Monday, March 10, 2014

दुरुस्त देखिन जुम्ल्याहाले खर्चिए करोडौं, प्रेमी पनि एउटै


http://www.onlinekhabar.com-2014/03/174724/
२०७० फागुन २६ गते ९:४६ मा प्रकाशित

Lucy-and-Anna-DeCinque
करिव एक मिनेटको अन्तरमा जन्मिएका जुम्ल्याहाको बीचमा धेरै समानता हुन्छ । अनुहार, आनीबानी, जागिर, कारदेखि फेसबुक एकाउन्टसम्म एउटै भएका देखिएको छ ।
तर, अष्ट्रेलियका जुम्ल्याहा दिदीबहिनी आना र ल्यूसीलाई यतिमात्र पर्याप्त भएन । उनीहरुले आफ्नो जुम्ल्याहामा रहेको केही शारीरिक फरकपन हटाउन सर्जरी गराएका छन् र अब उनीहरुलाई छुट्टाउन निकै मुस्किल भएको छ ।
उनीहरुले ओठको सर्जरी गरेका छन् भने स्तन इम्प्लान्ट गरेका छन् । आइब्रो समेत उस्तै बनाएका छन् । जसका लागि उनीहरुले २ लाख ४० हजार अष्ट्रेलियन डलर खर्च गरेका छन् ।
पश्चिमी अष्ट्रेलियाको पर्थमा बस्ने यी टि्वन्स अधिकांश समय एकसाथ हुन्छन् । उनीहरु आमासँग बस्छन् । तर, उनीहरुको प्रेमी एउटै छन् । उनीहरुको अहिलेको प्रेमी इलेक्ट्रि कल मेकानिक बेन पर्थकै हुन् ।
Lucy-and-Anna-DeCinque-1
आनाले भन्छिन-’हामी अहिले एकै केटासँग डेटमा छौं । हाम्रो सम्वन्धमा तीन जना छन् र हामी शेयरिङमा छौं ।’ ल्यूसी भन्छिन्-’यसले हामीमा कुनै समस्या छैन । हाम्रो एकै व्याइफ्रेण्ड छ र हामी बेड शेयर गछौं । शारीरिक सम्वन्ध राख्दा पनि हामी तीनै जना सँगै हुन्छौं । हामी हरेक डेटमा दुबै हुन्छौं ।’
ल्यूसीका अनुसार प्रेमीसँग सानै उमेरबाट उनीहरु सँगसँगै छन् । उनीहरुले नर्सरी, प्राथमिक माध्यमिक विद्यालय तहको पढाइसँगै सके । उनीहरुले कलेजमा ब्यूटी कोर्ससमेत एकसाथ गरे ।
१२ वर्षको उमेर हुँदा उनीहरुले हेयर स्टाइल फरक-फरक गरेका थिए । तर, त्यो धेरै दिन टिकेन् । त्यसयता उनीहरुका रहेक कुरा उस्तै छन, जसलाई उनीहरु जीवनभर दायाँबायाँ गर्न चाहान्नन् । 
Lucy-and-Anna-DeCinque-2
Double or nothing: Doppelgangers Lucy (left) and Anna (right), both 28, say they do everything together
Anna, left, and Lucy, right, are pictured aged 17 at their school's graduation ball
Lucy, left, and Anna, right, have spent thousands on relentlessly ensuring they stay exactly the same
Snap! Although the twins purchase every outfit in duplicate, they say they would never wear the same thing twice on a night out
Gladrags: It's not uncommon for sisters to share clothes, but sharing a lover is a little more rare
Mirror image: Lucy said: 'We're all together when we have sex, and if we like the same guy, so be it'
Anna, left and Lucy, right, pictured aged 19
Lucky guy: Ben Byrne, an electrician, is Anna and Lucy's current boyfriend
- See more at: http://www.onlinekhabar.com/2014/03/174724/#sthash.pZ2eHWvJ.Iw66WfOe.dpuf

