Sunday, June 2, 2013

पालो अब प्रचन्डको हो !

नेपालको राजनितिक क्षेत्रमा सतिको सराप लागेकै होभने अब मर्ने पालो प्रचन्ड को हो भन्दा केहि फरक नपर्ला जस्तो छ, किन भने मैले जाने बुझे अनुसार जस्ले जे भने पनि नेपाललाई स्वर्ग नै बनाउछु भने पनि केहि हुने अवस्था देखिदैन तर पनि प्रचन्ड नै एक जना त्यस्ता नेता छन जसले धेरै थोरै केहि गरिहाल्छन कि भन्ने आशा अरु नेताको तुलनामा धेरै जनताको भरोसा छ वा छ होला ।जसरी राजा बिरेन्द्र र मदन भन्डारी माथी आशा थियो त्यही आशा छ प्रचन्ड माथी ।
तर सती को सराप लागेको हो भने अब प्रचन्डले सम्पूर्ण रुपमा सतर्कता अपनाउनुपर्ने देखिन्छ । होईन भने केहि दिन अगाडिको मार्ने षडयन्त्र भएको  प्र्^यास को कुरा वास्तविक्तामा परिणत नहोला भन्न सकिन्न ।
वास्तवमा प्रचन्डलाई मार्ने षडयन्त्र जो कोहिबाट पनि हुन सक्छ र केहि गरी हत्या भैहाल्यो भने फेरी  वास्तविक हत्यारा लाई पछाडी धकेल्नमानै सबै बाकी नेताको समय बित्ने छ ।प्रचन्ड पुत्रले एमालेको टाउकोमा हाले झै जो कोहिले पनि त्यो काम गर्न सक्छ जस्तो एमाले,काङ्ग्रेस,वैध बाबु,पूर्व राजा र पारिबाट पनि हुनसक्छ ।तर हत्यारा खोजेर कारवाही हुने काम कहिल्यै हुँदैन । अनि त के को चिन्ता भोली बटुवाले पनि आंट गर्छ नि ।
अनी जनता र देशको के आशा यहाँ ।देशका सर्वोच्च नेता र राज परिवारको सम्म सर्वनास हुंदा पनि न्याय  पायनन यो देशले र अब कसरी न्याय पाइएला ?


No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...