[?]Subscribe To This Site
|
|
This page is open for everyone and Here just trying to share some of my favorite and knowledgeable events of the people and nature itself.Sometimes I share my feelings and opinion too as own creation. Most of the post are taken from other sites which is for fun & knowledge. Which anybody can acknowledge taken from where or which site. If there is something harmful or critical post to the person, organization or sites than it will be deleted in information.
Wednesday, May 28, 2014
A World Religion Map
यस्तो हुनुपर्छ नयाँ शक्ति
रमेश पोखरेल, डा नवराज खतिवडा र डा सुरेशराज आचार्य - कान्तिपुर ।
विगत केही समयदेखि नयाँ राजनीतिक शक्तिको बहसले पत्रपत्रिका र सामाजिक सञ्जाल रंगिन बनेका छन् । यस विषयका चर्चा-परिचर्चाको अहिलेसम्मको स्थितिलाई नियाल्दा शास्त्रमा उल्लेखित तलको श्लोक स्मरण हुन्छ ।
विगत केही समयदेखि नयाँ राजनीतिक शक्तिको बहसले पत्रपत्रिका र सामाजिक सञ्जाल रंगिन बनेका छन् । यस विषयका चर्चा-परिचर्चाको अहिलेसम्मको स्थितिलाई नियाल्दा शास्त्रमा उल्लेखित तलको श्लोक स्मरण हुन्छ ।
यस्मिन् देशे न सम्मानो न वृत्तिनँ च बान्धवा ।
न च विद्यागमोऽप्यस्ति वासस्तत्र कारयेत् ।।
- चाणक्य नीतिशास्त्र, १-८
अर्थात जुन देशमा आफ्नो सम्मान छैन, रोजगारी पनि छैन, जहाँ कुनै बन्धुबान्धवका साथै अध्ययन गर्ने उपाय पनि छैन, त्यहाँ बस्न उपयुक्त हुँदैन । यसैले होला, लाखौंलाख ऊर्जावान नेपालीले देश छाडिरहेका छन् । यस्तो अवस्थामा नयाँ शक्तिको बहसले हाम्रै जीवनकालमा नेपालमा केही गर्न सम्भव छ भन्ने झिनो आशाको टुसो पलाएको छ । तर यो नयाँ शक्ति कसले र कसरी निर्माण गर्ने विषय अझै अनुत्तरित छ । हालका राजनीतिक दलहरू भित्रबाटै तुलनात्मक रूपमा लोकप्रिय रहेका नेताहरूले बनाउने हो कि ? या राजनीति सचेत नागरिक समूहले नयाँ राजनीतिक दल बनाउने हो ? यस्ता अन्योलपूर्ण सवालहरूलाई चिरेर नयाँ शक्तिको स्पष्ट र बृहत परिभाषाको खोजी गर्ने जमर्को यो आलेखमार्फत गरिएको छ ।
यस सन्दर्भमा राजनीति र नेपालको विकास मोडललाई सूक्ष्म अध्ययन गरेका केही अध्येताहरू तथा पत्रकारहरूबाट जुन तरिकाले बहसको उठान भएको छ, यो पक्कै पनि ऐतिहासिक हुनेछ । तर नयाँ शक्तिका अभियन्ताहरू भनेका पेसागत बुद्धिजीवीहरू हुन् र यसको स्वरुप गैरराजनीतिक हो भन्ने अर्थ जनमानसमा पर्नगएको छ । जसले गर्दा राजनीतिक दलको विकल्प गैरराजनीतिक समूह हुनसक्दैन भन्दै मूलधारका राजनीतिक दलहरूले यो बहसलाई ठाडै खारेज गरेका छन् । यहाँनेर बुझ्नु आवश्यक छ, अहिलेका राजनीतिक दलहरूको विकल्प नयाँ राजनीतिक दल नै हुनुपर्छ । अबको बहस यस्तो राजनीतिक शक्ति कस्तो हुने र कसरी निर्माण गर्ने भन्नेतर्फ लक्षति हुनु जरुरी छ । यो आलेखमा नयाँ राजनीतिक शक्तिको सिद्धान्त, संरचना सदस्यता र कार्यविधिबारे चर्चा गरिएको छ ।