Sunday, March 9, 2014

विदेशबाटै मनग्य

प्रवासीलाई गायन, नृत्य र हास्यको खुराक पस्केर मनग्य कमाइ गर्न थालेका छन् नेपाली कलाकार । विदेशमा हुने कार्यक्रमको व्यस्तताले चल्तीका कलाकारहरू स्वदेशमा कमै बस्छन् । यसले नेपाली कला उद्योगलाई नयाँ ऊर्जा दिएको छ । 


entertainment
काठमाडौ, फाल्गुन २५ - गायक राजेशपायल राईको पहिलो एमआरपी (मेसिन रिडेबल पासपोर्ट) का पाना वर्ष दिनमै भरिए । ६ वटा पासपोर्ट फेरिसकेका उनको दोस्रो एमआरपीका पाना पनि भिसाले भरिँदो छ । 'कार्यक्रमका लागि सबैभन्दा बढी विदेश जाने मै होला कि ?' उनी अनुमान गर्छन् ।
नेपाली कलाकार पछिल्ला वर्ष विदेशी कन्सर्ट वा सांस्कृतिक कार्यक्रममा निकै व्यस्त हुँदै गएका छन् । राईकै झैं उनीहरूको पासपोर्टमा पनि भिसा थपिँदो छ ।
टिभी सिरियल 'मेरी बास्सै' मा तक्मे बुढाको चरित्रमा देखिएपछि विल्सनविक्रम राई एकाएक व्यस्त बने । कार्यक्रमका लागि पहिलो पटक २२ महिनाअघि दक्षिण कोरिया उडेका विल्सनले २७/२८ मुलुकमा प्रस्तुति दिन भ्याइसके । यतिबेला उनका लागि स्वदेश 'ट्रान्जिट' सरह छ । राजेशपायललाई त साथीहरू जिस्काउँछन्, 'आधा समय धर्तीमा, आधा समय आकाश ।'
कलाकारका लागि विदेश अब घुम्न मात्रै सीमित रहेन । चल्तीका कलाकार, गायक/गायिकाका लागि आम्दानीको मुख्य स्रोत बन्दै गएको छ, वैदेशिक कार्यक्रम । फिल्म 'लुट' को आइटम गीत 'उध्रेको चोली' हिट भएपछि गायिका इन्दिरा जोशीको व्यस्तता एकाएक बढेर गयो । २५ मुलुकमा प्रस्तुति दिइसकेकी उनी भन्छिन्, 'गतवर्ष तिहारमा बाहेक अरू बेला लगातार एक हप्ता घर बसेको सम्झना छैन ।' स्टेज प्रस्तुतिमा चर्चित पश्चिमी गायिका साकिराको झल्को दिने उनको स्वदेशी मेला, महोत्सवमा उत्तिकै माग छ ।  
गीतका क्यासेट, सिडी बिक्न छाडेपछि र पाइरेसी बढेपछि मारमा परेका बेला विदेशका कार्यक्रमले गायक/गायिकालाई ठूलो आर्थिक राहत दिएका छन् । स्वदेशी महोत्सव र विदेशी कार्यक्रममा हास्यकलाकार, कलाकार, गायक/गायिकाको प्रस्तुति अनिवार्यजस्तै बनेको छ । हरेक विदेशी कार्यक्रमबापत दुई हजार डलर जति पारिश्रमिक लिएर वर्षमै ३५ देखि ४० लाख रुपैयाँ कमाउने राजेशपायलले बताए । 'विदेशकै कमाइले शान्तिनगर -काठमाडौं) मा साढे दुईतले घर बनाउन सकेको छु । राम्रै भइरहेको छ,' उनले भने । अहिलेका चल्तीका गायकमा पर्ने उनी स्वदेशमै मासिक एक लाख रुपैयाँ हाराहारीमा कमाउने सुनाउँछन् ।
टेलिभिजनमा कमेडी सिरियलहरू हिट हुन थालेपछि कार्यक्रमहरूमा हास्य कलाकारको माग ह्वात्तै बढेको छ । दीपकराज गिरीको अनुभवले यही भन्छ । 'पहिले कार्यक्रम हुँदा गायक/गायिकाको टिममा बल्लबल्ल एउटा कमेडी आर्टिस्ट अटाउँथ्यो । समय फेरिएको छ । कमेडियनको टोलीमा गायक/गायिका वा हिरो/हिरोइन पनि राखौं न भन्न थालेका छन्,' दीपक भन्छन् ।
'धुर्मुस' बाट परिचित सीताराम कट्टेलले गत वर्ष ११ पटक मुलुक छाडे । २०६३ सालमा 'मेरी बास्सै' सुरु भएपछि उनको 'धुर्मुस' चरित्रले देश/विदेशमा चर्चा पायो । पहिलोपटक दक्षिण कोरियाका लागि उडे । उनको व्यस्तता यसरी अकासियो कि कोरिया उड्दासम्म पासपोर्टमा हङकङ, सिंगापुर र लन्डनको भिसा लागिसकेको थियो । अहिलेसम्म उनले कहिले एक्लै र कहिले केदार घिमिरे 'माग्नेबुढा' सँग जोडी जमाएर १८ मुलुकका नेपाली दर्शक हँसाइसकेका छन् । सीताराम कुल आम्दानीको २५ प्रतिशत विदेशी कार्यक्रमबाटै आउने अनुमान लगाउँछन् । इन्दिराको कमाइचाहिँ विदेशबाटै बढी हुने रहेछ ।
