Friday, May 12, 2017

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो आफ्नो मात्री भाषा सहित आफ्नो मौलिक धर्म संस्क्रितिको संरक्षनको बारेमा सोचेनौ भने कसले सोच्ने? जिरेलहरुको मुख्य वस्ती रहेको मुख्य पुर्व तिन गाविसहरुमा पनि हाम्रो भाषाको ठुलो भिन्नता हुनु त्यो हाम्रो मौलिक्ता हो। यो कुनै आपसमा एकअर्कालाई श्रय दिने आधार होइन, त्यसैले यो हाम्रो भाषा शैलीको विचमा भएको भिन्नतालाई समेत जिवित राख्नु हाम्रो कर्तव्य हो, नाकी एउटालाई प्रधान मानेर अर्कोको नाश गर्ने । त्यसैगरि हाम्रो परिचयलाई राजनितिक धार्मिक र गाउँ ठाँउ विशेष पुर्वाग्रही बनाउनेहरु बाट जोगाउनु पनि त्यतिनै जरुरी भएको छ आज ।

यो अवस्थामा हामी जिरेलहरुले यसको संरक्षनमा भएका केहि आधारहरु जस्तो जिरेल भाषाले राष्ट्रिय पत्रिकामा स्थान पाउनु र जिल्लाका रेडियोहरूले जिरेल भाषामा समाचार वाचन गर्नु पनि हाम्रो लागि उपलब्धि होइन र? यो उपलव्धि कस्को कारनले आएको थियो? एकपटक पछाडी फर्किने कि ?

र आजको संविधानले सिमित रुपमा उपलब्ध गराएको अधिकारको कार्यन्वयनको लागि अब पनि जिरेल स्वायत्त, विशेष र संरक्षित क्षेत्रबाट जिरेल समाजलाई अलग राख्नमा को कसले मुख्य भुमिका खेल्दै छन ? सोच्ने हो कि? हामी जिरेलहरुले छुट्ट्याउने कोशिस गर्ने हो कि?

हामी जनजाति जिरेल हरुलाई एक अल्पसन्ख्यक जनजातिबाट पनि अलग गर्दै राई किराँत जाति सङ्ग जोडेर एक जातिको हाँगा भनेर हाम्रो अल्पसन्ख्यक जनजातिको आधिकारबाट पनि हामी आफुलाई बन्चित गर्ने बाटो तिर त हामी लागेका छैनौ । एकपटक गम्भिरताका साथ सबै जिरेलहरुले सोच्नु पर्छ कि ?

हामी जिरेल समाज सामाजिक रुपले गम्भिर स्थितिमा पुगेको अवस्थामा जातिय राज्यको नाममा राजनिती गरेर हामी हामी बिच द्वन्द फैलाएर हाम्रइ मौलिक अधिकारहरुबाट बन्चित गर्न हाम्रा जिरेलहरु नै लागेका छन् । लामो समयको पर्खाइ पछि आफ्नो मुखमा आएको शिकार खुस्किने भएले त्रशित हरु सम्पुर्ण बल वुद्धि को प्रयोग गर्दै विवेकलाई छेऊ लगाएर तपाई हामी सामु आएकाछन् । त्यसैले हामी हाम्रो परिचयको मुख्य आधारहरु आफ्नो भाषा र धर्म संस्क्रितिको संरक्षनको लागि को कसले हाम्रो पक्षमा काम गर्दै आएकाछन् ? गर्न अग्रसर छन् ? थाहा पाउने हो कि?

जिरेलहरुसहित सम्पुर्ण समाजको उत्थानको नाममा ३० वर्ष देखी लागि परेका कसैबाट यो बाटोमा कुनै एक कदम बढाउने कोशिस भयो ?यहाँ सम्मकि जिरेलहरु जनजाति महासंघको नेत्रित्व तहमा पनि पुगे । जिरेलको नाममा। नतिजा जिरेल जाति परिचयलाई ब्यक्तिगत कथामा समेटे।  भाषाले शुन्य रुप लिइसकेको छ र धर्म पनि कतिले अन्य धर्म अपनाई सके भने बाकि पनि आफ्नो धर्मलाई अवशेसको रुप दिदै हिन्दु धर्मलाई प्रशय दिन जोडतोडका साथ लागेको छ जिरेल समाज ।  
  