नयाँ विचार र सिद्धान्त: नयाँ शक्तिका आलोचकहरूको पहिलो प्रहार यस्तो शक्तिको मार्गदर्शक सिद्धान्तमा परेको छ । तिमीहरूले कुन वादमा टेकेका छौ ? तिम्रो समूहको सामाजिक पृष्ठभूमि के हो ? कुन निर्देशक सिद्धान्तको भर्याङ लगाएका छौ ? आदि प्रश्नहरू उभ्याइएका छन् । वास्तवमा डेढ-दुई सय वर्ष अगाडि सिर्जना भएका कुनै खास वाद बोकेर तिनैको बाकसभित्र तालाबन्दी भई अहिलेको परिस्थितिमा आर्थिक-सामाजिक रूपान्तरण गर्न सजिलो रहेनछ भन्ने अब प्रमाणित भैसकेको छ । बरु समाज विकासक्रममा विकास भएका मानव समुदायको हितमा उपयोगी हुनसक्ने जुनसुकै दर्शन वा सिद्धान्तका राम्रा कुराहरू समावेश गरेर हाम्रालागि उपयुक्त हुने विकासको मौलिक मोडल तर्जुमा गर्न सकिन्छ । हुन त वामपन्थी लप्फाजीहरूले एस्तो मोडललाई सारसंग्रहवाद भनेर नकारात्मक दृष्टिले आलोचना गर्छन् र निम्न कोटीको सिद्धान्तमा वर्गीकरण गर्छन् । तर सारसंग्रहवादले सकारात्मक परिवर्तन ल्याउँछ भने नयाँ राजनीतिक शक्ति सारसंग्रहवादी हुँदा हीनताबोध मान्नु पर्दैन ।
उदाहरणका लागि सिंगापुरका राष्ट्रनिर्माता ले क्वान यु कुनै शास्त्रीय सिद्धान्तवादी थिएनन्, न उनी पुँजीवादी नै हुन्, नत समाजवादी वा साम्यवादी । उनको वाद भनेको प्राकृतिक स्रोत र जनशक्तिसमेत नभएको र अत्यन्त प्रतिकूल अवस्थामा बनेको सिंगापुर राष्ट्रलाई आर्थिक, सामाजिक र बौद्धिक रूपमा समृद्धशाली बनाउने मात्र थियो । अहिले सिंगापुरको प्रतिव्यक्ति आय अमेरिकाको भन्दा पनि बढी छ । शास्त्रीय वादमा टेकेका कुनै पनि मोडलले विकासको मेलो सार्ने लक्षण नदेखाएपछि हामीलाई चाहिएको सिंगापुरको जस्तै सारसंग्रहवाद नै हो भनेर स्वीकार किन नगर्ने ?
त्यसैले नयाँ राजनीतिक शक्तिको निर्देशक सिद्धान्त नेपालमा समावेशी र प्रभावकारी लोककल्याणकारी राज्य व्यवस्थामार्फत आर्थिक-सामाजिक सम्पनता हासिल गर्नु हो । यसका लागि राज्यका नीतिहरूले द्रुत आर्थिक विकास, प्रतिव्यक्ति आयमा वृद्धि, उच्च जीवनस्तर, स्वास्थ्य र शिक्षा- निःशुल्क, कानुनको शासन, प्रगतिशील कर प्रणाली र निश्चित मात्राभन्दा बढीको पैतृक सम्पत्तिमा कर लगायतका मुद्दाहरूलाई प्रत्यक्ष सम्बोधन गर्नुपर्छ ।
नवीनतम र सिर्जनशील संरचना : मानिलिउँ तपाईं विलक्षण प्रतिभाको धनी हुनुहुन्छ । समकालीन राजनीतिक विषयमा उच्चशिक्षा हासिल पनि गर्नुभएको छ । अझ भनौं युगपुरुष नै हुने क्षमता राख्नुहुन्छ । वा यति सक्षम हुनुहुन्छ कि नेपालको ली क्वान यु नै बन्न सक्नुहुन्छ । तर कल्पना गर्नुहोस् त ? अहिले कांग्रेस, एमाले वा माओवादी कुनै राजनीतिक दलको साधारण सदस्यता लिएर केही समयमा यो मुलुकलाई आर्थिक विकासमा फड्को मार्ने अभियानमा नेतृत्व गर्ने सम्भावना देख्नुहुन्छ ? यसकारण नयाँ शक्तिको संरचनाले यस्तो सिर्जनात्मक प्रतिभा र क्षमता भएका नागरिकलाई सहज रूपमा राज्य सञ्चालनको नेतृत्वमा पुर्याउने प्रावधानको किटानी गर्न सक्नुपर्यो । अनि हामी सबैमा यस्तो नेतृत्व अन्तर्गत काम गर्ने इच्छाशक्ति हुनुका प्राप्त उपलब्धिमा गौरवबोध समेत हुनुपर्यो । आधुनिक व्यवस्थापनका नवीनतम सिद्धान्तका आधारमा नयाँ राजनीतिक शक्तिको संरचना बनाउन विलकुलै सम्भव छ ।
जस्तो अमेरिकामा बाराक ओबामा कुनै परम्परागत राजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनेका होइनन् । उनी हार्वार्ड विश्वविद्यालयका कानुनका अध्येता थिए । त्यस्तै बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि अक्सफोर्ड विश्वविद्यालयमा विद्यार्थी हुँदा कुनै पार्टीका भ्रातृ संगठनका कार्यकर्ता थिएनन् । अरु विधामा जस्तै राजनीतिशास्त्रमा पनि पुराना मान्यताहरू किनारा लगाइएका छन् । त्यसकारण सक्षम व्यक्ति छोटै समयमा राष्ट्रपति वा प्रधानमन्त्रीसम्म बन्न सक्ने संरचना आवश्यक हुन्छ । अहिलेको जस्तो भएमा राजनीतिलाई कसैले पनि