गतवर्ष 'बेहोसीपछि होसमा आउँदा क्या दामी भो' भन्दै मलेसिया, इजरायल, कतार, कोरिया र हङकङमा रहेका नेपाली झुमाउन पुगेका गायक शिव परियार विदेशको कमाइ उल्कै धेरै नहुने बताउँछन् ।
थप्छन्, 'बाहिरीले देखेजस्तो भयंकरै उपलब्धि चाहिँ भएको छैन । तर नयाँ गीत रेकर्ड गर्न र महँगो काठमान्डुमा जीवन धान्न पुगेकै छ । २/४ वर्ष यस्तै रफ्तार रहेमा भने केही होला कि ?' अधिकांश कलाकार कर छलीको आरोप लाग्ने डरले आम्दानी बताउन हच्किन्छन् । विदेश कमाइको सम्भावना बढ्दै गएपछि गायक/गायिका आफ्ना एल्बममा हरेक स्वाद-शैलीका गीत समेट्न थालेका छन् । राजेशपायल आफ्नो एल्बम सबै प्रकारका गीतको 'फ्युजन' हुनुका मुख्य कारण यसैलाई मान्छन् । भन्छन्, 'विदेशमा प्रायः लोकगीत र डान्सिङ नम्बर रुचाउने भएकाले मेरा एल्बमका गीत छनोट पनि त्यस्तै हुन्छ । त्यसैले विदेशमा मेरो बढी डिमान्ड भएको होला । म लोक, फिल्मी, आधुनिक, गजल, पप सबै फ्लेवरका गीत गाउँछु ।'
विल्सनविक्रम आफू जनजाति भएको र विदेशमा धेरै कमाउनेमध्येमा लाहुरे पृष्ठभूमिका जनजाति बढी रहेकाले मात्र आफ्नो माग बढेको स्वीकार्दैनन् । उनको तर्क छ, 'मैले चलिआएको कमेडीभन्दा फरक टेस्ट दिन्छु रे । हुन पनि म राजनीतिलाई कमेडी बनाउँदिनँ । कसैलाई घोचपेच नगरी आँसु चोरेर हाँसो दिन
खोज्छु ।' नेपाली नयाँ वर्षमा कतार उड्ने तयारीमा रहेका विल्सन त्यहाँबाटै फिल्म 'तक्मे बुढो लस्ट इन लन्डन' सुटिङका लागि लन्डन उड्ने छन् । उनी आफ्नो विदेश व्यस्तताको जस युट्युबमा राखिएको भिडियो फुटेजलाई दिन्छन् ।
'जब मेरो धराने डन चरित्रको कमेडी फुटेजलाई युट्युबमा राखियो, लगत्तै लन्डनमा कार्यक्रमका लागि बोलाइयो,' उनले भने, 'त्यसपछि लटरी लागेको लाग्यै छ ।' तर त्योभन्दा अघि नै उनी दक्षिण कोरियाका लागि उडिसकेका थिए । च्यारिटी शो अर्थात् सहयोगार्थ कार्यक्रमबाहेक प्रतिशो दुई हजार डलर पारिश्रमिक लिँदै आएका विल्सनले थपे, 'स्वदेशमा म अझै नै नयाँ छु तर विदेशका नेपालीका लागि त पुरानो भइसकें ।' हङकङ चार पटक गइसकेका उनी धेरै मुलुकमा दोहोर्‍याएर पुगिसकेका छन् । विल्सनलाई यतिबेला समय व्यवस्थापनकै समस्या परिरहेको छ । उनकै समय पर्खेर बसिरहेको फिल्म 'अधकट्टी' का निर्देशक सुब्रत आचार्यले भने, 'हामीले विल्सन र मौसमलाई कुर्दाकुर्दै ढिला भयो ।' त्यसो त १४ दिनमै दुई फिल्मको सुटिङ सकेर विदेश उडेका अनुभव पनि विल्सनसँग ताजै छ ।
पछिल्ला दुई/तीन वर्षयता कलाकारहरू कार्यक्रमका लागि विदेश जाने क्रम बढेको छ । गत वर्ष मात्रै करिब दुई दर्जन कलाकार, गायक/गायिका फिल्म प्रदर्शन, कन्सर्ट वा अन्य सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगे । महँगो दाममा सीडी/भीसीडी समेत बेच्ने गायक/गायिकाको हकमा विदेश भ्रमण 'पशुपतिको जात्रा सिद्राको व्यापार' जस्तोसमेत हुने स्थानीय आयोजकहरू बताउँछन् ।
