Tuesday, July 9, 2013

You prefer to be Clever or Honest.

I always think work and apply to be honest & hope to continue forever.For sometime in critical situation you must act smart for your safety or survival, But I hate to act clever which always keep some decent or mentally weak people behind. What I believe is that if somebody acting clever that means he is cheating others which is not humanity.
Today everywhere and everyone prefer to be clever and like clever one which influence others to be smart to cheat another.
If you are clever could be successful all time but not for longtime, when you act honestly it could be forever which never change &  nobody can. Clever has limited field but honesty has unlimited.

Friday, July 5, 2013

गुल्मीका आधुनिक किसान: अगरउड हुर्काउँदै बाख्रापालन

बहुमूल्य अत्तर र धूपको स्रोत अगरउड हुर्काइरहेका गुल्मीका धनबहादुर पुन व्यावसायिक बाख्रापालनमा पनि उदाहरणीय बन्दैछन्।
हिमाल खबरपत्रिकाको २०६७ सालको दशैं अंक (गाउँ जाँऊ) मा भार्से (गुल्मी)मा धनबहादुर पुनले थालेको अगरउड खेतीबारे पढेदेखि नै त्यहाँ पुग्ने सोच बनाए पनि मौका भने वैशाख २०७० मा मात्र जुर्‍यो। नेपालको 'समृद्धि र सम्भावना' खोजको निम्ति जिल्ला भ्रमणको क्रममा २५ वैशाखमा भार्से पुग्दा मलाई आधुनिक कृषक पुन कुनै चिनियाँ चलचित्रको स्टाइलिस नायक झै लाग्यो।


भारतीय गोर्खा पल्टनका आम पेन्सनरभन्दा फरक सोच–विचारका पुन बडो सानका साथ आफ्नो भिन्न योजना कार्यान्वयन गरिरहेका छन्। भार्सेका सबै लाहुरे साथीहरू बुटवल झरे पनि उनी १६ वर्षदेखि गाउँकै पाखोलाई दामी बनाउन जुटेका छन् र टाढाटाढाका मानिसहरू उनलाई भेट्न त्यहीं पुगिरहेका छन् । उनको कृषि सबैका लागि चासोको विषय बनेको छ । अगरउडका लागि उनले करीब ८०० रोपनी जमिन जोडेका छन्, जसमध्ये ७०० रोपनीमा बिरुवा हुर्किरहेका छन्।

अगरउडसँगै बाख्रा

अगरउड भावी सन्ततिको लागि रोपिने बहुमूल्य वृक्ष हो। वर्तमानको लागि पुनले अगरउडको वनमुनि अनेक जातका डाले र भुईंघाँस लगाएर २०० बाख्रा पालेका छन्। व्यावसायिक अनुभव लिने क्रममा नश्ल सुधारसँगै जमुनापारि र बोर जातका बाख्रा बढाउने तयारीमा रहेको उनले बताए।

मधेश–तराईदेखि पहाडसम्म राम्ररी बढाउन सकिने बाख्रा मासु, चिज र छालाको राम्रो स्रोत हो। अन्तर्राष्ट्रिय बजारमा बाख्राको चिज प्रतिकिलो रु.५ हजारभन्दा बढीमा बिक्छ। नेपालमा खसीको मासुको वार्षिक कारोबार रु.१६ अर्बभन्दा बढी छ, तर त्यसमध्ये ७५ प्रतिशत खसी भारतबाट आयात भइरहेको छ। उपभोग बढी र उत्पादन कम हुँदा खसीको मूल्य पनि आकाशिएको छ। यो कुरा बुझेका पुनले अगरउडको फेँदमा बाख्रापालन थालेका हुन्।

पुनले जस्तै मकवानपुरका अशोकसिंह ठकुरी, बाग्लुङका दीपेन्द्र खड्का, पाल्पाका त्रिलोचन पौडेल र भीष्म अधिकारी, बर्दियाका कालुराम विश्वकर्मा, खोटाङका श्याम पोखरेल लगायतले व्यावसायिक बाख्रापालन गरिरहेका छन्। कपिलवस्तु, पर्वत, स्याङ्जा, कञ्चनपुर लगायतका जिल्लामा पनि ठूलो पैमानाको बाख्रापालन थालिएको छ।

