वृजराज कुशवाहा/उज्यालो । नवलपरासी, भदौ १९ –
मंगलबार पाकिस्तान बिरुद्धको खेल चलिरहँदा झण्डै
उदास मनस्थितिमा पुगेका नेपाली खेल प्रेमीलाई
उत्साहित बनाउन सफल युवा स्ट्राइकर विमल
घर्ती मगर नवलपरासीका शान बनेका छन् ।
~~~~~~~~~~~~~~~~~~~~~~~~
२०५४ साल भदौ ३१ गते नवलपरासी पञ्चनगर
भूतहाको एक सामान्य परिवारमा विमलको जन्म
भएको हो । उनमा सानै उमेरदेखि फुटबल खेल्ने
रुची रहेको आमा धनमाया घर्ती मगरले बताउनुभयो ।
सानो छँदा विमल अरुकै घरमा टिभी हेर्न जान्थे ।
आमा धनमाया सम्झनुहुन्छ, ‘ऊ
सानो हुँदा घरमा टेलिभिजन थिएन, हामीलाई छलेर
भएपनि टेलिभिजनमा फुटबल खेल हेर्न
छिमेकीको घरमा पुग्थ्यो । राती अबेर मात्र घर
फर्कन्थ्यो । पढ्नमा सामान्य भएपनि कहिल्यै फेल भने
भएन । ७ वर्षको हुँदा साथीहरुसँग फुटबल खेल्न सुरु
गरेको हो । ऊसँग फुटबल खेलेका उसका साथीहरु अहिले
पनि उसलाई सम्झिने गर्छन् । मलाई सोध्छन्, ऊ घर
कहिल्यै फर्कन्छ ।’
विमलका बुबा पनि खेलाडि
विमलका बाबु होमबहादुर प्रहरीमा जागिरे हुनुहुन्थ्यो ।
उहाँ पनि फुटबलका राम्रा खेलाडि हुनुहुन्थ्यो । खेलकै
कारण उहाँ जागिरमा रहँदा महेन्द्र पुलिस
क्लबको बी टीमबाट खेल्नुहुन्थ्यो ।
आफू
जागिरमा रहँदा राम्रो पढाइका लागि गाउँको सनराइज
बोर्डिङमा कक्षा ६ मा अध्ययन गरिरहेका विमललाई
दिपेन्द्र प्रहरी स्कूल
बेलचौतारा पोखरामा पढ्नका लागि ०६३
सालमा भर्ना गरिदिनुभयो । भर्ना गरेको १
महिनापछि बुटवलबाट घर फर्कने क्रममा सडक
दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा ०६३
सालमा बाबु होमबहादुरको निधन भयो ।
सानै उमेरमा एक्लो महशुस गर्नु परेपछि विमल आफू
चिन्ता गर्थे । तर ‘म छु नि आमा’ भनेर आमालाई
सम्झाउने गर्थे ।
परिवार र साथीभाइका प्रिय
****
सोझा र सरल स्वभावका विमललाई टीसर्ट असाध्यै मन
पर्छ । अवसर पाए दौतरीसँग नाच्न, गाउन
पनि पछाडि पर्दैनन् । गाउँमा रहेका विमलका मिल्ने
साथीहरु सुमन शाही र रोशन थापाले
बेलाबेलामा ‘विमलको फोन आयो कि अन्टी’ भनेर सोध्ने
गरेको आमा धनमाया बताउनुहुन्छ ।
आमा छोराको गएको मंसिरमा मात्र भेट भएको रहेछ ।
आफूलाई माया गर्ने र आमालाई कहिल्यै दुःख नदिने
बानी नै उसको असल बानी रहेको आमा धनमायाको बुझाइ
छ । घरमा हुँदा विमल साथीहरुसँग घुमफिरमा रुचाउने र घर
ढिलो गरी राती राती फर्कने बानी छ ।
‘उसको नराम्रो पक्ष नै भन्नुपर्दा कहिलेकाहीँ ढाँट्ने गर्छ’
आमा धनमायाले भन्नुभयो ।
दीपेन्द्र प्रहरी बोर्डिङ स्कूल
बेलचौतारा पोखरामा पढिरहँदा बाबुको निधन भएपश्चात
घरबाट रेखदेख हुन नसकेपछि आमाले १
वर्षको पढाइपछि उनलाई पुनः गाउँको विद्यालय सनराइज
बोर्डिङमै भर्ना गर्नुभयो ।
प्रहरीमा चिनजान भएको आधारमा विशेष
दौडधुपपछि उनलाई एन्फा बुटवलमा भर्ना गरियो ।
बुटवलमा ४ वर्ष पढेपछि काठमाडौं गएको आमा धनमायाले
जानकारी दिनुभयो ।
विमलको गोलको चर्चासँगै
उनको घरमा रहेका बहिनी मनीषा र
आमा धनमाया असाध्यै खुशी हुनुहुन्छ । ‘छोरा विमलले
केही गर्ला भन्ने ठूला आशा जागेको छ । फुटबल क्षेत्रमै
राम्रो गरोस् र नाम कमाओस्’ आमा धनमायाले
शुभकामना व्यक्त गर्नुभयो ।
विमलको आमाले जस्तै सबै नेपाली समर्थकको कामना र
चाहना पनि यही हो ।
---------
हो यिनै हुन नेपालको ईज्जत जोगाउने बिमल घर्तीमगर । जसले
मंगलबार साँझ भएको साफ च्याम्पियनसिप फुटवलमा पाकिस्तान
बिरुद्ध गोल गरेर नेपालको सेमिफाइनल यात्रालाई जिवितै
राखिदिएका छन् ।
सलाम बिमललाई ।

No comments:
Post a Comment