गायक हिमाल सागर दुई वर्षमा चार पटक बेलायत पुगे । स्वदेशकै कार्यक्रममा भ्याइनभ्याई हुने पनि किन विदेश ताक्छन् त ? उनी भन्छन्, 'स्वदेशमा पाइरेसीले गर्दा क्यासेट बिक्री हुनै छाड्यो । बरु विदेश कन्सर्टबाट उल्लेख्य आम्दानी हुन्छ । घुम्न पनि पाइन्छ ।' उनले डेढ महिनाको प्याकेजमा युरोप जाँदा कम्तीमा १० लाख रुपैयाँ कमाइने बताए । नेपाली नयाँ वर्षमा अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गायिका अन्जु पन्तबाट चार शो गर्न २० लाख रुपैयाँ खर्चिन लागेको बेलायतका इभेन्ट अर्गनाइजर सपन राईले बताए । उनले कलाकार हेरी प्रतिशोको ५० हजारदेखि दुई लाख रुपैयाँसम्म दिने सुनाए ।
बेलायतमै कार्यक्रम आयोजना गर्ने सुमन अधिकारी गतवर्ष मे महिनामा गरिएको कार्यक्रममा विल्सनविक्रम र केदार घिमिरेको जोडीलाई साढे २३ लाख रुपैयाँ पारिश्रमिक दिएको दाबी गर्छन् । उनी जनवरीमा गरिएको शोबाट जितु नेपालले आठ लाख ६ हजार र गायक शम्भु राईले १२ लाख बुझेको सुनाउँछन् । उनले अब मे महिनामा फेरि गायिका इन्दिरा, पशुपति शर्मा, मनोज गजुरेल र प्रशान्त तामाङको समूहलाई झिकाउने तयारी गरिरहेका छन् ।
हङकङमा गत वर्ष भएका दुई दर्जन स्टेज शोका लागि नेपालबाट सय हाराहारीमा कलाकार पुगे । कलाकार भएर 'डि्रम सिटी' मानिने हङकङ नपुगेका अब सायदै होलान् । प्रायः कार्यक्रममा गायन, हास्य र नृत्यका मिश्रति खुराक राख्ने गरिन्छ । हङकङमा कार्यक्रम आयोजना गर्दै आएका लालीगुराँस एसोसिएसनका विशाल गुरुङ भन्छन्, 'कलाकारमा भेराइटी हुँदा दर्शक पनि सबैखाले समेटिन्छन् ।' कार्यक्रम गराउनेहरू विधागतका साथै जात र क्षेत्रको विविधतामा ख्याल गर्छन् । प्रायः विदेश कन्सर्टमा व्यस्त हुने गायकमध्येमै पर्छन् धीरज राई । उनलाई कन्सर्टका लागि हङकङ बढी रुचिकर रहेछ । भन्छन्, 'सानो सहर भइकन नेपालीको बाक्लो बसोबास छ । सुविधा सम्पन्न सहरमा संगीत बुझ्नेको राम्रो उपस्थितिले कन्सर्ट गर्न मज्जा आउँछ ।'
रोजगारका लागि पछिल्ला वर्ष दक्षिण कोरिया जाने नेपालीको संख्यामा उल्लेख्य वृद्धि हुन थालेपछि नेपाली कलाकारको चहलपहल पनि बढेको हो । बितेका एक वर्षमै मात्र ४० भन्दा बढी कलाकार कोरिया पुगे । कोरियामा कलाकारलाई सामान्यतः ८० हजारदेखि साढे दुई लाख रुपैयाँसम्म पारिश्रमिक दिने गरिएको एक संस्था सम्बद्धले बताए । विदेश बोलाइने कलाकारलाई पारिश्रमिकबाहेक प्लेन टिकट, खानबस्न र घुम्नका लागि आवश्यक खर्च आयोजकले नै बेहोर्ने गर्छ ।
करिब पाँच लाख नेपाली रहेको मलेसिया कलाकारका लागि राम्रो गन्तव्य मानिन्छ । ४० हजारदेखि ६ लाख रुपैयाँसम्म पारिश्रमिक लिइएका उदाहरण भएको मलेसियामा गतवर्ष सम्पन्न एभरेस्ट कन्सर्टमा प्रस्तुति दिएका विल्सनविक्रमले तीन लाख ३० हजार रुपैयाँ र नायिका निशा अधिकारीले अर्को कार्यक्रममा तीन लाख रुपैयाँ पारिश्रमिक बुझेको कार्यक्रम संयोजक सुन्दर आलेले दाबी गरे । विदेशमा कलाकारको मागबारेमा गायिका इन्दिराको बुझाइ छ, 'कामले थकित भएका नेपाली दाजुभाइलाई यस्ता कार्यक्रमले थोरै भए पनि मनोरन्जन दिन्छ । त्यसैले त्यहाँ म गायिका भएर नभई पर्फम भएर उपस्थित हुन्छु । अहिलेको विश्वव्यापी मान्यता पनि त्यही हो ।'