सजिलै पेसा बनाउन सक्छ । जसले पेसा बनाउँछ, उसले रोजगारीको लागि त कुनै न कुनै पदमा बस्नका लागि तिकडम, जालझेल र गलत तरिकाले कमाएको धन प्रयोग गर्नैपर्ने हुन्छ । बरु कुनै व्यक्ति निश्चित समय आफ्नो कामबाट छुट्टी लिएर म देशको निस्वार्थ सेवा गर्छु भनेर आउन चाहन्छ भने नयाँ राजनीतिक शक्तिको संरचनाले उसको क्षमताअनुसार स्थान दिनुपर्छ । यस्ता सिर्जनशील संरचनाले मात्र राज्यको स्रोत दोहन गरेर दलीय संरचनालाई पोस्ने वर्तमान सत्ता केन्दि्रत राजनीतिक विकृतिलाई प्रश्रय दिँदैन ।
निष्ठावान, क्षमतावान र लगनशील उम्मेदवारलाई मात्र सदस्यता : वर्तमानका राजनीतिक दलहरूको नेतृत्व वा दलहरूमार्फत राज्यको कुनै जिम्मेवारी तहमा पुग्न कुनै पनि सक्षम नागरिक दलीय कर्मचारीतन्त्रको जाँतोमा पिसिन अनिवार्य हुन्छ । नेता बन्न विद्यार्थी, कर्मचारी, शिक्षक, प्राध्यापक तथा अन्य पेसागत समूहका भ्रातृ संगठनमा बसेर अनेकन तिकडम, जालझेल घात-प्रतिघात र भ्रष्टाचारसमेतका अभ्यास गर्नुपर्ने नमिठो यथार्थ नेपाली समाजले भोगेको छ । यस्तै ठेक्कापट्टामा हुने गुन्डागर्दीको सूत्रधार, कमिसन लिएर बटुलेको कालो धनबाट प्रशस्त चन्दा दिनसक्ने र चुनावका बेला डन तथा मुन्द्रेहरू परिचालन गर्नसक्ने व्यक्तिमात्र समाज हाँक्ने ठाउँमा पुग्ने विसंगति छर्लङ्गै छ ।
नेपालका ६२ प्रतिशत जनसंख्याको उमेर ३० वर्ष मुनिरहेको छ । तर उनीहरूले ५० वर्ष उमेरका युवा र ७० वर्ष उमेरका पाका नेताहरूको कुशासन व्यहोर्नुपरेको कुरा जगजाहेर छ । नेताहरूले सूचना र प्रविधिको युगमा वर्तमान पुस्ता कस्तो छ र कति फरक छ भन्ने कुरा यात थाहा पाएका छैनन् या थाहा पाएर पनि बुझ पचाएका छन् । राजनीतिक नेतृत्वको निकम्मापनका कारणले यो आईटी पुस्तामा देशप्रति आकर्षण नै देखिँदैन । उनीहरू नेता र राजनीतिलाई सराप्दै विदेश पलायन हुने योजना बुन्न बाध्य छन् । नयाँ राजनीतिक शक्तिको कार्यसूचीको पहिलो महत्त्वपूर्ण काम युवा पुस्तामा सकारात्मक सोचको विकास गराई राष्ट्र निर्माणको अभियानमा अहम् भूमिकासहित सहभागी गराउने हुनेछ ।
साथै नयाँ राजनीतिक शक्तिको निर्णायक तहमा समाजका विभिन्न तप्काका योग्य व्यक्ति तथा सबै पुस्ताको अनिवार्य सहभागिता हुनुपर्छ । त्यसैले देशभक्त, इमानदार, आदर्शका पक्षपाती, निष्कलंक र देशका लागि केही दिन पाउँदा खुसी हुनचाहने व्यक्तिहरू सबैलाई नयाँ शक्तिको प्रवेशद्वार खुला हुनुपर्छ ।
ओपन सोर्स मोडलमा आधारित कार्यविधि मूलधारका राजनीतिक दलका केन्द्रीय नेतृत्वले युवा समूहहरू राजनीति र राज्यसञ्चालनमा उनीहरूभन्दा कैयौं गुणा दक्ष हुनसक्छन् भन्ने यथार्थलाई सजिलै आत्मसात गर्दैनन् । उनीहरूको एक सूत्रीय मान्यता हुन्छ, आफ्नो जीवनभरको त्यागका लागि पद र सम्मानको दाबी । यस्तो रवैयाले कसरी बन्छ देश ? हाम्रो शास्त्रमा एउटा मान्यता छ, 'शिष्यात् इच्छेत पराजयम' । अर्थात शिष्यबाट आफ्नो पराजय होस् भन्ने भावले शिक्षा देऊ । असल नेता असल गुरु पनि हो । नेताको एक दायित्व आफूभन्दा पनि सक्षम नेता उत्पादन गर्ने हो । तर समकालीन नेपाली राजनीतिमा यसको कुनै संकेत देखिँदैन ।