तर विडम्वना हामी सबै जिरेलहरु पनि अनेकौ लाल्चा भ्रम र आफ्नो ख्यातीको चँग्गुलमा फसेर हामी आफुलाई अझ दरिद्र तिर धकेलदै छौ । त्यसैले म सबै जिरेलहरुलाई यो अनुरोध गर्छु कि भ्रममा नपरौ।  आफ्नो समाजबाट आफ्नो मौलिक भाषाको दाहसंस्कार भएको आजसम्म खुशी हुदै हाँसेर हेरेर बस्न तपाईहामीलाई को कसले प्रेरित गरेको थियो वा छ ? थाहा पाउनुस। यसरि के हामीले सहि गरेका थिएँउ ? थाहा पाउनुस । के अब हाम्रो मौलिक भाषाको लोप हुनुले हाम्रो प्रगती सुनिश्चित गर्छ ? के यो हाम्रो मौलिक भाषाको हामीलाई केहि चिन्ता छैन ? यसको लोप हुन दिउ? के गर्ने हो ? निर्णय र अधिकार तपाईहरुको हातमा छ । त्यसैले यो समयलाई आफ्नो पक्षमा प्रयोग गर्दै आफ्नो परिचयको आधारहरुको संरक्षनको लागि तपाईले एक कदम आजै अघि बढाउनुस । भोली होइन आज । 

स्वायत्त, विशेस र संरक्षित क्षेत्रको नाम देखिनै तर्सिने र हाम्रो भाषाको संरक्षनको कुरालाई अशिक्षित गँवार को सङ्ग्या दिदै आफुहरु आधुनिक एक्काइसौ सताव्दीमा पुगेको बहानामा हाम्रो विनाश चाहाने हरुको राम्रो पहिचान गरौ । हामी हाम्रो व्यक्तिगत संरक्षन भन्दा माथि सामाजिक संरक्षनमा लागौ । आफ्नो ब्यक्तिगत उन्नतिको लागि सिङ्गो समाजलाई भ्रममा नपारौ ।  समाज आज आफ्नो पक्षमा हुँदा त्यो समाजलाई प्रयोग गरेर उनिहरुको हित् विपरित कानुन बनाउने हरुलाई सहयोग गर्न आजै बाट छोड्नु होला, र हामो समाजको हितमा जसले काम गर्छ उसैको पक्षमा समाजलाई उभ्याउने बाटोमा लाग्नुहोला । होइन भने समय र पालो सबैको आउछ त्यो समाज कुनै बेलामा पन्चायतको पक्षमा थियो भने भोली को कुरामा कसले देखेको छ ? सबै कुकुरले पालो पाउछ भन्ने कुरा सर्वसिदितै छ । 

फेरि पनि म मेरो तर्फ बाट सम्पुर्ण जिरेल समुदायलाई यो अनुरोध गर्छु कि हाम्रो परिचयको मुख्य आधारहरुको संरक्षनमा विशेस भूमिका खेल्ने कानुन बनाउनको लागि जहिले पनि अग्रसर रहेर हाम्रो पक्षमा नेपालको संविधानमा आवश्यक संशोधन गर्न लागि परौ । र् अहिले जे जति  संविधानले दिएको छ  त्यसको  कार्यान्वयनको लागि शशक्त प्रयाश गरौ।जो जसले जहाँबाट जसरि सकिन्छ आफ्नो आवाजलाई सर्वसाधारण सम्म पुर्‍याउ। हाम्रो संरक्षनको हितमा कानुन हामी आफै बनाउ । हाम्रो हितमा कानुन बनाउनेहरुलाई जहिलेपनि  समर्थन  गरौ ।

