Sunday, January 18, 2015

प्रश्नहरु संविधान बनाउनेहरुलाई

पहिलो संविधान सभा निर्वाचनमा जनता सबै डराएर नै माओवादीलाई पहिलो पार्टी बनाएको हो? के अब नेपाल र नेपालीकोलागि एकीकृत माओवादी अनावश्यक नै भएको हो? यसले लडेको १० वर्षे जन युद्ध निरर्थक नै थियो ? हजारौ नेपालीको जीवन दान, केहि व्यक्तिको एउटा सत्ता लोलुपता मात्रै थियो ? जुन बाबुराम र प्रचण्ड ले एक एक वर्ष प्रधान मन्त्री भएर सरकार चलाउदा पुरा भै सकेको हो ? अब यिनीहरुबाट केहि पनि हुन सक्दैन ? अब फेरि पहिला जस्तो अवस्थाको सिर्जना हुने सम्भावना क्षीण भैसकेको हो ? अब कहिल्यै नेपाली जनताले त्यो स्थिति भोग्नु पर्दैन ? आज नेपाली काङ्ग्रेस र एमाले ले पाएको बहुमत सबै जनताको चाहना नै हो ? यसमा केहि पनि छल छाम भएको थिएन ? साच्चै नै अब नेपाली जनसमुदायको लागि, लाखौ नेपाली जनताले चाहेको, विशेषगरी युवा वर्ग साथै हजारौ युवा युवतीले चाहीनचाही पक्ष विपक्षमा रहेर दुवैतिरको कारणले दिएको वलिदानको प्रतिफलकोरुपमा स्थापित एनेकपा माओवादी - हात्ती आयो हात्ती आयो फुस्सा भएकै हो ? अब यो कहिल्यै उठ्न नसक्ने भएकै हो? मूली नै ढले पछि हाँगा वीगाको के कुरा ? प्रचण्ड ताप राप ले त छुएन झन् किरण बाटैमा हराउने भयो भने अब विप्लव त विप्लवी मै डुब्ने होला? के प्रचण्ड ले नेपाली जनतालाई धोका दिएकै हो ? उसलाई अब पुगिसकेको हो ? उसको पुस्तौ पुस्ता लाई पुग्ने कमाई सकेर अब कुना पस्ने सुरमा लागेका हुनत ? उसले गर्दा नै अब संविधान नबन्ने भएको हो ? के पी ओली नै सहि हुन् ? नेपाली काङ्ग्रेस र एमाले नै नेपाली जनताको अहिलेको आवश्यकता हो? नेपाल ले २०४७ को संविधान नै खोजेको हो ? २ करोड नेपालीको चाहना राजसंस्था पुर्णस्थापना सार्थक छ ?
जहाँ बाट राजतन्त्र खतम भयो , राजपरिवार खतम भयो र राज संस्था पनि खतम भयो, कोहि कसैलाई कतै चिलाएन, तर अहिले फेरि कराउदै छ एउटा काम बाकी छ भन्दै त्यो हो नेपाल ........... गर्नु छ रे, तर वास्तवमा के गर्ने हुन् मैले थाहा पाउन सकिन ? राजा आउ देश बचाउ, राजसंस्था पुन स्थापना गर, हिन्दू राष्ट्र घोषणा गर र जनता के भन्छ,राज संस्था ल्याउ भन्छ भन्ने हरुले सडक तताउन लागि सके l संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्ने कमल थापा संविधानसभामा सर्वधर्म समभावसहित सनातन हिन्दूराष्ट्र घोषणा गर्न लागि परेका छन् l साथमा खुम बहादुर खड्का पनि हिन्दु राष्ट्र घोषणा नभए संविधान जारी भएकै दिन जलाउने तयारीमा लागेका छन् l प्रक्रियाको विरोध गर्ने दललाई प्रतिकार गर्ने चेतावनी दिन्छन, एमाले भू पु अध्यक्ष खनाल l अगाडि भन्छन 'हामीले माओवादीको १० वर्षे जनयुद्ध देख्यौं, मधेस आन्दोलन देख्यौं,अब कुनै आन्दोलनको हावादारी धम्कीको साथमा यो गर्छौ र त्यो गर्छौ भनेर अब नेपालमा केहि हुदैन l एमाले अध्यक्ष ओलीले एमाओवादीको धम्की र मधेसका केही मठाधिस अनि 'लिपिस्टक' र अवसरवादी जनजाति नेताको कारणले सहमति हुन नसके प्रक्रियाबाट संविधान बनाउनुको विकल्प नभएको बताउँदै आएका छन् यसरी वरिष्ट व्यक्तिले राजनीतिक पार्टी र पार्टी प्रमुख हरुलाई यस्ता अमर्यादित शब्द प्रयोग गर्नु कहाँ सम्म उचित हो ? होइन भने के कारवाही हुञ्छ ? यही कुराहरुलाई लिएर प्रचण्ड भन्छन 'एमाले अध्यक्ष ओली कुनै राजा महाराजा