 

प्रकाशित मिति: २०७० फाल्गुन २५ ०९:००
- See more at: http://www.ekantipur.com/np/2070/11/25/full-story/385374.html#sthash.trQ5vf8b.dpuf

'म स्कुल जान्नँ, बरु बिहे गर्छु'


उषा हमाल
हामी धेरै ठूलाठूला कुरा गर्न जान्ने भएका छौं । सानामसिना कुरातिर र्फकन जान्दैनौं र परिणामस्वरुप यसको सिकार निर्दोष बालबालिका हुन्छन् । -

usha
'मस्कुल जान्नँ, बरु बिहे गर्छु', यो भनाइ कुनै काल्पनिक कथाबाट टिपिएको होइन । यो भनाइ ती तेह्र लागेकी केटी सपनाको हो, जसलाई स्कुल जानु भनेको कुनै यातनागृहमा जाकिनुसरह हुन्छ । विवाह के हो भन्ने नै नबुझेकी यी बालिकालाई स्कुलको विकल्प बरु बिहे बनेको छ । तिमी किन स्कुल नगएकी नानी भनेर कसैले सोध्यो भने उनी आँखाभरि आँसु पार्छिन् र स्कुल जानु सट्टा बिहे गर्छु भन्छिन् ।  
'सुन्नेलाई रमाइलो तर भोग्नेलाई पीडादायी यो अभिव्यक्तिका पछाडि लुकेका तमाम प्रश्नबारे हामी शिक्षा विकासमा लागि भिडेका जोकोहीले पनि छातीमा हात राखेर सोच्नुपर्ने अवस्था देख्छु, गैरसरकारी संस्थामा कार्यरत शिक्षा क्षेत्रमा काम गर्ने विकास शर्माले पंक्तिकारसँग भने । उनी धादिङ जिल्लाको एउटा दुर्गम गाउँमा केही स्कुलहरूको स्थलगत अवलोकन गरेर फर्किएका थिए ।    
स्कुल यातनागृह र घर श्रमशिविर सरह भोगिरहेकी यी बालिकाका लागि पढाइमा रुचि र शैक्षिक उपलब्धि धेरै परका कुरा हुन् । मुस्किलले हप्तामा एक दिन उनी स्कुल टेक्न पाउँछिन् । घरमा आफूमुनिका तीन जना साना भाइबहिनीको रेखदेख गर्नुपर्छ सपनाले । आमाबाबु ज्यालामजदुरीमा दिनहुँ खटिन्छन् । यसरी नखटिँदा घरमा चुलो बल्दैन । फाटफुट स्कुल आएको दिन पढाइ भइरहेका पाठहरूको छेउपुच्छर बुझिँदैन । शिक्षकहरूको हप्कीदप्की र साथीहरूको हस्सीमजाकका बीचमा पिल्सिँदै स्कुल समय बित्छ ।
शिक्षा मन्त्रालयले अवलम्बन गरेको उदार कक्षोन्नति नीतिको बलमा स्कुलमा उनलाई परीक्षामा उत्तीर्ण गर्दै लगियो र उनी कक्षा चारसम्म धकेलिइन् । यतिन्जेलसम्म मुस्किलैले उनले आफ्नो सामान्य विवरण लेख्न सक्छिन् तर कक्षा चारसम्म पुग्दा पनि उनमा कुनै शैक्षिक उपलब्धि नदेखेपछि शिक्षकहरूले विगत तीन वर्षदेखि कक्षा दोहोर्‍याउन लगाइरहेका छन् र उनी अहिले पनि कक्षा चारमा नै छिन् । यसबाट उनलाई पीडामाथि पीडा थपिएको छ । सँगै पढ्ने साथीहरू ससाना छन् । उनी भने ठूली । सबैले जिस्क्याउँछन् । शिक्षकहरू हाकाहाकी अपमानको भाषा बोल्छन् ।