आहिलेको आईटी दुनियाँमा ओपन सोर्स अवधारणामार्फत विभिन्न सिर्जनात्मक अभ्यास चलिरहेका छन् । यसमा केन्द्रीकृतभन्दा विकेन्द्रीकृत कार्यविधि अपनाइन्छ । जस्तो विकिपिडिया एउटा ज्ञानको खानी हो । तर यो कुनै एक व्यक्ति वा कम्पनीले बनाएको होइन । यसले नाफा पनि कमाउँदैन र कुनै विज्ञापन पनि गर्दैन, तर यो निःशुल्क छ । कसरी ? तपाईं-हामी जोकसैले पनि यो ज्ञानको खानी बढाउन र अपडेट गर्न सक्छांै । यो विशाल भण्डार सबैका साना-साना योगदानको सामूहिक परिणाम हो । समग्रमा हेर्दा तपाईं-हाम्रो सानो प्रयास हुनसक्छ, तर सबैको सानो प्रयास जोडेपछि हेर्नुस् त विकिपिडियाजस्तो विराट ज्ञानको भण्डार पनि सम्भव हुँदोरहेछ । यस्तै कैयौं ओपन सोर्स निःशुल्क सफ्टवेयरहरू पनि बनिसकेका छन्, जुन व्यापारिक मुनाफाका लागि बनाएका सफ्टवेयरभन्दा कैयौं शक्तिशाली र उपयोगी छन् । यस्तै हुनसक्छ, नयाँ राजनीतिक शक्तिको निर्देशक सिद्धान्त र कार्यविधिको शैली ।
यसैले नयाँ राजनीतिक शक्तिको प्रमुख चुनौती भनेको कार्यक्रम, सिद्धान्त, कार्यविधि निर्धारण गर्दा अधिकतम सिर्जनशील बन्न सक्नु हो । यो अभियानमा जोकसैले पनि सानोभन्दा सानोदेखि ठूलो योगदान गर्न सक्छ । उसको आबद्धताको समय, विचारमा योगदान र कार्यान्वयन प्रक्रियामा संलग्नता यो अभियानको एउटा विशिष्ट कडी हुनसक्छ । यसरी सबैको सकारात्मक योगदानका कारण नयाँ राजनीतिक शक्ति जीवन्त र सधैं नौलो हुनेछ । आवश्यक रणनीति र कार्यनीति हरू पनि सबैको योगदानका आधारमा निरन्तर परिमार्जन गर्न सकिन्छ । यसैले ओपन सोर्स अवधारणा र आधुनिक व्यवस्थापनका नवीनतम सिद्धान्तहरूको उपयोग तथा प्रभावकारी कार्यान्वयनमार्फत नयाँ राजनीतिक शक्तिले नेपालको काँचुली फेर्न सक्ने बलियो सम्भावना छ । यसैले अब यो पङ्क्ति पढ्ने आम पाठकका लागि दुईवटा विकल्प हुनसक्छन् । पहिलो, यो आलेखको सुरुमै उद्धृत चाणक्यले भनेजस्तो प्रतिकूल परिस्थिति भएको मुलुकमा नबस्ने । अर्को हो, नयाँ राजनीतिक शक्तिको विकास र गठनलाई सहयोग गरी आफ्नै जीवनकालमा यो अभियानलाई मूर्तरूप दिई यो मुलुकको मुहार फेर्ने । रोजाइ तपाईंकै हो ।
- See more at: http://ekantipur.com/np/2071/2/14/full-story/389943.html#sthash.2F8Qxaks.rETOquqE.dpufSaturday, May 10, 2014
पृथ्वीनारायण शाहको ईतिहासमा नलेखिएका घटना र पात्रहरु
सत्य नं १ : नेवार समुदयको नाक कान काटेको किर्तिपुरमा ३ पटक युद्ध हारेको आक्रोश र प्रतिसोधको भावनले ग्रसित पृथ्वी नारायण शाहले किर्तिपुरका नेवार समुदयको नाक कान काटेको सत्य घटनालाई सबै ईतिहासकारले स्वीकारेकाछन् । ईतिहासकारहरु बीचको विवाद कति धार्नी नाक कान काटेको हो भन्नेमा मात्र छ कसैले १० कसैले १२ र कसैलै १७ धार्नीको दावी गरेकाछन् तर १० धार्नी भन्दा कम कसैले दावी गरेका छैनन् ।
सत्य नं २ : आफ्नै सहयोगी र समर्थकहरुको हत्या र सर्वश्वहरण ललितपुरमा ५ प्रधान नेवार मन्त्रीहरुले पृथ्वी नारायण शाहालाई राज स्वीकार गरे पछि कान्तिपुर (हालको काठमाडौ) बाट घर फर्कन्द बाटोमा मारेर उनीहरुको सबै सम्पत्ति सर्वश्वहरण गरेको थियो ।
सत्य नं ३ : विदेशी शासक र व्यपारीको सहयोगमा अरु राज्यमाथी अक्रमण भारतबाट ल्याएको १२०० सैनिकको सहयोगमा किर्तिपुरमा प्रथम पटक हमला गरेको र सन १९७१ मा ईटालीको शासक र यूरोपियन व्यापरीहरुले ल्याई दिएको हतियारको प्रयोग गरेर किर्तिपुर सहित अन्य राज्य माथी अक्रमण गरेर कब्जा गरेको थियो ।
सत्य नं ४ : पुरातात्वीक १ हजार ग्रन्थहरु जलाए भक्तपुरमा हातले लेखेका १ हजार तन्त्रशास्त्र, रसयानशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शव्दविद्या ग्रन्थ जलाएर नष्ट पारेको थियो ।