Tuesday, May 9, 2017

पहिचान सहितको सङ्घियता, स्थानिय निर्वाचन र जिरेल समाज

यो स्थानिय निर्वाचनको सरगर्मीमा जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो आफ्नो मात्री भाषा सहित आफ्नो मौलिक धर्म संस्क्रितिको संरक्षनको बारेमा सोचेनौ भने कसले सोच्ने? जिरेलहरुको मुख्य वस्ती रहेको मुख्य पुर्व तिन गाविसहरुमा पनि हाम्रो भाषाको ठुलो भिन्नता हुनु त्यो हाम्रो मौलिक्ता हो। यो कुनै आपसमा एकअर्कालाई श्रय दिने आधार होइन, त्यसैले यो हाम्रो भाषा शैलीको विचमा भएको भिन्नतालाई समेत जिवित राख्नु हाम्रो कर्तव्य हो, नाकी एउटालाई प्रधान मानेर अर्कोको नाश गर्ने । त्यसैगरि हाम्रो परिचयलाई राजनितिक धार्मिक र गाउँ ठाँउ विशेष पुर्वाग्रही बनाउनेहरु बाट जोगाउनु पनि त्यतिनै जरुरी भएको छ आज ।
यो अवस्थामा हामी जिरेलहरुले यसको संरक्षनमा भएका केहि आधारहरु जस्तो जिरेल भाषाले राष्ट्रिय पत्रिकामा स्थान पाउनु र जिल्लाका रेडियोहरूले जिरेल भाषामा समाचार वाचन गर्नु पनि हाम्रो लागि उपलब्धि होइन र? यो उपलव्धि कस्को कारनले आएको थियो? एकपटक पछाडी फर्किने कि ?
र आजको संविधानले सिमित रुपमा उपलब्ध गराएको अधिकारको कार्यन्वयनको लागि अब पनि जिरेल स्वायत्त, विशेष र संरक्षित क्षेत्रबाट जिरेल समाजलाई अलग राख्नमा को कसले मुख्य भुमिका खेल्दै छन ? सोच्ने हो कि? हामी जिरेलहरुले छुट्ट्याउने कोशिस गर्ने हो कि?
हामी जनजाति जिरेल हरुलाई एक अल्पसन्ख्यक जनजातिबाट पनि अलग गर्दै राई किराँत जाति सङ्ग जोडेर एक जातिको हाँगा भनेर हाम्रो अल्पसन्ख्यक जनजातिको आधिकारबाट पनि हामी आफुलाई बन्चित गर्ने बाटो तिर त हामी लागेका छैनौ । एकपटक गम्भिरताका साथ सबै जिरेलहरुले सोच्नु पर्छ कि ?
हामी जिरेल समाज सामाजिक रुपले गम्भिर स्थितिमा पुगेको अवस्थामा जातिय राज्यको नाममा राजनिती गरेर हामी हामी बिच द्वन्द फैलाएर हाम्रइ मौलिक अधिकारहरुबाट बन्चित गर्न हाम्रा जिरेलहरु नै लागेका छन् । लामो समयको पर्खाइ पछि आफ्नो मुखमा आएको शिकार खुस्किने भएले त्रशित हरु सम्पुर्ण बल वुद्धि को प्रयोग गर्दै विवेकलाई छेऊ लगाएर तपाई हामी सामु आएकाछन् । त्यसैले हामी हाम्रो परिचयको मुख्य आधारहरु आफ्नो भाषा र धर्म संस्क्रितिको संरक्षनको लागि को कसले हाम्रो पक्षमा काम गर्दै आएकाछन् ? गर्न अग्रसर छन् ? थाहा पाउने हो कि?
जिरेलहरुसहित सम्पुर्ण समाजको उत्थानको नाममा ३० वर्ष देखी लागि परेका कसैबाट यो बाटोमा कुनै एक कदम बढाउने कोशिस भयो ?यहाँ सम्मकि जिरेलहरु जनजाति महासंघको नेत्रित्व तहमा पनि पुगे । जिरेलको नाममा। नतिजा जिरेल जाति परिचयलाई ब्यक्तिगत कथामा समेटे । भाषाले शुन्य रुप लिइसकेको छ र धर्म पनि कतिले अन्य धर्म अपनाई सके भने बाकि पनि आफ्नो धर्मलाई अवशेसको रुप दिदै हिन्दु धर्मलाई प्रशय दिन जोडतोडका साथ लागेको छ जिरेल समाज ।
