अहिले पहिचान सहितको संघियता र ७ सालमा प्रजातन्त्र दुइटैको समय अनुसार महत्व उत्तिकै छन् l संघियताले देश टुक्र्याउने भ्रम जनतामा फैलाएर वा त्यो भ्रममा परेर पहिचान सहितको संघियताको विरोध गर्नु ७ सालमा प्रजातन्त्रको विरोध गर्नु भन्दा पनि ठुलो मुर्ख्याई वा बहुलट्ठीपन हो l तर दुर्भाग्य ७ सालमा प्रजातन्त्रको विरोध गर्ने भन्दा बढी अहिले संघियताको विरोध गर्ने छन् सडक देखि संसद अनि सामाजिक संजाल सम्म l अनि जनता ७ सालमा शिक्षित कि अहिले ? संघियता लाई नेपालको आधुनिक प्रजातन्त्र को रुपमा लिन नसक्नु हाम्रो कमजोरी होइन र ? मधेशीहरुलाई आफ्नो पहिचानको आधारमा राज्य व्यवस्था चलाउन नदिनु र दार्जीलिंग लाई भारतले बिहार बाट अलग राज्य नदिनु एउ टै होइन ? कुनै न कुनै बेला त्यो दुवै ठाउले आफ्नो अधिकार त लिई छोड्ने छन् l जस्तो अझै पनि भारतको कति राज्य हरु टुक्रिदै छन l हामीले अहिलेनै सम्भावित स्थिति हरुलाई विचार गरेर राज्य व्यवस्था को संरचना गर्दा के देश ले विखनडनको रुप लिने देख्नु हाम्रो कमजोरी होइन ?
काठमाडौँ मा जति पनि मधिशे हरु छन् ति सबै भारतीय हुन् नेपाली होइनन ? किन उनीहरुलाई नागरिकको रुपमा हेरिदैन ? जो कोहि पनि अर्थात् बच्चाले पनि मधिशे भनेपछि ठुलो स्वर गर्न र सके हात पात गर्न पनि पछि पर्दैनन् भने त्यो उनीहरुले कहिले सम्म सहन्छन ? उनीहरुको जीवनस्तर जहिले पनि येस्तै नै कायम रहन्छ त ?
अहिलेको राज्य व्यवस्था र संरचना लाई नै नागरिक हकहितको सर्वस्व स्वीकार गर्नु र अझ सुनौला अवसर हरु को ढोका खुल्न बाट मुख मोड्नु हाम्रो र हाम्रा सन्ततिको दुर्भाग्य होइन ?
यी कुराहरुलाई गम्भीर रुपमा नलिई आफ्नो समर्थनको व्यक्ति, नेता र पार्टी विशेष को आधारमा हामीले समर्थन गर्दै जानु नै हामी मुर्ख भएर महामुर्खहरुलाई अझ धेरै सुनौलो मौका दिनु हो l त्यसैले पहिचान सहितको संघियता आजको आवस्यकता हो l यो कुनै कसैको रहर होइन र यसले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने पनि होइन l यदि त्यस्तो फाइदा पुग्छ भने अहिले कै अबस्थामा बढी पुग्छ र भोलि आउने संघिय व्यवस्थामा होइन l प्रचण्डले अकुत सम्पति कमाएको देख्नु को कारण हरु मा एक चुनाव हार्नलाई यहि पहिचान विरोधी हरुको पैसा खाए, जित्नलाई होइन ता कि प्रचण्डले मतपत्र को ओसार पसारमा आफ्नो प्रतिनिधि राख्ने अडान छोडुन र शेना समायोजन गर्न पनि यहि पहिचान विरोधी हरुले किने प्रचण्डलाई ताकी यी पहिचान पक्षधरहरु कम्जोर बनुन, भनेपछि यी पहिचान विरोधी हरुलाई नै हामी किन समर्थन गर्दै छौ फेरि l यदि पहिचान को पक्षमा लागेर प्रचण्डले गल्ति गरेको भए र त्यो राज्य व्यवस्था गलत भएको भए प्रचण्डलाई किन्नु पर्ने जरुरत यी पहिचान विरोधीहरुलाई पर्ने नै थिएन नि ? जनताले त्यसै नंग्याउने थिए नि
यिनीहरुलाई, तर आफु नांगिने भय ले प्रचण्डलाई किने यिनीहरुले अनि अहिले संसदमा सडकमा र सामाजिक संजालमा पनि आफ्नो उपस्थिति देखाउने जमर्को गरिरहेका छन् यी भिजिलान्ते हरु l मदन भण्डारीको भिजिलान्ते हरु पंचायत वादीहरु थिए भने पहिचान विरोधी भिजिलान्ते हरु ओली वादीहरु हुन् l

No comments:
Post a Comment