सत्य नं ५ : नेपाललाई हिन्दु राज्य बनाए ललितपुरमा १२ क्रिष्टीयनलाई देश निकाल गरेर र बौद्ध मार्गीहरु माथी धार्मिक दमन र बौद्ध धर्मका ग्रन्थहरु मुर्तीहरु नष्ट गरेको थियो । पशुपति भित्र भएका बुद्धका मुर्तीहरु ग्रन्थहरु झिकेर वागमती नदीमा फालेका थिए । पृथ्वीनारायण शाहले नै नेपाललाई हिन्दुकरण गरेको थियो ।
सत्य नं ६ : भक्तपुरमा सिङ्ग्रै गाउँ जलाए भक्तपुर गौकोट हमला गर्दा त्याहाँको गाउँलेहरुको सशक्त प्रतिकारमा पृथ्वी नारायण शाहको ३३२ सेनारको मृत्यु भएको आक्रोशमा युद्ध जिते पछि सिङ्गै गौकोट गाउँ नै आँगो लगाएर जलाएका थियो ।
सत्य नं ७ : एकीकराण लागि होईन आर्थिक लाभको लागि अक्रमण वाईसे चौविसे राज्यमध्ये अति सानो आकार, अति कमजोर आर्थिक अवस्था र १ हजार पनि सेना नभएको गोरखाको राजा पृथ्वीनारायण शाहले आर्थिक रुपले समृद्धिशाली राज्यबाट आर्थिक लाभ लिन अरु राज्यहरु कब्जा गरेको थियो । पृथ्वी नारायण शाहको दिव्य उपदेशमा एकीकरण गर्नु पर्नेबारे कतै पनि उल्लेख नभएकोले यो तथ्यलाई पुष्टी गर्दछ ।
सत्य नं ७ : एकीकराण लागि होईन आर्थिक लाभको लागि अक्रमण वाईसे चौविसे राज्यमध्ये अति सानो आकार, अति कमजोर आर्थिक अवस्था र १ हजार पनि सेना नभएको गोरखाको राजा पृथ्वीनारायण शाहले आर्थिक रुपले समृद्धिशाली राज्यबाट आर्थिक लाभ लिन अरु राज्यहरु कब्जा गरेको थियो । पृथ्वी नारायण शाहको दिव्य उपदेशमा एकीकरण गर्नु पर्नेबारे कतै पनि उल्लेख नभएकोले यो तथ्यलाई पुष्टी गर्दछ ।
सत्य नं ८ : नेपाल भनेको काहाँ पर्छ पृथ्वीनारायण शाहलाई थाहा थिएन मकवानपुरमा ससुरालमा साढुदाई दिगबन्ध सेनसंग विवाद भए पछि घर फर्कने क्रममा पर्वत पुगेका थिए । पवर्तमा पृथ्वीनारायण शाहले आफुसंग आएको भानु जैसी र कुलानन्द जैसीलाई नेपाल भनेको काहाँ पर्छ भनेर सोधे पछि उनीहरुले भादगाउले (भक्तपुर), ललितपुर र कान्तिपुर (काठमाडौ) लाई देखाए नेपाल चिनाएका थिए ।
सत्य नं ९ : जैसी, मामा र सीमरक्षकको सल्लहा पछि काठमडौ उपत्यकमा आक्रमण काठमाडौ उपत्यकाको कला कौशाल भरिपुर, दरवार, ठूला ठूला घर, मन्दीर भौतिक विकासको रुपमा पानीको ईनार, कुवा, बाटो र सडक साथै तिब्बतसगको व्यापर र आर्थिक समृद्धि कब्जा गर्ने पृथ्वीनारायण शाहको गिध्दे ईच्छालाई भानु र कुलानन्द जैसी, आफ्नै मामा र सीमरक्षकहरुले प्रोत्साहित गरे पछि पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका आक्रमण गरेको थियो ।
सत्य नं १० : मगर प्रमुखको छाला काढेर यातना दिए : नुवाकोट जितेपछि वेलकोट अक्रमण गर्दा पृथ्वीनारायण शाहको धेरै सेनाको मृत्यु भए पछि युद्धा छाडेर फर्केका थिए । तर पछि कालु पाँडेको सहयोगमा युद्ध जिते पछि वेलकोटका प्रमुख जयन्त रानालाई समातेर छाला काढेर यातना दिएको थियो ।
Wednesday, April 9, 2014
बुल्गेरियामा कुमारी केटी किन्ने मेला
२०७० चैत २६ गते १०:५३ मा प्रकाशित
चर्को पपसंगीत, सुन्दर किशोरीहरुको तामझामपूर्ण नृत्य, बियर र सेकुवाको स्वाद ।
दर्शकदीर्घामा छन केटाकेटीका अभिाभावक । जसले आफ्नो सम्भावित बुहारी र ज्वाईंतिर आँखा लगाइरहेका छन् ।
हामी चर्चा गरिरहेका छौ युरोपेली मुलुक बुल्गेरियाको जहाँ कुमारी केटी किन्ने मेला चलिरहेको छ । पहिलेपहिले गाउँमा
हुने मेला यसपटक नगरको बसपार्क छेउमा सारिएको छ ।
कालाइडझी जातीको उपजाति रोमामा सदियौंदेखि प्रचलित केटी किन्ने मेला अहिले पनि बर्षको दुईपटक आयोजना हुन्छ ।
