पहिलो
संविधान सभा
निर्वाचनमा जनता
सबै डराएर
नै माओवादीलाई
पहिलो पार्टी
बनाएको हो?
के अब
नेपाल र
नेपालीकोलागि
एकीकृत माओवादी
अनावश्यक नै
भएको हो?
यसले लडेको
१० वर्षे
जन युद्ध
निरर्थक नै
थियो ? हजारौ
नेपालीको जीवन
दान, केहि
व्यक्तिको एउटा
सत्ता लोलुपता
मात्रै थियो
? जुन
बाबुराम र
प्रचण्ड ले
एक एक
वर्ष प्रधान
मन्त्री भएर
सरकार चलाउदा
पुरा भै
सकेको हो
? अब
यिनीहरुबाट केहि
पनि हुन
सक्दैन ? अब
फेरि पहिला जस्तो
अवस्थाको सिर्जना
हुने सम्भावना
क्षीण भैसकेको
हो ? अब
कहिल्यै नेपाली
जनताले त्यो
स्थिति भोग्नु
पर्दैन ? आज
नेपाली काङ्ग्रेस
र एमाले
ले पाएको
बहुमत सबै
जनताको चाहना
नै हो ?
यसमा केहि
पनि छल
छाम भएको
थिएन ? साच्चै
नै अब
नेपाली जनसमुदायको
लागि, लाखौ
नेपाली जनताले
चाहेको, विशेषगरी
युवा वर्ग
साथै हजारौ
युवा युवतीले
चाहीनचाही पक्ष
विपक्षमा रहेर
दुवैतिरको कारणले
दिएको वलिदानको
प्रतिफलकोरुपमा
स्थापित एनेकपा
माओवादी - हात्ती
आयो हात्ती
आयो फुस्सा
भएकै हो
? अब यो
कहिल्यै उठ्न
नसक्ने भएकै
हो? मूली
नै ढले
पछि हाँगा
वीगाको के
कुरा ? प्रचण्ड
ताप राप
ले त छुएन
झन् किरण
बाटैमा हराउने
भयो भने
अब विप्लव
त विप्लवी
मै डुब्ने
होला? के
प्रचण्ड ले
नेपाली जनतालाई
धोका दिएकै
हो ? उसलाई
अब पुगिसकेको
हो ? उसको
पुस्तौ पुस्ता
लाई पुग्ने
कमाई सकेर
अब कुना
पस्ने सुरमा
लागेका हुनत
? उसले
गर्दा नै
अब संविधान
नबन्ने भएको
हो ? के
पी ओली
नै सहि
हुन् ? नेपाली
काङ्ग्रेस र
एमाले नै
नेपाली जनताको
अहिलेको आवश्यकता
हो? नेपाल
ले २०४७
को संविधान
नै खोजेको
हो ? २
करोड नेपालीको
चाहना राजसंस्था
पुर्णस्थापना
सार्थक छ
?
जहाँ बाट राजतन्त्र खतम भयो , राजपरिवार खतम भयो र राज संस्था पनि खतम भयो, कोहि कसैलाई कतै चिलाएन, तर अहिले फेरि कराउदै छ एउटा काम बाकी छ भन्दै त्यो हो नेपाल ........... गर्नु छ रे, तर वास्तवमा के गर्ने हुन् मैले थाहा पाउन सकिन ? राजा आउ देश बचाउ, राजसंस्था पुन स्थापना गर, हिन्दू राष्ट्र घोषणा गर र जनता के भन्छ,राज संस्था ल्याउ भन्छ भन्ने हरुले सडक तताउन लागि सके l संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्ने कमल थापा संविधानसभामा सर्वधर्म समभावसहित सनातन हिन्दूराष्ट्र घोषणा गर्न लागि परेका छन् l साथमा खुम बहादुर खड्का पनि हिन्दु राष्ट्र घोषणा नभए संविधान जारी भएकै दिन जलाउने तयारीमा लागेका छन् l प्रक्रियाको विरोध गर्ने दललाई प्रतिकार गर्ने चेतावनी दिन्छन, एमाले भू पु अध्यक्ष खनाल l अगाडि भन्छन 'हामीले माओवादीको १० वर्षे जनयुद्ध देख्यौं, मधेस आन्दोलन देख्यौं,अब कुनै आन्दोलनको हावादारी धम्कीको साथमा यो गर्छौ र त्यो गर्छौ भनेर अब नेपालमा केहि हुदैन l एमाले अध्यक्ष ओलीले एमाओवादीको धम्की र मधेसका केही मठाधिस अनि 'लिपिस्टक' र अवसरवादी जनजाति नेताको कारणले सहमति हुन नसके प्रक्रियाबाट संविधान बनाउनुको विकल्प नभएको बताउँदै आएका छन् यसरी वरिष्ट व्यक्तिले राजनीतिक पार्टी र पार्टी प्रमुख हरुलाई यस्ता अमर्यादित शब्द प्रयोग गर्नु कहाँ सम्म उचित हो ? होइन भने के कारवाही हुञ्छ ? यही कुराहरुलाई लिएर प्रचण्ड भन्छन 'एमाले अध्यक्ष ओली कुनै राजा महाराजा