Tuesday, January 21, 2014

नवदम्पतीको बेडरुम कता फर्केको हुनुपर्छ ? जानी राखौं।



 विवाहसँगै व्यक्तिको नयाँ जीवनको प्रारम्भ हुन्छ । नवविवाहित दम्पतीले आफ्नो वैवाहिक जीवनलाई सुखमय बनाउन वास्तु सिद्धान्तअनुसार आफ्नो बेडरुमलाई व्यवस्थित गर्न सके दाम्पत्य जीवनमा सकारात्मक प्रभाव पर्छ ।
नवदम्पतीको शयनकक्ष दक्षिण-पश्चिम दिशास्थित नैऋत्य कोणमा हुनु उचित हुन्छ । यदि त्यो सम्भव नभए दक्षिण वा पश्चिम दिशामा पनि बेडरुमको व्यवस्था गर्न सकिन्छ । नवदम्पतीको बेडरुम पूर्वोत्तर दिशामा नहोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ किनभने यो दिशामा जलतत्त्वको प्रमुखता हुन्छ । यो दिशा वंश वृद्धिका लागि अनुकूल मानिँदैन ।
नवदम्पतीको बेडरुममा एक्वेरियम फाउन्डेसन राख्नुहुँदैन ।
सुत्दा उत्तर दिशातर्फ सिरानी हुनुहुँदैन किनभने एक समान चुम्बकीय धु्रव -पृथ्वीको उत्तरी धु्रवको चम्बुकीय शक्ति एवं शिर जुन मानव शरीरको उत्तरी धु्रव हुन्छ) परस्पर विकर्षण हुन्छ । फलस्वरूप सुत्दा बाधा उत्पन्न हुनसक्छ । बेडरुमको भित्ताको रंग मनलाई प्रफुल्लित गर्ने खालको, हल्का उज्ज्वल हुनुपर्छ, जुन दम्पती दुवैलाई मनपर्ने होस् । यहाँ फिक्का खालको रंग प्रयोग गर्नुहुँदैन । नवदम्पतीको कोठामा कालो, गाढा खैरो रंग प्रयोग गर्नुहुँदैन । हल्का गुलाबी, हल्का पहेँलो, प्याजी,रातो एवं सुन्तलारंगको प्रयोग उचित हुन्छ । बेडरुमको सजावटमा उदाउँदो सूर्य, बगैंचा, फूल, खेलिरहेका बालबालिका आदिको पोस्टर उपयुक्त हुन्छ । नवदम्पतीको कोठामा हल्का वुडवर्क एवं फर्निचर प्रयोग गर्नुपर्छ । पति-पत्नीको तस्बिरलाई कोठाको दक्षिण दिशाको भित्तामा सजाउनुपर्छ, यसबाट आपसी प्रेम, सद्भावना र एक-अर्काप्रति उत्तरदायित्वको भावनामा वृद्धि हुन्छ । बेडका सामु ऐना राख्नुहुँदैन,यसबाट दाम्पत्य जीवनमा समस्या आउने सम्भावना रहन्छ । यदि बेडरुममा ऐनाको आवश्यकता भए त्यसलाई सधै पूर्व वा उत्तर दिशाको भित्तामा राख्नुपर्छ । यदि कुनै कारण वा स्थितिले बेडरुम अगाडि नै ड्रेसिङ टेबल परे सुत्नुपूर्व ड्रेसिङ टेबलको ऐना छोपिदिनु उचित हुन्छ । बेडरुममा शोकेस, क्याबिनेट, कबर्ड आदि स्टोरेजका लागि प्रयोग हुने कुनै पनि सामानलाई कोठाको दक्षिण वा पश्चिम दिशाको भित्तातिर राख्नु उपयुक्त हुन्छ । एटेच बाथरुमको ढोका सधै बन्द रहोस् तथा कमोडको कभर छोपिएको होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ 

Monday, January 13, 2014

विकिनीले छोप्न नसकेको कोको को जवानी कोको ले देखाएपछि हैरान श्रीमान !