राम्रो व्यवस्थापन भएको ठाउँमा दुई जनाले ३०० सम्म बाख्राको रेखदेख गर्न सक्छ। १०० बाख्राबाट वार्षिक सरदर ९०० किलो चिज र २०० पाठापाठी उत्पादन हुन्छ। १०० बाख्राका पाठापाठी र चिजबाट वार्षिक रु.५० लाख आम्दानी हुने र नेपालमा २० करोड बाख्रा पाल्न सकिने सैद्धान्तिक हिसाब छ। अथाह बजार भएकाले यति धेरै बाख्रा पालेर के गर्ने भन्ने चिन्ता लिनुपर्दैन। नेपालमा खसी र चिज उब्रिने गरी उत्पादन भयो भने विदेशमा फूलटिपाइ हुने पक्का छ।

भेडाको सम्भावना

गुल्मीकै हंसपुरमा रामप्रसाद पन्थीले गरेको भेँडापालनले समुद्र सतहबाट १७०० मिटर उचाइ आसपासमा व्यावसायिक भेडापालनको पुष्टि गर्छ। भेडापालक किसानको २९ वर्षे अनुभव सँगालेका पन्थीले यस अवधिमा अनेक उतारचढाव भोगे पनि राम्रो संभावना भएकैले यो व्यवसाय नछाडेका हुन्। “२०४१ सालमा ब्याङ्कबाट रु.१२ हजार ऋण लिएर भेडापालन थालेको हुँ”, पन्थी भन्छन्, “तीन वर्षमै ऋण चुक्ता गरेर १८० वटासम्म भेडा पालें।”

दुई श्रीमती, सात छोरा र आठ छोरी भएका पन्थी भेडाबाटै वार्षिक डेढ लाखसम्म नगद आम्दानी गरेर अरू सम्पत्ति पनि जोडेको बताउँछन्। ५०/५५ वर्षको जस्ता देखिने ७९ वर्षीय पन्थी व्यवसायमा अझ्ै ठमठमी खटेका छन्। 'बूढो भइयो, अब के काम गर्नु?' भनेर मन मार्नेहरूलाई उनको जाँगरले जवाफ दिए झै लाग्छ।

नेपालका पहाडी र हिमाली जिल्लाहरू भेडापालनको लागि उपयुक्त छन्। कुनै समयमा नेपालका भेडा–च्याङ्ग्रा चीन र भारत निर्यात हुन्थे। यसरी हेर्दा चरन अभावले भेडाको संख्या घट्यो भन्ने तर्क मुनासिव देखिंदैन। फेरि भेडाको लागि दाना र चरन बारीमै उत्पादन गर्न सकिन्छ। बाख्राले खाने सबै चिज भेडाले खान्छ। भेडा मासु, दूध, घिउ, चिज र ऊनको स्रोत हो। नेपालमा पाँच करोड भेडापालन गरेर ऊन मात्र तीन करोड किलो उत्पादन गर्न सकिन्छ। एउटा भेडाले सरदर २५ किलो मासु दिन्छ। भेडाको मासुलाई प्रतिकिलो कम्तीमा रु.४०० पर्छ।

नेपालमा भेडापालनबाट वार्षिक रु.१३ खर्ब आम्दानी लिन सकिन्छ। अहिले दोकल्ला द्यौराली, सिस्ने र मेरुनी जातको भेडा पालिएको छ। बढी फाइदाका लागि यसमा नश्ल सुधार आवश्यक छ।

Thursday, July 4, 2013

उत्कृष्ट ११ मा रोनाल्डो परेनन्, मेस्सी र पेले फवार्ड -

१९ असार, काठमाडौं । फुटबलको इतिहासमा अहिलेसम्मका राम्रा खेलाडीहरुलाई मिलाएर उत्कृष्ट ११ चयन गर्ने हो भने कस्तो टिम बन्ला । यस्तो बन्यो भने अहिलेका को को स्टार पर्ला भन्ने धेरैको चासोको विषय बन्छ ।
best-11
वर्ल्ड सकर म्यागाजिनले पत्रकार, म्यानेजर र पूर्व खेलाडीहरुको मतका आधारमा फुटबल इतिहासको उत्कृष्ट ११ को घोषणा गरेको छ । तर, रियल मडि्रडका स्टार क्रिष्टियानो रोनोल्डो भने टोलीमा परेनन् । अर्जेन्टिनाका लिओनल मेस्सी भने फवार्डमा परेका छन् ।
गोलरक्षकमा भेल यासी छन् । यनी फिफा प्लेयर अफ दि इयर घोषित एक मात्र गोल रक्षक हुन् । उनले आफ्नो करियरमा १ सय ५० पेनाल्टी मात्र रोकेको थिए । तीन विश्वकप खेलेका उनले १९५६ को ओलम्पिकमा गोल्ड मेडल जितेका थिए ।
ब्राजिलका काफ्यू, बेलायतका बोबी मूर, जर्मनका फ्रान्ज बेकनबावर र इटलीका पाओलो डिफेण्डर छन् भने रियलका अल्फ्रेडो डि स्टेपनो, हल्याण्डका जोहान, फ्रान्सका जिनेदान जिदान र अर्जेन्टिनाका म्याराडोना मिडफिल्डरमा छन् ।
फुटबल इतिहासको उत्कृष्ट ११ को फवार्डमा ब्राजिलका पेले र अर्जेन्टिनाका मेस्सी छन् ।
उत्कृष्ट ११ मा परेका मध्ये मेस्सी मात्र हाल खेलाडी हुन् । अन्य सबै आफ्नो समयका स्टारहरु हुन् । उनीहरु मध्ये पेले र म्याराडोनालाई फुटबलका महान हस्तीका रुपमा लिइन्छ । हाल बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीले कीर्तिमानी ४ पटक उत्कृष्ट खेलाडी घोषित भएका छ ।
- See more at: http://www.onlinekhabar.com/2013/07/89480/?

