२-कोरियामा गौरिले किन आत्मा हत्या गरीन् त?
३-विदेशमा जादा लागेको ऋण समेत तिरी नसक्दै मृत्युको शिकार बन्नु परेपछि!
४-कोरियामा जिवनमरणको दोसाँधमा काशिराज।
५-कतारमा हृदयघात भई मृत्यु भएका सागरको शव नेपाल पठाइयो।
६-कतारमा काम गरिरहेका नेपालीहरूको कथा बेथा र दर्दनाक अवस्था !!
यसता समाचार सुन्ने कुरा अहिले कुनै नौलो छैन,नेपालीको लागि।नेपालको एउटै मात्रा अन्तरराष्ट्रिय विमानस्थल बाट दिनहु जसो विदेश बाट सुन्दर भविस्य को सपना बोकेर गएका दिदी बहिनी तथा दाज्यु भाई का शव आईनै रहन्छ। चर्चामा आउने हरु प्राय अलपत्र पर्ने वा परेकाहरु मात्रै हुन। कती पय कम्पनिहरु ले मजदुर को लागि आवश्यक सुवीधा पुर्याउँदा पुर्याउदै पनि केही त्यस्तो अप्रि-य घटना घटेको खन्डमा पाउने सबै सुवीधा स-हित अन्न्य सबै आवश्यक कामहरु पुरा गरिदिने हरुको त के कुरा गर्ने उनिहरु को बारेमा त शायद छिमेकी ले पनि त्यती सजिलै थाहा पाउदैनन होला अरु भन्दा पनि के कती सुविधा पाय र कसरी यती छिटो सजिलै काम पुरा भयो भन्ने पूर्ण बिवरन।
ति सबैका विवरन चर्चित झै गरी चर्चामा आउने हो भने शायद नेपाली समाज डराउने थियो होला बिदेश जान।अहिले बढी चर्चामा आउने गरेको कोरिया र खाडी मुलुक हो। तर यी दुई ठाउँ मा कामदार दुई फरक कारण ले मर्ने गरेको पाईन्छ। कोरियामा बढी शारिरीक यातना र अनी मानसिक तनाव् पनि रहेको छ भने खाडीमा बढी गर्मी त्यसको साथमा आवश्यक मात्रामा पानी नपिउनु वा जानकारी नहुनु र भए पनि ध्यान नदिनु अनी माथिबाट अवैधानिक रुपमा बनेको विभिन्न रासाएेनिक पदार्थको मिश्रन हुन्छ जुन कुनै साधारण विषादी भन्दा तल्लो स्तर को हुन्न त्यस्तो मादक पदार्थको सेवन् नेपाली रक्सी झै सम्झेर घटघट पार्न थाले पछी के चाँही नहोला भन्न् सकिन्छ र?अब खाडीमा पनि धेर थोरै शारिरीक यातना र मानसिक तनाव छदैछ। त्यही माथि घरको समस्या र चीनता सबै कुरा एकैपटक बिर्सिन सबैलाई कहाँ पो सजिलो हुन्छ र।
यि कुरा हरुमा सम्बन्धित निकाय ले ध्यान दिएर सुधार गर्ने वा बिदेशीने सबै सर्बसाधारणलाई जानकारी दिने हो भने केही सुधार आउने थियो। बिदेशीने आँफैहरुले पनि सबैभन्दा बढी ध्यान दिनु पर्ने कुरा चाँही कुनै व्यक्तिगत वा घरायसी कामको लागि नभै सम्बन्धित कम्पनिको भिषा मा मात्रै विदेश हिंड्न उचित देखिन्छ त्यसैले जुन कम्पनी को भिषा आफ्नो हातमा छ त्यो कम्पनी सम्बन्धित मुलुक मा छ कि छैन पत्ता लाउनु नै उप-युक्त हुनेछ।
होइन भने तपाईं हामी सबै को अवस्था त्यै हुनेछ जुन सयौ नेपालीले अहिले सम्म भोगेका छन। अझ बढी बास्तविक जानकारीको लागि यि चलचित्र हरु हेर्नु होला।जुन तलको link हरु मार्फत् youtubemaa पाउनुहुनेछ।
korea sandesh part 10
Sajha Sawal Episode 285: Nepali Migrant Workers in Qatar- 2
No comments:
Post a Comment