मोडल कोको विश्वमै सर्वाधिक चर्चामा छिन् । बिशेषगरी उत्तेजक फोटोसुटका कारण यि मोडल सर्वाधिक चर्चामा रहने गर्छिन् । हालै मात्र उनले खिचाएको केही उत्तेजक तस्बिरले धेरैको होश उडाइदिएको छ ।
कोकोले विकिनी लगाएर खिचाएको तस्बिर निक्कै कामुक छ । उनको जवानीलाई विकिनीले पनि छोप्न मुश्किल देखिन्छ । समुन्द्रमा मस्ती गर्दै यि हट मोडलले यो फोटोसुट गराएकी हुन् । उनले समय समयमा ट्विटरमा आफ्ना हट तस्बिर र पोजहरु ट्विट गरेर धेरैको ध्यान पनि खिच्दै आएकी छिन्  
उत्तेजक तस्बिर खिचाउन र आकर्षक शरीर देखाउन माहिर मानिएकी मोडल कोकोले आफ्नो श्रीमानलाई भने हैरान नै बनाइन् । एक स्टोरमा पहिरन हेर्न श्रीमानसँग पुगेकी कोकोले ड्रेस फेर्न थालेपछि उनका ५१ बर्षका श्रीमान हैरान नै भए । पिंक रंगको वन पिस पहिरनमा कोकोले आफ्नो मस्त जवानी देखाउन पनि पछि परिनन् । तर उनको पहिरन प्रतिको मोहले श्रीमानलाई भने कुनै खालको आकर्षण गर्न सकेन ।
कोकोले स्टोरमा विभिन्न रंगका पहिरन फेर्दै समय खर्च गरिन् । तर श्रीमानले भने उनको पहिरन मोहमा कुनै चाहना राखेनन् र आफ्नै दुनियाँमा हराइरहे ।

coco-hot-1coco







coco-with-husband

Sunday, January 12, 2014

Princess Shruti Shah Rana

Where are Princess Shruti Shah Rana’s two daughters Girvani Rana and Surangana Rana?

Ex-crown Princess Shruti Rajya Laxmi Shah had two daughters namely Girvani Rana and  Surangana Rana. Girvani Rana is elder daughter born on 22nd, January of 1998 and younger daughter Surangana Rana was born on 2nd October of 2000. Girvani Rana was only three years old and Surangana Rana was only few months old when Princess Shruti Shah Rana was shot dead by her elder brother in an royal massacare. Both of them were raised by their father Kumar Gorakh Shamsher Jang Bahadur Rana after death of Shruti Rana.
Shruti Shah with her two year old daughter girwani

Princess Shruti Shah Rana with her two year old daughter Girwani Rana

Princess Shruti wuth her daughter Girwani

Princess Shruti Shah Rana attending a function with her elder daughter Girwani Rana

Both of her daughters Girwani Rana and Surangana Rana are now currently studying in a school in Dehradhun, India staying in house of their close relative. Few years ago, Girwani Rana was spotted with her father Kumar Gorakh Shamsher Jang Bahadur Rana at an art display event related to the royal family.
Girvani rana daughter of shruti rana with her father gorakh samsher

Princess Shruti’s husband and daughter Girwani Rana observing art in an event organized in Kathmandu.

Ex- crown princesss elder daughter girvani rana

A close snap shot of Princess Shruti’s elder daughter Girwani Rana observing art in an event

The art display event was about Ex-Royal Family which brought tears in eyes of Girwani Shah and could be seen in the image above.
Daughter of princess Shruti Rajyalaxmi Devi Shah Sarkar Surangana Rajyalaxmi Rana

Younger Daughter of princess Shruti Rajyalaxmi Devi Shah Surangana Rajyalaxmi Rana

Father Kumar Gorakh Shamsher Jang Bahadur Rana might had done his best to raise two beautiful daughters. He remained unmarried for almost a decade after death of Princess Shruti Shah Rana. He was also a victim of the royal massacare but survived and returned home after stay of few days in hospital. He got married again with daughter of Ex-prime minister Lokendra Bahadur Chand’s younger brother’s daughter few years back. He works in Standard Chatered Bank in Kathmandu.