एमालेभित्र चर्कियो युनिटी काण्डको रडाको

पार्टीले ३३ थान ल्यापटप र साढे ४ करोड लिएको दाबी


२० असार, काठमाडौं । जनताबाट अर्बौं रुपैयाँ उठाएर ठगी गरेको आरोप खेप्दै आएको युनिटी लाइफ इन्टरनेशनल कम्पनी एमालेको दुहुनो गाई भएको रहस्य एमाले निकटकै व्यक्तिहरुले खोलेपछि यतिबेला सिंगै पार्टीमा तरंग आएको छ । यतिबेला एमाले नेताहरु युनिटी प्रकरणमा आफूहरुको संलग्नता छ र छैन भन्दै सार्वजनिक भनाभनमा उत्रिएका छन् ।
एमालेनिकट बुधबार साप्ताहिकले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नामसमेत युनिटी प्रकरणमा मुछेपछि विहीबार नेता पाण्डेले पत्रकार सम्मेलनै गरेर समाचारको खण्डन गर्नुभयो । तर, पाण्डे पत्रकार सम्मेलन गरी आफ्नो चरित्र हत्या भएको जनाएलगत्तै एमालेकै युवा नेता एवं पत्रकार विष्णु रिजालले आफ्नो फेसबुकमा ‘प्रमाण आफैं बोल्छ’ भन्दै एमाले मुख्यायलमा परेको निवेदन सार्वजनिक गर्नुभएको छ ।
बाग्लुङका उमाले संगठित सदस्य कृष्ण पाठकले युनिटी प्रकरणमा ३० महिना ३ दिन जेल बसेर ३८ लाख धरौटीमा निस्किएपछि युनिटी प्रकरणमा एमालेले पटक-पटक गरी दिएको ४ करोड ५० लाख रुपैयाँ र ल्यापटप कहाँ छ भनी सोधेका छन् । एमाले अध्यक्ष खलनाथ खनाललाई सम्धोन गरी लेखिएको निवेदनमा खनालका साँढुभाइ एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई थप पाँच करोड रुपैयाँ र हाइलक्स गाडी मागेको आरोप लगाइएको छ, जसको खण्डन पोडेले विहीबार पत्रकार सम्मेलनमार्फत गरिसक्नुभएको छ ।
पाण्डेले पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गर्नासाथ विष्णु रिजालले आफ्नो फेसबुकमा ‘प्रमाण आफैं बोल्छ’ भन्दै लेख्नुभएको छ-’पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बुधबारले चरित्र हत्या गर्यो भन्दै त्रपकार सम्मेलन नै गर्नुभएछ । फेरि पनि अनुरोध छ, बुधबारले उहाँलाई कुनै आरोप लगाएको छैन । एमालेकै कार्यकर्ताले पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष दिइएको निवेदनलाई आधार बनाएर सामान्य समाचार मात्र लेखेको छ ।’b-1
रिजालले पाण्डेको खिल्ली उढाउँदै लेख्नुभएको छ-’ गजबको कुरा त उहाँ अर्थमन्त्री हुँदा प्रायः सँगै देखिने एमाले लेखा परीक्षण आयोगका सदस्यसमेत रहेका चार्टर्ड एकाउन्टेन्ट टंक पनेरुलाई पनि चिन्दिन भन्नुभएछ । एउटा समाचारमा यति आतंकित नभए हुन्थ्यो- कुनै दिन आफ्नै श्रीमतीलाई चिन्दिन भन्नु नपरोस् ।’
एमाले नेता सुरेन्द्र पाण्डे पार्टीमा स्वच्छ छविका नेताका रुपमा चर्चामा रहँदै आउनुभएको थियो । तर, एमालेकै कार्यकर्ताबाट पाण्डेमाथि आर्थिक लेनदेनको आरोप लागेको छ । युनिटीका सञ्चालकहरुले जनताको ठूलो धनराशी डुबाएर बिचल्नी पारेको अवस्थामा एमाले नेताहरुले युनिटीबाट ३३ वटा ल्यापटप र साढे ४ करोड चन्दा लिएको प्रमाणित भए जनताको पैसा बल्खुमा समेत पुगेको प्रमाणित हुने डरले एमाले नेताहरु आत्तिएका छन् ।
निवेदनमा दाबी गरिएअनुसार बुटवलको आठौं महाधिवेशनमा एमालेले ३ करोड ५० लाख रुपैयाँ युनिटीबाट चन्दास्वरुप लिएको थियो भने सुरेन्द्र पाण्डे अर्थमन्त्री भैसकेपछि दुईपटक गरी १ करोड रुपैयाँ र केन्द्रीय सदस्यका लागि भन्दै ३३ वटा ल्यापटप लगिएको थियो ।
हेर्नुहोस् बल्खुमा गत बैशाखमा परेको निवेदन
b-2
यो पनि पढ्नुस् 
- See more at: http://www.onlinekhabar.com/2013/07/89891/#sthash.nNjaftKh.dpuf

