Monday, September 22, 2014

सर्पको बिष बियरले निकाल्यो...

तपाईलाई कुनै बिषालु सर्पले टोक्यो भने के गर्नु हुन्छ ? यो सवालको जबाफ तेति सजिलो भने छैन । यदि बिषालु सर्पले टोकी हाल्यो भने पनि हामी कहि कतै नहेरी घरेलु उपचार गर्न लाग्छौ या त हस्पिटल तिर जान्छौ । तर तपाईले बिष निकल्ने यस्तो काईदा थाहा पाउनु भयो दंग पर्नु हुन्छ ।



सर्पको नाम सुनेर नडराउने मान्छे बिरलै होलान् तर अष्ट्रलियामा घटेको यस्तो घटना पढेर सबैको होस नै उडेको छ ।अष्ट्रेलियामा बस्ने ५४ बर्षिय रोड समरविललाई सबैभन्दा बिषालु सर्प 'ब्राउन स्नेक'ले डसेको थियो त्यतिबेला उनी बगैचामा काम गरिरहेका थिए ।snake

त्यसपछि उनले सबैभन्दा पहिला ईमर्जेन्सी सर्विसमा फोन गरे अनि फ्रिज खोलेर चिसो बियर पिउँन थाले । धेरै पिडा भएको कारण अब आफु बाचिदैन भन्ने सोचेर रोडले केहि छिन् को लागि भएपनि आनन्द लिन्छु बन्दै बियर पिए ।

यति भएपछि रोड त बचे तर ब्राउन स्नेक संसारको सबैभन्दा बिषालु सर्पको रुपमा गनिन्छ। यो सर्पले एक चोटिमा करिब ४ मिलिग्राम बिष फ्याक्दछ । अष्ट्रेलियामा सर्पले टोकेर हुने धेरै जसो मृत्युमा यहि जातको सर्प जिम्मेबार छ।
- See more at: http://nepaliheadlines.com/2014-03-12-13-46-04.html#sthash.wWeTjw6b.dpuf



तपाईलाई कुनै बिषालु सर्पले टोक्यो भने के गर्नु हुन्छ ? यो सवालको जबाफ तेति सजिलो भने छैन । यदि बिषालु सर्पले टोकी हाल्यो भने पनि हामी कहि कतै नहेरी घरेलु उपचार गर्न लाग्छौ या त हस्पिटल तिर जान्छौ । तर तपाईले  बिष निकल्ने यस्तो काईदा थाहा पाउनु भयो  दंग पर्नु हुन्छ ।
 
सर्पको नाम सुनेर नडराउने मान्छे बिरलै होलान् तर अष्ट्रलियामा घटेको यस्तो घटना पढेर सबैको होस नै उडेको छ ।अष्ट्रेलियामा बस्ने ५४ बर्षिय रोड समरविललाई  सबैभन्दा बिषालु सर्प 'ब्राउन स्नेक'ले डसेको थियो  त्यतिबेला उनी बगैचामा काम गरिरहेका थिए  ।snake

त्यसपछि उनले  सबैभन्दा पहिला ईमर्जेन्सी सर्विसमा फोन गरे अनि फ्रिज खोलेर चिसो बियर पिउँन थाले । धेरै पिडा भएको कारण अब आफु बाचिदैन भन्ने सोचेर  रोडले केहि छिन् को लागि भएपनि आनन्द लिन्छु बन्दै बियर पिए ।
यति भएपछि रोड त बचे तर ब्राउन स्नेक संसारको सबैभन्दा बिषालु सर्पको रुपमा गनिन्छ।  यो सर्पले एक चोटिमा करिब ४ मिलिग्राम बिष फ्याक्दछ । अष्ट्रेलियामा सर्पले टोकेर हुने धेरै जसो मृत्युमा यहि जातको सर्प जिम्मेबार छ।
- See more at: http://nepaliheadlines.com/2014-03-12-13-46-04.html#sthash.wWeTjw6b.dpuf

Sunday, September 21, 2014

नेपालको ताजमहल रानीघाट

रानी महल ,रानीघाट, पाल्पा

---------------------------------------------------------------------
सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिम तर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सदिक्षा र सम्झना
मा निर्मित दरबार अहिलेसम्म पुरानै स्वरुप पुरानै शैलि पुरानै अवस्थामा छ ।
१९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालि नदि उत्तर हानिने मोडमा बिशाल चट्टान माथि पश्चिमिकला कैशलको बेजोड नमूनाले सिंगारेर निर्माण कार्य पूरा गरेका थिए । ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महागा महागा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउादा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झादै भावविह्वल हुादै मध्यरातमा रुादै चिच्याउाथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र गर्‍यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफुमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटि लिएर उनि भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ ।रानीघाट दरबार । फोटो: मुक्तिप्रसाद न्यौपाने/बुटवल अनलाइ








Tuesday, September 16, 2014

जिरेल जाति को छोटो मिठो परिचय ( Short & Sweet story of Jirel People )

यहाँ जिरेल हरुको बारेमा जान्न चाहनु हुने लाई मैले जाने बुझे अनुसार मेरो विचारमा जिरेल हरु -- किरांत हरु ३५ सय बर्ष पहिला देखि नै नेपालमा छन र यिनीहरुले इसा पुर्व ८०० देखि इस्वी संवत ३०० सम्म लगभग १२ सय वर्ष नेपालमा राज्य गरेका थिय भने यो भन्दा धेरै पछि काठमाडौँ बाट किरांत हरु बाहिरिएको लगभग १००० वर्ष पछि मात्रै जिरेल हरु नेपाल पसेको हो l हाम्रो भाषा ले किरांत हरु संगै जिरेल हरु नेपाल पसेको देखाऊ दैन अर्थात् अझै पनि जिरेल भाषा तिब्बेत बाट नेपाल पस्ने नेपाली हरुमा सबै भन्दा पछि पस्ने शेर्पा हरु संग र अझै पनि तिब्बेततेन विशेष गरि केन्द्रिय तिब्बेतियन हरु संग हाम्रो भाषा लग भग ६५,७० % सम्म मिल्छ l यो कारण ले हामी किराँती हौ भन्ने एउटा कल्पना मात्रै हो l हाम्रो वास्तविकता अर्कै छ वा हो l अर्थात् हामी शेर्पा हरु भन्दा केहि समय पहिला मात्रै (लग भाग आज भन्दा ८,९ सय वर्ष पहिला ) तिब्बेत बाट नेपाल पस्ने तिब्बेतियन मुलका अल्पसंख्यक एक जाति हौ " जिरेल" l
दशैँ तिहार र हिन्दु धर्म पनि हाम्रो झाँक्री धर्म अनुसार हाम्रो पुर्खेउली भूमी सिमरौन्गढ़ मिथिला राज्यको राजधानी शहर मा सिधै हिन्दु राजाको प्रभाव मा परेर अपनाएको हिन्दु शैली हरु हुन जुन कुनै कसैको दबावमा परेर मानेको होइन l हुन सक्छ गाइ संग संवन्धित कुरा र मामा , फुपु का छोरा छोरी लाई दाजु भाइको रुपमा लिने कुरामा केहि दवाव थियो कि?
According to my knowledge the Jirel people of Nepal. As most of the Jirel people of today believe that we are one of Kiraant decendant. In my opinion I totally regret that because Kiraant people are here in Nepal from around 35 hundred years and from 800 BC to 300 AD they ruled over Nepal. Jirel people are migrated from Tibbet 1000 years after Kiraant king were ousted from Kathmandu Valley from now about 8,9 hundred years ago. Because Jirel language is very much similar to central Tibbetian and Sherpa people of Nepal who are recently migrated from Tibbet, Jirel language is similar to these language by 60 to 70 Percentage. Which means regarding our language we are totally unrelated with Kiraant people. Our language, Bon & Lamaish Buddhist religion are Major evidance that shows difference between Jirel and Kiraant People. Those myths remain as it is because we are not Kiraant people we are Tibbetian origin people called " Jirel " today.
These people were in Simaraungadh first of all in Nepal after Tibbet where they were in direct contact of the ruler of those days of Nepal especially wellknown state of Mithilaa. Where they were influenced by hindu culture a lot then they started following some hindu system too. Like worshiping cow as Goddess Laxmi (Goddess of wealth) and taking cousins as own brother and sister.




