Some rare and unseen pictures and video of Princess Shruti Rajya Laxmi Shah Rana

shruti rana shah when she yas teenagerPrincess Shruti Rajya Laxmi Devi Shah was very pretty and beautiful. In those days there could have been hundreds of thousands of admirer’s of Shruti’s beauty. Dutch painter named Ed Van Der Kooy was her great admirer and had painted her image. He also had made one short video about her and uploaded on YouTube. Most probably it’s the only video of Princess Shruti available publicly. Here is the video.


princess shruti with her father birendra when she was a teenager

Princess Shruti Shah with her father King Birendra when she was a teenager

Princess shruti shah rana with paras shah

Princess Shruti Shah with Parash Shah and Nirajan Shahshruti shah with her friend in her college days at padma kanya

Princess Shruti Shah with her friend in her college days at Padma Kanya

Princess Shruti Shah Rana during in college dress of padma kanya

Princess Shruti Shah with her friends in her days in Padma Kanya Campus

 Princess Shruti Rajya Laxmi in France in 1994 during her parents state visit

Princess Shruti Rajya Laxmi in France in 1994 during her parents state visit

Princess-Shruti-of-Nepal-15-October-1976-1-June-2001-celebrities-who-died-young

A snapshot of Princess Shruti from side angle

Ex-crown princess shruti shah wedding images

Ex-crown princess Shruti Shah in a wagon on her wedding

preety smile of princess shruti shah

Preety smile of princess Shruti Shah

Late princess shruti shah in her fineral

Late princess Shruti Shah being taken to Pashupati Aryaghat for her funeral


Friday, January 10, 2014

दरबारको दक्षिणा सँधै १४ रुपैयाँ, मूल पुरोहित भन्छन-दीपेन्द्रले हत्या गर्नै सक्दैनथे


२६ पुस, काठमाडौं । १८ वर्षसम्म दरबारका मूल पुरोहितका रुपमा काम गरेका रमेशप्रसाद पाण्डेले आफूले दरबारबाट १४ रुपैयाँमात्र दक्षिणा पाउने गरेको बताएका छन् । उनले २०४० सालदेखि २०५८ सालसम्म निरन्तर राजदरबारको मूल पुरोहितका रुपमा काम गरेका थिए । उनले साना ठूला जस्ता सुकै काम गरे पनि १४ रुपैयाँ मात्र दक्षिणा पाउने गरेका थिए । पाण्डेले नै दीपेन्द्रको व्रतबन्ध गराएका थिए । यति ठूलो कार्जे गर्दा उनले दरबारबाट जम्मा १४ रुपैयाँमात्र दक्षिणा पाए ।। खासमा दरबारको चलनै यस्तै रहेछ । सानाठूला हरेक पूजामा १४ रुपैयाँ दक्षिणा दिने उनले बताए । पाण्डेले भने-’अझ पहिला त पाँच रुपैयाँ दिने गरिन्थ्यो रे । पछि बढाएर १४ रुपैयाँ पुर्‍याइएको रहेछ ।’
थोरै दक्षिणा पाए पनि पाण्डेलाई कुनै गुनासो छैन् । खुसी यसैमा छ कि उनले दरबारको पुरोहित भएर काम गर्ने सौभाग्य पाए । पाण्डे मूल पुरोहित हुँदा दरबारमा चारजना पुरोहित थिए । पूर्वराजपरिवार सहभागी सबै पूजामा पाण्डेनै प्रत्यक्ष संलग्न हुन्थे ।
वीरेन्द्रका सबै सामान पाण्डेसँग
राजा वीरेन्द्रले प्रयोग गर्ने सम्पूर्ण सामानहरु पाण्डेले जतनका साथ राखेका छन् । उनले आफ्नो बैठक कोठामा राजाले प्रयोग गर्ने सामानलाई जनतनका साथ सजाएर राखेका छन् । पाण्डेको बैठक कोठामा वीरेन्द्रको कोट, टोपी, चस्मा, घडी, डायरीदेखि लिएर खुकुरी, कलम र परफ्युमसम्मका सामाग्री रहेका छन् । वीरेन्द्रको निधनपछि राजपरिवारले उनलाई ती सामान दान दिएको नयाँ पत्रिकामा खबर छ ।
दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्
दरबारमा भएको हत्या काण्ड दीपेन्द्रले गराउनै नसक्ने मूल पुरोहित पाण्डेले दाबी गरेका छन् । पाण्डेले भने ‘दीपेन्द्र साह्रै भलादमी हुनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘बाबुको त भक्त नै हुनुहुन्थ्यो । उहाँबाट यस्तो कुकर्म भयो होला र ? मलाई त पक्कै यसमा षडयन्त्र छ जस्तो लाग्छ ।’ पाण्डेको भनाई मान्ने हो भने दीपेन्द्र जति ढिला आउँदा पनि बाबुआमालाई ढोग नगरी सुत्न जाँदैनथे । तर राजा हुने लोभमा कसैको उक्साहटमा लागे भने भन्न सकिदैन ।
दीपेन्द्र बुबासँग नडराए पनि मुमासँग धेरै डराउने गरेका थिए । दीपेन्द्रले आफूलाई भनेको सम्झँदै पाण्डेले भने ‘बुबासँग डर लाग्दैन, मुमासँग त अलि डर लाग्छ । हुन पनि व्यवहारमा राजा निकै सोझा र रानि निकै कडा हुनुहुन्थ्यो ।’
                                                                                         -  http://www.onlinekhabar.com


