंह थापा नेपाली सेनामा लेफि्टनेन्ट कर्णेल छन् भने भतिजा निशिलवरसिंह थापा क्याप्टेन। निशिल आफू माथवरसिंहको सन्तति भएकै कारणले सेनामा जागिर खान पुगेकामा गर्व गर्छन्। देशमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला सेनामा जागिरको विकर्षण बढिरहेको थियो, त्यही बेला निशिल भर्ना भए।'ए लेभल'सकेर सेनामा जागिर खाने आफू पहिलो व्यक्ति बताउँदै निशिल भन्छन्,"हिजो देश अप्ठ्यारोमा पर्दा पुर्खाले बलिदान दिएका थिए भने मैले पनि यही बेला हो देशको सेवा गर्ने भनेर सेनामा भर्ना भएँ।"सुशीलका ठूलो बुबा डा सुमन थापा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा कार्यरत छन्। सैन्य पृष्ठभूमि हुँदै प्रधानमन्त्रीसम ्म बनेका माथवरसिंहका सन्तति फरक कर्मक्षेत्रमा सफल बन्दै गए पनि सत्ता र शक्तिको उपल्लो तहमा कोही पनि छैनन्। सेना, प्रहरीजस्ता सुरक्षा निकायमा समेत सातौँ पुस्ताका सन्तान पातलिँदै गएका छन्। कुनै समय काठमाडौँ सुन्धाराको बागदरबार भीमसेन थापा र माथवरसिंह थापाकै थियो। पछि त्यसलाई राणाहरूले लिए। सुन्धारा क्षेत्रमा माथवरको २ सय १६ रोपनी जग्गा भएको सुशीलवरले सुनेका रहेछन्। भन्छन्,"तर, त्यहाँ अहिले ठूला मल अरूले नै ठड्याएका छन्।"

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...