तर विडम्वना हामी सबै जिरेलहरु पनि अनेकौ लाल्चा भ्रम र आफ्नो ख्यातीको चँग्गुलमा फसेर हामी आफुलाई अझ दरिद्र तिर धकेलदै छौ । त्यसैले म सबै जिरेलहरुलाई यो अनुरोध गर्छु कि भ्रममा नपरौ। आफ्नो अमुल्य मतको सहि सदुपयोग गरौ । आफ्नो समाजबाट आफ्नो मौलिक भाषाको दाहसंस्कार भएको आजसम्म खुशी हुदै हाँसेर हेरेर बस्न तपाईहरुलाई को कसले प्रेरित गरेको थियो वा छ ? थाहा पाउनुस। यसरि के हामीले सहि गरेका थिएँउ ? थाहा पाउनुस । के अब हाम्रो मौलिक भाषाको लोप हुनुले हामीलाई केहि हुँदैन ? के यो हाम्रो मौलिक भाषाको हामीलाई केहि चिन्ता छैन ? यसको लोप हुन दिउ? के गर्ने हो ? निर्णय र अधिकार तपाईहरुको हातमा छ । त्यसैले यो समयलाई आफ्नो पक्षमा प्रयोग गर्दै आफ्नो परिचयको आधारहरुको संरक्षनको लागि तपाईले एक कदम आजै अघि बढाउनुस । भोली होइन आज ।
स्वायत्त, विशेस र संरक्षित क्षेत्रको नाम देखिनै तर्सिने र हाम्रो भाषाको संरक्षनको कुरालाई अशिक्षित गँवार को सङ्ग्या दिदै आफुहरु आधुनिक एक्काइसौ सताव्दीमा पुगेको बहानामा हाम्रो विनाश चाहाने हरुलाई पुर्न रुपमा वहिस्कार गरौ । हामी हाम्रो व्यक्तिगत संरक्षन भन्दा माथि सामाजिक संरक्षनमा लागौ । आफ्नो ब्यक्तिगत उन्नतिको लागि सिङ्गो समाजलाई भ्रममा नपारौ । नेत्रित्व तहलाई पनि मेरो विनम्र अनुरोध छ आफ्नो ब्यक्तिगत उन्नतिको लागि सिङ्गो समाजलाई भ्रममा नपारौ । समाज आज आफ्नो पक्षमा हुँदा त्यो समाजलाई प्रयोग गरेर उनिहरुको हित् विपरित कानुन बनाउने हरुलाई सहयोग गर्न आजै बाट छोड्नु होला, र हामो समाजको हितमा जसले काम गर्छ उसैको पक्षमा समाजलाई उभ्याउने बाटोमा लाग्नुहोला । होइन भने समय र पालो सबैको आउछ त्यो समाज कुनै बेलामा पन्चायत, काङग्रेसको पक्षमा थियो भने भोली को कुरामा कसले देखेको छ ? सबै कुकुरले पालो पाउछ भन्ने कुरा सर्वसिदितै छ ।
फेरि पनि म मेरो तर्फ बाट सम्पुर्ण जिरेल समुदायलाई यो अनुरोध गर्छु कि यो स्थानिय निर्वाचनलाई सहि सदुप्रयोग गर्दै हाम्रो परिचयको मुख्य आधारहरुको संरक्षनमा विशेस भूमिका खेल्न, जहिले पनि अग्रसर रहेर हाम्रो नेपालको संविधान बनाउन लागि पर्ने राजनितिक पार्टी माओवादी केन्द्रका उम्मेदारहरुलाई मतदान गरौ। त्यसैगरि क्षेत्रपा अर्थात वैत्यश्वर आठ वडामा रमेश अधिकारीको टोलीलाई आफ्नो अमुल्य मतदान गरौ ।
गाउमा माछा बाँडेर जाल र बल्छी आफ्नो हातमा राख्नेहरुलाई त्यागौ र त्यो जाल बल्छी खोसौ अर्थात समाजमा साधारन लोभमा नफसौ हाम्रो संरक्षनको हितमा कानुन हामी आफै बनाउ । हाम्रो हितमा कानुन बनाउनेहरुलाई आफ्नो मत दिएर सहयोग गरौ।