Tuesday, January 7, 2014

प्रश्न ? जिरेल जातिको उत्पतिको.(Question of Origin of Jirel.)

यहाँ तल अन्त्यमा एउटा vedio दिईएको छ,
यो भिडियो हेरेर धेरै त खुशी नै लाग्यो तर पनि यौटा दु:ख लाग्दो कुरा पनि भेटियो त्यसैले त्यसको बारेमा केही कुरा वास्तविक्ता पत्ता लगाएर प्रस्ट रुपमा राख्नको लागि सम्वन्धित सबैलाई अनुरोध गर्छु। कुरा के हो भने हुनत सुमन कृष्ण सर मेरो लागि मात्रै नभै किन सम्पूर्ण जिरेल समुदाय कै लागि शैक्षिक क्षेत्रमा पनि अग्र पङ्ती मा पर्नु हुन्छ, र मैले उहाको कुरामा आलोचना गर्न त्यती मिल्दैन तर पनि यो बिषयलाई यस्तै रुपमा विश्वाश गर्नु ठुलो गल्ती हुनेछ जिरेल समुदायको लागि।
किनभने जिरेल लाई किरातिहरु सँग जोड्न वा किरातिहरुकै यौटा हिस्साको रुपमा स्विकार्नु सान्दर्भिक छैन। हाम्रो सबैभन्दा ठुलो पहिचान भनेकै भाषा हो र त्यो भाषा लाई आधार मान्ने हो भने हामी कुनै पनि कारनले किरातिसँग सम्बन्धन्धित छैनौ अनी कसरी मान्ने हामी किराती हौ भनेर, ता कि हाम्रो भाषा भोट्बर्मेली परिवार अन्तर्गत पर्छ भने किराती भाषा आग्न्यय वा भारोपेली भाषा परिवार अन्तर्गत पर्छ अनी कसरी हामी किराती हरु सँग सम्बन्धित छौ? भोट् बर्मेली भाषा परिवारमा गुरुङ मगर शेर्पा तमाङ र नेवार हरु पर्छन त अब यि सबै जातिहरु पनि किराती हरु नै हुन त ?
यदी यि माथि उल्लेखित जातिहरु पनि किराती हरु सँग सम्बन्धित छन भने मात्रै हामीले त्यो स्विकार्न मिल्छ कि हामी पनि किराती हरुको एक हिस्सा नै हो भनेर होइन भने हामी पक्कै पनि किराती सँग सम्बन्धित छैनौ।
र अर्को कुरा सुमन सर ले त्यती गम्भिर बनेर अझै पनि किम्वदन्ती शैलीमा किरात हरुले नेपाल भरिनै राज्य गर्दा खेरी उनिहरुकै सन्तानहरु छरिएर बसोबास बसाल्दै जाँदाको एक समुह हो भन्नु उपयुक्त देखिदैन सुमन सर को लागि र पुरै जिरेल समुदायको लागि।
