Thursday, October 31, 2013

Avocado fruit farming attracts local farmers



By Our Correspondent
Khandbari, Oct. 25
Avocado fruit, locally known as Ghiufal, farming is progressing in Mamling Village Development Committee (VDC) of Sankhuwasabha district. The farming was started only two years ago. Avocado is an expensive but nutrient fruit.
Udaya Poudel, a farmer, said that the farming developed in the area after 50 farmers gave up other crops to take it up.
He added that though the fruits were growing well, the farmers were not able to take adequate benefits due to lack of marketing. "Due to lack of publicity and awareness about the nutritional benefit of the fruit, farmers have failed to reap due benefits," he said.
In the foreign market, avocado fruits were sold at Rs. 1,000 per kg. But in Nepal, these fruits are sold at Rs. 200-500 per kg only.
This fruit is very good for health and can be consumed regularly. But here this fruit is consumed only when people fall ill. Thus, farmers complain that people come to purchase avocados only when their family, friends, relatives or neighbours become unwell.
The 50 farmers have planted avocados in three ropanies of land.
Buddhamaya Basnet, a farmer, said that they could not generate profit only by production.
Some people have begun to realise its importance though. Farmers are attracted towards avocado farming but complain that there is a lack of bazaar.
The farmers bring avocado plants from Dhankuta and plant them. They have planted avocados in the garden which was used to produce maize, millet, potatoes and other agricultural yields.
People from the headquarters, Khandbari, and the business centre, Chainpur, have understood the importance of the fruit.
Ashish Shakya, president of Chainpur Chamber of Commerce and Industry, said that the market could not be expanded due to lack of information on the fruits grown in Mamling.


Article by Lee Reich 
  
After eating an avocado, it is hard to resist planting its seed. However, to get the seed sprouting quickly you need to be quick as the seed will need immediate planting. Luckily there is a tried and tested method when it comes to growing avocados from seed. This is done by poking three toothpicks into the side of the seed so that it can perch, halfway immersed in water, on the rim of a drinking glass. The seed could also be avocado planted in potting soil, but this misses some of the fun of watching the roots and the shoots grow. 
Avocado roots, like those of most other plants, need oxygen to grow, so the seedlings would actually grow better in soil than in water. When growing a seedling in water, the water should be changed at least every couple of days to prevent it from getting dirty and depleted of oxygen. One way to speed germination in soil is to remove the parchment like seed coat and slice a thin layer from both the top and the bottom of the seed before planting. In water or in soil, set the seed with its base (the wider portion) down. 

Indoors, avocado plants are often gangly and sparse with leaves. One reason for the plant's gawky appearance indoors is lack of light. Lack of sufficient light causes stems to stretch for it, a phenomenon know as etiolation. Another reason is that avocados shed many buds along their stems, buds that might have grown into side branches. The result is a plant stretching out for light, sending out new growth mostly from the tips of thebranches and shedding old leaves. 

There are several things indoor gardeners can do to keep their plants more attractive. Most obvious is to give your avocado tree brighter, stronger light. Also, the stretch for light is exaggerated when warmth stimulates growth, so the ideal spot for the plant is at the brightest window in the coolest room. Beyond that, pruning back a stem or pinching out its growing tip stimulates branching by awaking dormant buds (not all are shed) further down the stem. There is nothing that can be done about the shedding of older leaves. 
Every indoor avocado grower holds out hope for fruit from his or her plant. This is always a possibility, but realistically it is not likely to happen. The time from seed to fruiting under good growing conditions is about a decade. Indoors, this time period is lengthened and plants may never experience good enough conditions to ever flower, let alone ripen fruit. 

Lack of fruit on an indoor tree is no great loss, because seedling trees rarely produce fruits as tasty as those on commercial trees, which are grafted to good-tasting cultivars. Indoors, avocados are best looked upon as a houseplant that is inexpensive, fun to grow and somewhat attractive. 



Tuesday, October 29, 2013

दरबार हत्याकान्डमा सबैभन्दा पहिले मारिएका थिए दीपेन्द्र' -तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगर 'प्रत्यक्षदर्शी'




अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।

दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, 'दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।'



हरेक महिनाको अन्तिम शुक्रबार 'गुड फ्राइडे' मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । 'दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले' गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो 'प्रत्यक्षदर्शी' हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । 'भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,' लम्तेरीले भने, 'केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।'

लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । 'मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।'



लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । 'दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,' उनले भने ।

वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । 'मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,' उनले भने, 'वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।'



गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । 'ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,' लम्तेरीले भने, 'पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।'

खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । 'घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,' लम्तेरीले भने, 'हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।'

आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि 'त्यतिसम्मको दुस्साहस' गरेको उनले बताए । तर 'कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको' उनले बताए । 'पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।'



आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, 'म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।'

उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । 'गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,' उनले भने ।

उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । 'तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,' उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । 'ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।' पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए ।



दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । 'म निर्दोष छु,' उनले भने, 'मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।'

उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । 'लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,' उनले नयाँ पत्रिकासँग भने, 'उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।'

नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।

लम्तेरीको बयान



म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।

म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । 'रोयल फेमिली'सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो ।

दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने ।

जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर 'गुड प|mाइडे' मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको 'हिजो आजका कुरा' कार्यक्रम आउँथ्यो ।



अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।

दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें ।



गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ ।

अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।

सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन ।

मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।



हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।

बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो ।

मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।

एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो ।

दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो ।



२ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ ।

मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें ।

म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ ।

तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन ।

यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।





पर्शुराम काफ्ले/नयाँ पत्रिका

काठमाडौं, ७ साउन

Saturday, October 19, 2013

एमालेको सात प्रदेश : नाम पनि छैन, नक्शा पनि छैन

विवादित विषयमा जनमत संग्रहमा जाने प्रस्ताव
२ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी संविधानसभाका लागि तयार पारेको घोषणापत्रमा सात प्रदेशको प्रस्ताव गरेको भनिए पनि सो प्रस्तावमा न सात प्रदेशको नक्शांकन गरिएको छ, न नामै उल्लेख छ । कुन-कुन प्रदेशलाई सात प्रदेश बनाउने भन्ने कतै चर्चा छैन । एमालेले बहुपहिचानसहितको ७ वटा संघीय प्रदेश बनाउने भने पनि नाम र नक्सा नबनाई घोषणा पत्र तयार पारेको हो । प्रदेशहरुको नामाकरण प्रदेश सभाले गर्ने एमालेको प्रस्ताव छ ।
 प्रत्येक संघीय प्रदेश साझा र मिश्रति बसोबास तथा जनताको समान अधिकार सुनिश्चितासहितको हुनेछ’ घोषणा पत्रमा भनिएको छ । पार्टी सचिव एवम् संविधानसभा केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय संयोजक युवराज ज्ञवालीको अध्यक्षतामा शनिबार बसेको बैठकले चुनावी घोषणापत्र कात्तिक ५ गते सार्वजनिक गर्ने निर्णय गरेको छ । अघिल्लो संविधानसभाको राज्य पुनःसंरचनासम्वन्धी समितिमा एमालेले माओवादीसँग मिलेर १४ प्रदेशको प्रस्ताव बहुमतले पारित गरेको थियो । तर, पछि एमाले आफ्नो पूर्ण निर्णयबाट पछि हटेको थियो ।
एमालेले शासकीय स्वरुपमा सुधारिएको संसदीय व्यवस्थाको प्रस्ताव गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति रहने एमालेको घोषणा पत्रमा उल्लेख छ । जनमत संग्रहको प्रस्ताव एमालेले नयाँ संविधानका विवादित विषयमा जनमत संग्रह गर्ने प्रस्तावसहितको घोषणा पत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । एमालेले घोषणा पत्रमा संविधान निर्माणको ५ बुँदे प्रतिबद्धता र मार्गचित्र प्रस्तुत गरेको छ । प्रक्रियाबाट सहमत हुन नसकेका विषयलाई जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाई संविधान जारी गर्ने एमालेको प्रस्ताव छ । घोषणा पत्रको नेकपा एमालेः संविधान निर्माणको मार्गचित्र शीर्षकको तेस्रो बुद्धामा लेखिएको छ-’संविधानसभाको पहिलो बैठक बसेको एक वर्षभित्र संविधानको मस्यौदा तयार गरी जारी गर्ने गरी कार्यतालिका निर्माण गरिनेछ । संविधानसभाको प्रक्रियाबाट समाधान हुन नसकेको विषयहरुलाई जनमत संग्रहका माध्यमबाट टुंगो लगाई संविधान जारी गरिनेछ ।’

एमालेले अघिल्लो संविधानसभामा भएको सहमतिलाई निरन्तरता दिन सहमतिको पहल गर्ने बताएको छ । एमालेले संक्रमणकालको व्यवस्थापनका लागि राजनीतिक सहमतिमा जोड दिने बताएको छ । संसदभित्र र सरकार गठनमा उत्पन्न हुन सक्ने बहुमत अल्पमतको स्थितिले संविधान निर्माणलाई प्रभावित गर्न नदिन जिम्मेवार भूमिका खेल्ने घोषणा पत्रमा उल्लेख छ । एमालेले चुनावी घोषणा पत्रमा ५१ सालको ९ महिने सरकारका अधिकांश लोकपि्रय कार्यक्रम र नारालाई पनि समावेश गरेको छ ।