Sunday, May 22, 2016

जिरेल जाति परिचय


साथै "लामा प्रचलनलाई पनि कुनै एक जिरेल् पुर्खा तिब्बत् गएर लामा पढेर आएर विभिन्न लामा चमत्कार हरुबाट सबै जिरेलहरुलाई प्रभावित् पारेर शुरु गरेको हो भन्नु हास्यद्पद् लाग्छ। " हुनु पर्नेमा अन्यथा भयेको छ, त्यसैले सच्च्याएर पढ्न अनुरोध् गर्दछु।


Saturday, March 7, 2015

मेरो लागि केहि साधारण कुरा हरु




१. म माओवादीले १० बर्ष लडेको युद्धको पक्षमा थिईन र अब पनि त्यस्तो होस भन्ने चाहाना मेरो छैन तर मेरो के बुझाई छ भने आज उनीहरुले जे गर्दै छन र जस्तो संविधान उनीहरुले चाहेका छन् ( जुन पिडित बर्गको अधिकार सम्पन्न हुने सपना पुरा गर्न केहि मात्रामा उपयोगी हुनेछ तर पूर्ण अझै हुने सम्भावना छैन) त्यो आजको अपरिहार्य आवश्यकता हो l केहि रुपमा भएपनि उनीहरुले पिडित वर्गलाई अधिकार सम्पन्न बनाउने कोशिश गरि रहेका छन्, त्यो पनि प्रजातान्त्रिक माध्यम बाट l त्यसैले मेरो लागि उनीहरु सहि छन् l
२. माओवादीको यहि नै ठुलो सफलताको सुत्र हुने र यहि कुराहरु केहि सत्ता नजिक रहेका हरुको दुर्भाग्य हुने पक्का देखे पछि सत्ताशिन हरु यसको विरुध्धमा जानलाई कथित जातिय राज्यको भ्रम फैलाएर आफु सत्तामा टिकिरहने सपना देख्दैछन l
३. प्रचण्ड अब युद्धको पक्षमा छैन र अब युद्ध गर्न जानु पर्ने आवश्यकता पनि देखिदैन, ता कि जनता'ले पूर्ण रुपमा अधिकार सम्पन्न पहिचान सहितको संघिय संविधान पाउन l
४. प्रचण्ड लाई जनताको रगत बगाउनु नै थियो भने उ पूर्ण रुपमा हात हतियार ले सुसज्जित थियो र नेपाल भरि बाट करिव करिव राज्यलाई बाहिर राखी सकेको थियो त्यहाँ बाट आजको अबस्थामा आउने नै थिएन आएपनि शेना समायोजन गर्ने नै थिएन ताकी उनीहरुको राज्यबाट भरन पोषण हुन लागिसकेको थियो त्यो अबस्थामा उनीहरु झन् शक्ति साली हुदै जाने थिय र युद्ध लड्ने तयारी राज्यको मानु खाएर गर्न पाउथे l
५. यसरि हात हतियार र जनशक्तिले सुसजित भएको व्यातित्व उसलाई सम्पत्तिनै जोर्नु थियो भने के उसलाई बहुला कुकुरले तोकेको थियो र सबै मौका हरु छोडेर सर्बसाधारण रुपमा एक नेता भएर बस्नलाई जुन बाटो बाट सजिलै आफ्नो लक्ष पुरा हुने स्थितिलाई छोडेर नया बाटो रोज्नु पर्ने आवश्यकता नै थियन l ता कि काठमाडौँ को एउटा टोल वा क्षेत्र मा मौखिक वा शारीरिक रुपमा नै हैकम चलाउनेले त सरकार हल्लाएर बसेका छन् नेपालमा भने उसले देशै हात लि सकेको थियो भने जति चाहिने सम्पन्त्ति कमाएर अहिले सम्ममा कुनै देश युरोप वा अमेरिकामा विलाशिताको जीवन बिताइरहेको हुने थियो l तर किन अझै आफ्नो जीवन नै माया मारेर अझै पिडित वर्गको अधिकारको लागि भन्दै लड्दै छन ?
के वास्तवमा म नै भ्रममा परेको छु त ? माओवादी हरु गलत नै हुन् त ?
हुनत आफ्नो जातिको पहिचान के हो बुझ्न नचाहनेको लागि आफ्नो जाति भाषा र परा पुर्व काल देखि आफ्नो पुर्खाले बचाई राखेको चलन चल्ती संस्कृति को जगेर्ना गर्न नचाहने र अरु जे भएपनि आफ्नो भाषा त बोल्नु त्यो पनि गर्न नचाहनेको लागि भालु लाई पुराण सुनाए झैँ पहिचान र अधिकारको के कुरा गर्नु जो २१ सौ शताव्दीका सभ्य शिक्षित नागरिक भै सके पछि नेपाली भाषा भए पुगी हाल्छ आफ्नो भाषा र पहिचान किन जोगाउनु पर्छ र ? हामी सबै एक जाति एक भेष र एक देश भनेर पिडित र पिछडिएका र लोपोमुख जातिहरुको उद्धार गर्ने नीति को विरुद्धमा जातीय राज्य र युद्धको भ्रम फैलाउनु र त्यसैमा विश्वास गर्नु हामी आजको नेपालीको लागि कति दयनिय कुरा भएको छ भन्ने कुरा कसरि बुझ्ने हामी l