Monday, July 1, 2013

चर्चित लोकदोहोरी गायक पशुपती शर्माको मार्मिक गीत!

http://youtu.be/U8UmhirPHq

Welcome to the 21st century!!

महात्मा गान्धीका यौनलीला


महात्मा गान्धीको जीवन त्यति सादगीपूर्ण थिएन, जति उनको नामले जनाउँछ । भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य यौनजीवनका लागि बद्नाम छन् । तथापि, छवि नबिग्रियोस् भनेर गान्धीका नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ । उनका सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ । महात्मा गान्धीको विकृत यौनजीवनबारे प्रख्यात ब्रिटिस लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही समयअघि थुप्रै खुलासा गरेका थिए । यदि यी कुरा पूर्णसत्य हुन् भने गान्धीलाई महात्मा भनेर पूजा गर्नु हास्यास्पद विडम्बना हुन्छ । पढौँ, एडम्सले आफ्नो पुस्तक ‘गान्धी : न्याकेड एम्बिसन’मा खुलासा गरेका तथ्यहरू : 

गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी किशोरीसित भएको थियो । कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् । त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो । 
सुरुमा उनीहरू केटाकेटी भएकाले एक–अर्कासित नजिकन पनि धकाउथे । सुहागरातका दिन आफ्नो कस्तुरबासित हेराहेरसमेत हुन नसकेको गान्धीले बताएका छन् । तर, केही समयपछि उनीहरूको वैवाहिक जीवन सामान्य बन्दै गयो । बिहेको केही वर्षपछि कस्तुरबा गर्भवती भइन् । सन् १९०० मा गान्धीको कान्छो सन्तान जन्मेको थियो । 
यसबीचमा सबैभन्दा अनौठो प्रसंग के छ भने आफ्ना पिता मृत्युशय्यामा छट्पटाइरहेका वेला गान्धी कस्तुरबासित यौनक्रीडा गरिरहेका थिए । गान्धीले कस्तुरबासित सेक्स गर्दैगर्दा उनका पिताले अन्तिम श्वास लिएको बताइन्छ । अझ खराब कुरा, त्यतिवेला १७ वर्षकी कस्तुरबा गर्भवती थिइन् । उनको सो बच्चा खेर गएपछि गान्धी आत्मग्लानिमा परेका थिए । 