Saturday, September 13, 2014

भुपू माओवादी कमान्डर को विचार

जिरेल भुपू माओवादी कमान्डर नविन डार्क लाइट फेसबुक नाम बाट परिचित को प्रतिक्रिया एमालेको विवादित नयाँ मन्त्री महेश बस्नेतको बारेमा
Nabin Darklight
2 mins ·
महेश बस्नेत हिजो जसले जसरी चिने पनि आजको उद्योग मन्त्री । उनी हिजो के थिए ? समाजले उसलई कसरी चिन्छन् ? उसले राम्रा नराम्रा कामहरु के गरे ? त्यो मेरो सरोकारको विषय होइन । मेरो विषय आज एमालेले एउटा युवालाई विवाद कै वीचबाट भए पनि मन्त्री बनाउने आँट गरेको कुरा प्रति हो । एमालेको उक्त निर्णयलाई सलाम । कांग्रेस र माओवादीले पनि सिक्नु पर्छ यस्तो कुराहरु ।
LikeLike · · Share

Thursday, September 11, 2014

Tuesday, August 5, 2014

यसरी रोकियो रक्तपात:कटवाल

-रुक्माङ्गद कटवाल
माओवादीले काठमाडौंमा पहिलो आमसभा गर्दै थियो। त्यो पनि सैनिक मञ्चमा। आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ।
प्रधानमन्त्री एवं रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभाको स्वीकृति दिनुभएछ। प्रधानमन्त्रीको लालमोहरकै भरमा सेनालाई यस्तो निर्णय मान्य हुने कुरा भएन। माओवादीले सेनाको छातीमा बुट बजारेको कुन सिपाहीलाई सह्य हुन्थ्यो र!
शान्ति सम्झौतापछि पनि राष्ट्रिय सेनाप्रति माओवादीको शत्रुतापूर्ण व्यवहार कायमै थियो। सैनिक मञ्चमा परेड खेलेर जितको सन्देश दिने माओवादी नियत मैले बुझेको थिएँ। यसमा सेनाको मनोबल घटाउने अभीष्ट लुकेको थियो।
हेडक्वाटरबाट बालुवाटार जान १५ मिनेट लाग्थ्यो। मैले त्यति धैर्य गर्न सकिनँ। फोनमै आफ्नो अडान प्रधानमन्त्रीलाई सुनाइदिएँ। ‘प्रधानमन्त्रीज्यू, दिल्लीको लालकिल्लाभित्र कुनै पार्टीले आमसभा गरेको थाहा पाउनुभएको छ?’ मैले भनें। ‘मैले चिफसापको कुरा बुझिनँ’, उहाँले मसिनो स्वरमा भन्नुभयो। ‘टुँडिखेलमा राष्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै दलविशेषको आमसभा भएको छ?’ म झोक्किएँ।
उहाँले बुझिहाल्नुभयो। ‘शान्ति प्रक्रियामा आएकालाई किन चिढ्याउनु भनेर हुन्छ भन्दिएको हुँ’, प्रधानमन्त्रीले भन्नुभयो।
‘सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिंदैन’, मैले आफ्नो निर्णय सुनाइदिएँ।
‘शान्ति र संविधानको कुरा छ। राष्ट्रिय सेनाले कसैप्रति प्रतिशोध राख्नुहुँदैन’, उहाँले मनाउन खोज्नुभयो, ‘सेना अलि सफ्ट भइदिनुपर्छ।’
‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ।’
‘ल त ल, आर्मीको नियम अनुसार गर्नुस्’, गिरिजाबाबुले फोन राखिदिनुभयो। मैले प्रधानमन्त्रीसँगको संवाद उच्च सैनिक अधिकारीहरूलाई सुनाएँ। भनें, ‘माओवादीले थाहा पाऊन्, यो संवाद लिक गरिदिनू।’
म र प्रधानमन्त्री कोइरालाबीचको कुराकानीले सबैतिर चर्चा पायो। माओवादीले आफ्नो तयारी भने रोकेनन्। पम्प्लेट टाँसे। दरबार ढलेको चित्र बनाए। सैनिक मञ्चमा पसेर राजपरिवार बस्ने आसन ध्वस्त पार्ने हल्ला चलाए। ‘लोकतन्त्र आइसकेपछि पनि सैनिक मञ्चमा कार्यक्रम गर्न नपाउने?’ उनीहरूका केही नेता हामीविरुद्ध खनिन थाले, ‘राजाको सेनाले जनतालाई टुँडिखेलमा निषेध गर्न पाउँदैन।’ . . .
. . . माओवादीले लाखौं जनताका साथ टुँडिखेल छिर्ने धम्की दिइरहेको थियो। पोस्टरिङ, पम्प्लेटिङ, माइकिङ गरेर प्रोपोगान्डा मच्चाइरहेको थियो। माओवादी दूत बनेर अनुमति माग्न आउनेलाई मेरो जवाफ हुन्थ्यो, ‘सैनिक मञ्च हाम्रो छाती हो। त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु।’
माओवादी सभा हुनु केही दिनअघिदेखि नै सैनिक मञ्च वरिपरि फौज तैनाथ भयो। हामीले अघिल्लो दिन राति नै हातहतियारसहित सैनिक मञ्च घेर्‍यौं। महाँकालको पुरानो अस्पताल र मन्दिरको छतमा सिभिल पोशाकमा सेना खटायौं। सञ्चार सेट र सीसीटीभी जताततै जडान गर्‍यौं। केही भइहाले मानवअधिकारवादीदेखि अन्तर्राष्ट्रिय समुदायसम्मलाई देखाउन क्यामरा जडान जरुरी थियो।
अन्ततः माओवादी पछि हट्यो।
उनीहरूले सैनिक मञ्च टुँडिखेलको सट्टा खुलामञ्चमा आमसभा गरेर चित्त बुझाए। माओवादी अध्यक्ष प्रचण्डले खुलामञ्चबाट सैनिक मञ्चतिर धारे हात लाउँदै भन्नुभएको थियो, ‘को हो त्यो कटवाल भनेको?’
जे होस्, रक्तपात टर्‍यो।