यही भिडियो मा पनि भनिएको छ कि जिरेल भाषा भोट् बर्मेली परिवार अन्तर्गत पर्छ भनेर तर यो कुरा सोचियन कि किरात हरु अर्कै भाषा परिवारमा पर्छन भनेर र अझै पनि भनिएको छ जिरीमा प्राचिन काल देखी बसोबास गर्दै आएका जिरेल हरु किराती समुदाय अन्तर्गत पर्छन भनेर।
कसरी?
यदी हामी किराती कै सन्तान भएदेखि अरु समान्ता सँग सँगै भाषा पनि धेरै प्रतिशत मिल्नु पर्ने हो नि किन त्यसो नभै टिब्बतियन सँग ६५ प्रतिशत अनी क्रमश शेर्पा तमाङ नेवार मगर हुँदै सुनुवार राइ लिम्बु तिर कम्ती हुँदै गएको छ।
जुन जाति(किरती) हरु अर्कै भाषा समुहमा पर्छन हामी भोट् वर्मेली भाषा समुह भन्दा पूर्णतया फरक समुह, अनी कसरी हामी उनिहरुलाई आफ्नो पुर्खा वा उनिहरुको हिस्सा को रुपमा लिने।
मेरो बिचार के पनि हो भने हाम्रो सबैभन्दा ठुलो पहिचान भाषा यती प्राचिन छ र अरु पनि प्रशस्तै आधारहरु छन हाम्रो पहिचानको लागि भने हामी किन एक स्वतन्त्र जातिको रुपमा चिनाउन सक्दैनौ। सक्छौ नि होइन र। अनी किन हामी आफुलाई अर्को जाती सँग जोडेर राख्ने? किराती हरु र शेर्पा तमाङ नेवार लाई चिनाउन अरु कुनै जाती को सहयोग लिन परेन भने हामीलाई चाँही यो जरुरी छ र?

सम्बन्धित भिडियो यो लिन्कमा हेर्नु होला।









तहल जी, तपाई आफुलाई किरातीको सन्तान अर्थात् मंगोल मूलबासी भनेर स्वीकार गर्नमा हिच्किचिहट छ भने पछि के तपाई आर्यनहरु यानीकि हिन्दु अहंकारी क्षेत्री बाहुन मध्यकै हु भन्ने सोच्नुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छा ? त्यसै पनि बहुन्हरुले फुटाऊ र राज गर भन्ने नीति द्वरा सयौ वर्ष देखि साशन गर्दै आएका छन् यो हामीलाई विधितनै छ त्यसकारण हामी नेपालका आदिबासीहरु दास मानसिकता बाट मुक्त भइ   नेपालका सम्पूर्ण  मंगोल मूलबासी समुदायहरु एकै पुर्खा अन्तर्गतका सन्ततिहरु हुन् यो सत्यता बाट कोहि पनि दुविधामा पर्नु हुदैन ?
Show less