०००

गान्धी सन् १८८८ मा लन्डन वकालत पढ्न गए । त्यतिवेला उनले रक्सी, मासु र महिला तीनै चिजलाई नछुने शपथ खाएका थिए । तर, सन् १८९१ मा लन्डनबाट फर्केलगत्तै उनले आफ्नो शपथ तोडेर कस्तुरबासित समागम गरे र एक वर्षभित्रै दोस्रो बच्चा जन्माए । त्यसपछि सन् १८९३ मा उनी दक्षिण अफ्रिका गए, ब्रिटिस साम्राज्यका एक कार्यकर्ताका रूपमा । 
गान्धी आफ्नी श्रीमती कस्तुरबा तीन बच्चाकी आमा भएपछि उनलाई मन पराउन छाडेका थिए । दक्षिण अफ्रिकामा कैयौँ शिक्षित एवं आधुनिक महिलासित उनको चिनजान भयो । ती महिला उनलाई राम्रा लाग्न थाले । थुप्रै महिलासित उनी नजिकिए । उनीहरूबाट मिल्ने सन्तुष्टि गान्धीले कस्तुरबाबाट पाउन सक्दैनथे । यसै दौरान एक आधा दर्जन महिलासित गान्धीको निकट सम्बन्ध कायम भयो । उनीहरू थिए– ग्राह्म पोलक, नल्ली क्रैम कुक, म्याडलिन स्लेड (जो मिराबेनको नामले चिनिन्थिन्), मार्गारेट स्पिगल, सोजा स्केलेसिन र इस्टर फियरिंङ । 
सन् १९१५ मा दक्षिण अफ्रिकाबाट फर्केपछि गान्धीले सावरमती आश्रम खोलेर आफ्नो यौनप्यास मेटाउने नाजायज अभ्यास सुरु गरे । आश्रम सञ्चालनमा आएलगत्तै गान्धीले महिला सहयोगीहरूसित नग्नताको पराकाष्ठा प्रदर्शन गरेका थिए, जसले आश्रमका अन्य सदस्य असन्तुष्ट बने । 
सधैँ फलफूल र बदाम मात्र खाए पनि गान्धीलाई कब्जियतको समस्या हुन्थ्यो । उनी घन्टौँ ट्वाइलेटमा बिताउँथे । ट्वाइलेट बस्दा पनि उनी आश्रमका महिलाहरूलाई बोलाउँथे । शौच गरिसकेपछि उनलाई ती महिलाहरूले नांगै सुताएर तेल घसिदिनुपथ्र्यो । प्रत्येक बिहान उठेपछि उनले महिलाहरूलाई सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘बहिनी आज तिम्रो दिसापिसाब कस्तो भयो ?’ 
आश्रममा चरम असन्तुष्टि बढेपछि गान्धीले केही समय सेक्सी क्रियाकलाप बन्द गर्न बाध्य हुनुपरेको थियो । तर, त्यो बन्देज धेरै समय रहेन । उनले ब्रह्मचर्य नामको ढोंगी सिद्धान्त जन्माएर एकैसाथ धेरै नांगा महिलासित सुत्न थाले । सुरु–सुरुमा एउटै कोठामा भए पनि अलग–अलग ओछ्यानमा सुत्थे । तर, पछि धेरै महिलासित एउटै ओछ्यानमा सुत्न थाले । परिस्थितिलाई अझ बढी चुनौतीपूर्ण बनाउने भन्दै कम उमेरका केटी र साथीका श्रीमतीहरूसित पनि सुते । 
३८ वर्षको हुँदा गान्धीले गरिबी र पवित्रतालाई अपनाउने भन्दै ब्रह्मचर्यको शपथ लिएका थिए (ब्रह्मचर्यसम्बन्धी गान्धीको यस्तो परिभाषा थियो : जहाँ कहिल्यै कुनै वासनात्मक भावना हँुदैन र सधैँ ईश्वर भक्तिमा मन तल्लीन हुन्छ, ऊ कुनै प्रकारको चेतना वा अचेतनाको अवस्थामा स्खलित हुन सक्दैन । ऊ नांगा केटीहरूसित सुत्न सक्छ, ती केटी चाहे जति सुन्दर भए पनि ऊ सम्भोगका लागि उत्तेजित हुँदैन ।’ गरिबी अँगाल्न गान्धीलाई सजिलो थियो, तर पवित्रता उनको वशको कुरा थिएन । 
महिलाहरूसित नांगै सुतेकोबारे आलोचना हुँदा गान्धी आफू अद्र्धनारीश्वर (भगवान् शिवजस्तो) भएको दाबी गर्थे । उनको भनाइ थियो, ‘नारी र पुरुष दुवै स्वरूप भएकाले मलाई कुनै शारीरिक प्यास छैन ।’ आश्रमका प्रत्येक महिलालाई उनी आमा वा बहिनी भनेर अरूको आँखामा छारो हाल्ने प्रयास गर्थे । उनी भन्थे, ‘म जे गर्छु, अन्तरात्माको आदेशअनुसार गर्छु । त्यसैले मेरा सबै कर्म पवित्र छन् ।’ 
गान्धी यो पनि भन्थे, ‘धेरै नांगा स्त्रीहरूसित सुत्दा मभित्र गर्मी पैदा हुन्छ । यस्तो क्रियाले ‘नेचुरोप्याथी’को काम गर्छ । साथै यसबाट मेरो ब्रह्मचर्य परीक्षण गर्न पनि सजिलो हुन्छ ।’ गान्धीले नांगा स्त्रीहरूसित सुत्दा पनि आफ्नो यौनांगमा कडापन नआएको भन्दै प्रयोग सफल भएको जिकिर गरेका छन् । 
गान्धीले आफ्नो प्रतिज्ञाको एक वर्षपछि सबै भारतीय नागरिकलाई बिहे नगर्न सल्लाह दिए । उनले भनेका थिए, ‘यदि बिहे गर्ने नै हो भने पनि आफ्नी श्रीमतीसित कसैले यौन सम्बन्ध नराखून् ।’
ब्रह्मचर्यका नाममा गान्धीले नारी अस्मिताको धज्जी उडाइरहेका थिए । उनको आश्रममा केटा र केटीले सँगसँगै नुहाउनु र सुत्नुपथ्र्यो । तर, कसैले सेक्ससम्बन्धी क्रियाकलाप गरेमा उनीहरूलाई दण्डित गरिन्थ्यो । उनी श्रीमान्लाई श्रीमतीसित एकान्तमा नबस्न आदेश दिन्थे । कसैलाई (यौन संसर्गको) उल्कै छटपटी भयो भने चिसो पानीले नुहाउन सल्लाह दिन्थे । यद्यपि, यो नियम उनले आफ्ना लागि भने लागू गर्नुपर्दैनथ्यो । 
गान्धी आफ्नो सेक्स अनुभवबारे अनुयायीसित खुलेर गफ गर्थे । उनका गफ प्राय: उत्तेजक हुन्थे । उनी यौनमा पवित्रता कसरी कायम राख्ने भनेर बारम्बार अनुयायीलाई सिकाउँथे । गान्धीबाट प्रभावित मानिसहरूले लामो समयसम्म उनले सिकाएका नियम पालना पनि गरे । तर, जब उनीहरूलाई महसुस भयो कि यी कुराहरू प्रकृतिको नियमविरुद्ध छन्, त्यसपछि गान्धीको ‘सेक्स प्रयोग’ले हावा खायो । 