अर्कोचोटि फेरि त्यस्तै घटना भयो। रामेछापका एकजना लप्टन २०६४ चैतमा घर गएका रहेछन्। त्यहीबेला माओवादीले उनलाई नियन्त्रणमा लिएछ। मैले तुरुन्त रक्षा मन्त्रालय समेत हेर्ने प्रधानमन्त्रीलाई फोन गरें, ‘माओवादीले हाम्रो अफिसर कब्जामा लिएका छन्। तुरुन्त छाड्न भन्दिनुपर्‍यो।’
गिरिजाबाबु माओवादीप्रति धेरै ‘सफ्ट’ हुनुहुन्थ्यो। उहाँ विषयान्तर गर्न खोज्नुहुन्थ्यो। म भने टसमस भइनँ। ‘माओवादीले सेनाको अफिसर नियन्त्रण गरेको घटना निकै गम्भीर हो’, मैले प्रधानमन्त्रीलाई मुखै फोरेर भनें, ‘हाम्रो मानिस तुरुन्त छाडून्, नत्र म माओवादी हेडक्वाटर ध्वस्त पार्दिन्छु।’
त्यतिबेला माओवादी मुख्यालय बुद्धनगरमा थियो। मुख्यालय हान्न सिंहदरबारमा रेन्जरसहित एक टुकडी फौज जम्मा गरें। माओवादी कब्जामा रहेका अफिसरलाई छुटाउन पूर्वको सम्बन्धित वाहिनीलाई ‘रेस्क्यु अपरेसन’ थाल्न निर्देशन दिएँ।
केहीबेरमै यो खबर संसारभर पुगेछ। राष्ट्रसंघ, दिल्ली जताततैबाट फोन आउन थाल्यो। मध्यस्थ गर्न खोज्नेलाई मैले भनिदिएँ, ‘म ज्यूँदो हुँदाहुँदै सेनाको कुनै सिपाहीलाई कसैले कोतर्न पनि पाउँदैन, खुरुक्क हाम्रो लप्टन छाड्छन् कि माओवादी केन्द्रीय कार्यालय ध्वस्त बनाइदिऊँ।’
माओवादी डराएछन्। केहीबेरमै हाम्रो लप्टन सकुशल छाडिएको खबर आयो। मैले फौज फिर्ता गरें। अर्को रक्तपात टर्‍यो।
खुला राजनीतिमा आएपछि माओवादीका चैते समर्थक बढ्दै थिए।
हिजो ‘आतंकवादीलाई पानी पिउन दिनुहुन्न’ भन्नेहरू रातारात प्रचण्डको टीका लगाउन थाले। त्यसमा राजनीतिभन्दा ‘जागिरे’ र ‘अवसरवादी’ पृष्ठभूमिवालाको बाहुल्य थियो। पूर्वजर्नेल, अञ्चलाधीश बनेर ज्यादती गरेका, प्रहरीमा बसेर अवसर छोप्दै हिंडेका तथा पूर्वसचिवहरू रङ बदल्दै माओवादी बनेको खबर सुन्न पाइन्थ्यो। दरबारका आसेपासे भएर र सुरक्षा फौजमा बसेर सहुलियत तथा मानमर्यादा पाएकामा पनि माओवादी बन्ने लहर चल्यो। बहालवाला उच्च अधिकारी माओवादीसँग नजिक हुन तँछाडमछाड गर्न थाले। विशेषगरी प्रहरी र निजामतीका हाकिमको प्रचण्ड निवासतिर ‘मर्निङ वाक्’ बढेको सूचना मसँग थियो।
नयाँ जोगीहरू माओवादीभन्दा बढी खरानी घस्थे। माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि त तिनलाई संसारै जिते जस्तो भयो। प्रचण्डको शपथग्रहण कार्यक्रममा उनीहरूले मेरो नूर गिराउने चेष्टा गरे।
प्रधानमन्त्रीको शपथग्रहण शीतलनिवासमा थियो। तयारीबारे बुझ्न म आफै शीतलनिवास गएँ। यस्तो समारोहमा कुर्सी व्यवस्थापनको आफ्नै तौरतरिका हुन्छ। राष्ट्रपतिको दायाँ गिरिजाप्रसाद कोइराला, बायाँ उपराष्ट्रपति परमानन्द झा। त्यसको दायाँ–बायाँ प्रधानन्यायाधीश, सभामुख लगायत सम्माननीय रहन्छन्। राष्ट्राध्यक्षको ठ्याक्कै पछाडि प्रमुख एडीसीलाई राखिन्छ। उनलाई बायाँ पारेर प्रधानसेनापति बस्ने चलन छ। संसद्काल, पञ्चायतकाल सधैंको परम्परा यही हो। प्रचण्डको शपथग्रहण समारोहमा पनि त्यसैगरी बस्ने व्यवस्था मिलाइएको थियो। शशिभवन फर्केर हातमुख धुन नपाउँदै फोनको घन्टी बज्यो। ‘चिफसाप नमस्कार, म मन्त्रिपरिषद्बाट।’
‘किन? भन्नुस्’, मैले सोधें।
‘शपथग्रहण समारोहमा सेनाको चहलपहल नदेखियोस् भन्ने हुनेवाला प्रधानमन्त्रीको चाहना छ। त्यही अनुसार गर्दिनुभए हुन्थ्यो’, उसले भन्यो।
‘तपार्इं धन्दा नमान्नुस्, परम्परा जे छ त्यही हुन्छ’, मैले कुरा टुंग्याइदिएँ। मेरो जवाफले सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएछ। ‘माथिको इच्छा हजुरको कुर्सी मञ्चमा हुनुहुन्न भन्ने छ’, उहाँले भन्नुभयो।
मैले पुरानै जवाफ दोहोर्‍याएँ। लगत्तै गृहसचिव, रक्षासचिवबाट फोन आयो। उहाँहरूले पनि त्यही अनुरोध गर्नुभयो। . . .
. . . म शपथग्रहणको केही समयअगावै शीतलनिवास पुगें। केही गडबड भए दोषजति सेनाकै टाउकोमा थोपरिन्थ्यो, त्यसैले बढी सतर्क थिएँ।
त्यहाँ त के देख्छु, प्रधानसेनापतिको कुर्सी यथास्थानमा छैन। सुरक्षामा खटिएका सिपाहीहरूलाई सोधें। नराख्नू भन्ने आदेश आएपछि हटाइदिएछन्। झोंक त निकै उठ्यो, तर छुच्चो भइनँ। चुपचाप विशिष्टहरूको हारमा बसें। उद्घोषकले समारोह सकिएको घोषणा गरेपछि प्रधानमन्त्रीलाई बधाई दिनेको लाम लाग्यो।