पनि होइनन र यो देशको ठेकेदार पनि होइनन। विगतका सहमति विपरित जातीय क्षेत्रीय र लै‌गिक अधिकारविरुद् बाेल्ने हिम्मत उहाँमा कहाँबाट अायाे? यसले समस्याको समाधान हुँदैन र सहमति बिना माघ ८ गते संविधान पनि आउदैन। यदि संख्याकै आधारमा बलपूर्वक प्रक्रियामार्फत संविधान निर्माण गर्न खोजे त्यसको प्रतिबाद गर्छौ । एमाले महासचिव ईश्वर पोखरेलले एमाओवादीसहित मधेसी मोर्चा सहमतिमा नआए अंक गणितकै हिसाबमा संविधानको फैसला गर्ने चेतवानी दिएका छन् । भन्छन फैसला अंक गणितमै हुन्छ ।
बालुबाटार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्तुतिबाट बिच्किएर हिँडेका एमाओवादी अध्यक्ष प्रचण्ड ओलीप्रति आक्रामक बनेका थिए । बैठकमा ओलीले पहिचानसहितको संघीयता भन्नेहरुलाई विखण्डनकारी भनेका थिए । ओलीले सहमतिका लागि आन्दोलनको मोर्चा विघटन गर्नु पर्ने, पहिचानको कुरा गर्नै नहुने जस्तो कुरा गरेपछि एमाओवादी नेताहरु बैठक छोडेर हिडेका थिए ।
अब सडक आन्दोलन चर्काउने प्रचण्ड गठवन्धनको निर्णय कहाँ पुग्ने हो ? उता नेकपा - माओवादी ले संविधानसभा विघटन गरी राष्ट्रिय एकताको सरकार गठन गरिनु पर्ने देखेका छन् l
दलहरू आफैंले तोकेको संविधान जारी गर्ने दिन आउन अब केहि दिन पनि छैन । सो अनुसार बलवानहरु ८ माघमा संविधान ल्याउँछौं भनि राखेका छन् । सकारात्मक र नकारात्मक, गाली गलौच, आरोप प्रत्यारोप गरीरहेका छन् पार्टी प्रमुख हरु । बलवानहरु बल प्रयोग गर्छौ भन्छन भने कमजोर हरु बल देखाऊछौ भन्छन, आखिर हुने त झगडा नै त होला नि मतलव सडक आन्दोलन, दमन, प्रतिकार हुदा हुदै के रुप लिने हो ?
यी पार्टी प्रमुखहरु, सभासदहरु र सरकारले सोचेका छन् कि छैनन् ? त्यसको नतिजा कस्तो हुने हो? यस्तो प्रवृत्तिले के संविधान बन्ला र ? संविधान को कुरा पनि आपसमा झगडा गर्दै जारी गर्ने दिन पर्खेर बसेर सम्भव छ र ? खै अनुकुल राजनीतिक वातावरण बनेको ? अनि खै पार्टीहरु बीच विस्वास जागेको ? ३०, ३५ राजनीतिक दलहरुमा २ पार्टी मात्रै हामी संविधान बनाउछौ भनेर संविधान बन्छ र ? के त्यो २ पार्टी को मात्रै हो र ? अनि यो समाजको बुद्धीजीवि वर्ग र केहि जिम्मेवार नागरिक पनि विश्वस्त छन् त ? नेताहरु सबै धम्क्याउने बाटो मात्रै खोज्छन। नेपाल र नेपाली जनताको मर्मलाई बुझेर विवेकशील तरिकाले निर्णायक रुप दिने सोच कसैले बनाउन सकेका छैनन्। र त्यो स्थिति कहिले बन्ला र ? बन्ने सम्भावना पनि देखिदैन टाढा टाढा सम्म, अनि हाम्रो देश खै कहिले के बन्ला ?
के यसले विप्लव र २ करोड जनताको चाहना.......पुनस्थापना भन्ने हरुको पक्षमारहेका समुहहरुलाई प्रवल बल दिने काम गरेको छैन र ? यदी यसले विप्लवहरुलाई बल पुग्यो भने त्यो सफल हुञ्छ र ? कि फेरि अर्को प्रचण्डको जन्म हुने मात्रै त होइन ? होइन भने पनि ९० दशक को शुरुवातमा जे पेरुका जनताले भोगे र भख्खरै श्रीलंकाका तामिल बिद्रोही हरुले भोगे, त्यहि अब फेरि नेपाली जनताले भोग्नु परे जिम्मेवार हुन को तयार छन् ? कोहि जिम्मेवार हुन तयार छन् ? कुनै दल वा दल प्रमुख, सम्वन्धित कार्यकर्ता अथवा सर्बसाधारण ? जसले दलहरुलाई मर्यादित संविधान बनाउने अधिकार दिएका थिए ?
टहल बहादुर जिरेल
क्षेत्रपा-५, दोलखा
हाल कुवैत

13 Jan., 2014  

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...