०००

कस्तुरबाको मृत्युपछि गान्धीको जीवनमा थुप्रै स्त्रीहरू आउन थाले । उनी जोकसैलाई पनि आफूसित सुताउँथे । तर, नियम यस्तो थियो, उनीहरू आफ्नै श्रीमान्सित चाहिँ सुत्न पाउँदैनथे । 
गान्धीका एक सचिव प्यारेलाल नैयरकी सुन्दर बहिनी थिइन्, सुशीला नैयर । सुशीला गान्धीकी निजी चिकित्सक पनि थिइन्, र सानैदेखि गान्धीको हेरचाहमा रहिन् । ठूली हुन्जेल उनले गान्धीसँगै नुहाउनुपथ्र्यो, अनि निर्वस्त्र भएर गान्धीसितै सुत्नुपथ्र्यो । जब यस विषयमा गान्धीप्रति औँला उठ्न थाल्यो, उनले सँगै सुते पनि आफ्नो पवित्रता कायम राखेको स्पष्टीकरण दिए । 
गान्धीले भने, ‘जब उनी नुहाउँछिन्, म आफ्नो आँखा पूरै बन्द गर्छु । मलाई थाहा हुँदैन, उनी नांगै नुहाउँछिन् कि कट्टु लगाएर । उनले साबुन दलेको चाहिँ म आवाजबाट पत्ता लगाउँछु । उनका अंग अरुले जति देखेका छन्,मैले देखेको 
पनि त्यत्ति हो ।’ भनिन्छ, गान्धीसित सुशीलाको यस्तो सामिप्यतालाई लिएर आश्रममा रहेका अन्य स्त्रीहरूको मनमा जलन पैदा हुन्थ्यो । 
मानिसको वीर्यका बारेमा गान्धीको असाधारण विश्वास थियो । उनी भन्थे, ‘कसैले आफ्नो अमूल्य द्रव्य (वीर्य) जोगाएर राख्यो भने उसित जीवनमा कहिल्यै सफल नहुने ताकत हुन्छ ।’