जुन मञ्चबाट प्रधानसेनापतिको कुर्सी हटाइयो, त्यही मञ्चमा लुब्रेकान लगाएर किन गइराख्ने!
म नगएपछि अरू जर्नेल गएनन्। जर्नेल नगएपछि प्रहरीका वरिष्ठ अधिकृत पनि गएनन्। हामी सोझै ‘टी स्टल’ तिर लाग्यौं। त्यहीं डा. प्रकाशचन्द्र लोहनीसँग भेट भयो। हङकङदेखि हाम्रो सम्बन्ध थियो। ‘चिफसाप, होश पुर्‍याएर काम गर्नू है’, उहाँले भन्नुभयो।
‘ह्वाट्स रङ?’ मैले सोधें।
‘भर्खरै मिस्टर क्लाउड (हुनेवाला रक्षामन्त्री रामबहादुर थापा ‘बादल’) र मसँगै थियौं’, उहाँले हाँसीहाँसी भन्नुभयो। ‘अब कटवाललाई पाता फर्काउने बेला आयो’, उहाँले थापाको भनाइ उद्धृत गर्नुभयो।
‘ए भैहाल्छ नि, सनपाटको मोटो डोरी बाटेर पठाइदिऊँला’, मैले जवाफ दिएँ। . . . . . . एक माओवादी सभासद् र कांग्रेसका पूर्वमन्त्री म भएठाउँ आइपुगे।
‘चिफसापले प्रधानमन्त्रीलाई बधाई नै दिनुभएन भनेर हाम्रोमा हल्लीखल्ली मच्चिएको छ’, मसँग ओहोरदोहोर गरिरहने ती माओवादी सभासद्ले भने, ‘उसै त हुनेवाला रक्षामन्त्रीले कटवाललाई पाता कसेर लडाउँछौं भनेका छन्, हजुर चाहिं…।’
मैले नबुझेजस्तो गरें, ‘को हुनेवाला रक्षामन्त्री?’
ती कमरेडले भने, ‘बादल हजुर।’
‘बादल–सादल चिन्दिनँ’, म कड्किएँ, ‘मलाई पाता फर्काउने हिम्मत भएको कोही ज्यूँदो छ भने सनपाटको बीसहाते डोरी मै बाटेर दिऊँला, तपार्इंको मिस्टर क्लाउडलाई यही भन्दिनू।’
वैधानिक, अवैधानिक जस्तो हतकण्डा अपनाए पनि प्रचण्ड प्रधानमन्त्री भइसक्नुभएको थियो। सेनाले जनमतको कदर गर्नै पर्थ्यो। रुकमाङ्गदलाई जति जब्बर हुने छूट प्रधानसेनापतिलाई थिएन। भोलिपल्ट म सेनाका तर्फबाट प्रधानमन्त्रीलाई बधाई दिन जाने भएँ।
‘पौने चार बजेको समय छ’, सचिवालयका कुनै अधिकृतले मलाई खबर दिए। म जहाँ पनि निर्धारित समयभन्दा पाँच/दश मिनेट पहिल्यै पुगेको हुन्छु। समयभन्दा अगाडि नै प्रधानमन्त्रीको चेम्बर बाहिर पुगें। मलाई सरासर भित्र लगे। म आगन्तुक भेट्ने कोठामा बस्न नपाउँदै प्रधानमन्त्री आइहाल्नुभयो। ‘बधाई’, मैले प्रधानमन्त्रीलाई सलाम गरें।
उहाँले कसेर हात मिलाउनुभयो। ‘बस्नोस् न चिफसाप’, कुर्सीतिर देखाउनुभयो। ‘शीतलनिवासमा भेट भएन नि’, मसँग आँखा नजुधाई भन्नुभयो, ‘के भयो त्यस्तो?’
‘नआउनू भनेर काँडाको बार लगाएपछि किन आउनू!’ मैले जवाफ दिएँ, ‘सेनाको कोही पनि देखा नपर्नू भन्ने आदेश रहेछ। तपाईंहरूलाई किन खिन्न बनाइदिनू भनेर आदेश पालना गरें।’
‘कसले नआउनू भन्यो?’ प्रधानमन्त्री अझ् विनम्र हुनुभयो, ‘मलाई किन खबर गर्नुभएन?’
‘जे हुनु भैगयो, हिजोको शपथग्रहणको कुरा बिर्सिऊँ’, उहाँले भन्नुभयो, ‘मलाई साह्रो–गाह्रो परेको छ, सहयोग गर्नुपर्‍यो।’
‘नेपाली सेनाले गर्ने हर वैधानिक सहयोग गरिहाल्छु’, मैले भनें।
‘चीनबाट निम्तो आएको छ, जाने इच्छा छ। नजानू भनेर देशी–विदेशी र हाम्रै मन्त्रीहरूको प्रेसर छ। के गर्ने होला! खुलस्त सल्लाह चाहियो।’
मेरो मन जाँच्न यस्तो जिज्ञासा राख्नुभएको हो वा साँच्चिकै हो, ठम्याउन सकिनँ। ‘तपार्इं जे भन्नुहुन्छ, त्यही गर्छु’, उहाँको भनाइ थियो।
‘तपाईं सार्वभौम राष्ट्रको निर्वाचित प्रधानमन्त्री हो कि होइन? जनताद्वारा निर्वाचित प्रमुख कार्यकारी हो कि हैन? निर्णय लिन स्वतन्त्र हुनुहुन्छ कि हुनुहुन्न?’ मैले प्रश्न गरें।
‘बकाइदा छु।’
‘त्यसो भए कसैले दबाब दिंदैमा किन नजाने? तपार्इं ढुक्क भएर जानुस्।’
‘सेनाले यो भ्रमणको विषयमा मलाई सहयोग गर्छ त?’ उहाँले भर खोजे जस्तो गर्नुभयो।
‘यस्तो विषयमा नेपाली सेनाले तपाईंका लागि ढाड थाप्छ।’
‘चीनबाट भ्रमण शुरू गर्दा राम्रो देखिंदैन कि!’ उहाँले बल्ल कुरा खोल्नुभयो। ‘ओलम्पिकको कार्यक्रममा चीन जान लागेको सबैले बुझिहाल्छन् नि’, मैले आश्वस्त पार्न खोजें, ‘जहाँबाट पहिला निमन्त्रणा आयो, त्यहीं जाने न हो। त्यसमा कसैले चित्त दुखाउँछ, इख लिन्छ जस्तो मलाई लाग्दैन।’
‘गए हुन्छ हैन त चिफसाप?’ एकछिनपछि फेरि पुरानै प्रश्न सोध्नुभयो।
‘जानुस्, यसमा जे परे पनि सेना प्रधानमन्त्रीलाई बोक्न तयार छ।’
‘ल त चिफसाप त्यसो भए म चाइना गएँ है’, उहाँले भन्नुभयो।
(साउनको अन्तिम साता बजारमा आउन लागेको नेपाञ्लय को प्रकाशोन्मुख पुस्तक ‘रुकमाङ्गद कटवाल आत्मकथा’बाट।)