त्यसो त उनको नाम वरपरका छिमेकी दुई चारवटा स्कुलका भर्ना रजिस्टरमा पनि दर्ता गरिएको छ । ती स्कुलहरूमा उनलाई शिक्षा मन्त्रालयबाट आएको छात्रवृत्ति बाँड्ने दिनमा मात्र गए पुग्छ । अरू दिन उनको हाजिरी त्यसै पनि त्यहाँ लेखिएको हुन्छ । छात्रवृत्ति रकम बुझेको दिन उनका घरमा थप पीडा आइलागेको हुन्छ । यो अतिरिक्त आम्दानी भएको रकमबाट उनका बाबु दिउँसै 'माइकल स्वाँठ' लगाएर घरमा आउँछन् र आमा र उनलाई समेत भकुर्छन् । यो स्थितिको सामना उनले छात्रवृत्ति बुझेको पटकैपिच्छे गर्नुपर्ने हुन्छ ।
उनको स्कुल भर्नाले कुनकुन निकायलाई कसरी उपलब्धि हासिल भएको छ । यो पनि सोचनीय विषय हो । शिक्षा विभागको तत्थ्यांकमा उनको स्कुल भर्नाबाट उच्च विद्यार्थी भर्नादर  देखाउन मद्दत पुगेको होला । स्कुललाई प्रतिविद्यार्थी लागत रकम माग गर्न मद्दत पुगेको होला । उनका बाबुलाई छात्रवृत्ति रकमबाट रक्सी पिउन मद्दत पुगेको होला तर उनका लागि खुद उनकै स्कुल भर्नाले के मद्दत पुग्यो ? यो प्रश्नको जवाफ कसरी र कहाँबाट आउन सक्छ ? यसबारे हामी शिक्षा विकासका जिम्मेवारहरूले नै सोच्नुपर्ने होइन र ?
केटाकेटीहरूको सिकाइमा स्कुलको रुचिपूर्ण वातावरणले आवश्यक मद्दत पुर्‍याउँछ । अधिकांश स्कुलहरूको भौतिक र शैक्षिक वातावरणमा बालबालिकाहरूको सिकाइ मानोविज्ञनमा सकारात्मक असर पार्ने सूचकहरूको एकछेउ पनि भेटिँदैन । हालसालै शिक्षा विभागबाट गरिएको एक सर्वेक्षणमा स्कुलमा बालबालिकामाथि गरिएको प्रतिकूल व्यवहारबाट उनीहरूको शैक्षिक उपलब्धिमा सत्र प्रतिशतले गिरावट आउने तथ्य प्रस्तुत गरिएको छ । यस्ता अतिरिक्त समस्या भएका सपनाजस्ता बालबालिकाका लागि अतिरिक्त प्रोत्साहन गर्ने र उनीहरूका हाउस होल्डसम्म पुगेर घरायसी र व्यक्तिगत समस्यामा छलफल गर्ने इच्छाशक्ति भएका शिक्षकहरू औंलामा गन्नुपर्ने हुन्छ ।
शिक्षा विभागबाट वितरण भइरहेको प्रतिविद्यार्थी लागत रकम र छात्रवृत्ति रकमको दुरुपयोग नियन्त्रणको मेकानिजम प्रभावकारी छैन । यसको प्रतिफल सकारात्मकभन्दा नकारात्मक रूपले बढ्दै गइरहेको छ । यसले विद्यार्थी भर्नादरको तथ्यांकलाई पूर्ण रूपले मिथ्यांकमा परिणत गरिदिएको छ । अर्कोतर्फ सामाजिक विकृतिसमेत बढाउन मद्दत पुर्‍याइरहेको छ । अहिले तमाम झोले स्कुलहरू अख्तियारको पन्जामा परिरहेका समाचार मिडियामा आइरहेका छन् । स्कुलहरू यसरी झोले बन्नुमा हाम्रा सरकारी नीति र कार्यक्रमहरू पनि जिम्मेवार छन् जसले झोले स्कुलहरू उत्पादन गर्न मद्दत पुर्‍याउँछन् र परिणाम भोग्नुपर्छ सपनाजस्तै बालबालिकाहरूले ।