जहाँ हजारौं जोडीले लगठन गाँठो कस्छन् ।
मेलामा केटाहरु केटीको खोजीमा जान्छन जहाँ उनीहरुलाई प्रभावित पार्न हाइ हिल, कस्सिएका कपडा र श्रृंगारसहित
सजिएका किशोरीहरु उपस्थीत हुन्छन् ।
उनीहरु केटी हेर्छन, मन पर्यो भने केटीका बाबुआमासँग कुरा गर्छन र मोलमोलाई सुरु गर्छन् । कम्तीमा ७ हजार डलरबाट
सुरु हुने मोलतोलमा दुवै पक्ष सहमत भए बिबाहको तयारी गरिन्छ ।
यहाँका केटाहरु गोरो छाला र निलो आँखा भएका केटीहरु मन पराउँछन । केटाहरुलाई प्रभावित पार्न उनीहरु कुनै कसर बाँकी
राख्दैनन् ।
यो जाती आफ्ना छोरी चेलीको सुरक्षाप्रति सर्तक छ भने उनीहरुमाथि शोषण नहोस भनेर १५ बर्षको उमेरमा स्कूलबाट झिकेर
केटा र केटीलाई बेग्लाबेग्लै राख्छन् । छोरीको कुमारित्व कायमै राख्न यस्तो गर्नुपरेको उनीहरुको तर्क छ ।
केटी किन्ने परम्पराप्रति यो जाति निकै गर्व गर्छ । उनीहरु यसलाई किनबेच भन्दा पनि बेहुली पक्षलाई बेहुला पक्षले दिएको
बिबाह खर्चको रुपमा ब्याख्या गर्न रुचाउँछन् ।
केही दिनअघि भएको पछिल्लो मेलामा करिव दुई हजार केटा ठाँटिएर केटी हेर्न मेला पुगेका थिए । कतिपय राम्रो जागिर भएका
केटाहरु कार लिएर पनि दुलही किन्न पुगेका थिए ।
१९ बषिर्य डंका भन्छिन- मैले राम्रो केटा खोजीरहेकी छु, यदि कुरा मिल्यो भने बुबाआमाले उसँग कुरा गर्नुहुन्छ ।’ नाच्दानाच्दै
रोकिएर उनले भनिन- हामी बिबाह गरेपछि उसका बाबुआमाले धेरै हस्तक्षेप नगरुन, धेरै धनी पनि नहोस, धेरै गरिव पनि नहोस,
तर जागिर चाहिँ होस् ।’
यो मेलामा किशोरीहरुमात्र हैन सम्बन्ध बिच्छेद भएका र बिधवाहरु पनि बरको खोजीमा आउँछन् । तर उनीहरुको रेट कुमारी
केटीको भन्दा झण्डै आधार अर्थात ४ हजार डलरमात्र हुन्छ ।
-एपी
- See more at: http://www.onlinekhabar.com/2014/04/186090/#sthash.DrJtldmu.UmqmRpSo.dpufTuesday, April 8, 2014
गृहमन्त्री वामदेव गौतमको प्रशाशनिक ज्ञान को नतिजा
काठमाडौ, चैत्र २५ - उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल आफूलाई भेट्न नआएको भनेर सार्वजनिक सभामा गुनासो गर्नु 'चेन अफ कमान्ड' को सिद्धान्तविपरीत भन्दै आलोचना भएको छ ।
जानकारहरूका अनुसार फौजी संगठनको 'चेन अफ कमान्ड'को मान्यताअनुसार मन्त्रीले प्रहरी प्रमुख (आईजीपी) सँग समेत हत्पत्ति भेट्न मिल्दैन । किनभने, मन्त्रीको आदेश प्रहरी संगठन (नेपाल प्रहरी वा सशस्त्र) मा पुर्याउने माध्यम सचिव हुन्छन् ।
'चेन अफ कमान्ड मान्ने हो भने खरेल उनलाई भेट्न जाने होइन,' पूर्वगृहसचिव श्रीकान्त रेग्मीले भने ।
मन्त्री गौतमले शनिबार सार्वजनिक कार्यक्रममा भनेका थिए, 'नजिकै सिंहदरबारमा कार्यालय र पुल्चोकमा क्वार्टर भए पनि एसएसपी मसँग भेट्न आएका छैनन्, मसँग भेटा स्वाभिमान गिर्ने उसले ठानेको छ ।'
फौजी सेवामा कडा अनुशासन चाहिने हुँदा 'चेन अफ कमान्ड' भन्दा बाहिर जान मिल्दैन । हामीकहाँ पनि मन्त्रीलाई भेटेर लविङ गरेकै कारण सेनाका जर्नेलहरूले पदबाट हट्नु परेको छ । फास्ट ट्रयाकको भ्रष्टाचार भएको कुरा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई कुरा लगाएपछि तीन वर्षअघि नेपाली सेनाका सहायक रथी (ब्रिगेडियर जनरल) किरण बज्राचार्य, सेनानी (मेजर) किरण श्रेष्ठलगायत सैनिक अधिकृतमाथि कोर्ट मार्सल भएको थियो । लामो समय बढुवा नभई साविककै पदबाट निवृत्त हुने भएपछि बि्रगेडियर जनरलले राजीनामा गरेका थिए । 'दुर्भाग्य हामीकहाँ नेपाल प्रहरीलाई यस्तो चेन अफ कमान्डमा राख्ने प्रयास भएन,' रेग्मीले भने, 'यसैको परिणाम हो, अहिले प्रहरी भित्रको अनुशासनहीनता ।'