०००

आफूसित बढीभन्दा बढी आध्यात्मिक साहसका निम्ति बढीभन्दा बढी कलिला केटीको आवश्यकता महसुस गर्थे गान्धी । भारत स्वतन्त्र भएको वेला सन् १९४७ मा सुशीला ३३ वर्षकी थिइन् । स्वतन्त्रताभन्दा अघि साम्प्रदायिक दंगाको वेला बंगालमा गान्धीले आफ्नी १८ वर्षीया नातिनी मनुलाई बोलाए र उनीसित सुत्न थाले । गान्धीले भने, ‘हामी दुवै मुस्लिम हातबाट मारिन सक्छौँ, त्यसैले हामीले आफ्नो पवित्रताको सर्वश्रेष्ठ परीक्षा दिनुपर्छ । हामीले आफ्नो सबैभन्दा पवित्र बलिदान गर्नुपर्छ । अब हामी एउटै ओछ्यानमा नांगै सुत्न थालौँ ।’
स्वतन्त्रतापूर्व जब गान्धीका यौनलीला चलिरहेका थिए, त्यसमा उनका नाती कनु गान्धीकी १८ वर्षीया पत्नी आभा पनि मिसिन आइन् । आभा पनि गान्धीसित सुत्न थालिन् । आफ्नो जीवनको अन्तिम समयतिर गान्धी मनु र आभा दुवैसित सुत्ने गर्थे । सन् १९४८ मा गान्धीको हत्या हुँदा पनि उनका दायाँ–बायाँ यिनै दुई महिला थिए । 
मनुसित सुत्दा आफूलाई थुप्रै लाभ भएको गान्धी बताउँथे । यसबाट देश विभाजन तथा हिन्दू–मुस्लिम एकताजस्ता गम्भीर समस्यामाथि विचार गर्न सहयोग पुगेको उनको हास्यास्पद भनाइ थियो । उनले मनुसित आफू आमासित जसरी सुत्ने गरेको दाबी गरेका थिए । मनु र आभा आफ्नो जीवनको सहारा बनेको समेत उनले बताए । त्यतिवेला मनु विवाहित थिइन् र सुरेन्द्र मसरवाला उनका पति थिए । सन् १९४५ मा उनले प्रेससित भनेका थिए, ‘आभा र मनुसित नांगै सुतेर मलाई आफ्नो ब्रह्मचर्य प्रयोगमा धेरै सफलता मिलेको छ । पहिले मैले यो प्रयोग कस्तुरबासित पनि गरेको थिएँ, तर परिणाम हासिल भएको थिएन ।’

०००

गान्धीले सेक्सबारे थुप्रै विवादास्पद कुरा लेखेका र बोलेका थिए । तर, उनका प्रशंसकले ‘बापु’को छविमा दाग लाग्ने डरले ती तथ्यहरू लुकाए, नष्ट गरे । सेक्ससित जोडिएका गान्धीका विचारलाई भारतमा दबाइएको छ, किनकी उनका विचार लोकप्रिय भएनन् । गान्धीले सेक्सको प्रसंग उल्लेख गरेका धेरै पत्र नष्ट गरिए । नष्ट हुनबाट जोगिएको एउटा पत्रमा उनले यस्तो लेखेका छन्, ‘वीणा मसित सुत्नु एउटा संयोग मान्न सकिन्छ । यति मात्र भन्न सकिन्छ, उनी मसित लुटुपुटु भएर सुतेकी थिइन् ।’ लुटुपुटुको अर्थ के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । 