 एमालेले ५ वर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउने, ५ लाखलाई आबास दिने र १० वर्षमा कोही पनि नागरिक आवासविहीन रहनु नपर्ने अवस्था ल्याउने, प्रतिवर्ष ३ लाख रोजगारी सिर्जना गर्ने लगायतका महत्वकांक्षी योजना अघि सारेको छ । एमालेले चुनावी घोषणा पत्रमा नेपाल बन्द कहिल्यै नगर्ने प्रतिवद्धता जनाएको छ । राजनीति पेसा नभई सेवा भएको भन्दै एमालेले पार्टी कार्यकर्तालाई उत्पादन कार्यमा जोडिएर आत्मनिर्धर बन्न र राजनीतिलाई सफा गर्न समेत आहृवान गरेको छ ।

यस्तो छ एमाओवादीले चाहेको नयाँ नेपाल

 २ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले ११ प्रदेशको अवधारणासहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको समितिले तयार पारेको प्रतिवद्धता पत्र नाम दिइएको घोषणा पत्र माओवादीले शनिबार विहान विशेष कार्यक्रम गरी सार्वजनिक गरेको हो । पहिचानसहितको संघीयताको पक्षमा रहेको माओवादीको घोषणा पत्रमा मधेसमा तीनसहित ११ स्वायत्त प्रदेशको प्रस्ताव गरिएको छ ।
जसमध्ये ८ प्रदेशको नामाकरण जातीय आधारमा गरिएको छ भने ३ प्रदेशको नाम भूगोलको आधारमा राखिएको छ । माओवादीले प्रस्ताव गरेको प्रदेशहरुमा लिम्वुवान, किराँत, ताम्सालिङ, नेवाः तमुवान, मगरात, भेरी–कर्णाली, सेती–महाकाली, थारुवान, मधेस र कोचिला रहेका छन् । प्रदेशहरुको प्रष्ट नक्सा नै प्रस्तुत गरेको उसले अन्तिम सीमांकन भने राज्य पुनःसंरचना आयोगको सिफारिसमा गर्ने बताएको छ । माओवादीले २४ बटा स्वायत्त क्षेत्र र आवश्यकता अनुसार संरक्षित क्षेत्र बनाउने प्रस्ताव गरेको छ । प्रस्तावित स्वायत्त क्षेत्रहरुको नामाकरण पनि जातीय आधारमा नै गरिएको छ । प्रस्तावित स्वायत्त क्षेत्रहरुमा शेर्पा, कुमाल, राजवंशी, सुनुवार, माझी, नदुवार, चेपाङ, सन्थाल/सतार, धागड/उराउ/झँगड, थामी, धिमाल, भोटे÷लामा, थाक्खा, दराई, थकाली, पहारी, छन्तेल, बराम, जिरेल, दुरा, मेचे, लेप्चा, व्यासी, ह्याल्मो रहेका छन् । एमाओवादीले यसरी बनाइने प्रदेश र स्वायत्त क्षेत्रहरुको प्रमुखमा वाहुल्य रहेको उत्पीडित जाति/समुदायलाई १० वर्षसम्म अग्राधिकार दिने बताएको छ ।

मधेसमा ३ सहित ११ प्रदेश, नेतृत्वमा उत्पीडित जातिलाई १० वर्षसम्म अग्राधिकार

 ‘प्रदेश र स्वायत्त क्षेत्रहरुमा संवन्धित प्रदेश/क्षेत्रमा वाहुल्य रहेको उत्पीडित जाति/समुदायको सदस्यलाई प्रमुख नेतृत्वको अग्रधिकार हुनेछ । तर यो व्यवस्था दुई कार्यकाल अथवा १० वर्षपछि स्वतः निष्क्रिय हुनेछ’–घोषणा पत्रमा उल्लेख छ ।
कार्यकारी राष्ट्रपति 
एमाओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको पुरानै प्रस्तावलाई घोषणा पत्रमा समेटेको छ । राष्ट्रपतिले राष्ट्राध्यक्ष, सेना प्रमुख र कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नेछन् भने प्रधानमन्त्रीले दैनिक सरकार र प्रशासन संचालनको जिम्मेवारी वहन गर्नेछन् । प्रदेशहरुमा प्रदेश प्रमुख (गभर्नर) र मुख्यमन्त्री रहने एमाओवादीको घोषणा पत्रमा उल्लेख छ । एमाओवादी न्यायपालीकालाई संसदको माहाहतमा राख्ने अडानबाट भने पछि हेटेको देखिन्छ । उसले घोषणा पत्रको न्यायालय शीर्षकमा संविधान र संघीय कानूनको व्याख्या गर्ने अधिकार केन्द्रीय संघीय सर्वोच्च अदालतलाई दिने प्रस्ताव गरेको छ ।

