नेपालको इतिहासकै कालोदिन राजा विरेन्द्रको वंश बिनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको आज बाह्र बर्ष पुरा भएको छ । तत्कालीन राजा बिरेन्द्र हुँदा वि.सं. २०५८ साल जेठ १९ गते राती दरवारभित्र भएको गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप हुनेगरि उनको परिवारका सबै सदस्यहरुको घटनास्थलमै गोली हानी मारिएका थिए ।
हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको १२ वर्ष वित्दासम्म पनि हत्याकाण्डको वास्तविक तथ्य अझै बाहिर आउन सकेको छैन । दिपेन्द्रले उनकी प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिदा आवेगमा आएर उनले नै सो काण्ड मचाएको र आफ्नो वंश विनाश गरेको भनिदै आएको छ ।
इतिहासमा तत्कालिन युवराज दिपेन्द्रमाथि हत्याराको कालो दाग लागेपनि अधिकांश नेपालीहरुले उनको विगतको बानी व्यवहार र चरित्र हेर्दा यो घटना दिपेन्द्र बाटै घटेको विश्वास गर्न पटक्कै सकेका छैनन् । यसर्थ यो घटना नेपाली इतिहासमा सधै रहस्यमय बनेर रहेको छ ।
No comments:
Post a Comment