Sunday, January 18, 2015

प्रश्नहरु संविधान बनाउनेहरुलाई

पहिलो संविधान सभा निर्वाचनमा जनता सबै डराएर नै माओवादीलाई पहिलो पार्टी बनाएको हो? के अब नेपाल नेपालीकोलागि एकीकृत माओवादी अनावश्यक नै भएको हो? यसले लडेको १० वर्षे जन युद्ध निरर्थक नै थियो ? हजारौ नेपालीको जीवन दान, केहि व्यक्तिको एउटा सत्ता लोलुपता मात्रै थियो ? जुन बाबुराम प्रचण्ड ले एक एक वर्ष प्रधान मन्त्री भएर सरकार चलाउदा पुरा भै सकेको हो ? अब यिनीहरुबाट केहि पनि हुन सक्दैन ? अब फेरि पहिला जस्तो अवस्थाको सिर्जना हुने सम्भावना क्षीण भैसकेको हो ? अब कहिल्यै नेपाली जनताले त्यो स्थिति भोग्नु पर्दैन ? आज नेपाली काङ्ग्रेस एमाले ले पाएको बहुमत सबै जनताको चाहना नै हो ? यसमा केहि पनि छल छाम भएको थिएन ? साच्चै नै अब नेपाली जनसमुदायको लागि, लाखौ नेपाली जनताले चाहेको, विशेषगरी युवा वर्ग साथै हजारौ युवा युवतीले चाहीनचाही पक्ष विपक्षमा रहेर दुवैतिरको कारणले दिएको वलिदानको प्रतिफलकोरुपमा स्थापित एनेकपा माओवादी - हात्ती आयो हात्ती आयो फुस्सा भएकै हो ? अब यो कहिल्यै उठ्न नसक्ने भएकै हो? मूली नै ढले पछि हाँगा वीगाको के कुरा ? प्रचण्ड ताप राप ले छुएन झन् किरण बाटैमा हराउने भयो भने अब विप्लव विप्लवी मै डुब्ने होला? के प्रचण्ड ले नेपाली जनतालाई धोका दिएकै हो ? उसलाई अब पुगिसकेको हो ? उसको पुस्तौ पुस्ता लाई पुग्ने कमाई सकेर अब कुना पस्ने सुरमा लागेका हुनत ? उसले गर्दा नै अब संविधान नबन्ने भएको हो ? के पी ओली नै सहि हुन् ? नेपाली काङ्ग्रेस एमाले नै नेपाली जनताको अहिलेको आवश्यकता हो? नेपाल ले २०४७ को संविधान नै खोजेको हो ? करोड नेपालीको चाहना राजसंस्था पुर्णस्थापना सार्थक ?
जहाँ बाट राजतन्त्र खतम भयो , राजपरिवार खतम भयो राज संस्था पनि खतम भयो, कोहि कसैलाई कतै चिलाएन, तर अहिले फेरि कराउदै एउटा काम बाकी भन्दै त्यो हो नेपाल ........... गर्नु रे, तर वास्तवमा के गर्ने हुन् मैले थाहा पाउन सकिन ? राजा आउ देश बचाउ, राजसंस्था पुन स्थापना गर, हिन्दू राष्ट्र घोषणा गर जनता के भन्छ,राज संस्था ल्याउ भन्छ भन्ने हरुले सडक तताउन लागि सके l संवैधानिक राजतन्त्र हिन्दूराष्ट्रको माग गर्ने कमल थापा संविधानसभामा सर्वधर्म समभावसहित सनातन हिन्दूराष्ट्र घोषणा गर्न लागि परेका छन् l साथमा खुम बहादुर खड्का पनि हिन्दु राष्ट्र घोषणा नभए संविधान जारी भएकै दिन जलाउने तयारीमा लागेका छन् l प्रक्रियाको विरोध गर्ने दललाई प्रतिकार गर्ने चेतावनी दिन्छन, एमाले भू पु अध्यक्ष खनाल l अगाडि भन्छन 'हामीले माओवादीको १० वर्षे जनयुद्ध देख्यौं, मधेस आन्दोलन देख्यौं,अब कुनै आन्दोलनको हावादारी धम्कीको साथमा यो गर्छौ त्यो गर्छौ भनेर अब नेपालमा केहि हुदैन l एमाले अध्यक्ष ओलीले एमाओवादीको धम्की मधेसका केही मठाधिस अनि 'लिपिस्टक' अवसरवादी जनजाति नेताको कारणले सहमति हुन नसके प्रक्रियाबाट संविधान बनाउनुको विकल्प नभएको बताउँदै आएका छन् यसरी वरिष्ट व्यक्तिले राजनीतिक पार्टी पार्टी प्रमुख हरुलाई यस्ता अमर्यादित शब्द प्रयोग गर्नु कहाँ सम्म उचित हो ? होइन भने के कारवाही हुञ्छ ? यही कुराहरुलाई लिएर