 प्रचण्ड देशकै निर्विवाद नेता 

अघिल्लो पटक पार्टी अध्यक्ष प्रचण्डलाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको एमाओवादीले यस पटक भने कसैको नाम प्रस्ताव गरेको छैन । तर, प्रचण्डलाई देशकै निर्विवाद नेताको उपमा दिएको छ । ‘पार्टी अध्यक्ष प्रचण्डको चातुर्दिक क्षमताले उहाँलाई पार्टीको मात्र नभएर देशकै निर्विवाद नेताको स्थानमा स्थापित गरेको छ’ घोषणा पत्रको एमाओवादीलाई नै भोट किन ? शीर्षकमा उल्लेख छ– ‘प्रचण्डको वरिपरि उत्तम समक्ष र स्थापित नेताहरुको केन्द्रीकरणले समकालिन नेपाली राजनीतिमा एमाओवादी अरुभन्दा कोशौं अगाडि छ ।’
अनिवार्य सैन्य तालिम

 एमाओवादीले घोषणा पत्रमा १८ वर्षमाथि सबै नागरिकले अनिवार्य सैन्य तालिम लिनु पर्ने व्यवस्था गरिने उल्लेख गरेको छ । अघिल्लो संविधानसभामा उसको यो प्रस्ताव अस्वीकृत भएको थियो । एमाओवादीले नेपाली सेना लगायतका सुरक्षा क्षेत्रको पुनःसंरचनाका लागि उच्चस्तरीय सुरक्षा आयोग गठन गर्ने बताएको छ ।
वेपत्ता र शहीद परिवारलाई तामाकोशीको शेयर 
एमाओवादीले आफ्नो सरकारले गरेको शहीद र वेपत्ता परिवारलाई राहत स्वरुप दिइने १० लाख मध्ये ५ लाख नगद र बाँकी तामाकोशी जलविद्युत आयोजनाको शेयर दिने निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता घोषणा पत्रमा गरेको छ । स्वच्छिक अवकासमा गएका पूर्व लडाकूलाई आजीवन पेन्सन, अप्रमाणित लडाकूलाई विशेष राहत र जनयुद्ध तथा राजनीति आन्दोलनमा विशिष्ठ भूमिका निर्वाह गरेका क्षेत्रहरुको विकासका लागि विशेष प्योकज कार्यक्रम ल्याउने उसले बताएको छ । घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुको घोषणा पत्र अन्य दलको भन्दा उत्कृष्ट भएको दावी गर्नुभयो । एमाओवादी आफ्नो विचार र घोषणाप्रति प्रतिवद्ध रहेको भन्दै उहाँले आफू प्रधानमन्त्री हुँदा आएको बजेटले त्यसलाई प्रष्ट पारिसकेको दावी गर्नुभयो ।

एमाओवादी घोषणा पत्रको मुख्य बुँदा 
– १० वर्षमा नेपाललाई विश्वको उच्च मध्यम तहको धनी र ४० वर्षमा उच्च तहको धनी देशमा रुपान्तरण गर्ने ।
– १० वर्षमा १० हजार मेगावाट, २० र ४० वर्षमा क्रमश : २५ हजार र ४५ हजार मेगावाट विद्युत उत्पादन । १० वर्षमा सबै गाउँ वस्तीमा विद्युत ।
– ५ वर्षमा कुल ७.९ प्रतिशतको आर्थिक बृद्धि । दश, वीस र चालिस वर्षमा क्रमशः ११, १२.४ र १२.४ प्रतिशतको आर्थिक बृद्धिले औसतमा ११.९ प्रतिशतको बृद्धि हासिल गर्ने ।
 – १० वर्षमा बेराजगारीको अन्त्य गरी देशभित्र पूर्ण रोजगारीको व्यवस्था गर्ने ।
 – ५ वर्षभित्र निरक्षरता र १० वर्षमा निरपेक्ष गरीबीको पूर्ण उन्मुलन ।
 – प्रत्येक गाविसमा खेल मैदान, निर्वाचन क्षेत्रमा सेमी कभर्ड हल, पाँच विकास क्षेत्रमा १/१ रंगशाला र एक अन्तराष्ट्रि रंगशाला
– प्रत्येक नेपालीका लागि प्रमुख ५० रोगको स्वास्थ्य विमा ।