'गृहमन्त्रीमा राणाशासनको धङधङी नै गएको रहेनछ । त्यसैले त अन्तर्गतका अफिसरले दाम चढाउने अपेक्षामा बस्नुभएको छ' समाजशास्त्री चैतन्य मिश्रले भने, 'लोकतन्त्रमा काम पर्दाबाहेक हाकिमलाई भेट्ने बाध्यता हुन्न । गृहमन्त्रीले काम हेर्ने हो । गैरकानुनी काम गरे दण्डित गर्ने, राम्रो गरे पुरस्कृत गर्ने ।'
गृहमन्त्रीले प्रहरीलाई दिने धेरैजसो आदेश राष्ट्रिय सुरक्षा चासोका नभई व्यक्तिगत चासोका हुने भएकाले प्रत्यक्ष सम्पर्क विस्तार गर्ने परिपाटी विकास हुँदै गएको पूर्वसचिव रेग्मी बताउँछन् । उनका अनुसार मन्त्रीको रुचि कमाउने ठाउँमा आफन्त सरुवा, बढुवा, अभियुक्त छाड्नेलगायत व्यक्तिगत काममा हुँदा चेन अफ कमान्ड बिग्रन्छ । 'म सचिव छँदा व्यक्तिगत स्वार्थका काममा पुलिससँग सोझो सम्पर्क गर्थें,' उनले भने, 'सुरक्षा स्वार्थमा ममार्फत सम्पर्क गर्थे ।'
रेग्मीका अनुसार पञ्चायतमा प्रहरी प्रमुख पनि दरबारकै विश्वासपात्र हुने भएकाले गृहमन्त्री त्यति शक्तिशाली हुन्थेनन् । सैनिक सचिवालयका अघि गृहमन्त्री नै बाउन्ने हुन्थे । त्यतिबेला पनि काठमाडौंको प्रहरी प्रमुख डीएसपी हुन्थे, तिनै भेट्न आउँदा पनि गृहमन्त्री खुसी हुने गरेको उनी सम्झिन्छन् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि शक्तिशाली बनेका गृहमन्त्रीलाई चेन अफ कमान्ड मिचेर चाकडी गर्ने प्रवृृत्ति हावी भएको हो । जस्तो २०५४ सालमा वामदेव पहिलोचोटि गृहमन्त्री बन्दा आईजीपी अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई नियुक्त गरेका थिए । तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाको इच्छामा २०४९ सालमा प्रहरी नियमावलीमा संशोधन गरी सेवा अवधि ३२ बाट घटाएर ३० वर्ष कायम गरेर रत्नशमशेर राणालाई 'अपदस्त' गरी मोतीलाल बोहरालाई आईजीपी बनाइएको थियो । डीआईजीपी बलेन्द्रबहादुर सिंहको जागिर २ वर्ष थप्न त्यही सरकारले ३० वर्ष सेवा अवधिमा २ वर्ष थप्न सकिने प्रावधान थपेको थियो । २०६३ सालमा पुनः सेवा अवधि ३० वर्ष पुगेपछि २ वर्ष नथप्ने प्रावधान ल्याएर आईजीपी ओमविक्रम राणालगायतलाई अवकाश दिइएको थियो ।
खरेल आफैंले पनि पटक-पटक अनुशासन नतोडेका चाहिँ होइनन् । ३ वर्षअघि काठमाडौंको प्रहरी प्रमुख (एसपी) रहेका बेला बढुवा नभएको झोंकमा उनले आफू कार्यालयमै नजाने घोषणा मिडियामार्फत गरेका थिए । त्यतिबेला आक्रोशित गृहमन्त्री भीम रावल र आईजीपी रमेशचन्द ठकुरी कारबाही गर्न तत्पर भए पनि जनमानसमा खलनायकको छवि बन्ने चेतावनीका कारण पछि हटेका थिए । गृहमन्त्रीको टिप्पणी पछि पनि उनले कुनै मन्त्रीलाई भेट्न नजाने भनेको सञ्चारमाध्यममा आएको छ ।
प्रकाशित मिति: २०७० चैत्र २५ १२:१०
- See more at: http://www.ekantipur.com/np/2070/12/25/full-story/387110.html#sthash.WT5pyYdd.4UPO6O9H.dpufयोउन जीवन को केही अनौठो विवरण वा Records हरु
– अमेरिकाको ब्रुकलिनका जोनाह फाल्कनको विश्वको सबैभन्दा ठुलो लिंगको विश्वरेकर्ड १३ दशमलब ३ सेन्टिमिटरको छ । सन् १९९९ मा एचबिओ टेलिभिजनका लागि निर्माण गरिएको एक डकुमेन्ट्रीका लागि उनको लिंगको नाप लिइएको थियो ।
– भारतको खरखौदाका रामजित राघवले ९६ वर्षको उमेरमा बाबु बनेर विश्वलाई चकित पारे । उनकी ५२ वर्षीया पत्नी शकुन्तलाको कोखबाट बच्चा जन्माएर विश्वरेकर्ड नै बनाएका थिए ।