प्रचण्ड भन्छन 'एमाले अध्यक्ष ओली कुनै राजा महाराजा पनि होइनन यो देशको ठेकेदार पनि होइनन। विगतका सहमति विपरित जातीय क्षेत्रीय लैगिक अधिकारविरुद् बाेल्ने हिम्मत उहाँमा कहाँबाट अायाे? यसले समस्याको समाधान हुँदैन सहमति बिना माघ गते संविधान पनि आउदैन। यदि संख्याकै आधारमा बलपूर्वक प्रक्रियामार्फत संविधान निर्माण गर्न खोजे त्यसको प्रतिबाद गर्छौ एमाले महासचिव ईश्वर पोखरेलले एमाओवादीसहित मधेसी मोर्चा सहमतिमा नआए अंक गणितकै हिसाबमा संविधानको फैसला गर्ने चेतवानी दिएका छन् भन्छन फैसला अंक गणितमै हुन्छ
बालुबाटार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्तुतिबाट बिच्किएर हिँडेका एमाओवादी अध्यक्ष प्रचण्ड ओलीप्रति आक्रामक बनेका थिए बैठकमा ओलीले पहिचानसहितको संघीयता भन्नेहरुलाई विखण्डनकारी भनेका थिए ओलीले सहमतिका लागि आन्दोलनको मोर्चा विघटन गर्नु पर्ने, पहिचानको कुरा गर्नै नहुने जस्तो कुरा गरेपछि एमाओवादी नेताहरु बैठक छोडेर हिडेका थिए
अब सडक आन्दोलन चर्काउने प्रचण्ड गठवन्धनको निर्णय कहाँ पुग्ने हो ? उता नेकपा - माओवादी ले संविधानसभा विघटन गरी राष्ट्रिय एकताको सरकार गठन गरिनु पर्ने देखेका छन् l
दलहरू आफैंले तोकेको संविधान जारी गर्ने दिन आउन अब केहि दिन पनि छैन सो अनुसार बलवानहरु माघमा संविधान ल्याउँछौं भनि राखेका छन् सकारात्मक नकारात्मक, गाली गलौच, आरोप प्रत्यारोप गरीरहेका छन् पार्टी प्रमुख हरु बलवानहरु बल प्रयोग गर्छौ भन्छन भने कमजोर हरु बल देखाऊछौ भन्छन, आखिर हुने झगडा नै होला नि मतलव सडक आन्दोलन, दमन, प्रतिकार हुदा हुदै के रुप लिने हो ?
यी पार्टी प्रमुखहरु, सभासदहरु सरकारले सोचेका छन् कि छैनन् ? त्यसको नतिजा कस्तो हुने हो? यस्तो प्रवृत्तिले के संविधान बन्ला ? संविधान को कुरा पनि आपसमा झगडा गर्दै जारी गर्ने दिन पर्खेर बसेर सम्भव ? खै अनुकुल राजनीतिक वातावरण बनेको ? अनि खै पार्टीहरु बीच विस्वास जागेको ? ३०, ३५ राजनीतिक दलहरुमा पार्टी मात्रै हामी संविधान बनाउछौ भनेर संविधान बन्छ ? के त्यो पार्टी को मात्रै हो ? अनि यो समाजको बुद्धीजीवि वर्ग केहि जिम्मेवार नागरिक पनि विश्वस्त छन् ? नेताहरु सबै धम्क्याउने बाटो मात्रै खोज्छन। नेपाल नेपाली जनताको मर्मलाई बुझेर विवेकशील तरिकाले निर्णायक रुप दिने सोच कसैले बनाउन सकेका छैनन्। त्यो स्थिति कहिले बन्ला ? बन्ने सम्भावना पनि देखिदैन टाढा टाढा सम्म, अनि हाम्रो देश खै कहिले के बन्ला ?
के यसले विप्लव र करोड जनताको चाहना.......पुनस्थापना भन्ने हरुको पक्षमारहेका समुहहरुलाई प्रवल बल दिने काम गरेको छैन ? यदी यसले विप्लवहरुलाई बल पुग्यो भने त्यो सफल हुञ्छ ? कि फेरि अर्को प्रचण्डको जन्म हुने मात्रै होइन ? होइन भने पनि ९० दशक को शुरुवातमा जे पेरुका जनताले भोगे भख्खरै श्रीलंकाका तामिल बिद्रोही हरुले भोगे, त्यहि अब फेरि नेपाली जनताले भोग्नु परे जिम्मेवार हुन को तयार छन् ? कोहि जिम्मेवार हुन तयार छन् ? कुनै दल वा दल प्रमुख, सम्वन्धित कार्यकर्ता अथवा सर्बसाधारण ? जसले दलहरुलाई मर्यादित संविधान बनाउने अधिकार दिएका थिए ?
टहल बहादुर जिरेल
क्षेत्रपा-, दोलखा
हाल कुवैत

