कुरा फेरी नेपाली football कै गर्न मन लाग्यो तर प्रसँग अफ्गानिस्तान सँग सम्बन्धित छ। भक्खरै SAFF CHAMPIONSHIP मा नेपाल अफ्गानिस्तान सँग हारदा दु:ख त धेरै लागेको थियो तर अहिले मलाई लाग्छ त्यो अफ्गानिस्तन्को लागि अती आबस्यक थियो र त्यसैले उनिहरु भाग्यमानी भय त्यो दिन र जित हात पारे शायद त्यसले अफ्गानी जनता लाई सँग-ठित हुन धेरै सहयोग मिलेको छ।
http://www.onlinekhabar.com/2013/11/134091/
http://www.onlinekhabar.com/2013/11/134091/
अफगानिस्तानमा हालै फुटबलको पि्रमियर लिग सम्पन्न भएको छ । अफगान फुटबल खेलाडी देशको नयाँ आदर्शका रुपमा उदाएका छनर र उनीहरुलाई थाहा छ कि उनीहरुको प्यारो खेल खेल मात्र हैन । युद्धको मारमा परेको यो देश यस्तो उद्देश्य हासिल गर्न अघि बढिरहेको छ, जसको महत्व सबैभन्दा धेरै छ-एकता ।
नयाँ लिगका सह-आयुक्त शरीक गौरी भन्छन्-मानिसहरुबीच एकता ल्याउन सबैभन्दा प्रबल कारक फुटबल हो ।’ गौरी स्वयंम पनि फुटबल खेलाडी हुन् । उनी भन्छन्-हाम्रो देशको इतिहासमा पहिलो पटक सबै मानिस अफगानिस्तानको जितमा शामेल भएका छन् ।’
अफगानिस्तानको फुटबल जगतका लागि यो केही असमान्य र अभूतपूर्व छ । एक यस्तो देश जो पछिल्लो ३० वर्ष युद्धरत छ । त्यहाँ २ वर्षमा एक नयाँ फुटबल स्टेडियम बनेको छ । साथै आठ टिमको एक लिग सुरु भएको छ, जुन देशलाई विभाजन गर्ने जातियताबाट माथि छ ।
शुक्रबार उत्तरी अफगानिस्तानको पाँच प्रान्तको क्लब सिमोर्ग अल्बोर्ज फाइनल भिडन्तमा काबुलको शाहीन आस्मायी क्लबसँग भिड्यो । सिमोर्ग आल्बोर्जका प्रशिक्षक फाहिम शारीफयारले खेलअघि भनेका थिए, हामीले लामो यात्रा तय गरेका छौं ।’
काबुलमा सुरक्षागार्डहरुले घेरिएको एक गेष्ट हाउसमा बसेका खेलाडीहरु बंक बेड्समा सुतेका थिए भने बगैंचामा लगाइएको टेष्टमुनी सँगै खाना खान्छन् । टिमका कप्तान २७ वषर्ीय मुनीर नदीमले भने-’हामी यो सोच्दैनौं कि कुन खेलाडी कुन प्रान्तबाट आएका छन् । हामी दाजुभाई जस्तै मान्छौं र साथै खेल्छौं ।’
काबुलको दोस्रो भागमा उनको विरोधी टिमका खेलाडी पूरानो गान्जी स्टेडियममा अभ्यास गरिरहेका थिए । स्टेडियममा तालिबान शासनको क्रममा क्रुर इस्लामिक सजाय दिनका लागि एक मञ्चको रुपमा प्रयोग गरिएको थियो । काबुलको टिमबाट खेल्ने २६ वर्षीय फैंज मुज्तबा भन्छन्-म त्यसबेला देखि फुटबल खेल्न चाहन्थेँ जब क किशोरका रुपमा गान्जी स्टेडियमको मञ्च देख्न आएका थिएँ ।’
तर, उनी तालिबानको शासनलाई पनि भुल्दैनन् । पुराना दिन सम्झँदै उनले भने-’एक खेलअघि तालिबानले एक व्यक्तिलाई ल्याए र चार गोली हाने । त्यसपछि दुई व्यक्तिलाई ल्याइयो र उनीहरुको हात काटियो । त्यपिद्धि कसैले पनि स्टेडियममा फुटबल म्याच हेर्न चाहेनन् ।’
तर, अब पूरा देशसँगै लिगको फाइनलमा अफगानिस्तानका पूर्व सेनापति, राजा मात्र होइन, राष्ट्रपति हमिद कारजाई पनि हेरिरहेका थिए । काबुलमा रहेको फैजको साधारण घरमा साफ च्याम्पियनसिप जितेपछि राष्ट्रपति कारजाईले राष्ट्रिय टिमलाई बधाई दिएको तस्वीर राखिएको छ । उनका सानो भाई १२ वषर्ीय सामी अर्नेन्टिनी स्टार लिओनल मेस्सीको टिसर्ट लगाएका छन् ।
के आगामी वर्ष हुने राष्ट्रपति चुनावको तयारीमा रहेका नेताका लागि फुटबलको सफलता शिक्षा हुनसक्छ ? निकै मुस्कानका साथ शरीक गौरी भन्छन्-निश्चित । यसमा टिमबर्क, पारदर्शिता र लगातारका विकासका लागि लक्ष्य निर्धारित परियोजनाको आवश्यकता पर्छ ।’
राजनीतिक परिस्थितिमा परिर्वतनको अपेक्षा गर्ने अफगानिस्तानका युवाहरुमाथि अहिले पनि सेनापतिको प्रभाव छ । यी युवाहरु पनि फुटबल परिर्वतनका लागि एक प्रभावशाली हतियारका रुपमा मान्छन् ।
शुक्रबारको खेल शाहीन आस्मायीले सिमोर्ग अल्बोर्जमाथि २-१ को जित निकालेको छ ।–बीबीसी हिन्दीको सहयोगमा
- See more at: http://www.onlinekhabar.com/2013/11/134091/#sthash.JL6if0ac.tscW8XJX.dpuf
No comments:
Post a Comment