पनि होइनन र यो देशको ठेकेदार पनि होइनन। विगतका सहमति विपरित जातीय क्षेत्रीय र लैगिक अधिकारविरुद् बाेल्ने हिम्मत उहाँमा कहाँबाट अायाे? यसले समस्याको समाधान हुँदैन र सहमति बिना माघ ८ गते संविधान पनि आउदैन। यदि संख्याकै आधारमा बलपूर्वक प्रक्रियामार्फत संविधान निर्माण गर्न खोजे त्यसको प्रतिबाद गर्छौ । एमाले महासचिव ईश्वर पोखरेलले एमाओवादीसहित मधेसी मोर्चा सहमतिमा नआए अंक गणितकै हिसाबमा संविधानको फैसला गर्ने चेतवानी दिएका छन् । भन्छन फैसला अंक गणितमै हुन्छ ।
बालुबाटार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्तुतिबाट बिच्किएर हिँडेका एमाओवादी अध्यक्ष प्रचण्ड ओलीप्रति आक्रामक बनेका थिए । बैठकमा ओलीले पहिचानसहितको संघीयता भन्नेहरुलाई विखण्डनकारी भनेका थिए । ओलीले सहमतिका लागि आन्दोलनको मोर्चा विघटन गर्नु पर्ने, पहिचानको कुरा गर्नै नहुने जस्तो कुरा गरेपछि एमाओवादी नेताहरु बैठक छोडेर हिडेका थिए ।
अब सडक आन्दोलन चर्काउने प्रचण्ड गठवन्धनको निर्णय कहाँ पुग्ने हो ? उता नेकपा - माओवादी ले संविधानसभा विघटन गरी राष्ट्रिय एकताको सरकार गठन गरिनु पर्ने देखेका छन् l
दलहरू आफैंले तोकेको संविधान जारी गर्ने दिन आउन अब केहि दिन पनि छैन । सो अनुसार बलवानहरु ८ माघमा संविधान ल्याउँछौं भनि राखेका छन् । सकारात्मक र नकारात्मक, गाली गलौच, आरोप प्रत्यारोप गरीरहेका छन् पार्टी प्रमुख हरु । बलवानहरु बल प्रयोग गर्छौ भन्छन भने कमजोर हरु बल देखाऊछौ भन्छन, आखिर हुने त झगडा नै त होला नि मतलव सडक आन्दोलन, दमन, प्रतिकार हुदा हुदै के रुप लिने हो ?
यी पार्टी प्रमुखहरु, सभासदहरु र सरकारले सोचेका छन् कि छैनन् ? त्यसको नतिजा कस्तो हुने हो? यस्तो प्रवृत्तिले के संविधान बन्ला र ? संविधान को कुरा पनि आपसमा झगडा गर्दै जारी गर्ने दिन पर्खेर बसेर सम्भव छ र ? खै अनुकुल राजनीतिक वातावरण बनेको ? अनि खै पार्टीहरु बीच विस्वास जागेको ? ३०, ३५ राजनीतिक दलहरुमा २ पार्टी मात्रै हामी संविधान बनाउछौ भनेर संविधान बन्छ र ? के त्यो २ पार्टी को मात्रै हो र ? अनि यो समाजको बुद्धीजीवि वर्ग र केहि जिम्मेवार नागरिक पनि विश्वस्त छन् त ? नेताहरु सबै धम्क्याउने बाटो मात्रै खोज्छन। नेपाल र नेपाली जनताको मर्मलाई बुझेर विवेकशील तरिकाले निर्णायक रुप दिने सोच कसैले बनाउन सकेका छैनन्। र त्यो स्थिति कहिले बन्ला र ? बन्ने सम्भावना पनि देखिदैन टाढा टाढा सम्म, अनि हाम्रो देश खै कहिले के बन्ला ?
के यसले विप्लव र २ करोड जनताको चाहना.......पुनस्थापना भन्ने हरुको पक्षमारहेका समुहहरुलाई प्रवल बल दिने काम गरेको छैन र ? यदी यसले विप्लवहरुलाई बल पुग्यो भने त्यो सफल हुञ्छ र ? कि फेरि अर्को प्रचण्डको जन्म हुने मात्रै त होइन ? होइन भने पनि ९० दशक को शुरुवातमा जे पेरुका जनताले भोगे र भख्खरै श्रीलंकाका तामिल बिद्रोही हरुले भोगे, त्यहि अब फेरि नेपाली जनताले भोग्नु परे जिम्मेवार हुन को तयार छन् ? कोहि जिम्मेवार हुन तयार छन् ? कुनै दल वा दल प्रमुख, सम्वन्धित कार्यकर्ता अथवा सर्बसाधारण ? जसले दलहरुलाई मर्यादित संविधान बनाउने अधिकार दिएका थिए ?

टहल
बहादुर जिरेल
क्षेत्रपा-५,
दोलखा
हाल
कुवैत
13 Jan., 2014