+Aboriginal rai राइ जि फेरी आउँदा खेरी तपाईंको वास्तविक नाम बाट आउनु होला। सबै भन्दा पहिला  यहाँ म यो भन्न चाहन्छु कि जिरेल भोट् बर्मेली भाषा परिवार अन्तर्गत पर्ने शेर्पा तमाङ गुरुङ मगर नेवार जस्तै  यौटा छुटै स्वतन्त्र जाती हो।  र म यसमा पूर्ण रुपमा विस्वस्त छु। यो कुरा मैले माथि  प्रस्ट रुपमा राखेको छु त्यसलाई तपाईं फेरी राम्रो सँग पढ्नु होला।मेरो भन्नु के हो भने जिरेल जाती कुनै छेत्री वाहुन किराती पनि होइन र जिरेल हरुले दासी को रुपमा जीवन यापन गरेको पनि कुनै सन्केत पाइयेको छैन किन भने क्षेत्रपा गाउँ लाई पनि म जिरेल हरुको मुख्य वासस्थान को रुपमा लिन्छु र जहाँ जिरेल हरु निकै नै सम्पन्न (त्यो समयको लागि) रुपमा बसोवास गरेको पाईन्छ किन भने अस्ती मेरो वाउ बाजेको पाला सम्म नै छेत्री वाहुन र नेवार हरु (जो क्षेत्रपा गा.वि.स. मा पछी आएर वस्ती वसाले वा वसोवास गर्न शुरु गरे) को स्थिती निकै नाजुक भएको कुरा सुन्न पाइन्थ्यो र त्यसको केही नमुना हरु अझै वाकी छन हाम्रो अगाडि। तर दु:ख लाग्दो कुरा अहिले को स्थिती अर्कै भएको छ।
 सन्त्यताको कुरा गर्ने हो भने तपाईंहरुको ( नै भन्छु म अन्न्यथा नसोच्नु होला) डा. स्वामी प्रपन्नाचार्य (काले राई) को भनाइ अनुसार नै तपाईंहरु मङोलियन वा मङ्गोलिया बाट आएको होइन भने हामी कसरी येउटै हुन सक्छौ र। आजको जमानामा पनि सजिलै सुनेको कुरा मा र यौटा दुइटा ब्यक्तिगत् किताब हरु पढेर यो र त्यो भनेर ठोकुवा गर्न जती सजिलो छ प्रमाणित गर्न त्यती नै गाह्रो छ।
हिजो अस्ती एक जना राइ साथी भेटेको  थिए मैले उहाले के भन्नु हुन्थ्यो भने किरातिहरु काठमाडौं बाट भागदै जाँदा जिरी मा बसोवास गरेका र किराती भनेर बस्ने डरले जिरेल बनेर बसेको राइ लिम्बु नै हो र तमाङ भय देखी उहिले नै तमाङ हरुले लागि हाल्ने थियो नि किन लगेन भन्नु हुन्थ्यो त्यस्तै कुरा गर्नु हुन्छ तपाईं। त्यसैले जिरेल हरुलाई किराती को सन्तान  भनी त्यती सजिलै नसोच्दा नै धेरै राम्रो हुने थियो। र त्यसको लागि आभारी हुनेछु।