13 Jan., 2014  

संघियता र प्रजातन्त्र

 अहिले पहिचान सहितको संघियता र ७ सालमा प्रजातन्त्र दुइटैको समय अनुसार महत्व उत्तिकै छन् l संघियताले देश टुक्र्याउने भ्रम जनतामा फैलाएर वा त्यो भ्रममा परेर पहिचान सहितको संघियताको विरोध गर्नु ७ सालमा प्रजातन्त्रको विरोध गर्नु भन्दा पनि ठुलो मुर्ख्याई वा बहुलट्ठीपन हो l तर दुर्भाग्य ७ सालमा प्रजातन्त्रको विरोध गर्ने भन्दा बढी अहिले संघियताको विरोध गर्ने छन् सडक देखि संसद अनि सामाजिक संजाल सम्म l अनि जनता ७ सालमा शिक्षित कि अहिले ? संघियता लाई नेपालको आधुनिक प्रजातन्त्र को रुपमा लिन नसक्नु हाम्रो कमजोरी होइन र ? मधेशीहरुलाई आफ्नो पहिचानको आधारमा राज्य व्यवस्था चलाउन नदिनु र दार्जीलिंग लाई भारतले बिहार बाट अलग राज्य नदिनु एउ टै होइन ? कुनै न कुनै बेला त्यो दुवै ठाउले आफ्नो अधिकार त लिई छोड्ने छन् l जस्तो अझै पनि भारतको कति राज्य हरु टुक्रिदै छन l हामीले अहिलेनै सम्भावित स्थिति हरुलाई विचार गरेर राज्य व्यवस्था को संरचना गर्दा के देश ले विखनडनको रुप लिने देख्नु हाम्रो कमजोरी होइन ?
काठमाडौँ मा जति पनि मधिशे हरु छन् ति सबै भारतीय हुन् नेपाली होइनन ? किन उनीहरुलाई नागरिकको रुपमा हेरिदैन ? जो कोहि पनि अर्थात् बच्चाले पनि मधिशे भनेपछि ठुलो स्वर गर्न र सके हात पात गर्न पनि पछि पर्दैनन् भने त्यो उनीहरुले कहिले सम्म सहन्छन ? उनीहरुको जीवनस्तर जहिले पनि येस्तै नै कायम रहन्छ त ?
अहिलेको राज्य व्यवस्था र संरचना लाई नै नागरिक हकहितको सर्वस्व स्वीकार गर्नु र अझ सुनौला अवसर हरु को ढोका खुल्न बाट मुख मोड्नु हाम्रो र हाम्रा सन्ततिको दुर्भाग्य होइन ?
यी कुराहरुलाई गम्भीर रुपमा नलिई आफ्नो समर्थनको व्यक्ति, नेता र पार्टी विशेष को आधारमा हामीले समर्थन गर्दै जानु नै हामी मुर्ख भएर महामुर्खहरुलाई अझ धेरै सुनौलो मौका दिनु हो l त्यसैले पहिचान सहितको संघियता आजको आवस्यकता हो l यो कुनै कसैको रहर होइन र यसले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने पनि होइन l यदि त्यस्तो फाइदा पुग्छ भने अहिले कै अबस्थामा बढी पुग्छ र भोलि आउने संघिय व्यवस्थामा होइन l प्रचण्डले अकुत सम्पति कमाएको देख्नु को कारण हरु मा एक चुनाव हार्नलाई यहि पहिचान विरोधी हरुको पैसा खाए, जित्नलाई होइन ता कि प्रचण्डले मतपत्र को ओसार पसारमा आफ्नो प्रतिनिधि राख्ने अडान छोडुन र शेना समायोजन गर्न पनि यहि पहिचान विरोधी हरुले किने प्रचण्डलाई ताकी यी पहिचान पक्षधरहरु कम्जोर बनुन, भनेपछि यी पहिचान विरोधी हरुलाई नै हामी किन समर्थन गर्दै छौ फेरि l यदि पहिचान को पक्षमा लागेर प्रचण्डले गल्ति गरेको भए र त्यो राज्य व्यवस्था गलत भएको भए प्रचण्डलाई किन्नु पर्ने जरुरत यी पहिचान विरोधीहरुलाई पर्ने नै थिएन नि ? जनताले त्यसै नंग्याउने थिए नि
यिनीहरुलाई, तर आफु नांगिने भय ले प्रचण्डलाई किने यिनीहरुले अनि अहिले संसदमा सडकमा र सामाजिक संजालमा पनि आफ्नो उपस्थिति देखाउने जमर्को गरिरहेका छन् यी भिजिलान्ते हरु l मदन भण्डारीको भिजिलान्ते हरु पंचायत वादीहरु थिए भने पहिचान विरोधी भिजिलान्ते हरु ओली वादीहरु हुन् l

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...