Monday, August 4, 2014

" अझै पनि विद्रोहकै बाटो रोज्नुपर्छ भन्नेहरूले एकफेरा राम्ररी सोच्नुपर्ने समय आएको छ, अब हाम्रो उन्नतिको आधार युद्ध हो कि शान्ति? "


sadhana
साधना प्रतीक्षा

मायावी मोदी
कस्तूरीको सुगन्धले मोहित मृग त्यो सुगन्धको उद्‌गमस्थल खोज्दै रनवन चहार्ने गर्छ। तर पनि उसले त्यसको केही पत्तो पाउन सक्दैन। किनकि त्यो सुगन्धको भण्डार आफ्नै नाभीमा छ भन्ने चेतना त्यसमा हुँदैन। आफ्नै नाभीको सुगन्धको खोजीमा दौडँदा-दौडँदै हैरान भएको मृगसरिका हामी नेपालीलाई मोदीले त्यो सुगन्धबोध गराएर गएका छन् ।
नेपाली भएर नेपाली भाषाको अवहेलना गर्दै सदनमा हिन्दी भाषा बोल्ने हाम्रा मधेसी सभासदहरूलाई आफ्नो भाषाको महत्त्वबोध गराए, उनले आफ्नो सम्बोधन नेपाली भाषाबाट सुरु गरेर। दौरा-सुरुवाल मिल्क्याएर सुटमा सजिनुमा गर्व गर्ने हाम्रा राष्ट्रवादी नेताहरूलाई भाषा र भेष कुनै पनि देशको मौलिक पहिचान हो भन्ने यथार्थसमेत बोध गराए, उनले आफ्नै मौलिक पोसाकमा उभिएर हिन्दीमै नेपाली संसदलाई सम्बोधन गरेर।  आफ्नै भूमिमा भएका अपार प्राकृतिक सम्पदालाई चिन्न नसकेर आफ्ना आवश्यकता पूर्तिका लागि अर्काको मुख ताक्ने बानी परेका हामी नेपालीलाई हाम्रो त्यो अथाह प्राकृतिक स्रोत र साधनको उपयोग गर्नु सत्ता संघर्षभन्दा महत्तम पक्ष भएको यथार्थबोध गराए उनले।
नेताको भाषण भनेपछि वितृष्णा हुनथालेको नेपाली जनमानसलाई मन्त्रमुग्ध पार्दै भाषिक अभिव्यक्तिको सामथ्र्य देखाएर उनले हरबखत आपसमा गालीगलौज र कटाक्ष प्रहार गर्नुलाई आफ्नो वाक्पटुता ठान्दै फुलेल हुने हाम्रा नेताहरूलाई अर्को पाठ पढाएर गए।
मोदीको सम्बोधनका प्रत्येक शब्द-शब्दको शक्ति र ओजलाई पुष्टि गरिरहेको थियो, त्यहाँभित्रको तालीको गडगडाहटले। सभासदहरू उनका प्रत्येक वाक्य टुङ्गनि नपाउँदै ताली बजाउन आतुर देखिएका थिए। साँच्चै भन्ने हो भने लक्षणा, व्यञ्जनाभन्दा पनि पर पुगेर मोदीले ध्वन्यात्मक रूपमा आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका थिए, जसमा एक-दुई प्रसङ्गमा त भारतसामु नेपालको हैसियत दर्शाउनसम्म उनी सफल देखिन्थे। तर हामी भने उनको मनमुग्धकारी शैलीमा मोहित भएर निरन्तर ताली बजाइनै रहेका थियौं।
संविधान निर्माणकै क्रममा एउटा बगैँचाका फूल छुट्टिएर पत्र-पत्र हुनखोजेका हामीलाई उनले संविधानको मर्म सम्झाउँदै संविधानले कहिल्यै पनि तोड्दैन, यसले त जोड्नेमात्र गर्छ भनेर विम्बात्मक शैलीमा सम्झाएर गए। संविधान निर्माण गर्नका लागि ऋषिमनको आवश्यकता हुन्छ भनेको सुनेर ताली बजाउने हामीमा के साँच्चै छ त त्यस्तो ऋषिमन, जसले आज बनाएको संविधान युगौँपछि पनि एक कल्याणकारी दस्तावेजका रूपमा रहिरहनेछ। संविधानमा कुनै अल्पविराम या अर्धविरामसम्म पनि यस्तो रहनु हुँदैन, जुन भविष्यमा हामी नेपालीका लागि विषविज बन्न सक्छ भन्दै उनले संविधान निर्माणप्रतिको सजगतासमेत बोध गराए। प्राचीन समयमा ऋषिहरूले सिर्जना गरेका वेद, उपनिषद आदि शास्त्र अद्यावधि कल्याणकारी भएझै हामीले निर्माण गर्ने कल्याणकारी दस्तावेज अर्थात् संविधानको प्रतीक्षा कहिलेसम्म? यो भने मोदीको नभई आम नेपालीको प्रश्न हो, ६ सय १ 'ऋषि'हरूलाई जो संविधान निर्माणको वेदीमा पलेँटी कसेर बसेका छन्।
साँच्चै मान्नैपर्छ, उनको कुशल वक्तृत्वकलालाई। हिन्दुस्तानले आजसम्म यस्तो कुनै युद्ध जितेको छैन, जसमा कुनै नेपाली वीरको रगत नबगेको होस् भन्दै नेपाली वीरताको सम्मान गर्ने उनको अभिव्यक्ति स्वयम्मा सम्मानयोग्य छ। तर यसले हाम्रासामु अर्को एउटा गम्भीर प्रश्न पनि खडा गराएको छ, छिमेकीको भूमिसमेत रक्षा गर्न बग्ने नेपाली रगत त्यतिका वर्षसम्म किन बगिरह्यो आफ्नै आँगन बिटुल्याउन? युद्धको मार्गबाट बुद्धको मार्गमा अग्रसर भएका हामीमाथि सम्पूर्ण विश्वकै नजर अडेको भन्दै उनले नेपालमा दीर्घकालील शान्ति स्थापना हुनु भनेको संसारभरका हिंसामा आस्था राख्नेहरूका लागि चुनौती हो भनेर हाम्रो वीरता र बौद्धिकतालाई नै थप चुनौती दिएर गएका छन्। अझै पनि विद्रोहकै बाटो रोज्नुपर्छ भन्नेहरूले एकफेरा राम्ररी सोच्नुपर्ने समय आएको छ, अब हाम्रो उन्नतिको आधार युद्ध हो कि शान्ति? तर विडम्बना, युद्धको द्वार सधैँभरिका लागि बन्द गराउने दस्तावेज तयार पार्ने जिम्मेवारी बोकेका हामी सत्ताप्राप्तिकै खिचातानीमा अल्झिरहन्छौँ।
टेलिभिजनका पर्दाहरूमा उनको सम्बोधन प्रत्यक्ष रूपमा हेरिरहेका आम नेपालीले उनको एउटै शब्द पनि यस्तो पाएनन्, जुन बेकारको लागोस । दुई देशबीच हुने कूटनीतिक भेटघाटमा विभिन्न खालका सम्झौता हुने तथा त्यसको प्रतिफलको तराजु पनि उतातिर नै गह्रौं हुने आजसम्मको यथार्थ भोगेका हामी नेपालीलाई आफ्नो निर्णय कौशल देखाउने चुनौती तथा पर्याप्त आधारसमेत दिएर गए उनले। गिलासमा भएको आधा पानीलाई जसरी सकारात्मक र नकारात्मक दुबै दृष्टिकोणले हेर्न सकिन्छ, त्यस्तै थियो मोदीको सम्बोधन। व्यञ्जनात्मक शैलीमा आफूलाई नेपालजस्ता छिमेकी राष्ट्रको अभिभावकका रूपमा प्रस्तुत गर्न नचुकेका उनी अभिदा अर्थमा भने सारा नेपाली मनलाई उद्विप्त पारेर गए। उनले आर्थिक रूपले जति सहयोग दिएर गए, त्योभन्दा कैयौँ गुणा बढी हामीलाई हाम्रो यथार्थ र कर्तव्यबोध गराएर गए।
थालमा भएको गाँस मुखसम्म पुर्‍याउन पनि अर्काको मुख ताक्ने हाम्रो परनिर्भर प्रवृत्तिलाई राम्रो व्यंग्य प्रहार गरेर गए। पशुपतिनाथमा जति चन्दन र भेटी चढाए, त्योभन्दा बढी आफ्नो आस्था र विश्वास चढाए, जसका माध्यमबाट तमाम हिन्दुहरूको मन जितेर गए। नेपालमा चलेको सिरेटोले जाडो हुने, यहाँ चर्केको घामले गर्मी लाग्ने, अनि यहाँ कोही भोको रहेमा चैन नहुने भारत अब कालापानी, सुस्ता र अन्य सीमावर्ती घाउहरूमा दुख्छ कि दुख्दैन, त्यो त भविष्यले बताउनेछ। तर अहिले भने मोदीले सार्वभौम नेपाल र नेपालीको भाग्य निर्माता स्वयम् नेपाली र यसको नेतृत्वको क्षमता र दूरदर्शितामा नै अडिएको छ भन्ने सन्देश दिएर गएका छन् ।
Taken from --- http://www.ekantipur.com/np/2071/4/20/full-story/393474.html

Sunday, July 27, 2014

धर्मशास्त्री भन्छन्, ‘कलियुगमै सत्ययुग सुरु भयो’

काठमाडौं, साउन ११ – शास्त्रीय दर्शन अनुसार अहिलेको युगलाई कलियुग भनिन्छ । यसअघि सत्य, द्वापर र त्रेता युग सकिसकेको छ ।