यसरी स्कुलले समेट्न नसकेका परिवारले पढाउन नसकेका बालबालिकका र प्रौढहरूको शिक्षाका लागि प्रतिबद्ध शिक्षा मन्त्रालयको एउटा निकाय अनौपचारिक शिक्षा केन्द्र हो । यस केन्द्रको अगुवाइमा साक्षरता दरमा शतप्रतिशतले वृद्धि गर्न औपचारिक शिक्षाबाट वञ्चित ठूलो समूहका लागि पढाउने व्यवस्था गर्ने दायित्व लिइरहेको छ र सन् २०१५ सम्म साक्षर नेपाल घोषणा गर्ने अभियानमा यो केन्द्र भिडेको छ तर यस महान् अभियानको दौडादौडमा कुदिरहेको यस केन्द्रलाई उनीहरूजस्ता पीडित बालबालिकाहरूको शिक्षाबारे सोच्ने फुर्सद कति होला खै ?
बालबालिकाहरूको शिक्षाका क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरूको नेपालमा कमी छैन र यी संस्थाहरूले कहाँ र कसरी काम गरिरहेका छन् भन्ने कुराको एकिन तथ्यांक छैन । परिणामस्वरूप कार्यक्रम र कार्यस्थल सबैतिर डुप्लिकेसनको स्थिति छ । कुनै गतिलो अनुगमन प्रणाली नहुँदा यी संघसंस्थाहरू पनि ठूलो संख्यामा झोले नै छन् । बालबालिकाहरूका लागि कार्यरत सक्रिय गैरसरकारी संघसंस्थाहरूको मुख्य एजेन्डामा बालअधिकार परेको हुन्छ तर त्यो बालअधिकार अन्तर्राष्ट्रिय महासन्धिमा उल्लिखित पश्चिमा परिवेशको बालअधिकारको कुरा हुन्छ । यसबाट हाम्रा सामाजिक, आर्थिक र शैक्षिक समस्याहरूको निराकरणमा मद्दत पुग्नुको साटो हाम्रो मनस्थितिमा भाँडभैलो मच्चाउन मात्र सहयोग पुगिरहेको हुन्छ ।
यी तमाम समस्याहरूले बालबालिकाहरूको शैक्षिक उपलब्धिमा सूक्ष्म रूपले प्रतिकूल असर पुर्‍याइरहेका छन् । यसतर्फ न त शिक्षाविद्, न त शिक्षक, न त नीतिनिर्माता, न त अभिभावक कसैको दृष्टि पुगेको छ । हामी धेरै ठूलाठूला कुरा गर्न जान्ने भएका छौं । सानामसिना कुरातिर र्फकन जान्दैनौं र परिणामस्वरूप यसको सिकार सपनाजस्ता निर्दोष बालबालिका हुन्छन् । तर हामी उनीहरूको पढाइका सतही कुरालाई विषय बनाएर तारे होटेलहरूमा गोष्ठी, कार्यशाला, बैठक सम्पन्न गर्छौं र योजना तर्जुमा गर्छौं । तर उनीहरूले पढ्न नसकेका कारणका गहिराइसम्म पुग्न सक्दैनांै र सपनाजस्ता केटीहरूले भन्नुपर्ने हुन्छ, म स्कुल जान्नँ, बरु बिहे गर्छु ।