जिरेल जी, भिरजाने गाईलाई रामराम भन्नसकिञ्छ तर काध थाम्न सकिन्न भने जस्तै आजको युगमा पनि हामी र हाम्रो मूलबासी समुदायहरुलाइ  गैरमूलबासीले   त्यतिसजिलै मतवाली अर्थात् मत्तियर बिहोसिमा हिड्ने भनेकाहोइनन र २४० वर्ष अगाडी देखि निरन्तर  निरंकुस  साशन गरिरहेका छन्  किनकि यसमा हाम्रो मान्छेहरुको कमजोरी धेरै छ जस्तोकि तपाई जिरेलले  छुट्टै हु भन्नु हुन्छा, म  राइले छुट्टै हु भन्छु, त्यस्तै गुरुङ, तामाङ, मगर, लिम्बु , सुरेल, थामी, मेचे, कोचे, धिमाल, राजबंसी, थारु, दानवर, सुनुवार, शेर्पा, थकाली, माझी, आदि सबैले म छुट्टै हु भन्नुनै हाम्रो मुख्य समस्या हो आखिर बाहुनले यहिँ चाहन्छ  ग्लोबलैजेसन युगमा सन्सार भरिकै मुस्लिमहरु सबै अदम र हब्बको सन्तान हौ भनेर गर्ब गर्छन त्यस्तै क्रिस्चियनहरु पनि त्यहिँ कुरामा विश्वास गर्छन फलस्वरूप आज इस्लाम  र क्रिस्टियन धर्म विश्वमा  विस्तार भएर गैरहेका छन् तर नेपालका डेढ करोड आदिबासीहरु हामी एउतै हौ एकजुट हुन जरुरि छ भन्ने सन्दर्भमा कथाकथित्  इतिहासको बयान गरेर बिखण्डनको कुमार्ग तिर गहिरहेका छौ यसले हमिलाइनै नोक्सान छ भने क्षेत्री बाहुनलाई भने एकदम फाइदा छ किनकि उनीहरुको मूल नीति भनेकोनै "फुटाऊ र राज गर" हो   हाम्रो बुझाई गलत छ किनकि हाम्रो आध्यनको कमिछ प्राय जसो गरि हामी बाहुनले भनेको कुरा सुन्छौ र उस्सैले लेखेको इतिहास पढ़छौ जुन सबै झुटा छन् कारण बाहुनले आफु र आफ्नो सन्ततिको भलाइको लागि बोल्छ अनि लेख्छ तसर्थ यो युगमा विभाजित होइन एकताको जरुरि छ (How to unity it is must important things) अन्यथा बोकेको कुकुरले कहिले पनि मृग मार्ने वाला छैन ?
Show less

Reply
 · 

+Aboriginal rai मेरो विचार के हो भने हामी मतवाली मात्रै नभै सबै छेत्री वाहुन सहित मिलेर वस्नु पर्छ भन्ने हो आजको दिनमा पनि जातिय भिन्नताको कुरा  गरेर मुलवासी र गैर मुलवासी भनेर बस्ने मेरो उद्धेश्य होइन ना कि  मुसलमान र क्रिस्चियन हरुको सन्ख्या बढेको बढेइ छ हाम्रो पनि बढाउनु पर्छ भन्ने नै, त्यसैले को कहाँ जादै छ त्यो जाँदा जाँदाइ थाहा हुने  कुरा हो मलाई लाग्छ यस्तो कुरामा कोही कसैको सुन्न चाहदैनन र बुझ्न पनि।
मेरो काम भनेको जिरेल हरु के हुन त भन्ने वास्तविक्ता सबैले थाहा पाउन अरु ले नभय पनि जिरेल आँफैलाई आफु के हो, पुर्खा हरु को हुन र जिरेल को सँग सम्वन्धित छ भन्ने कुरा मा भ्रम स्रिजना नहोस, झुटो कुराले प्राथमिकता अथवा मान्यता नपावोस भन्ने मेरो मान्यता हो र त्यो कुरा पत्ता लगाउनु हाम्रो (जिरेलको) लागि  अपरिहार्‍य भएको छ।

Eng.dan jirel ko lekh ko baaremaa.Tahal Jirel डर लाग्दो जङल मा सुर सिंह किरात को सन्तान हरु आएर बसोबास सुरु गरेको भय देखी उनिहरुले किन भाषा चाँही राइ लिम्बुको भाषा लाई थोरै पनि सम्बन्धन नलीइ किन अर्को भाषा आप्नाएको होला यसको बारेमा पनि केही स्पस्ट पढन पाय हुने थियो।
कि भाषा पनि केशर जिरेल ले तिब्बत बाट ल्याएका हुन कि? बिशिस्ट यबम् मौलिक सास्कृतिक रितिरिवाज, भाषिक पहिचान सहित को परम्परा र आफ्नै परम्परागत भौगोलिक क्षेत्र रहेको महत्व कती सम्म छ त यहाँ?
म लेखक टहल जिरेल होइन।

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...