०००

गान्धीको यौन कर्तुतका कारण थुप्रै मानिस उनलाई घृणा गर्न थाले । उनीहरूमध्ये एक प्रेमा बेन कंटकले सन् १९३८ मा प्रसाद र दीक्षा नामका किताब लेखिन्, जसमा उनले गान्धीसितको आफ्नो सेक्ससम्बन्ध उजागर गरेकी थिइन् । यसबाट महाराष्ट्रमा ठूलै हंगामा मच्चिएको थियो । 
गान्धीको विरोध गर्नेमा उनका सबैभन्दा कान्छो छोरा देवदास गान्धीको नाम पनि आउँछ । उनी ५० को दशकका लब्ध प्रतिष्ठित पत्रकारसमेत हुन् । गान्धीसित लामो समय सुत्ने मनु उनै देवदासकी छोरी थिइन् । सानै उमेरमा आफ्नी आमा गुमाएकी मनुलाई गान्धीले छोरी भनेर आफूसँग नांगै सुताउँथे । 
गान्धीले नवविवाहितलाई ब्रह्मचर्यको पालना गर्न सल्लाह दिएका थिए । जबकि जवाहरलाल नेहरूले गान्धीको यस्तो विचारलाई असामान्य र अप्राकृतिक संज्ञा दिएका छन् । गान्धीको विचारबाट रुष्ट भएर उनका केही स्टाफले राजीनामा दिए । राजीनामा दिनेमा दुई पत्रिकाका सम्पादक पनि पर्छन्, जसले केटीसित सुत्ने गान्धीको भाषण छाप्न छाडेका थिए । गान्धीको असामान्य यौन व्यवहारका कारण समर्थक तथा प्रसंशकहरूले उनलाई अनादरसमेत गर्न थालेका थिए । 
आलोचकहरू भन्छन्, ‘गान्धीले सक्रिय ब्रह्मचर्यका नाममा महिलाहरूमाथि अत्याचार गरेका थिए ।’ उनी महिलाहरूको स्वीकृति लिनु पनि आवश्यक सम्झिदैनथे । उनको यौन उत्पीडनको सिकार बनेका महिलाहरूसित सहनुभन्दा अर्को विकल्प थिएन । 
एक दिन गान्धीका स्टेनोग्राफर आरपी परशुरामले उनलाई निर्वस्त्र मनुसित पल्टिरहेको देखेपछि राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिँदा गान्धीले उनलाई ‘तिमीले आश्रम छाडेर मलाई केही फरक पर्दैन’ भन्ने जवाफ दिएका थिए । निर्मलकुमार बसु गान्धीका नजिकका सहयोगी थिए । एकदिन यस्तो घटना भयो, जसले निर्मल कुमारलाई गान्धीको कट्टर आलोचक बनाइदियो । त्यस रात गान्धी अक्सरजस्तै नग्न मनु र सुशीला नैयरसित सुतिरहेका थिए । बिहान हुनुभन्दा पहिले कोठाभित्रबाट अस्वभाविक आवाज आएपछि उनले ढोकाको कापबाट चियाए । उनले देखे, गान्धी तीखो आवाजमा चिच्याइरहेको र आफ्नो दुवै हातले टाउकोमा हिर्काइरहेको । सँगसँगै सुशीला पनि 
चिच्याइरहेकी थिइन् । 
त्यसरात के भएको थियो भनेर मनु र सुशीला दुवैले मुख खोलेनन् । निर्मल कुमारले अड्कल काटे, सायद गान्धीले सुशीलासित सेक्स गर्ने प्रयास गरे । सुशीलाले अनिच्छा देखाएपछि गान्धीले जबरजस्ती गर्न खोजे । सुशीलाले उनलाई रोक्न खोजिन् । अनि रुष्ट र निराश भएर गान्धी चिच्याए होलान् । सुशीला चाहिँ मद्दत माग्न चिच्याएकी होलिन् । 
निर्मल कुमारले राजीनामा दिएपछि भनेका थिए, सेक्सको मामलामा यतिधेरै विकृत व्यक्तिलाई हामी महात्मा शब्दले विभूषित गरिरहेका छौँ । धिक्कार होस् । 

०००

गान्धीको जीवनमा आएका भारतीय महिलामा श्रीमती प्रभावती देवी (जयप्रकाश नारायणकी पत्नी) कञ्चन शाह, प्रेमा बेन कंटक, सुशीला नैयर, मनु गान्धी (नातिनी बुहारी), आभा गान्धी र सरलादेवी चौधरानी (कवी रवीन्द्रनाथ टैगोरकी भतिजी) लगायत छन् । 
सरलादेवीसित आफ्नो झन्डै कामवासनायुक्त सम्बन्ध रहेको गान्धीले पनि स्विकारेका छन् । सरलादेवीपछि प्रभावती देवीले गान्धीलाई साथ दिइन् । उनीहरूको सम्बन्धबारेमा गिरिजा कुमार लेख्छन्, ‘गान्धीप्रति प्रभावती यतिधेरै आशक्त भइन् कि उनी एक दिन पनि गान्धीसित छुट्टिन सक्दिनथिन् । प्रभावतीमा हिस्टेरिया देखिन थालेको थियो र उनी घन्टौँसम्म बेहोस् हुने गर्थिन् ।’ गान्धीको मृत्युपछि मात्र प्रभावतीको जीवन सहज भएको थियो । सत्याग्रहपछि उनले आफ्ना प्रशंसकलाई लेखेका सबै पत्रमा दोस्रो विषय सेक्स हुने गथ्र्यो । उनी तिनीहरूलाई पत्र पठाउँथे, जसले उनलाई प्रशंसा गरेर पत्र पटाएका हुन्थे । स्मरणीय के छ भने गान्धी दक्षिण अफ्रिकामा रहेका वेला महिनामा एकचोटिजस्तो स्वप्नदोष हुन्थ्यो । तर, भारत आएर आश्रममा बस्न थालेपछि उनलाई कहिल्यै
स्वप्नदोष भएन । 

प्रस्तुति : चिरञ्जीवी पौडेल (एजेन्सीको सहयोगमा)

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...