- See more at: http://www.ekantipur.com/np/2070/11/25/full-story/385384.html#sthash.PEgwBJwp.V2xDPs5n.dpuf

विश्व इतिहासमा बिसौं शताब्दीमा जति धेरै मानिस कहिल्यै मारिएनन् ।

Tahal Jirel shared Dr. Baburam Bhattarai's status.
47 minutes ago
विश्व इतिहासमा बिसौं शताब्दीमा जति धेरै मानिस कहिल्यै मारिएनन् । तीमध्ये १९६५/६६मा इण्डोनेशियामा भएको दशौं लाख कम्युनिष्टहरुको विभत्स नरसंहारबारे कमै मात्र चर्चा हुने गरेको छ ।

त्यसै घटनामा आाधारित भएर सम्भवत: पहिलो पटक अमेरिकी निर्देशक Joshua Oppenheimer ले बनाएको डकुमेन्टरी फ़िल्म The Act of Killing ( जुन YouTube मा पनि हेर्न सकिन्छ ) अहिले निकै चर्चित छ र आज Oscar पुरस्कार पाउने तीब्र अपेक्षा गरिएको छ !

मेरो हार्दिक शुभकामना !

जातियताको दोषी को अहिलेको सरकार , हिन्दू धर्म अथवा २०० बर्ष पुरानो जङ्ग बहादुर सरकार !

Tahal Jirel shared Laxmi Tamang's photo.
about an hour ago
तामाग, शेर्पा, थारु, चेपाङ्ग, आदि जातिलाई बाहुन, छेत्री, नेवार, मगर, गुरुङ, राई र लिम्बुसंग तुलना गर्नु तामाग, शेर्पा, थारु, चेपाङ्ग, आदि जातिहरुको गर्वको विषय हो भनि बुझ्नु पार्छ |

किन कि विगत २४५ वर्षसम्म उनीहरुलाई विधिवत रुपमा राज्य सत्ताले मासिने दाश हुने मतवाली भनि सन् १८५४ मा लेखिएको मुलुकी ऐन मार्फत शोषण दमन गरि यातना दिएर सामाजिक र आर्थिक रुपमा पछाडी पारेता पनि उनीहरुले आफु सरह ठान्छन यी जातिका मानिसहरुलाई | नेपालमा परापुर्बकाल देखि सुबिधा पाएको र नपाएको समुदायहरु |

यूरोपको भ्रमण पश्च्यात जंग भाहादुर राणाले सन् १८५४ (वि.स. १९१०) मा मनुस्मृति र जयस्थिति मल्लले लेखेका कानून, मानव न्याय शास्त्र लगायत अन्य ग्रन्थहरुको आधारमा लेखेको नेपालको कानून, मुलुकी ऐनमा नेपालका मानिसहरुलाई ५ समूहमा बर्गिकरण गरेको छ छुनु हुने नहुने, चोखो नचोखो र पानी चल्ने नचल्ने आधारमा | जस अनुसार वर्गीकरण यस प्रकार छ:

क) चोखो छुन हुने जातहरु

१. "तागाधारी" (जनै लगाउने) ले खस-बाहुन, ठकुरी, छेत्री, तराईको बाहुन र राजपुत, र केहि हिन्दु ब्राह्मण नेवार जातहरु: राजोपाध्याय, भट्ट, झा |

२. नमासिने मतवाली (दासी नहुने): राई, लिम्बु, सुनुवार, मगर, गुरुङ, नेवार बुद्धिस्टहरु

३. मासिने मतवाली (दासी हुने): थारु, चेपांग, कुमाल, शेर्पा, हायू, भोटे (तामांग), घर्ति

ख) चोखो नभएको/ छुन नहुने जातहरु

४. पानी नचल्ने तर छुन हुने जात: नेवार समुदायको जोगी, कसाई, खड्गी, मुस्लिम र यूरोपियनहरु

५. पानी नचल्ने, छुनु नहुने जात:
- पहाडको कामी, सार्की, दमाई, बादी, गाइने, आदि |
- तराईको धोबी, हलखोर, चमार, दुशाद, डोम, मुसहर, आदि |
- नेवारको कुलु, पोडे, च्यामे |

समूह १ को समुदायलाई समूह २ संग तुलना गर्न मिल्दैन | त्यसै गरी समूह १ र २ को लाई ३, ४ र ५ संग तुलना गर्दा कति न्यायोचित होला एक मानव भएर निस्पक्ष सोच विचार गर्दा मानव कल्याणको लागि |

मन मस्तिष्क भ्रस्ट र दाश मानसिकताको भए पछि मानिसहरुको व्यवहार पनि भ्रस्ट र दशी हुन्छन भन्ने प्रमाण हाम्रो राष्ट्रले विश्वमा प्रमाणित गरिदियो जब विश्वको १७७ राष्ट्रहरु मध्ये ११६ भ्रस्ट राष्ट्र र चौथो भ्रस्ट राष्ट्र दक्षिण एसियामा भनि सुचिकृत गरे ट्रान्सप्यरेन्सि इन्टरनेसनलको २०१३ को प्रतिवेदनले |

साथै "द ग्लोबल स्लेबरी इन्डेक्स २०१३" ले नेपाललाई पाचौ आधुनिक दाश दशी भएको राष्ट्र भनी सुचिकृत गरिदिएको छ १६५ राष्ट्रहरुको अवस्थालाई तुलनात्मक विश्लेषण गर्दा |

Sports Gold Medals in China.

Chinese athlete wins GOLD MEDALS after going through this situation. What u say about this training, punishment, brutal treat or fair in Learning.

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...