तर धर्मशास्त्रीहरुका अनुसार कलियुग नसकिँदै सत्ययुग दोहोरिएको छ । आज (आइतबार अर्थात साउन ११) गते युग परिवर्तनको संयोग परेको उनीहरुले बताएका छन । धर्मशास्त्रीहरुका अनुसार सूर्य, चन्द्र र बृहस्पति किस्य नक्षत्रको दोश्रो पाउ एकत्र भएर रहने हुँदा आज युग परिवर्तनको संयोग परेको हो ।
धर्मशास्त्रीहरुले आजको दिनलाई कलियुगको अन्त्य हुँदै सत्य युग दोहोरिने शुभ मुहुर्त परेको दावी गरेका छन् । श्रीमदभागवत द्वादश खण्डको अध्याय दुईको श्लोक २४ अनुसार सूर्य, चन्द्र र वृहस्पति एकत्र भए युग परिवर्तन हुने उल्लेख छ ।
श्लोकमा भनिएको छ,
‘वेदाचन्द्रश्व सुर्यस्व तथा किस्य बृहस्पती
एकराचौ समेश्यन्ती तदा भवती तत्क्रेतम’
यो अनुसार साउन १० गते हिजो बेलुकी ९ बजेर ५७ मिनेटदेखि आज विहान ४ बजेर ३४ बजेसम्म तीनै ग्रह सूर्य, चन्द्र र वृहस्पती किस्य नक्षत्रको दोश्रो पाउमा एकत्र भइ ६ घण्टा भन्दा बढी समयसम्म एकै पाउमा रहकाले युग परिवर्तनको संयोग परेको प्रल्हाद चैतन्य ज्ञानेन्द्रप्रसाद घिमिरेले उज्यालोलाई बताउनुभयो ।
घिमिरेका अनुसार हिजो साउन १० गते दिनको ३ बजेर २० मिनेटदेखि साउन ११ गते आज दिनको ५ बजेर ४८ बजे सम्म चन्द्रमा किस्य नक्षत्रमा रहनेछ । यसैगरी साउन १ गते ९ बजेर ३२ मिनेट सूर्य कर्कट राशीमा प्रवेश गरी किस्य नक्षत्रको दोश्रो पाउमा पुगेका र वृहस्पति असार ३ गतेदेखिनै कर्कट राशीको उच्च स्थानमा प्रवेश गरी असार ३२ गतेदेखि किस्यको दोश्रो पाउमा पुगी साउन १५ गतेसम्म रहने हुँदा आज साउन ११ गतेको दिन यस्तो अत्यन्त शुभसंयोग पर्न गएको घिमिरेले दावी गर्नुभयो ।
शास्त्रीय कथन अनुसार यसरी कर्कट राशीको किस्य नक्षत्र तीनै ग्रहहरु एकत्र हुनु अन्त्यन्तै ठूलो संयोग भएको मानिन्छ । श्रीमदभागवतमा बर्ण भएअनुरुप आजदेखि कृत युग अर्थात सत्य युग सुरु हुन्छ । यसरी क्रमशः इश्वरको इच्छा अनुरुप मानव समाजमा मानसिक परिवर्तन आउँदै विकराल कलियुगका विकृतीहरु हट्दै जाने घिमिरेले बताउनुभयो ।
यो संयोगले सार्थक शान्ति सुव्यवस्था कायम हुँदै जानेछ भन्ने बलियो आधार स्थापित भएको घिमिरेले दावी गर्नुभयो ।
सूर्य, चन्द्र र वृहस्पति एउटै किस्य नक्षत्रमा परेको कलियुगमै पहिलो हुन सक्ने भन्दै राष्ट्रिय पञ्चाङ निर्णायक समितिका पूर्व अध्यक्ष एवं राष्ट्रिय धर्म सभाका अध्यक्ष माधव भट्टराईले कलियुगमा पनि आंशिक सत्ययुग देखिने बताउनुभयो ।
‘यस्तो कमै मात्र हुन्छ, मलाई थाहा भएअनुसार तीन ग्रह एउटै नक्षत्रमा त्यही पनि साउन महिनामा परेको यो नै पहिलो हो’ भट्टराईले भन्नुभयो, ‘कलियुगमै आंशिक सत्य युग शुरु हुन केही न केही घटना हुन्छ ।’ उहाँ अगाडि थप्नुहुन्छ, ‘महाभारतको लडाई सकिएपछि शान्ति आएजस्तै केही न केही हुन्छ । तत्कालै केही नभएपनि सबै जनाले होसियारी चाहिँ अपनाउनुपर्छ ।’
भट्टराईका अनुसार आंशिक सत्यगुय सय बर्षसम्म रहन सक्छ । कलियुगमै आशिंक सत्य युग शुरु हुने चर्चा एक डेढ महिनादेखि नै सुरु भएपनि यसको असरबारे अहिले नै अनुमान लगाउन नसकिने भट्टराईले बताउनुभयो ।

Tuesday, July 15, 2014

यी हुन् एमालेका विजयी पदाधिकारी

अध्यक्ष केपी ओली
उपाध्यक्ष
वामदेव गौतम
भीम रावल
विद्या भण्डारी
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
महासचिव
ईश्वर पोखरेल
उपमहासचिव
घनश्याम भुसाल
बिष्णु पौडेल
सचिव
गोकर्ण बिष्ट
प्रदीप ज्ञवाली
योगेश भट्टराई
पृथ्वी सुब्बा गुरुङ
भीम अाचार्य

प्रकाशित मिति: मंगलबार, आषाढ ३१, २०७१ १८:३६:२३

Wednesday, May 28, 2014

A World Religion Map












This world religion map, in simple terms explains which
 religions are practiced by what percentage of the population,
 in the countries of the world. It is a simple explanation of 
 the many religions that are practiced in all the recognized
 countries. It should be noted that the many protestant religions, 
although centered in North America and Europe, are prolific 
 to some extent throughout the world. The Protestant religion with 
 the Roman Catholic religion,
 known as Christians, are the largest group in the world exceeding 2 billion 
 practioners.






The information is presented as:
Countries ABC
Countries DEF
Countries GHI
Countries JKL
Countries MNO
Countries PQR
Countries STU
Countries WXYZ
The actual brief explanation of the fundamentals of each 
 religion are presented elsewhere in this website.