 – प्रत्येक निर्वाचन क्षेत्रमा नमुना सहकारी गाउँ निर्माण । ५ वर्षभित्र पूरै देशलाई खुला दिसा मुक्त क्षेत्र बनाउने । – चीनको तिब्वतबाट आउने रेललाई काठमाडौं हुँदै लुम्बिनी पु¥याउने ।
– निजगडमा अन्तराष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा, विराटनगर, धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण । ५ वर्षमा थप ५ वटा हजाइजहाज खरिद ।
 – किसानलाई परिचय पत्र । कृषक पेन्सन कोषको व्यवस्था । भूमिहिनले जमिन किन्न चाहे किनेको जग्गा राखेर न्यून व्यजदरमा १० वर्षसम्म ऋण । 

Thursday, October 10, 2013

World no 7th and 13th ‘Sex workers’ in Kuwait.

‘Sex workers’ made KD 20,000 during 4-day stay in Kuwait 
Via KuwaitTimes

Kuwaiti police arrested two ‘sex workers’ who said that they have made more than KD 20,000 in only four days since they came to the country on “business trips”. The arrests were made on Tuesday at a Salmiya hotel where the two European nationals planned to stay during the Eid Al-Adha holidays to “offer their services” to clients who hired their services online. According to a security source, probe started after investigators from the Morals Investigation Department in the Interior Ministry followed up on two women promoting their sex activity in Kuwait.

The information received also indicated that the two women are ranked 7th and 13th on a pornographic website where people can subscribe and pay money to spend time with any of the women listed. According to the source, the detectives subscribed to the websites and obtained the address where the two women were staying. They headed to the hotel with arrest warrants and arrested them.

The price rate offered at the website ranged between KD 300 per hour spent with a woman, KD 600 for two hours and KD 2,500 for an entire day. Investigations indicated that the woman who was ranked 7th received 16 customers while the other had 13 customers since they arrived to the country four days before their arrest.

They further provided full lists which had names of customers from several Gulf states who they were supposed to meet during the upcoming holiday. The two, who investigations revealed had arrived to Kuwait on commercial visas, remain in custody pending deportation while investigations are ongoing to arrest their clients.

Tuesday, October 8, 2013

When are you ready to take your relationship up to the next level?



By Laura James

Many people dream of getting married to “the one,” but how do you know when you and your partner are ready to take the plunge?
Here are some questions to ask yourself if you're thinking of making plans to step the relationship up to the next level:

  • Trust: Do you know each other's email and Facebook passwords but never feel the urge to use them to snoop? That's trust.
    Can you happily wave your partner goodbye as they go for a coffee with a friend of the same sex? That's trust.
    Would you tell them your deepest secrets? That's trust, too.
    It's an essential ingredient to a happy, healthy relationship. Make sure you've got that down pat before thinking about getting married.
  • Goals: if your ultimate goal is to be a Hollywood movie star and your partner's is to live a quiet life in the country, this could become a source of conflict: You will be focusing energy on different goals.
    Aiming for the same objectives in life brings you closer together and also makes you more likely to achieve them because you're encouraging each other and working together to get there. Those who have met through a dating site like www.eharmony.com have a good basis for shared goals since they will have been matched on compatibility.
  • Respect: This is another crucial ingredient in a marriage ready relationship.
    You won't be able to happily share your life with someone who you don't respect, or who doesn't respect you. This includes their opinions and perspective on life, their beliefs, values and intelligence. Signs of mutual respect include listening to the other's opinions, taking him/her and his/her ideas seriously and responding in kind.
  • Love: This one goes without saying, but if you don't have a deep love for your prospective spouse then don't even consider getting married.
    Don't take them for granted – show your love in some small way every day, whether it's by spending quality time, being physically affectionate, giving words of encouragement and praise, or helping them out in some small way.
  • Communication: We all know that talking about your problems is better than bottling them up, but this is easier said than done. Many people feel it's easier to ignore a problem than to bring it up. But if you ignore it, there's no chance of it being resolved.
    Communication is one of the key foundations of a strong relationship, and without it, marriages flounder.
  • Expectations: How do you want to spend your days? Are you homebodies or party animals? Do you want to travel or live abroad?
    How will you distribute the household chores? Are you dog people or cat people?
    It's important to have these discussions before tying the knot.

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...