पार्टीले ३३ थान ल्यापटप र साढे ४ करोड लिएको दाबी
२० असार, काठमाडौं । जनताबाट अर्बौं रुपैयाँ उठाएर ठगी गरेको आरोप खेप्दै आएको युनिटी लाइफ इन्टरनेशनल कम्पनी एमालेको दुहुनो गाई भएको रहस्य एमाले निकटकै व्यक्तिहरुले खोलेपछि यतिबेला सिंगै पार्टीमा तरंग आएको छ । यतिबेला एमाले नेताहरु युनिटी प्रकरणमा आफूहरुको संलग्नता छ र छैन भन्दै सार्वजनिक भनाभनमा उत्रिएका छन् ।
एमालेनिकट बुधबार साप्ताहिकले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नामसमेत युनिटी प्रकरणमा मुछेपछि विहीबार नेता पाण्डेले पत्रकार सम्मेलनै गरेर समाचारको खण्डन गर्नुभयो । तर, पाण्डे पत्रकार सम्मेलन गरी आफ्नो चरित्र हत्या भएको जनाएलगत्तै एमालेकै युवा नेता एवं पत्रकार विष्णु रिजालले आफ्नो फेसबुकमा ‘प्रमाण आफैं बोल्छ’ भन्दै एमाले मुख्यायलमा परेको निवेदन सार्वजनिक गर्नुभएको छ ।
बाग्लुङका उमाले संगठित सदस्य कृष्ण पाठकले युनिटी प्रकरणमा ३० महिना ३ दिन जेल बसेर ३८ लाख धरौटीमा निस्किएपछि युनिटी प्रकरणमा एमालेले पटक-पटक गरी दिएको ४ करोड ५० लाख रुपैयाँ र ल्यापटप कहाँ छ भनी सोधेका छन् । एमाले अध्यक्ष खलनाथ खनाललाई सम्धोन गरी लेखिएको निवेदनमा खनालका साँढुभाइ एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई थप पाँच करोड रुपैयाँ र हाइलक्स गाडी मागेको आरोप लगाइएको छ, जसको खण्डन पोडेले विहीबार पत्रकार सम्मेलनमार्फत गरिसक्नुभएको छ ।
पाण्डेले पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गर्नासाथ विष्णु रिजालले आफ्नो फेसबुकमा ‘प्रमाण आफैं बोल्छ’ भन्दै लेख्नुभएको छ-’पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बुधबारले चरित्र हत्या गर्यो भन्दै त्रपकार सम्मेलन नै गर्नुभएछ । फेरि पनि अनुरोध छ, बुधबारले उहाँलाई कुनै आरोप लगाएको छैन । एमालेकै कार्यकर्ताले पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष दिइएको निवेदनलाई आधार बनाएर सामान्य समाचार मात्र लेखेको छ ।’
रिजालले पाण्डेको खिल्ली उढाउँदै लेख्नुभएको छ-’ गजबको कुरा त उहाँ अर्थमन्त्री हुँदा प्रायः सँगै देखिने एमाले लेखा परीक्षण आयोगका सदस्यसमेत रहेका चार्टर्ड एकाउन्टेन्ट टंक पनेरुलाई पनि चिन्दिन भन्नुभएछ । एउटा समाचारमा यति आतंकित नभए हुन्थ्यो- कुनै दिन आफ्नै श्रीमतीलाई चिन्दिन भन्नु नपरोस् ।’
एमाले नेता सुरेन्द्र पाण्डे पार्टीमा स्वच्छ छविका नेताका रुपमा चर्चामा रहँदै आउनुभएको थियो । तर, एमालेकै कार्यकर्ताबाट पाण्डेमाथि आर्थिक लेनदेनको आरोप लागेको छ । युनिटीका सञ्चालकहरुले जनताको ठूलो धनराशी डुबाएर बिचल्नी पारेको अवस्थामा एमाले नेताहरुले युनिटीबाट ३३ वटा ल्यापटप र साढे ४ करोड चन्दा लिएको प्रमाणित भए जनताको पैसा बल्खुमा समेत पुगेको प्रमाणित हुने डरले एमाले नेताहरु आत्तिएका छन् ।
निवेदनमा दाबी गरिएअनुसार बुटवलको आठौं महाधिवेशनमा एमालेले ३ करोड ५० लाख रुपैयाँ युनिटीबाट चन्दास्वरुप लिएको थियो भने सुरेन्द्र पाण्डे अर्थमन्त्री भैसकेपछि दुईपटक गरी १ करोड रुपैयाँ र केन्द्रीय सदस्यका लागि भन्दै ३३ वटा ल्यापटप लगिएको थियो ।
हेर्नुहोस् बल्खुमा गत बैशाखमा परेको निवेदन
यो पनि पढ्नुस्
- See more at: http://www.onlinekhabar.com/2013/07/89891/#sthash.nNjaftKh.dpuf
No comments:
Post a Comment