यस्तो हुनुपर्छ नयाँ शक्ति

रमेश पोखरेल, डा नवराज खतिवडा र डा सुरेशराज आचार्य - कान्तिपुर ।

ramesh
विगत केही समयदेखि नयाँ राजनीतिक शक्तिको बहसले पत्रपत्रिका र सामाजिक सञ्जाल रंगिन बनेका छन् । यस विषयका चर्चा-परिचर्चाको अहिलेसम्मको स्थितिलाई नियाल्दा शास्त्रमा उल्लेखित तलको श्लोक स्मरण हुन्छ ।
यस्मिन् देशे न सम्मानो न वृत्तिनँ च बान्धवा ।
न च विद्यागमोऽप्यस्ति वासस्तत्र कारयेत् ।।
- चाणक्य नीतिशास्त्र, १-८
अर्थात जुन देशमा आफ्नो सम्मान छैन, रोजगारी पनि छैन, जहाँ कुनै बन्धुबान्धवका साथै अध्ययन गर्ने उपाय पनि छैन, त्यहाँ बस्न उपयुक्त हुँदैन । यसैले होला, लाखौंलाख ऊर्जावान नेपालीले देश छाडिरहेका छन् । यस्तो अवस्थामा नयाँ शक्तिको बहसले हाम्रै जीवनकालमा नेपालमा केही गर्न सम्भव छ भन्ने झिनो आशाको टुसो पलाएको छ । तर यो नयाँ शक्ति कसले र कसरी निर्माण गर्ने विषय अझै अनुत्तरित छ । हालका राजनीतिक दलहरू भित्रबाटै तुलनात्मक रूपमा लोकप्रिय रहेका नेताहरूले बनाउने हो कि ? या राजनीति सचेत नागरिक समूहले नयाँ राजनीतिक दल बनाउने हो ? यस्ता अन्योलपूर्ण सवालहरूलाई चिरेर नयाँ शक्तिको स्पष्ट र बृहत परिभाषाको खोजी गर्ने जमर्को यो आलेखमार्फत गरिएको  छ ।  
यस सन्दर्भमा राजनीति र नेपालको विकास मोडललाई  सूक्ष्म अध्ययन गरेका केही अध्येताहरू तथा  पत्रकारहरूबाट जुन तरिकाले बहसको उठान भएको छ, यो पक्कै पनि ऐतिहासिक हुनेछ । तर नयाँ शक्तिका अभियन्ताहरू भनेका पेसागत बुद्धिजीवीहरू हुन् र यसको स्वरुप गैरराजनीतिक हो भन्ने अर्थ जनमानसमा पर्नगएको छ । जसले गर्दा राजनीतिक दलको विकल्प गैरराजनीतिक समूह हुनसक्दैन भन्दै मूलधारका राजनीतिक दलहरूले यो बहसलाई ठाडै खारेज गरेका छन् । यहाँनेर बुझ्नु आवश्यक छ, अहिलेका राजनीतिक दलहरूको विकल्प नयाँ राजनीतिक दल नै हुनुपर्छ । अबको बहस यस्तो राजनीतिक शक्ति कस्तो हुने र कसरी निर्माण गर्ने भन्नेतर्फ लक्षति हुनु जरुरी छ । यो आलेखमा नयाँ राजनीतिक शक्तिको सिद्धान्त, संरचना सदस्यता र कार्यविधिबारे चर्चा गरिएको छ ।
नयाँ विचार र सिद्धान्त: नयाँ शक्तिका आलोचकहरूको पहिलो प्रहार यस्तो शक्तिको मार्गदर्शक सिद्धान्तमा परेको छ । तिमीहरूले  कुन वादमा टेकेका छौ ? तिम्रो समूहको सामाजिक पृष्ठभूमि के हो ? कुन निर्देशक सिद्धान्तको भर्‍याङ लगाएका छौ ? आदि प्रश्नहरू उभ्याइएका छन् । वास्तवमा डेढ-दुई सय वर्ष अगाडि सिर्जना भएका कुनै खास वाद बोकेर तिनैको बाकसभित्र तालाबन्दी भई अहिलेको परिस्थितिमा आर्थिक-सामाजिक रूपान्तरण गर्न सजिलो रहेनछ भन्ने अब प्रमाणित भैसकेको छ । बरु समाज विकासक्रममा विकास भएका मानव समुदायको हितमा उपयोगी हुनसक्ने जुनसुकै दर्शन वा सिद्धान्तका राम्रा कुराहरू समावेश गरेर हाम्रालागि उपयुक्त हुने विकासको मौलिक मोडल तर्जुमा गर्न सकिन्छ । हुन त वामपन्थी लप्फाजीहरूले एस्तो मोडललाई सारसंग्रहवाद भनेर नकारात्मक दृष्टिले आलोचना गर्छन् र निम्न कोटीको सिद्धान्तमा वर्गीकरण गर्छन् । तर सारसंग्रहवादले सकारात्मक परिवर्तन ल्याउँछ भने नयाँ राजनीतिक शक्ति सारसंग्रहवादी हुँदा हीनताबोध मान्नु पर्दैन ।  
उदाहरणका लागि सिंगापुरका राष्ट्रनिर्माता ले क्वान यु कुनै शास्त्रीय सिद्धान्तवादी थिएनन्, न उनी पुँजीवादी नै हुन्, नत समाजवादी वा साम्यवादी । उनको वाद भनेको प्राकृतिक स्रोत र जनशक्तिसमेत नभएको र अत्यन्त प्रतिकूल अवस्थामा बनेको सिंगापुर राष्ट्रलाई आर्थिक, सामाजिक र बौद्धिक रूपमा समृद्धशाली बनाउने मात्र थियो । अहिले सिंगापुरको प्रतिव्यक्ति आय अमेरिकाको भन्दा पनि बढी छ । शास्त्रीय वादमा टेकेका कुनै पनि मोडलले विकासको मेलो सार्ने लक्षण नदेखाएपछि हामीलाई चाहिएको सिंगापुरको जस्तै सारसंग्रहवाद नै हो भनेर स्वीकार किन नगर्ने ?
 त्यसैले नयाँ राजनीतिक शक्तिको निर्देशक सिद्धान्त नेपालमा समावेशी र प्रभावकारी लोककल्याणकारी राज्य व्यवस्थामार्फत आर्थिक-सामाजिक सम्पनता हासिल गर्नु हो । यसका लागि राज्यका नीतिहरूले द्रुत आर्थिक विकास, प्रतिव्यक्ति आयमा वृद्धि, उच्च जीवनस्तर, स्वास्थ्य र शिक्षा- निःशुल्क, कानुनको शासन, प्रगतिशील कर प्रणाली र निश्चित मात्राभन्दा बढीको पैतृक सम्पत्तिमा कर लगायतका मुद्दाहरूलाई प्रत्यक्ष सम्बोधन गर्नुपर्छ ।
नवीनतम र सिर्जनशील संरचना : मानिलिउँ तपाईं विलक्षण प्रतिभाको धनी हुनुहुन्छ । समकालीन राजनीतिक विषयमा उच्चशिक्षा हासिल पनि गर्नुभएको छ । अझ भनौं युगपुरुष नै हुने क्षमता राख्नुहुन्छ । वा यति सक्षम हुनुहुन्छ कि नेपालको ली क्वान यु नै बन्न सक्नुहुन्छ । तर कल्पना गर्नुहोस् त ? अहिले कांग्रेस, एमाले वा माओवादी कुनै राजनीतिक दलको साधारण सदस्यता लिएर केही समयमा यो मुलुकलाई आर्थिक विकासमा फड्को मार्ने अभियानमा नेतृत्व गर्ने सम्भावना देख्नुहुन्छ ? यसकारण नयाँ शक्तिको संरचनाले यस्तो सिर्जनात्मक प्रतिभा र क्षमता भएका नागरिकलाई सहज रूपमा राज्य सञ्चालनको नेतृत्वमा पुर्‍याउने प्रावधानको किटानी गर्न सक्नुपर्‍यो । अनि हामी सबैमा यस्तो नेतृत्व अन्तर्गत काम गर्ने इच्छाशक्ति हुनुका प्राप्त उपलब्धिमा गौरवबोध समेत हुनुपर्‍यो । आधुनिक व्यवस्थापनका नवीनतम सिद्धान्तका आधारमा नयाँ राजनीतिक शक्तिको संरचना बनाउन विलकुलै सम्भव छ ।
