Tuesday, February 18, 2014

करोडको विवाह मण्डप

from our Nepal.
बिहेका लागि जहाज चार्टर गरेर काठमाडौंमा, करोडको विवाह मण्डप

काठमाडौं ६ फागुन । भारतका विभिन्न मन्त्रीहरु सहित उद्योगपतिहरु जहाज चार्टर गरेर काठमाडौं आइपुगेका छन् ।

भारतीय ब्यापारी विवेक सराबगीका छोराको बिवाहका लागि उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशकुमार यादव, सिंचाई मन्त्री शिवपालसिंह यादव, जेलमन्त्री राजेन्द्र चौधरी, बिधानसभाका सभामुख माताप्रसाद पाण्डे र धनाढय लक्ष्मी मित्तल सहित भारतीय नेता र उद्योगीहरु काठमाडौं आइपुगेका हुन् ।

उनीहरु कतिपय भने निजी विमानबाटै काठमाडौं आइपुगेका हुन् । ह्यात होटलका मालिककी नातिनीसँग हुने विवाहका लागि अधिकांश तारे हाटेलहरु बुक भएका छन् । उनीहरु बिहीबारसम्म काठमाडौंमा रहने कार्यक्रम छ ।

भारतीय पाहुनाको मनोरञ्जनका लागि मुजरा र डिस्कोका नर्तकी भारत र पाकिस्तानबाट ल्याइएको छ । भारतीय र जापानी डिजाइनरले विवाह मण्डप करीव एक करोड रुपैयाका फूल भारत र हल्याण्डबाट ल्याइएको छ । विवाहमा प्रधानमन्त्री सुशील कोइराला र पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हुनेछन ।

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...