– स्कटल्याण्डकी अन्ना स्वानले विश्वको सबैभन्दा ठुलो योनिको विश्वरेकर्ड कायम गरेकी थिइन् । सन् १८८० को दशकमा उनले सबैभन्दा अग्लो बच्चा जन्माउने, सबैभन्दा अग्लो व्यक्तिसंग विवाह गर्ने र सबैभन्दा ठुलो योनिको रेकर्ड बनाएकी थिइन् । परीक्षण गर्दा उनको योनि १९ इन्चको भएको पाइएको थियो ।
– असानाबु सातो नामका व्यक्तिले विश्वको सबैभन्दा लामो समयसम्म हस्तमैथुन गर्ने रेकर्ड बनाएका थिए । उनले ९ घण्टा ५८ मिनेट लगातार हस्तमैथुन गरेका थिए ।
– दुईवटा योनि भएकी महिलाको नाम हेगेल जोन्स हो । बेलायतको सन पत्रिकाका अनुसार बेलायती नागरिक उनको दुईवटै योनिले काम गर्छ ।
– एम्स्टर्डमकी दुई दिदीबहिनी लुईस फोकन्स र मार्टिस फोकन्सले हालसम्म तीन लाख ५० हजार महिलासंग सेक्स गरेको रेकर्ड बनाएका छन् । २० वर्षदेखि यौन व्यवसायमा संलग्न उनीहरु हाल ७० वर्षका छन् ।
आफै जानौँ सुत्केरी हुने मिति
-
http://swasthyakhabar.com/2014/04/8749.html#sthash.ld3bwCPK.c1FTdVYc.dpuf
मानिस मात्र होइन
सबै प्राणीको बच्चा जन्मने दिन निश्चित हुन्छ । कारणवश केही अघि पछि भए पनि प्रायः निश्चित दिन वा त्यसको एक दुई दिन भित्रमा नै बच्चाले जन्म लिन्छ ।
आमाको पेटमा मानिस बढीमा १० महिनासम्म मात्र बस्छ भनिन्छ । मान्छेको गर्भ अवधि महिनाले गन्दा १० महिनाको भए तापनि दिन गन्तीका हिसाबले नौ महिना सात दिनको हुन्छ ।
सुत्केरी दिन पत्ता लगाउने तरिका जान्ने हो भने गर्भवती महिला सबभन्दा पछिल्लो पटक कहिले नछुने भएको हो त्यो मिति खुट्याउनु पर्छ । त्यो मितिमा नौ महिना र सात दिन जोड्दा आउने मिति नै सुत्केरी हुने सम्भावित दिन हो । जस्तो ः तपार्इं पछिल्लो पटक २०५९ मंसीर १ गते नछुने भएपछि फेरि हुनुभएको छैन भने नौ महिना गन्दा २०६० भदौ १ गते हुन्छ, यसमा सात दिन जोड्नुहोस् । सात दिन जोड्दा भदौ ८ गते हुन्छ । तपाईं सुत्केरी हुने सम्भावित दिन भदौ ८ गते नै हो ।
कोहीकोही गर्वभती महिला सम्भावित दिनमा सुत्केरी नभइ सातदेखि पन्ध्र दिन अघि वा पछि पनि हुन्छन् । नेपाली महिना निश्चित दिनका नहुने हुनाले अंग्रेजी क्यालेण्डर हेरेर माथिकै किसिमले पछिल्लो पटक महिनावारी भएको मितिमा नौ महिना सात दिन जोड्दा यो हिसाब बढी मिल्छ । अर्को कुरा, यो तरिका २८ दिनमा महिनावारी हुने महिलाकालागि मात्र हो । छिटै नछुने हुने महिलाको बच्चा चाँडै जन्मिन्छ भने ढीलो नछुने हुनेको ढीलै जन्मिन्छ । जस्तै प्रत्येक एक्काइस दिनमा नछुने हुने महिलाको बच्चा जन्मने दिन यो हिसाबभन्दा एक हप्ता अगाडि नै हुन्छ । त्यसैगरी कुनै महिलामा प्रत्येक ३५ दिनमा नछुने हुने हुन्छ भने उनको बीजागम पनि ढीलो हुने भएकाले बच्चा जन्मने दिन यो हिसाबबाट निस्केको दिनभन्दा ७ दिन पछाडि हुन्छ ।
करीब ८५ प्रतिशत महिला बच्चा जन्मने सम्भावित दिनको दुई दिन भित्र नै सुत्केरी हुन्छन् ।
Subscribe to:
Posts (Atom)
पहिचान सहितको सङ्घियता र जिरेल समाज
जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...
-
Where are Princess Shruti Shah Rana’s two daughters Girvani Rana and Surangana Rana? Jan 7th, 2014 · 3 Comments Ex-crown Princess ...
-
A junior army staff at Narayanhiti Lal Bahadur Lamteri claiming to be an eyewitness to the tragedy has said Crown Prince Dipendra, blame...