 जस्तो अमेरिकामा बाराक ओबामा कुनै परम्परागत राजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनेका होइनन् । उनी हार्वार्ड विश्वविद्यालयका कानुनका अध्येता थिए । त्यस्तै बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि अक्सफोर्ड विश्वविद्यालयमा विद्यार्थी हुँदा कुनै पार्टीका भ्रातृ संगठनका कार्यकर्ता थिएनन् । अरु विधामा जस्तै राजनीतिशास्त्रमा पनि पुराना मान्यताहरू किनारा लगाइएका छन् । त्यसकारण सक्षम व्यक्ति छोटै  समयमा राष्ट्रपति वा प्रधानमन्त्रीसम्म बन्न सक्ने संरचना आवश्यक हुन्छ । अहिलेको जस्तो भएमा राजनीतिलाई कसैले पनि सजिलै पेसा बनाउन सक्छ । जसले पेसा बनाउँछ, उसले रोजगारीको लागि त कुनै न कुनै पदमा बस्नका लागि तिकडम, जालझेल र गलत तरिकाले कमाएको धन प्रयोग गर्नैपर्ने हुन्छ । बरु कुनै व्यक्ति निश्चित समय आफ्नो कामबाट  छुट्टी लिएर म देशको निस्वार्थ सेवा गर्छु भनेर आउन चाहन्छ भने नयाँ राजनीतिक शक्तिको संरचनाले उसको क्षमताअनुसार स्थान दिनुपर्छ । यस्ता सिर्जनशील संरचनाले मात्र राज्यको स्रोत दोहन गरेर दलीय संरचनालाई पोस्ने वर्तमान सत्ता केन्दि्रत राजनीतिक विकृतिलाई प्रश्रय दिँदैन ।
निष्ठावान, क्षमतावान र लगनशील उम्मेदवारलाई मात्र सदस्यता : वर्तमानका राजनीतिक दलहरूको नेतृत्व वा दलहरूमार्फत राज्यको कुनै जिम्मेवारी तहमा पुग्न कुनै पनि सक्षम नागरिक दलीय कर्मचारीतन्त्रको जाँतोमा पिसिन अनिवार्य हुन्छ । नेता बन्न विद्यार्थी, कर्मचारी, शिक्षक, प्राध्यापक तथा अन्य पेसागत समूहका भ्रातृ संगठनमा बसेर अनेकन तिकडम, जालझेल घात-प्रतिघात र भ्रष्टाचारसमेतका अभ्यास गर्नुपर्ने नमिठो यथार्थ नेपाली समाजले भोगेको छ । यस्तै ठेक्कापट्टामा हुने गुन्डागर्दीको सूत्रधार, कमिसन  लिएर बटुलेको कालो धनबाट प्रशस्त चन्दा दिनसक्ने र चुनावका बेला डन तथा मुन्द्रेहरू परिचालन गर्नसक्ने व्यक्तिमात्र समाज हाँक्ने ठाउँमा पुग्ने विसंगति छर्लङ्गै छ  ।
नेपालका ६२ प्रतिशत जनसंख्याको उमेर ३० वर्ष मुनिरहेको छ । तर उनीहरूले ५० वर्ष उमेरका युवा र ७० वर्ष उमेरका पाका नेताहरूको कुशासन व्यहोर्नुपरेको कुरा जगजाहेर छ । नेताहरूले सूचना र प्रविधिको युगमा वर्तमान पुस्ता कस्तो छ र कति फरक छ भन्ने कुरा यात थाहा पाएका छैनन् या  थाहा पाएर पनि बुझ पचाएका छन् । राजनीतिक नेतृत्वको निकम्मापनका कारणले यो आईटी पुस्तामा  देशप्रति आकर्षण नै देखिँदैन । उनीहरू नेता र राजनीतिलाई सराप्दै विदेश पलायन हुने योजना बुन्न बाध्य छन् । नयाँ राजनीतिक शक्तिको कार्यसूचीको पहिलो महत्त्वपूर्ण काम युवा पुस्तामा सकारात्मक सोचको विकास गराई राष्ट्र निर्माणको अभियानमा अहम् भूमिकासहित सहभागी गराउने हुनेछ ।
साथै नयाँ राजनीतिक शक्तिको निर्णायक तहमा समाजका विभिन्न तप्काका योग्य व्यक्ति तथा सबै पुस्ताको अनिवार्य सहभागिता हुनुपर्छ । त्यसैले देशभक्त, इमानदार, आदर्शका पक्षपाती, निष्कलंक र देशका लागि केही दिन पाउँदा खुसी हुनचाहने व्यक्तिहरू सबैलाई नयाँ शक्तिको प्रवेशद्वार खुला हुनुपर्छ ।
ओपन सोर्स मोडलमा आधारित कार्यविधि मूलधारका राजनीतिक दलका केन्द्रीय नेतृत्वले युवा समूहहरू राजनीति र राज्यसञ्चालनमा उनीहरूभन्दा कैयौं गुणा दक्ष हुनसक्छन् भन्ने यथार्थलाई सजिलै आत्मसात गर्दैनन् । उनीहरूको एक सूत्रीय मान्यता हुन्छ, आफ्नो जीवनभरको त्यागका लागि पद र सम्मानको दाबी । यस्तो रवैयाले कसरी बन्छ देश ? हाम्रो शास्त्रमा एउटा मान्यता  छ, 'शिष्यात्  इच्छेत  पराजयम' । अर्थात शिष्यबाट आफ्नो पराजय होस् भन्ने भावले शिक्षा देऊ । असल नेता असल गुरु पनि हो । नेताको एक दायित्व आफूभन्दा पनि सक्षम नेता उत्पादन गर्ने हो । तर समकालीन नेपाली राजनीतिमा यसको कुनै संकेत देखिँदैन ।
आहिलेको आईटी दुनियाँमा ओपन सोर्स अवधारणामार्फत विभिन्न सिर्जनात्मक अभ्यास चलिरहेका छन्  । यसमा  केन्द्रीकृतभन्दा विकेन्द्रीकृत कार्यविधि अपनाइन्छ । जस्तो विकिपिडिया एउटा ज्ञानको खानी हो । तर यो कुनै एक व्यक्ति वा  कम्पनीले बनाएको होइन । यसले नाफा पनि कमाउँदैन र कुनै विज्ञापन पनि गर्दैन, तर यो निःशुल्क छ । कसरी ? तपाईं-हामी जोकसैले पनि यो ज्ञानको खानी बढाउन र अपडेट गर्न सक्छांै । यो विशाल भण्डार सबैका साना-साना योगदानको सामूहिक परिणाम हो  । समग्रमा हेर्दा तपाईं-हाम्रो सानो प्रयास हुनसक्छ, तर सबैको सानो प्रयास जोडेपछि हेर्नुस् त विकिपिडियाजस्तो विराट ज्ञानको भण्डार पनि सम्भव हुँदोरहेछ । यस्तै कैयौं ओपन सोर्स निःशुल्क सफ्टवेयरहरू पनि बनिसकेका छन्, जुन व्यापारिक मुनाफाका लागि बनाएका सफ्टवेयरभन्दा कैयौं शक्तिशाली र उपयोगी छन् । यस्तै हुनसक्छ, नयाँ राजनीतिक शक्तिको निर्देशक सिद्धान्त र कार्यविधिको शैली ।
यसैले नयाँ राजनीतिक शक्तिको प्रमुख चुनौती भनेको  कार्यक्रम, सिद्धान्त, कार्यविधि निर्धारण गर्दा अधिकतम  सिर्जनशील बन्न सक्नु हो । यो अभियानमा जोकसैले पनि सानोभन्दा सानोदेखि ठूलो योगदान गर्न सक्छ । उसको आबद्धताको समय, विचारमा योगदान र कार्यान्वयन प्रक्रियामा संलग्नता यो अभियानको एउटा विशिष्ट कडी हुनसक्छ । यसरी सबैको सकारात्मक योगदानका कारण नयाँ राजनीतिक शक्ति जीवन्त र सधैं नौलो हुनेछ । आवश्यक रणनीति र कार्यनीति हरू पनि सबैको योगदानका आधारमा निरन्तर परिमार्जन गर्न सकिन्छ । यसैले ओपन सोर्स अवधारणा र आधुनिक व्यवस्थापनका नवीनतम सिद्धान्तहरूको उपयोग तथा प्रभावकारी कार्यान्वयनमार्फत नयाँ राजनीतिक शक्तिले नेपालको काँचुली फेर्न सक्ने बलियो सम्भावना छ । यसैले अब यो पङ्क्ति पढ्ने आम पाठकका लागि दुईवटा विकल्प हुनसक्छन् । पहिलो, यो आलेखको सुरुमै उद्धृत चाणक्यले भनेजस्तो प्रतिकूल परिस्थिति भएको मुलुकमा नबस्ने । अर्को हो, नयाँ राजनीतिक शक्तिको विकास र गठनलाई सहयोग गरी आफ्नै जीवनकालमा यो अभियानलाई मूर्तरूप दिई यो मुलुकको मुहार फेर्ने । रोजाइ तपाईंकै हो ।
- See more at: http://ekantipur.com/np/2071/2/14/full-story/389943.html#sthash.2F8Qxaks.rETOquqE.dpuf

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...